मयमनसिङ्ह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मयमनसिङ्ह
ময়মনসিংহ
को अवस्थिति
देश बङ्गलादेश
विभागमयमनसिङ्ह
जिल्लामयमनसिङ्ह
स्थापनासन् १७८७
सहर१७८७[१]
सरकार
 • प्रकारसहर नगरपालिका
 • मेयरइकरामुल हकी टिटु
 • परिसदका सदस्यमोटीउर रहमान
क्षेत्रफल
 • सहर९१.३१५ किमी (३५.२५७ वर्ग माइल)
 • महानगर
९१.३१५ किमी (३५.२५७ वर्ग माइल)
उन्नतांश
१९ मिटर (६२ फिट)
जनसङ्ख्या
 (सन् २०११)
 • सहर१,३८९,९१८
 • घनत्व४४,४५८/किमी (११५१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी समय)
हुलाक कोड
२२००, २२०१, २२०२, २२०३, २२०४, २२०५, २२०६
टोलीफोन कोड०९१
वेबसाइटhttp://www.mymensingh.gov.bd/

मयमनसिङ्ह (बङ्गाली: ময়মনসিংহ) बङ्गलादेशको ब्राह्मपुत्र नदी किनारमा अवस्थित सबैभन्दा दोस्रो धेरै जनघनत्व भएको सहर हो। यस सहरमा राज काल देखिका ठूला ठूला भवनहरू रहेका छन्।

मयमनसिङ्ह मयमनसिङ्ह विभागको मुख्य सहर अथवा सदरमुकाम हो र यो सहर बङ्गलादेशको राजधानी ढाकाबाट १२० किलोमिटर (७५ माइल) उत्तर तर्फ रहेको छ। यस सहरको सिमाना क्षेत्र गाजीपर ,जमलपुर ,तङ्गाली र किशोरगञ्ज जस्ता जिल्लाहरूले धेरेको छ। जनता प्रशासक मन्त्रालयका अनुसार मयमनसिङ्ह जिल्ला जिल्लाहरूमा चौँथो स्थान रहेको छ। यो उत्तर मध्य बङ्गलादेशको एक प्रमुख वित्तिय केन्द्र हो। यो बङ्गलादेशको तेस्रो सबैभन्दा ठूलो सहर हो र मयमनसिङ्ह सहरको जनघनत्व ४४,४५८ वर्ग किलोमिटर रहेको छ जुन बङ्गलादेशमा दोस्रो अधिक जनघनत्व हो। यसको उचाइ समुद्री सतहभन्दा माथि १९ मिटर माथि रहेको छ जुन बङ्गलादेशमा प्रमुख सहरहरूको भन्दा अधिक हो।

मौसम र भुगोल[सम्पादन गर्नुहोस्]

सहरमा कुनै आधिकारिक रूपमा परिभाषित भौगोलिक सीमा मापन गरिएको छैन। १९८० को दशकदेखि सहर छिटो सहरीकरणको साथ विस्तार भएको हुँदा मापन गर्न अप्ठ्यारो भएको हो। मयमनसिङ्ह सहर उत्तरतिर फैलिएको पुरानो ब्रह्मपुत्र नदीको किनारमा अवस्थित र शम्भुगञ्ज नदी र ब्रह्मपुत्र नदी शम्भुगनञ्ज नदीको पुलमा आएक मिसिन्छ जुन ब्रह्मपुत्र नदीको बायाँ छेउमा पर्छ। यो सहरको मध्य भागमा सुल्तानबाद कलेज ,मेडिकल कलेज ,कृषिविश्वविद्यालय आदी रहेका छन्। एक रेलवे मार्ग उत्तरी जिल्लाहरूसँग ढाकामा जोडिन्छ जसलाई १८८५ र १८९९ को बीच बनाइएको थियो जसले सहरलाई दुई पक्षहरूमा विभाजन गर्छ।

यो सहर हिमालयको नजिक भएको हुँदा यस सहरको राजधानी ढाका भन्दा चिसो छ। सहरमा वर्षा ऋतु मे र जुन महिनामा सुरु भएर अगस्ट सम्म जारी रहन्छ भने यस बेला भारी वर्षा हुन्छ र कहिलेकाहीँ ३ दिन वा एक हप्ता भन्दा बढी समय सम्म पानी परिरहन्छ। यस समयमा सहरको तापक्रम १५ देखि २० डिग्री सम्म हुने गरेको छ भने हिँउदमा यस सहरको तापक्रम १५ वा से भन्दा कम हुन जान्छ यो मौसम मध्य नोभेम्बर देखि मध्य फेब्रुअरी सम्म चालु हुन्छ। यस सहरको उच्च तापक्रम ४० डिग्री सम्म पुग्छ जुन अप्रिल र मे को बिचमा हुन्छ। यो सहरमा घुम्न आउने पर्यटकहरूका लागि नोभेम्बर देखि फेब्रुअरी सम्मको महिना सबैभन्दा उचित हुन्छ।

धर्म[सम्पादन गर्नुहोस्]

बोरो मस्जिद
विश्वनाथ मन्दिर

मयमनसिंह बङ्गलादेशको एक सहर हो जहाँ मुस्लिम र हिन्दुहरु सँगै एक साथ छन् । सबै प्रकारका धार्मिक चाडपर्व सहरले मनाउछ । दुर्गा पूजा को समयमा पुरा सहर झिलिमिलीले, सुन्दर द्वार र फूलहरु सजाइन्छ । केहि ईसाई परिवारहरु पनि मयमनसिंहमा बसोबास गर्छन् यस सहरमा सबै धर्मका सबै प्रकार मानिसहरू बसोबास गर्छन् ।

शिक्षा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मयमनसिङ्हमा मेयरको भाषण", चट्टोग्राम सहर निगम, मूलबाट २५ नोभेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २००९  वेब्याक मेसिन अभिलेखिकरण २५ नोभेम्बर २००७ मिति
  2. ": सहरी क्षेत्र विभाग", बङ्गलादेशको जनसङ्ख्या र घरहरूको जनाकारी, बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग, अगस्ट २०१४, पृ: ७२, अन्तिम पहुँच ११ जुन २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

मयमनसिङ्हका पर्यटकीय स्थलहरू

मयमनसिङ्ह वेब प्रोटल