मरातिक गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरातिक गुफा
हलेसी गुफा
བྲག་ཕུག་མ་རཱ་ཏི་ཀ
Maratika Cave
मरातिक गुफाको दृश्य
स्थानहलेसी, खोटाङ जिल्ला,  नेपाल
निर्देशाङ्क२७°११′२४″N ८६°३७′२१″E / २७.१९००६°N ८६.६२२३९१°E / 27.19006; 86.622391निर्देशाङ्कहरू: २७°११′२४″N ८६°३७′२१″E / २७.१९००६°N ८६.६२२३९१°E / 27.19006; 86.622391[१]
लम्बाइअनुमानित २६ रोपनी
उचाइ४,७३६ फिट
खोजी८औं शताब्दीमा गुरु पद्मसम्भव द्वारा
पहुँचसार्वजनिक

मरातिक गुफा (संस्कृत: मरातिक; तिब्बती: མ་རཱ་ཏི་ཀ, འཆི་བ་མཐར་བྱེད།, वयली: 'chi ba mthar byed), खोटाङ जिल्लाअन्तर्गत पूर्वी नेपालको पहाडी भू-भागमा अवस्थित एक प्रख्यात तीर्थस्थल हो। यो तीर्थस्थल सगरमाथा देखि दक्षिण-पश्चिम तिर लगभग १८५ किलोमिटरको टाढा हलेसी गा.वि.स. को वार्ड नम्बर ४ मा रहेको छ। यस गुफाको प्राकृतिक भू-बनोट विश्वमै अनौठो मानिन्छ। यहाँ तीर्थस्थल तिब्बती वज्रयान बौद्ध धर्मको ग्रन्थ र इतिहासहरू[२][३] मा उल्लेख गरिएकोअनुसार गुरु पद्मसम्भव र राजकुमारी मन्दारवाले बुद्ध अमितायुस्बाट आयुसिद्धिको प्राप्ति गर्नुभएको पवित्र भूमि हुनाले देशविदेशबाट हजारौंको संख्यामा बौद्ध धर्मालम्बीहरू दर्शन र वार्षिक पूजापाठको लागि उपस्थित हुने गर्दछन्। साथै हिन्दु धर्मालम्बीहरूले पनि यहाँ असुर भस्मासुरबाट महादेव लुगेको भन्ने मौखिक कथनको व्यख्या साथ एक विशेष तीर्थस्थलको रूपमा मनिन्ने गरेको छ।

मरातिकको नामकरण[सम्पादन गर्नुहोस्]

मरातिक गुफाको नामकरण गुरु पद्मसम्भव र राजकुमारी मन्दारवाले तीन महिनाको आयुसाधना सफलता भई बुद्ध अमितायुस्बाट आयुसिद्धिको प्राप्ति द्वारा मरणको अन्त वा समाप्ति गरिएको कारण यस ठाउँको नाम संस्कृत भाषामा मरातिक रहेको मानिन्छ।

पद्मसम्भवाको जीवनीहरूमा उल्लिखित मरातिकको इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. https://tools.wmflabs.org/geohack/geohack.php?pagename=Maratika_Cave&params=27.19006_N_86.622391_E_region:NP_source:Wikimapia_scale:5000_type:landmark
  2. Kathang Zanglingma, a biography of Padmasambhava, a terma revealed and transmitted by Nyangrel Nyima Ozer (12th century)
  3. Skyes-rabs-rnam-thar-dri-ma-med-pa (A Biography of Padmasambhava which was revealed from its place of concealment/by Gter-ston-Stag-sham-Nus-ldan-rdo-je, alias Bsam-btan-gling-pa 1682-?)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

ढाँचा:बौद्ध तीर्थस्थलहरू