महिला ढाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(महिला कण्डमबाट अनुप्रेषित)
महिला ढाल
Polyurethane female condom
विबरण
रोक्ने तरिकाअबरोध
पहिलो प्रयोग१९८०
असफल दर (पहिलो वर्ष)
सही उपयोग5%
विशिष्ट उपयोग21%
प्रयोग
ReversibilityImmediate
प्रयोगकर्ताको टिप्पणीTo avoid risk of incorrect use, read the instructions carefully prior to use.
फाइदा तथा बेफाइदा
एसटिडीबाट बचाउहुन्छ
फाइदाकुनै औषधीको प्रयोग तथा अस्पताल जानु नपर्ने

महिला कण्डम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक परिवार नियोजनको अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो । यसलाई फेमिडोम को नामले पनि चिनिन्छ । यसको प्रयोग एकदमै सरल र सजिलो छ यौन सम्पर्कको समयमा महिलाले यो योनि भित्र लगाउनु पर्ने हुन्छ । महिला कण्डम गुदा यौन सम्पर्कको समयमा ग्रहणकर्ता साझेदार द्वारा प्रयोग गर्न सकिन्छ।[१][२] यस फेमिडममा दुई वटा रिङ्गहरु हुन्छन् जसमा खुम्चिने पट्टिको रिङ्गलाई यौनी भित्र राख्नु पर्दछ।[३] यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन। सामान्य पुरुष कण्डमको तुलनामा यसको मुल्य धेरै पर्ने भएकाले यो विकसित देशहरूमा मात्र बढि प्रयोगमा आएको छ ।

महिला कन्डमले पनि पुरुष कन्डमले जस्तै गर्भवती हुन रोक्नका साथै यौनजन्य रोगहरूबाट र एच.आई.भी. सङ्क्रमण हुनबाट बचाउदछ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । यस कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । नेपालमा महिला कन्डम निजी औषधी पसलहरूमा मात्र उपलब्ध छ । बजारमा महिला कन्डम फेमिडोम, भी—अमोर ब्रान्डमा उपलब्ध छ ।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Female condoms for anal sex archive 20090430
  2. "How to Put on a Female Condom (For Anal Sex)" (PDF), मूलबाट २०१२-०९-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०१-०४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-०५ मिति
  3. "महिला कन्डम, सेक्स अघी कसरी प्रयोग गर्ने ?", अन्तिम पहुँच २०१९-०३-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]