मिकी जेम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिकी जेम्स
सन् २०१९ मा जेम्स
वास्तविक नाममिकी लेरी जेम्स
जन्म (1979-08-31) ३१ अगस्ट १९७९ (उमेर ४४)
भर्जिनिया, अमेरिका
जीवनसाथी(हरू)
निक एल्डस
(
वि २०१५)
बच्चा
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामअलेक्सिस लेरी
मिकी जेम्स
भिकी एलम्स[१]
उचाई५ फिट ४ इन्च[२][३]
तौल१२४ पाउन्ड[३]
उत्पत्तिरिचमन्ड, भर्जिनिया[२]
प्रशिक्षक[४]
केवाइडिए प्रो प्रशिक्षण विद्यालय
पदार्पणसन् १९९९[३]
वेबसाइट
www.mickiejames.com

मिकी लेरी जेम्स-एल्डस (जन्म: ३१ अगष्ट १९७९) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा गायिका हुन्। उनी हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र डब्ल्युडब्ल्युई स्म्याकडाउनमा मिकी जेम्स नामले कुस्ती खेल्दै आइरहेकी छिन्। [५]

जेम्सले सन् १९९९ मा कुस्ती क्षेत्रमा पाइला टेकेकी थिइन् भने उनले तात्कालिक समयमा अमेरिकी स्वतन्त्र सर्किटमा अलेक्सिस लेरीको नामले कुस्ती खेल्न सुरु गरेकी थिइन्।[६] उनले त्यसपछि सन् २००२ मा एक प्रमुख अमेरिकी कुस्ती पदोन्नति टोटल नन् स्टप एक्सन रेस्लिङमा आफ्नो कुस्ती कार्यकाललाई आगाडि बढाएकी थिइन् भने त्यस अवधिमा उनले अन्य कुस्ती पदोन्नतिहरूमा पनि कुस्ती खेल्न सुरु गरेकी थिइन्। सन् २००५ अक्टोबरमा जेम्सले अमेरिका स्थित एक प्रमुख कुस्ती पदोन्नति विश्व कुस्ती मनोरञ्जनमा (डब्ल्युडब्ल्युई) पर्दापण गरेकी थिइन् भने त्यसपछि उनको डब्ल्युडब्ल्युईकी एक प्रख्यात महिला खेलाडी ट्रिस स्ट्राटससँग केही घटनाक्रमहरूको सुरुवात भएको थियो। [७] जेम्सले उक्त पदोन्नति अन्तर्गत सन् २००६ अप्रिल २ का दिन डब्ल्युडब्ल्युईद्वारा सञ्चालन गरिएको रेसलमेनियाको २२औँ श्रृङ्खलामा ट्रिस स्ट्राटसलाई पराजित गर्दै पहिलोपटक डब्ल्युडब्ल्युई महिला उपाधि जित्न सफल भएकी थिइन् भने उनले उक्त पदोन्नतिमा उक्त उपाधि ५ पटक जित्न सफल भएकी थिइन्।[८] सन् २००९ मा डब्ल्युडब्ल्युईद्वारा आयोजित नाइट अफ च्याम्पियन्स नामक एक वार्षिक कुस्ती कार्यक्रममा तात्कालिक डिभास विजेता मरिसलाई पराजित गर्दै पहिलो डिभास उपाधि हात पार्न सफल भएकी थिइन्।[९]

सन् २०१० अप्रिल २२ का दिन उनको डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रको समाप्ति भएपछि उनले टिएनएमा पुन पर्दापण गरेकी थिइन् जहाँ उनले केही पटक टिएनए नकआउट्स उपाधि जित्न सफल भएकी थिइन्।[७][१०] टोटल नन् स्टप एक्सन रेस्लिङमा (टिएनए) जेम्सले तीनपटक टिएनए नकआउट्स उपाधि जित्न सफल भएकी थिइन् भने सन् २०१३ मा उनको उक्त पदोन्नतिसँगको आवद्ध पत्रको समय सकिएको थियो।[११] डब्ल्युडब्ल्युई र टिएनएमा गरी जेम्सले कुल ९ पटक महिला उपाधि जित्न सफल भएकी थिइन् भने डब्ल्युडब्ल्युई महिला उपाधि, डिभास उपाधि र टिएनए नकआउट्स उपाधि जित्ने उनी पहिलो महिला खेलाडी बन्न सफल भएकी थिइन्।[१२][१३][१४][१५] सन् २००९ मा प्रो रेस्लिङ इलुस्ट्रेटेडले जेम्सलाई त्यसवर्षको उत्कृष्ट महिला कुस्ती खेलाडीको सूचीमा शीर्ष स्थानमा राखेको थियो।[१६]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

जेम्सको जन्म अमेरिका स्थित रिचमण्ड मेमोरियल अस्पताल भर्जिनियामा भएको थियो।[१७] उनको बुबाको नाम स्टुअर्ट जेम्स हो भने उनको आमाको नाम सान्ड्रा नकल्स हो। जेम्स सानै छँदा उनको आमाबुबाको सम्बन्ध विच्छेद भएको थियो। उनको एक बहिनी, एक सौतेनी बहिनी, एक सौतेनी दाइ, र तीन सौतेनी भाइहरू छन्।[१८] सन् १९९७ मा जेम्सले मोन्टपिलर, भर्जिनिया स्थित प्याट्रिक हेन्री उच्च विद्यालयबाट स्नातक पुरा गरेकी थिइन्।[१९] उनले बाँकी समय आफ्नी हजुरआमासँग विताएकी थिइन्। [२०][२१]

व्यावसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सर्किट (सन् १९९९–२००३)[सम्पादन गर्नुहोस्]

जेम्सले सानै उमेरदेखि कुस्ती खेल प्रति रूचि राख्द थिइन्, जसकारण उनले अमेरिका स्थित वासिङ्टन डिसीमा आधारित एक कुस्ती विद्यालयमा कुस्तीमा प्रशिक्षण लिनका लागि भर्ना भएकी थिइन्। सन् १९९९ मा जेम्सले एक अमेरिकी स्वतन्त्र सर्किटमा पर्दापण गरेकी थिइन् जहाँ उनको रिङ नाम अलेक्सिस लेरी राखिएको थियो।[२२] लेरीले उक्त पदोन्नतिमा टोमी ड्रिमर लगायत विभिन्न पुरुष कुस्ती खेलाडीको प्रबन्धकको रूपमा काम गर्न सुरु गरेकी थिइन् भने उनले ड्रिमरले केवाइडिए प्रो ह्याभिवेट उपाधि जित्नका लागि सहयोग गरेकी थिइन्। उक्त वर्गको मार्च महिनामा उनले जेम डेमियनसँगको सहकार्यमा पहिलो मिश्रति खेल अमेरिकन माइक ब्राउन र केन्डीको विरुद्धमा खेलेकी थिइन्। उनले पछि कुस्तीमा थप प्रशिक्षण लिनका लागि डोरी फङ्क जुनियरद्वारा सञ्चालित फनकिङ कन्जरभेटरीमा भर्ना भएकी थिइन् भने पछि उनले एक्स्ट्रिम च्याम्पियनसिप रेस्लिङमा पनि कुस्ती खेल्न सुरु गरेकी थिइन्।[७][२३][२४] उनले पछि मेरिल्यान्ड च्याम्पियनसिप रेस्लिङमा पनि आफ्नो कुस्ती कार्यकालको सुरुवात गरेकी थिइन् जहाँ उनी रिकी मोर्टन र बबी एटनद्वारा सञ्चालित एक प्रशिक्षण कार्यक्रममा भाग लिएकी थिइन्।[२५] सन् २००२ मा उनले अमेरिका स्थित रिङ अफ अनर नामक एक कुस्ती पदोन्नतिमा पनि पर्दापण गरेकी थिइन् भने सोही वर्ष उनले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।

टोटल नन् स्टफ एक्सन रेस्लिङ (सन् २००२–२००३)[सम्पादन गर्नुहोस्]

रिङ अफ अनर नामक कुस्ती पदोन्नतिमा कार्यरत रहँदा रहँदै उनले अलेक्सिस लेरीको सन् २००२ मा नामले टोटल नन् स्टफ एक्सन रेस्लिङ नामक एक प्रमुख कुस्ती पदोन्नतिका लागि आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले उक्त पदोन्नतिद्वारा सञ्चालित गक साप्ताहिक कार्यक्रममा आयोजित ब्याटल रोयलमा पनि भाग लिएकी थिइन् जुन अर्को हप्ता आयोजना गरिएको थियो।[२६] सन् २००३ मार्च २६ का दिन उनले एमेरिङ रेडसँग सहकार्य गरेकी थिइन् भने उनीहरूको पछि एक्स डिभिजन विजेता किड कास र ट्रिनिटीसँग द्वन्द्वको सुरुवात भएको थियो।[२७] सन् २००३ अप्रिल २ का दिन उनले उक्त पदोन्नतिका लागि पहिलो खेल ट्रिनिटीको विरुद्धमा खेलेकी थिइन् जुन खेलमा उनी पराजित भएकी थिइन्।[२८] उक्त खेलको एक हप्ता पश्चात् उनले रेभेनद्वारा निर्माण गरिएको द ग्यादरिङ नामक एक कुस्ती समूहसँग आवद्ध भएकी थिइन् जसको पछि एनडब्ल्यूए विश्व ह्याभिवेट विजेता जेफ जेरेटसँग उक्त उपाधिका लागि द्वन्द्व चलेको थियो।[२९][३०][३१]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

जेम्सले डब्ल्युडब्ल्युईमा ६ पटक महिला उपाधि जितेकी थिइन्
जेम्सले टिएनएमा तीनपटक टिएनए नकआउट्स उपाधि जितेकी थिइन्
  • कोभरी पदोन्नतिहरू
    • कोभरी प्रो महिला उपाधि (१ पटक)[३२]
    • कोभरी प्रो हल अफ फेम (सन् २०१४)[३३]
  • साइबरस्पेस रेस्लिङ सङ्घ
    • एनडब्ल्यूए सकवेभ महिला विजेता (१ पटक)[३४]
  • डाइनामाइट च्याम्पियनसिप रेस्लिङ
    • डिसिडब्ल्यू महिला विजेता (१ पटक)[३४][३५]
  • ग्राउन्ड जिरो रेस्लिङ
    • जिएक्सडब्ल्यू महिला विजेता (१ पटक)[३६]
  • इम्प्याक्ट च्याम्पियनसिप रेस्लिङ
    • आइसिडब्ल्यू सुपर जुनियर्स उपाधि (१ पटक)[३७]
  • अन्तर्राष्ट्रिय प्रो रेस्लिङ: संयुक्त अधिराज्य
    • आइपिडब्ल्यू युके महिला विजेता (१ पटक)[३८]
  • मेरील्यान्ड च्याम्पियनसिप रेस्लिङ
    • एनसिडब्ल्यू महिला विजेता (१ पटक)[३९]
  • प्रिमियर रेस्लिङ सङ्घ
    • पिडब्ल्यूएफ युनिभर्सल महिला विजेता (१ पटक)[३४]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • वर्ष महिला खेलाडी (सन् २००९, सन् २०११)[४०]
    • ५० महिला कुस्ती खेलाडी मध्य पहिलो स्थानमा पर्न सफल (सन् २००९) [४१]
  • दक्षिणी च्याम्पियनसिप रेस्लिङ
    • एससिडब्ल्यू महिला विजेता (१ पटक)[३४]
  • इम्प्याक्ट रेस्लिङ
    • टिएनए नकआउट्स विजेता (३ पटक)
    • टिएनए विश्वकप (सन् २०१३) – क्रिस्टोफर डेनियर्ल, जेम्स स्टोर्म, कजारियन र केनी किङको साथमा
  • अल्टिमेट च्याम्पियनसिप रेस्लिङ
    • युसिडब्ल्यू महिला विजेता (१ पटक)[३४]
  • अल्टिमेट रेस्लिङ सङ्घ
    • युडब्ल्यूएफ महिला विजेता (२ पटक)[३४]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई महिला विजेता (५ पटक)
    • डब्ल्युडब्ल्युई डिभास विजेता (१ पटक)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Mickie James", canoe.com, अन्तिम पहुँच फेब्रुअरी २५, २०१९ 
  2. २.० २.१ "Mickie James - WWE Bio", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच डिसेम्बर ८, २०१८ 
  3. ३.० ३.१ ३.२ "Mickie James", Online World of Wrestling, अन्तिम पहुँच सेप्टेम्बर ७, २००८ 
  4. "Home Page of Dory Funk Jr.", www.dory-funk.com, अन्तिम पहुँच अक्टोबर १८, २००७, "Mickie James – Funking Conservatory Alumnus"  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १३, २००७ मिति
  5. Leggett, Steve, "Mickie James", Rovi, मूलबाट जनवरी ६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ६, २०१६बिलबोर्डद्वारा।  Additional January 6, 2017.
  6. Mike, Johnson (डिसेम्बर ८, २०१६), "EXCLUSIVE MICKIE JAMES-WWE UPDATE (SPOILER)", PWInsider, अन्तिम पहुँच डिसेम्बर ९, २०१६ 
  7. ७.० ७.१ ७.२ Oliver, Greg (मे २६, २००६), "Mickie James quick to dish out credit", Slam! Wrestling, Canadian Online Explorer, अन्तिम पहुँच अक्टोबर १८, २००७  = Archive.today अभिलेखिकरण जुलाई १९, २०१२ मिति
  8. "NWA TNA PPV No. 2 results – June 26, 2002", prowrestlinghistory.com, अन्तिम पहुँच अक्टोबर २९, २००७ 
  9. "Alexis Laree of G.L.O.R.Y. Wrestling", G.L.O.R.Y. Wrestling, मूलबाट अक्टोबर १७, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २४, २००७  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १७, २००७ मिति
  10. "Mickie see, Mickie do", World Wrestling Entertainment, अन्तिम पहुँच अक्टोबर ३१, २००७ 
  11. "Mickie James' Title History", World Wrestling Entertainment, मूलबाट अप्रिल ९, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २००७ 
  12. James leaves TNA after declining contract extension yardbreaker.com. September 15, 2013. Retrieved December 26, 2013.
  13. Mr Anderson and Mickie James officially finished with TNA rajah.com. September 23, 2013. Retrieved December 26, 2013.
  14. Mickie James Sets New Record wrestlinginc.com. February 9, 2011. Retrieved December 26, 2013.
  15. New Knockouts champion crowned वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २६, २०१३ मिति diva-dirt.com. May 26, 2013. Retrieved December 26, 2013.
  16. Mickie James wins TNA Knockouts Title – Details tnawrestlingnews.com. May 24, 2013. Retrieved December 26, 2013.
  17. "The Ballad of Mickie James", Richmond Magazine, Virginia, डिसेम्बर २३, २०१०, मूलबाट अप्रिल ५, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २४, २०१०, "Born at Richmond Memorial Hospital in 1979...." 
  18. Strauss, Gerry, "Hardcore Country", Northern Virginia Magazine, अन्तिम पहुँच अक्टोबर ३१, २०१३ 
  19. Corrigan, John (अक्टोबर २२, २०१३), "Corrigan: Leaving the ring for a honky-tonk", The Temple News, मूलबाट अक्टोबर २९, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३१, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २९, २०१३ मिति
  20. Hoffman, Ken (अप्रिल २, २००९), "Mickie James: the bumpy life of a diva", Houston Chronicle, Hearst Corporation, अन्तिम पहुँच अक्टोबर २१, २०१२  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ४, २०१३ मिति
  21. Bryant, J. (नोभेम्बर २३, २०१०), "The 25 Sexiest Women You Didn't Know Are Native American", Coed Magazine, अन्तिम पहुँच सेप्टेम्बर २९, २०१२ 
  22. Van Susteren, Greta (सेप्टेम्बर ३, २००८), "WWE's Mickie James and Josh Mathews at the RNC 'On the Record'", FOXNews.com, अन्तिम पहुँच सेप्टेम्बर ७, २००८ 
  23. "How Did You Get Your Name", KYDA.com, मूलबाट सेप्टेम्बर २२, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २४, २००७ 
  24. "Carlson 316 Wrestling Profile", Carlson 316 Wrestling, मूलबाट जनवरी २३, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २४, २००७  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २३, २००८ मिति
  25. "Title History", KYDA.com, मूलबाट अक्टोबर ११, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २७, २००७ 
  26. "ROH – Past Results", Ring of Honor, अन्तिम पहुँच सेप्टेम्बर २६, २०११  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १३, २०१२ मिति
  27. "NWA TNA PPV No. 37 results – March 26, 2003", prowrestlinghistory.com, अन्तिम पहुँच अक्टोबर २९, २००७ 
  28. "NWA TNA PPV No. 40 results – April 16, 2003", prowrestlinghistory.com, अन्तिम पहुँच अक्टोबर २९, २००७ 
  29. Abreu, Donnie (जुलाई १०, २००३), "NWA TNA PPV No. 52 results – July 9, 2003", Slam! Wrestling, Canadian Online Explorer, अन्तिम पहुँच अक्टोबर २९, २००७ 
  30. Abreu, Donnie (जुलाई २४, २००३), "NWA TNA PPV No. 54 results – July 23, 2003", Slam! Wrestling, Canadian Online Explorer, अन्तिम पहुँच अक्टोबर २९, २००७, "Alexis Laree, still selling her burn injury, was nowhere to be seen." 
  31. "NWA TNA PPV No. 55 results – July 30, 2003", prowrestlinghistory.com, अन्तिम पहुँच अक्टोबर २९, २००७ 
  32. "Covey Pro Women's Championship", Covey Promotions, अन्तिम पहुँच अक्टोबर १२, २०११  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ७, २०११ मिति
  33. Covey Promotions Hall of Fame वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-३१ मिति Covey Promotions. Retrieved April 23, 2014.
  34. ३४.० ३४.१ ३४.२ ३४.३ ३४.४ ३४.५ "WWE Superstars – Mickie James", bodyslamming.com, अन्तिम पहुँच नोभेम्बर ४, २००७ 
  35. Dynamite Championship Wrestling – DCW Women's Title History angelfire.com.
  36. "gxw-wrestling", gxw-wrestling, अन्तिम पहुँच अगस्ट १५, २०१७ 
  37. "Independent Wrestling Results – May 2003", Online World of Wrestling, अन्तिम पहुँच जुलाई ५, २००८ 
  38. "IPW:UK UK Super 8 2016 - Day 2", Cagematch.net, अन्तिम पहुँच अक्टोबर १०, २०१६ 
  39. "Show results - 6/19 MCW in Glen Burnie, Md.: Mickie James wins Women's Title, Mick Foley guest host for Ladies Night, more", Pro Wrestling Torch, जुन २०, २०१५, अन्तिम पहुँच जुन २१, २०१५ 
  40. "2011 Woman of the Year", Pro Wrestling Illustrated 33 (3): 72–73, २०१२। 
  41. "Pro Wrestling Illustrated (PWI) Female 50 for 2009", Pro Wrestling Illustrated, The Internet Wrestling Database, अन्तिम पहुँच मार्च १७, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]