रत्नपुरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रत्नपुरा

රත්නපුර
இரத்தினபுரி
नगर
देश श्रीलङ्का
प्रान्तसबरागम्वा
जिल्लारत्नपुरा
सरकार
 • प्रकारनगर परिषद्
 • मेयरनिलान्थ रोशन गोडाहेना
क्षेत्रफल
 • जम्मा२० किमी (८ वर्ग माइल)
उन्नतांश
१३० मिटर (४३० फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा५२१७०
 • घनत्व२,४७४/किमी (६४१०/वर्ग माइल)
वासिन्दाराट्नियानस्
समय क्षेत्रयुटिसी+०५:३० (श्रीलङ्काको समय)
वेबसाइटआधिकारिक वेबसाइट

रत्नपूरा (सिंहली: රත්නපුර; तमिल: இரத்தினபுரி) श्रीलङ्काको एक प्रमुख सहर हो । यो रत्नपसरा सहर सबरागम्वा प्रान्तको राजधानी सहर हो । साथै यो सहर श्रीलङ्काको रत्न व्यापारको प्रमुख व्यापारीक केन्द्र पनि हो ।

रत्नपुरा को संस्कारी अर्थको रूपमा रत्नहरूको सहर भनेर पनि लिइने गरिन्छ । जस अन्तर्गत रत्न को शाब्दिक अर्थ बहुमुल्य धातु रत्न हुन्छ भने पूरा को शाब्दिक अर्थ नगर शहर भन्ने हुन्छ । यसरी पनि रत्नपुरालाई रत्नहरूको सहर भनिने गरिन्छ ।

सन् १९०१ मा रत्नपुराका जनसङ्ख्या ४,०८४ थियो भने सन् २०११ मा बढेर ५२,१७० पुगेको थियो । यहाँका जनताहरूले मुख्यगरि क्रमशः बौद्ध, हिन्दू, इसाई तथा इस्लाम धर्म मान्ने गर्दछन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

आजभन्दा झन्दै २००० वर्ष अगाडि भारतका बोध-गया, भरनासी तथा पतलिपुराबाट बौद्ध सन्यासीहरू आएर यो ठाउँमा भित्रीएका थिए । ती सन्यासीहरूले त्यतिबेला भित्राएका संस्कार र संस्कृतिहरू अझै पनि रत्नपुरामा जिवितै रहेको छ । त्यस्तै तिनीहरूले संकृत तथा पाली भाषामा आफ्नो अध्यापन गर्ने गर्दथे ।

राजनीति[सम्पादन गर्नुहोस्]

यो सहरमा नगरपालिकाको परिषद अनुसारको नियम लागू हुने गर्दछ । जसको अवलोकन मेयरले गर्ने गर्दछ । यो सहरको नगरपालिको परिषद्का लागि जम्मा १६ सिटमा मतदान हुने गर्दछ । भने २००६ को एक तथ्यांकअनुसार यो सहरमा कुल मतदाताको संख्या जम्मा २९,१५९ रहेको थियो ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

रत्न व्यापार[सम्पादन गर्नुहोस्]

यो सहरका मानिसहरू रत्न व्यापारमा पनि आधारित रहने गर्दछन् । यस सहरमा बढी मात्रामा ठूलाठूला रत्न व्यापारीहरू पनि बसोबास गर्ने गर्द छन् । दैनिक रूपमा यो सहरबाट ठूलो रूपमा अन्य छिमेकी सहर तथा बाह्य राष्ट्रमा रत्न वा पत्थरको व्यापार हुने गर्दछ । प्रमुखरूपमा यो सहरको रत्न व्यापारको पहिलो स्थानमा थाइल्यान्ड रहेको छ ।

कृषि[सम्पादन गर्नुहोस्]

यो रत्नपुरा सहरमन कृषि क्षेत्र पनि विकसित रूपमा तीव्र गतिमा अगाडि बढिरहेको छ । यहाँ बृहत मात्रामा चिया तथा रबर खेती गर्ने गरिन्छ । त्यसैले पनि यो सहर चिया तथा रबरका लाग राष्ट्रव्यापी चर्चित रहेको छ । यस्तै यहाँका किसानहरूले आम्दानीका निम्ति धान खेती गर्ने गर्दछन् । साथै यो सहर अत्यान्तै स्वादिलो फलफूल जस्तैः आँप तथा मेवाका लागि पनि प्रसिद्ध रहेको छ । प्राय धेरै मात्रा सहरको बजारहरूमा स्थानीय लोकल तरकारीको व्यापार हुने गर्दछ ।

यातायात[सम्पादन गर्नुहोस्]

रत्नपुरा रहरमा ए ४ हाइवे रहेको छ । जसले राजधानी सहर कोलम्बोसँग रत्नपुरालाई जोड्ने गर्दछ । तथा यहीँ मार्गबाट कोलम्बो देखि कल्मुनइ पनि जोड्ने गर्दछ । यसबाहेक यो सहरमन ए ८ नामक हाइवे पनि रहेको छ जसले यो सहरलाई पनादुरासँग जोड्ने गर्दछ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]