रवीन्द्र मिश्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रविन्द्र मिश्र
रवीन्द्र मिश्र
जन्म1967[१]
काठमाडौँ,नेपाल
राष्ट्रियतानेपाली
पेशाराजनीति
उल्लेखनीय श्रेय (हरू)
BBC Nepali, Help Nepal Network
वेबसाइटwww.rabindramishra.com

रविन्द्र मिश्र बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक हुन्। उनी एक पत्रकार तथा स्तम्भकार पनि हुन्। उनीद्वारा नेपाली विभिन्न पत्रिकाहरूमा मुख्यत: नेपाल साप्ताहिकमा विभिन्न कालखण्डमा छद्दनाम प्रयोग गरेर छपाइएका समसामयिक स्तम्भ लेखहरूको सङ्गालो भूमध्य रेखा नामको पुस्तक प्रकाशित भएको छ। त्यस पुस्तकबाट प्राप्तहुने रोयल्टी रकम मिश्रले चितवनस्थित राउटेहरूलाई सहयोग गर्ने कुरा पुस्तक बिमोचन समारोहमा गराएका थिए ।

शिक्षा[सम्पादन गर्नुहोस्]

रबिन्द्र मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अङग्रेजीमा स्नातकोत्तर हासिल गरेका हुन् । त्यसैगरि पन्जाब विश्वविद्यालय, पाकिस्तानबाट पत्रकारितामा तथा लन्डन विश्वविद्यालय, बेलायतबाट अन्तराष्ट्रिय राजनितिमा स्नातकोत्तर गरेका हुन् ।

पेशा[सम्पादन गर्नुहोस्]

रवीन्द्र मिश्र पेशाले पत्रकार थिए।उनि बीबीसी नेपाली सेवाका प्रमुख थिए र उनले बीबीसीका महत्त्वपूर्ण अङ्ग्रेजी विभागहरू,द वल्ड टुडे,न्युज आवर र समाचार महाशाखामा काम गरेका थिए।उनले बीबीसी टेलिभिजनका लागि समाचार सम्प्रेषण र विश्लेषणहरू गरेका थिए। मिश्रले पाकिस्तानमा द न्युज इन्टरन्यासनल दैनिकको समाचार शाखामा पनि काम गरेका थिए। वि.सं. २०७३ फागून १७ मा बिबिसी नेपाली सेवाबाट राजिनामा दिए। राजनीति गर्नका लागि उनले पत्रकारिताबाट राजिनामा दिएका हुन् ।[२]

समाज सेवा[सम्पादन गर्नुहोस्]

मिश्र कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क, नेपालका लागि महिनाको सय रूपैयाँ कोष(www.helpnepal.net)का संस्थापक अध्यक्ष हुन् ।

राजनीतिक यात्रा[सम्पादन गर्नुहोस्]

रवीन्द्र मिश्रले बीबीसी नेपालीबाट राजिनामा दिएर सक्रिय राजनीतिमा होमिएका छन। यसै सिलसिलामा उनले साझा पार्टी दल गठन गरेका थिए। वि. सं २०७४ कार्तिकमा साझा पार्टी र समान उद्देश्य बोकेको, विवेकशील नेपाली दल बिच एकीकरण भई, विवेकशील साझा पार्टी गठन भएको थियो। जस्का संयोजक मध्य एक रवीन्द्र मिश्र हुन।

कृतीहरु[सम्पादन गर्नुहोस्]

  • खान पुगोस् दिन पुगोस्
  • भूमध्यरेखा
  • रवीन्द्र मिश्रका कविता

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Rabindra Mishra Biography, Book and Contact", Bigul Media, BigulNews, अन्तिम पहुँच १७ डिसेम्बर २०१६ [dead link]
  2. http://www.onlinekhabar.com/2017/02/549019/ राजनीतिमा होमिन बीबीसीबाट राजीनामा-अनलाईन खबर

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]