रेनुका नगरकोटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेनुका नगरकोटी
नेपाली राष्ट्रिय फुटबल टिमको पोशाकमा रेनुका नगरकोटी
व्यक्तिगत जानकारी
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
एपीएफ क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
एपीएफ क्लब
अन्तर्राष्ट्रिय करियर
२०१०- नेपाल २४ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

रेनुका नगरकोटी एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी तथा वर्तमान उपकप्तान समेत हुन्। साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

रेनुका नगरकोटी उनको परिवारमा ६ छोरीहरू मध्यकी ठाइँली हुन्। पहिले उनको परिवारमा बुवाले मात्रै काम गरदथे। त्यसैले जेनतेन परिवारको दैनिकी चलिरहेकै थियो।

खेलजीवन[सम्पादन गर्नुहोस्]

वि.स. २०६५ सालतिरको कुरा, रेनुकाले पहिलोपटक फुटबल प्रतियोगिता खेल्दा नै ‘प्लेयर अफ द टुर्नामेन्ट’ भएकी थिइन्। बारा जिल्लाको सिमरामा भएको उक्त प्रतियोगिता उनको लागि निकै स्मरणीय रहेको छ। त्यतिबेला उनले आफूले पाएको पुरस्कार आमालाई सुम्पिइन् ।

एपीएफ क्लब[सम्पादन गर्नुहोस्]

एपीएफ क्लबबाट खेल्ने क्रममा रेनुका

उनी पहिले रौतहटबाट एपीएफको टिममा आएकी थिइन्। तर त्यहाँ एक वर्ष बस्दा प्लेइङ सेटमा नपरेपछि भने उनी एक वर्ष आर्मीमा गइन्। अर्को वर्ष एपीएफले प्लेइङ सेटमा राख्ने भन्दै पैसा बढाएर बोलाएपछि उनी एपीएफबाटै खेलेकी थिइन्[२]

नेपाल राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

सन् २०११ मा रेनुका राष्ट्रिय टिममा परेकी थिइन्। सन् २०१६ मा उनी नेपाली राष्ट्रिय महिला टिमको कप्तान भएकी थिइन्। त्यसपछि उनको जिम्मेवारी थपिएको थियोे। सानो सानो टुर्नामेन्टमा कहिल्यै पनि कप्तान नभएकी उनी सिधै राष्ट्रिय टिमको कप्तान बनेकी थिइन्। तर पछि निरु थापा नेपाली टिमको कप्तान भए पछि भने उनी नेपाली टिमको उपकप्तान बनेकी थिइन्।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]