लिस्तीकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिस्तीकोट
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

लिस्तीकोट नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। प्रकृतिको वरदान लिस्तीकोट गाविस जिल्लाको उत्तरी भेगमा अवस्थित छ। भौगोलिक रूपमा निकै सुन्दर यस गाविस जिल्ला सदरमुकामबाट १२ कोष दुरी टाढा पर्दछ। यस गाविसको कुल क्षेत्रफल ५१.१४ वर्ग किलोमिटर छ। लिस्तीको पूर्वमा फुल्पिङकट्टी पश्चिममा गुम्बा गाविस उत्तरमा तातोपानी गाविस र दक्षिणमा घुम्थाङ गाविस पर्दछ। लिस्ती थुम अन्तर्गत पर्ने यस गाविसमा चिसो हावापानी पाइन्छ। यस गाविसमा धेरै खेती योग्य जमीन नभएपनि यहाँको प्रमुख कृषि उत्पादनमा आलु कोदो फापर आदि पर्दछन्। शेर्पा जातिको बाहुल्यता भएको यस गाविसमा मानिसहरू व्यापार व्यावसाय घरेलु उद्यम कृषि तथा पुशपालन नोकरी तथा पर्यटन व्यावसायमा संलग्न छन्। यस गाविसमा प्रसिद्ध भैरव कुण्ड पर्दछ। भैरव कुण्ड धार्मिक तथा प्राकृतिक रूपले निकै पवित्र छ। सुन्दर ताल तथा आकर्षक झरनाले यस गाविसको स्वभा निकै नै बढाएको छ। लिस्ती गाविसमा स्लेट ढुङ्गाको खानी भएको अनुमान गरिएको छ। जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने यस गाविसको वि।सं। २०५८ सालमा साक्षरता दर २० घरपरिवार संख्या ७३७ र जनसङ्ख्या ३५०१ थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "लिस्तीकोट", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]