वाल-ई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाल-ई
निर्देशकएन्ड्रयु स्टान्टन
पटकथा
  • एन्ड्रयु स्टान्टन
  • जिम रियर्डन
कथा
  • एन्ड्रयु स्टान्टन
  • पिट डोक्टर
निर्माताजिम मरिस
मुख्य कलाकार
  • बेन बर्ट
  • एलिसा नाइट
  • जेफ गार्लिन
  • फ्रेड विलार्ड
  • जन र्‍याट्जेन्बर्गर
  • क्याथी नाजिमी
  • सिगर्नी वीभर
छायाङ्कन
  • जेरेमी ल्यास्की
  • ड्यानिएल् फिन्बेर्ग
सम्पादनस्टीफन स्क्याफर
सङ्गीतथोमस निउम्यान
वितरक
कम्पनीहरू
* वाल्ट डिज्नी पिक्चर्स
  • पिक्सार एनिमेसन स्टुडियोज
वितरकवाल्ट डिज्नी स्टुडियोज मोसन पिक्चर्स
प्रदर्शन मिति
  • सन् २००८ जुन २३ लस एन्जलस
  • सन् २००८ जुन २७ उत्तर अमेरिका
अवधि
९७ मिनेट
देशअमेरिका
बजेट१८० मिलियन डलर
बक्स अफिस५३३.३ मिलियन डलर

वाल-ई 2008 को अमेरिकी विज्ञान काल्पनिक कम्प्युटर एनिमेटेड चलचित्र हो जसलाई पिक्सार एनिमेसन स्टुडियोज्(Pixar Animation Studios)ले वाल्ट डीज्नी पिक्चर्स(Walt Disney Pictures)कोलागि निर्माण गरेको हो । एन्ड्रयु स्टान्टन(Andrew Stanton)ले यसलाई निर्देशन गरेका हुन् साथै उनले जीम रियर्डन(Jim Reardon)सँग मिलेर यो चलचित्रको पटकथा लेखेका हुन् । यसको कथा पनि एन्ड्रयु स्टान्टन(Andrew Stanton) र पिट डोक्टर(Pete Docter)बाट लेखिएको हो । यसमा बेन बर्ट(Ben Burtt), एलिसा नाइट(Elissa Knight), जेफ् गार्लिन(Jeff Garlin), जन र्‍याट्जेनबर्गर(John Ratzenberger), क्याथी नाजिमी(Kathy Najimy) र सिगर्नी विभर(Sigourney Weaver)को आवाज र फ्रेड विलार्ड(Fred Willard)को अभिनय रहेको छ । यो काथा एउटा वाॅल-ई अर्थात वेस्ट एलोकेसन् लोड लिफ्टर अर्थ् क्लास्(Waste Allocation Load Lifter: Earth-Class) नामक रोबोटको बारेमा हो । भबिस्यमा फोहोर भएको र मरुभूमि बनेको पृथ्वीको सफाइकोलागि बनाइएको रोबोटहरूको टोलीमा उ अन्तिम रोबोट थियो ।