"राष्ट्रप्रमुख" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Replacing Recep_Tayyip_Erdoğan_2019_(cropped).jpg with File:Recep_Tayyip_Erdoğan_2018_(cropped).jpg (by CommonsDelinker because: File renamed: Criterion 3 (obvious error)).
पङ्क्ति ५: पङ्क्ति ५:
| image1 = Joko_Widodo_2019_official_portrait.jpg
| image1 = Joko_Widodo_2019_official_portrait.jpg
| image2 = Emperor Naruhito at TICAD7 (cropped).jpg
| image2 = Emperor Naruhito at TICAD7 (cropped).jpg
| image3 = Recep Tayyip Erdoğan 2019 (cropped).jpg
| image3 = Recep Tayyip Erdoğan 2018 (cropped).jpg
| footer = Kepala negara dari berbagai negara:
| footer = Kepala negara dari berbagai negara:
* [[जोको विदोदो]], इन्डोनेसिया राष्ट्रपति
* [[जोको विदोदो]], इन्डोनेसिया राष्ट्रपति

१२:३५, १४ मे २०२१ जस्तै गरी पुनरावलोकन

Kepala negara dari berbagai negara:

राष्ट्रप्रमुख अथवा राष्ट्राध्यक्ष कुनै पनि सम्प्रभु राष्ट्रको एक सार्वजनिक राजनैतिक व्यक्तित्व हो। राष्ट्रप्रमुखलाई सम्पूर्ण राष्ट्रको एकता तथा संविधान रक्षा तथा पालनको चिन्हात्मक मानवीय स्वरूपको रुप मानिन्छ। विभिन्न देशहरूमा राष्ट्रप्रमुखलाई राजा (नेपाल अधिराज्य), महारानी (बेलायत), जार (रुसी साम्राज्य), सम्राट (जापानी साम्राज्य) , शाह फारसी साम्राज्य/ राजतन्त्रात्मक इरान) सुल्तान (सल्तानत), बादशाह (मुगल साम्राज्य), राष्ट्रपति (गणतन्त्र), परमाधिपति, अयातुल्लाह (इस्लामिक गणतन्त्र इरान), राजकुमार (साउदी अरब), सर्वोच्च नेता (उत्तर कोरिया), परम-नेता, इत्यादि जस्ता विभिन्न उपाधीहरूले सम्बोधन गरिन्छ। देशको शासकीय स्वरुप तथा शक्ति पृथकीकरणको आधारमा , राष्ट्रप्रमुख आलंकारिक संवैधानिक प्रमुख (बेलायति राजतन्त्र , जापानी राजतन्त्र, भारतीय राष्ट्रपति, नेपालका राष्ट्रपति) वा समानान्तर रुपमा एकसाथ सरकार प्रमुख पनि (अमेरिकी राष्ट्रपति, जो अमेरिकी सेनाको परमाधिपति समेत हुन्) हुन सक्छन् ।

काम कर्तव्य

राष्ट्रप्रमुख सम्प्रभुसत्ता सम्पन्न राष्ट्रमा सर्वोच्च ओहोदा हो। राष्ट्रप्रमुखसंग संविधानले दिए अनुसार निम्न उल्लेखित केही वा सबै अधिकार निहित हुन्छ। कुनै व्यक्ति राष्ट्रप्रमुख बनेपछि वा बनेको केही समय पश्चात, राष्ट्रप्रमुखले कार्यभार ग्रहण गर्ने बेलामा प्रायः औपचारिक समारोह हुन्छ। यसलाई गणतन्त्रमा राष्ट्रपतिको सपथ ग्रहण, वा राजतन्त्रमा राज्यारोहण/ राज्याभिषेक भनिन्छ ।

प्रतीकात्मक भूमिका

समसामयिक विश्वमा राष्ट्रप्रमुखलाई एक देशको जीवित राष्ट्रिय प्रतीकको रुपमा मानिन्छ।

धेरै देशहरूमा, राष्ट्रप्रमुखको आधिकारिक पोट्रेट चित्र सरकारी कार्यालय, अदालत र अन्य सार्वजनिक भवनहरू,मा देख्न सकिन्छ। यो अवधारणा मध्यकालीन समय देखि नै प्रचलनमा आएको थियो । यो प्रचलन कहिले काहीं अति उग्र रुपमा लिइन्छ र राष्ट्रप्रमुखलाई नै राष्ट्रको प्रतीक मानिन्छ जसले गर्दा व्यक्ति पुजाको सुरुवात हुन्छ र अन्य प्रतिक जस्तै झण्डा भन्दा पनि राष्ट्रप्रमुखलाई देशको प्रतिनिधित्व मानिन्छ।

कार्यकारी भूमिका

उच्च आधिकारीहरूको नियुक्ति

धेरै देशहरूमा सरकार प्रमुख, अन्य क्याबिनेट मन्त्रीहरू, न्यायाधीश र प्रमुख निजामति सेवाका, कुटनैतिक सेवाका, सैन्य अधिकारी र संवैधानिक अंगका आयुक्तहरू लगायत धेरै उच्च अधिकारीहरूको नियुक्ति राष्ट्रप्रमुखले गर्ने प्रचलन छ। धेरै संसदीय देशहरूमा सरकार प्रमुखको नियुक्ति संसदको समर्थनमा राष्ट्रप्रमुखले गर्ने र अन्यको नियुक्ति सरकार प्रमुखको सिफारिसमा राष्ट्रप्रमुखद्वारा गरिन्छ।

राष्ट्रपतीय व्यवस्था भएको देशमा, जस्तै संयुक्त राज्य अमेरिका, नियुक्तिहरू राष्ट्रपतिद्वारा मनोनित गरिन्छ , तर यी मनोनयनहरू व्यवस्थापिकाद्वारा, (अमेरिका मा अमेरिकी सिनेट) सामान्य बहुमतले अनुमोदन गरिनुपर्छ ।[१]

राष्ट्रप्रमुखद्वारा अधिकारीहरूलाई बर्खास्त पनि हुन सक्छन् ।

कुटनैतिक भूमिका

रसियाका लागि लेसोथोका राजदुत रुसका राष्ट्रपति भ्लादिमिर पुटिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै

राजदुतहरूको नियुक्ति तथा विदेशी राजदुतको ओहोदाको प्रमाणपत्र बुझ्ने कार्य राष्ट्रप्रमुखद्वारा हुन्छ।

सैन्य भूमिका

राष्ट्रप्रमुख सेनाको परमाधिपति रहने प्रचलन छ।

व्यवस्थापकीय भूमिका

संसद अधिवेशन आह्वान तथा अन्त्य; संसद भंग

अन्य विशेषाधिकार

मानपदवी तथा विभूषण

राज्यको तर्फबाट प्रदान गरिने मानपदवी तथा विभूषणहरू राष्ट्रप्रमुखले दिने प्रचलन छ। देशको इज्जत, प्रतिष्ठा बढाउने स्वदेशी र विदेशी नागरिकहरूलाई मानपदवी तथा विभूषण विभूषित गरिन्छ।

प्रतिरक्षा

आममाफी

उदाहरण

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. Constitution of the United States = WebCite अभिलेखिकरण २३ अगस्ट २०११ मिति, National Archives and Records Administration. Retrieved on 11 November 2012.