"जलवायु परिवर्तन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साकुनै सम्पादन सारांश छैन
सा Nirmal Dulal द्वारा भूमण्डलीय उष्मीकरण पृष्ठलाई वायु परिवर्तन मा सारियो: wiki data link अनुसार शीर्षक सुधार
(कुनै भिन्नता छैन)

११:०३, १६ मे २०२१ जस्तै गरी पुनरावलोकन

'ग्लोबल वार्मिङ'भन्ने अङ्ग्रेजी पदावलीलाई नेपालीमा भूमण्डलीय ऊष्मीकरणको रूपमा रूपान्तरित गरिएको छ। हिन्दी भाषामा समेत यो पदावलीको नै प्रयोग गरिएको पाइन्छ।

भूमण्डलीय ऊष्मीकरणको अर्थ हुन आउँछ पृथ्वीको तापक्रममा हुन आइरहेको क्रमिक वृद्दि र यसका कारणले हुन जाने प्रभावहरू। वातावरणविद एवँ वैज्ञानिकहरूका अनुसार हामी बसोवास गरिरहेको पृथ्वी क्रमश: तातिरहेको छ तर यसको कारण पृथ्वीलाई ताप र शक्ति प्रदान गर्ने सूर्यको तापक्रम बढेको कारणले नभई, पृथ्वी भित्रैबाट सिर्जित मानवीय कारणले गर्दा हुन गएको हो। यो कुराको सिधा सम्बन्ध मानव जातिले आँफू बाँचेको संसारलाई प्रदूषित पार्न खेलेको भूमिकासँग गाँसिएको छ।

ईसाको १८ औँ शताव्दिको अन्त्यतिर शुरू भएको औद्योगिक क्रान्ति अनि कलकारखानाहरूको स्थापना र १९औँ तथा बीसौँ शताव्दिमा यातायात , कलकारखाना र मेशिनहरू जस्ता प्रसाधनहरूको अत्यधिक प्रयोगमा लाग्ने पेट्रोल, डिजेल, मट्टितेल जस्ता ईन्धनहरू तथा मिथेन जस्ता ग्यासहरू बालेर वातावरणमा उत्सर्जन हुन पुग्ने कार्बन, कार्बन मोनोअक्साइड आदि जस्ता विषालु र हानिकारक ग्यासहरूको मात्रा बढ्दै जानाले नै वातावरणीय प्रदूषण र भूमण्डलीय ऊष्मीकरणको डरलाग्दो स्थिति पैदा हुने स्थिति आएको हो।

वैश्‍विक मध्‍य सतहको ताप 1961-1990 को सापेक्ष भन्दा अलग छ
1995 देखि 2004 को समयमा औसत धरातलीय तापमान 1940 देखि 1980 सम्मको औसत तापमान भन्दा भिन्न देखिन्छ

भूमंडलीय ऊष्मीकरण (ग्‍लोबल वर्मिंग)को अर्थ पृथ्‍वीको निकटस्‍थ-सतहको वायु र महासागरको औसत तापमानमा २०औं शताब्‍दी देखि भैरहेको वृद्धि र त्यसको अनुमानित निरन्तरता हो।

सन्दर्भ सामग्रीहरू