"विकिपिडिया:सामान्य अस्वीकारोक्ति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
प्रहरी क्रमचारिको काम कर्तव्य र अधिकार
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Aanand sah teli (वार्तालाप)द्वारा Biplab Anandद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनोहरू: प्रतिस्थापित रोलब्याक
पङ्क्ति १: पङ्क्ति १:
<div style="text-align: center; font-size: x-large; padding: १em;">विकिपिडिया वैधताको कुनै ग्यारेन्टी दिदैन</div>
परिच्छेद-६


विकिपिडिया एक वेब आधारित सहयोग-प्राप्त ज्ञानकोष हो,अर्थात्, यो मानव ज्ञानको साधारण संसाधन विकसित गर्नका लागि व्यक्तिहरु तथा समूहहरुको एक स्वैच्छिक संगठन हो। यस परियोजनाको संरचना अंतर्जाल संयोजनका साथ कुनै पनि व्यक्तिलाई यसका सामाग्रीहरुलाई परिवर्तन गर्ने अनुमति दिइन्छ। कृपया यो ध्यान राख्नुहोस् कि यो आवश्यक छैन कि यहाँ पाइएको सामाग्रीको विशेषज्ञहरु द्वारा सही तथा विश्वसनीय जानकारी दिनका लागि समीक्षा गरिएको छ।
## ५३.प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार
प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार : यस नियमावलीमा लेखिएका अन्य कुराहरूका अतिरिक्त प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :


यसको यो तात्पर्य होइन कि विकिपिडियामा मूल्यवान तथा सही जानकारी पाइदैन ; अधिकांशतः यो सही नै हुनेछ। हुनत, '''विकिपिडिया तपाईंलाई यहाँ पाइएको जानकारीको सत्यताका बारेमा ग्यारेन्टी दिन सक्तैन।''' कुनै पनि लेखको सामाग्रीको हटाउन सकिन्छ, उत्पातको शिकार हुन सक्छ अथवा यस्तो व्यक्ति द्वारा बदलिन सक्छ जो उ संगत क्षेत्रमा ज्ञानको अवस्थाले भिन्न विचार राख्न सक्छ। ध्यान दिनुहोस कि अधिक तर अन्य विकिपिडिया तथा सन्दर्भ कार्यहरुमा पनि [[विकिपिडिया:गैर-विकिपिडिया अस्वीकारोक्तिहरु|समान अस्वीकरण]] हुन्छन।
(क) प्रहरी प्रधान कार्यालय र सो मातहतका सबै प्रहरी कार्यालयहरूमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने,
{{ठुटो}}
(ख) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षकहरूको काम कारबाही उपर उचित रेखदेख तथा नियन्त्रण गर्ने

(ग) प्रहरी सङ्गठनको काम कारबाहीलाई प्रभावकारी बनाउन आदेशको शृङखलालाई प्रभावकारीरूपमा लागू गर्ने वा गराउने, मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण कायम गर्ने वा गराउने,

(घ) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न आवश्यक नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने वा गराउने,
(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवालगायतका वृत्ति विकासका कार्य गर्ने वा गराउने,

(च) प्रहरी सेवालाई समयानुकूल र जनमुखी बनाउन नीति एवं योजना तर्जुमा गरी लागू गर्ने वा गराउने,

(छ) मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षणसम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(ज) सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैरकानुनी एवं गम्भीर आपराधिक क्रियाकलाप र असाधारण अवस्थाको राजनीतिक गतिविधिसम्बन्धी प्रतिवेदन यथाशीघ्र मन्त्रालयमा पठाउने,

(भ) सुरक्षा प्रतिकूल, गैरकानुनी एवं आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक योजना तर्जुमा गरी प्रभावकारीरूपमा लागू गर्ने वा गराउने,

(ञ) प्रचलित कानुनबमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारिता अभिवृद्धि गर्नका लागि आवश्यक नीति तथा योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(ट) प्रहरी कर्मचारीहरूको पीरमर्का व्यवस्थापनको उचित व्यवस्था गर्ने वा गराउने,

(ठ) प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने समयानुकूल प्रशिक्षणको व्यवस्था गर्ने,

(ड) विपद् व्यवस्थापन र पीडितको उद्धार कार्यमा प्रहरीलाई तदारुकतासाथ संलग्न गराउने,

(ढ) अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनसँग सम्पर्क तथा समन्वय कायम राख्ने,

(ण) वर्षमा एक पटक प्रत्येक क्षेत्रभित्रका कम्तीमा तीन जिल्लाका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने र सोको प्रतिवेदन मन्त्रालयमा पठाउने,

(त) देशको आन्तरिक शान्ति सुव्यवस्थासँग सम्बन्धित विषयमा नेपाल सरकारलाई राय सल्लाह दिने,

(थ) नेपाल सरकारबाट प्राप्त निर्देशन अनुरूप कार्यसम्पादन गरी प्रतिवेदन पेश गर्ने,

(द) अन्तर्राष्ट्रिय समुदायबाट शान्ति स्थापनार्थ नेपाल प्रहरीको माग भई आएमा नेपाल सरकारबाट स्वीकृति भएबमोजिम खटाउने व्यवस्था मिलाउने,

(ध) सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको कार्यशाला गोष्ठी, तालिम तथा अध्ययन आदिमा नेपाल प्रहरीको सहभागिताका लागि मन्त्रालयसमक्ष राय एवं सिफारिस पेश गर्ने,

(न) प्रहरी प्रशासनको वार्षिक प्रतिवेदन मन्त्रालयमा पठाउने,

(प) प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।




## ५८. महानगरीय वा दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार : प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा क्षेत्रीय प्रहरी कार्यालयको प्रत्यक्ष रेखदेख, नियन्त्रण तथा निर्देशनमा रहने गरी दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,

(ख) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,

(ग) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,

(घ) प्रहरी कर्मचारी तथा कार्यालयको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवालगायतका वृत्ति विकासका कार्य गर्ने,

(ङ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,

(च) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रभावकारी ढङ्गबाट खटिन सक्ने गरी अतिरिक्त बलको रूपमा दङ्गा नियन्त्रण प्रहरीलाई तयारी हालत राख्न समय सापेक्ष प्रशिक्षणको व्यवस्था गर्ने र आधुनिक साधनयुक्त बनाई तयारी हालतमा राख्ने,

(छ) हुलदङ्गा, साम्प्रदायिक दङ्गालगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने,

(ज) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन

(झ) गण र मातहत गुल्म तथा जनशक्ति, योजना तथा कार्य, प्रशिक्षण विषयमा आवश्यकताअनुसार यथाशीघ्र वा मासिक तथा वार्षिक रूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने,

(ञ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्नु गराउने र प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने/गराउने।








## ६०. जिल्ला प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार : अञ्चल प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र जिल्ला प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,

(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न,कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न जिल्ला मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,

(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवालगायतका वृत्ति विकासका कार्य गर्ने,

(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,

(ङ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गर्न लगाउने,

(च) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरूको गतिविधिको जानकारी राख्ने र राख्न लगाउने,

(छ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने,

(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने वा गराउने,

(झ) सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची-१ मा उल्लेखित मुद्दासम्बन्धी अपराध तथा प्रचलित कानुनबमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी प्रभावकारी र छिटो छरितो गर्ने वा गराउने साथै सो गर्दा अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,

(ञ) हिरासत व्यवस्थापन पक्षलाई प्रभावकारीरूपमा लागू गर्ने,

(ट) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गराउने,

(ठ) जिल्लाभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकताअनुसार सार्वजनिक सूचना जारी गर्ने,

(ड) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने,
(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,

(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताका साथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,

(त) ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तर्जुमा गरी लागू गर्ने,

(थ) प्रहरी काम कारबाहीका लागि मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,

(द) जिल्लाको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकताअनुसार लागू गर्ने वा गराउने,

(ध) स्थानीय प्रशासन, जिल्ला स्थित सरकारी तथा गैह सरकारी संघसंस्था तथा कार्यालय र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,

(न) मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार
संरक्षणसम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(प) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालनलगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदान प्रदान गर्ने,

(फ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति तथा गतिविधिहरूको बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,

(ब) प्रमुख जिल्ला अधिकारीबाट वर्षको कम्तीमा एकपटक निरीक्षण गराउने व्यवस्था मिलाउने साथै जिल्लाको शान्तिसुरक्षा कायम राख्ने कार्यमा निजले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने

(भ) सरुवा वा बढुवा भई जिल्ला छोड्दा अञ्चल प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई निम्न लिखित कुराहरू प्रतिवेदन र तयार गर्ने :

(१) जिल्लाको अपराधसम्बन्धी अवस्था,
(२) जिल्लाको राजनीतिक गतिविधि,
(३) जिल्लाको खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेला जम्मा हुने र संवेदनशील ठाउँ,
(४) जिल्लाको प्रमुख जिल्ला अधिकारीसँगको सम्बन्ध, (५) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय

(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकताअनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा अञ्चल प्रहरी कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने,

(य) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।








## ६४. ईलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार : जिल्ला प्रहरी कार्यालयको निर्देशन नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र इलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य अधिकार देहायबमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,

(ख) आवश्यकताअनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षासम्बन्धी अन्य काम गर्ने वा गराउने,

(ग) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न कार्यालय मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,

(घ) सजाय र पुरस्कारलगायतका वृत्ति विकासका कार्य गर्ने,

(ङ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको प्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,

(च) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने,

(छ) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरूको गतिविधिको जानकारी राख्ने र राख्न लगाउने,

(ज) शान्ति सुरक्षामा खलल पुयाउने, सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने साथै प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,

(झ) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने गराउने, (

(ञ) सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूची-१ म उल्लेखित मुद्दासम्बन्धी अपराध तथा प्रचलित कानुनबमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी सम्बन्धित सरकारी वकिलसँग समन्वय गरी प्रभावकारी र छिटो छरितो रूपमा सम्पन्न गर्ने,

(ट) आफ्नो कार्यालयबाट अनुसन्धान तथा तहकिकात भएका मुद्दाहरूको विवरणसम्बन्धी अभिलेख राख्ने, अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,

(ठ) इलाका वा वडाको क्षेत्रभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकताअनुसार सार्वजनिक सूचना जारी गर्ने,

(ड) अति विशिष्ट तथा विशिष्ट व्यक्तिको आवश्यक सुरक्षा मिलाउन लगाउनुका साथै त्यस्ता व्यक्तिको सवारीमा सुरक्षाको आवश्यक प्रबन्ध गर्ने,

(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने,

(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नुकासाथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने,

(त) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने,

(थ) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,

(द) इलाका वा वडाको कुनै क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकताअनुसार लागू गर्ने वा गराउने,

(ध) जिम्मेवारी क्षेत्रभित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव लिने, नागरिकसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने, शान्तिसुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने ।

(न) आवश्यकताअनुसार स्थानीय प्रशासन, आफ्नो कार्यालयको क्षेत्रभित्र रहेका सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालयसँग आवश्यक सम्पर्क र समन्वय गर्ने,

(प) आफ्नो कार्यालयमा उजुरी प्रतिवेदन गर्न आएका व्यक्तिहरूसँग सद्व्यवहार गर्ने र उनीहरूले भन्न चाहेका कुरालाई राम्ररी ध्यान दिई सुन्ने,

(फ) मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षणसम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(ब) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालनलगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,

(भ) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी पेश गर्ने :

(१) अपराधसम्बन्धी अवस्था,
(२) अपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्ति,
(३) अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति,
(४) खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेलाजम्मा हुने र संवेदनशील ठाउँ,
(५) राजनीतिक गतिविधि,
(६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय |

(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक वा वार्षिक रूपमा तालुक कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने,

(य) आफ्नो जिम्मेवारी क्षेत्रभित्रको शान्तिसुरक्षा कायम राख्ने कार्यमा प्रमुख जिल्ला अधिकारी र तालुक प्रहरी कार्यालयले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने,
(र) तालुक कार्यालयको निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने,








## ६५. चौकी प्रमुखको काम, कर्तव्य र अधिकार : जिल्ला प्रहरी कार्यालय वा ईलाका प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र प्रहरी चौकी प्रमुखको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,

(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न सजाय र पुरस्कारलाई कडाइकासाथ लागू गर्ने,

(ग) आवश्यकताअनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्तिसुरक्षासम्बन्धी अन्य काम गर्ने,

(घ) तत्काल थुनामा राख्नुपर्ने व्यक्तिलाई थुनामा राख्दा वा थुनाबाट बाहिर निकाल्दा यथासम्भव आफैँले वा आफ्नो अगाडि थुनामा राख्ने वा निकाल्ने,

(ङ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने, राख्न लगाउने,

(च) प्रहरी चौकीमा उजुरी प्रतिवेदन गर्न आएका व्यक्तिहरूसँग सद्व्यवहार गर्ने र उनीहरूले भन्न चाहेका कुरालाई राम्ररी ध्यान दिई सुन्ने, आफ्नो जिम्मेवारी क्षेत्रमा जनमुखी प्रहरी सेवा प्रदान गर्ने,

(छ) मानव अधिकारको संरक्षण सम्बर्द्धन गर्न गराउने, असहाय, महिला तथा बालबालिकाका हकअधिकार संरक्षण गर्न सदैव सजग रहने र आफ्ना मातहतका सबै प्रहरी कर्मचारीलाई सदैव सजग गराउने,

(ज) शान्ति सुव्यवस्था कायम राख्ने र अपराध रोकथामका लागि योजना बनाई गस्ती, पालो पहराको व्यवस्था मिलाउने,

(झ) अपराधसम्बन्धी दरखास्त वा खवर आएमा तालुक कार्यालयमा तुरुन्त खबर गरी चाहिने मद्दतसमेत लिई आफू पनि घटनास्थलमा जाने र मौकामा गर्नुपर्ने आवश्यक कारबाही गर्ने,

(ञ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गराउने,

(ट) विदेशी नागरिकहरूको गतिविधिको जानकारी राख्ने,

(ठ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका वा शङ्कित वा फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्तिको निगरानी राख्नुका साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने,

(ड) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,

(ढ) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने,

(ण) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने,

(त) प्रहरी चौकीको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पन्न हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकताअनुसार लागू गर्ने वा गराउने,

(थ) जिम्मेवारी क्षेत्रभित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव लिने, नागरिकसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने, शान्तिसुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने ।

(द) आवश्यकताअनुसार स्थानीयस्तरको सरकारी तथा गैह्रसरकारी निकायसँग आवश्यक सम्पर्क र समन्वय गर्ने,

(ध) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालनलगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने ।

(न) सुरक्षा प्रतिकूल क्रियाकलाप, शान्तिसुरक्षामा खलल पुऱ्याउने गतिविधि, खराब चरित्र भएका वा शङ्कित वा फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा त्यस्ता व्यक्तिको गतिविधिहरूको बारेमा तालुक कार्यालयमा प्रतिवेदन गर्ने ।







## ६६. प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार : (१) ऐन र यस नियमावलीको अधीनमा रही प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ : गरबमोजिम अन्य कार्यहरू गर्न वा गराउन

(क) प्रहरी आचरण तथा अनुशासनमा रहने,

(ख) तोकिएको जिम्मेवारी उच्च मनोबल र कुशलतापूर्वक निर्वाह गर्ने,

(ग) थुनुवा रहेका स्थानमा वा खरखजना वा अरू मालसामान रहेका स्थानमा पालो पहरा बस्दा थुनुवा भाग्न नपाउने वा मालसामान हिनामिना हुन नपाउने गरी राम्रोसँग काम गर्ने,

(घ) बदली हुँदा ड्युटीको सम्बन्धमा भए गरेको आदेश, तत्कालको जिम्मेवारीलगायत अन्य महत्वपूर्ण कुरा बदली भई आउने प्रहरी कर्मचारीलाई स्पष्ट जानकारी गराउने,

(ङ) फरार अपराधी फेला परेमा पक्रने र अरू कुनै किसिमको अपराधको सुराक पाएमा आफ्नो कमान्डरलाई तत्काल प्रतिवेदन गर्ने,

(च) सुरक्षा प्रतिकूल क्रियाकलाप, शान्तिसुरक्षामा खलल पुरयाउने गतिविधि, खराब चरित्र भएका वा शङ्कित वा फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा त्यस्ता व्यक्तिको गतिविधिहरू र भेला हुने ठाउँ बारेमा जानकारी प्राप्त भएमा आफ्नो कमान्डरलाई तत्काल प्रतिवेदन गर्ने,

(छ) शान्तिसुरक्षामा खलल पुयाउने, नागरिकको जीउधन क्षति पुयाउने र हातहतियार, बिष्फोटक पदार्थ एवं अन्य गैरकानुनी मालसमान बारेमा जानकारी प्राप्त भएमा आफ्नो कमान्डरलाई तत्काल प्रतिवेदन गर्ने,

(ज) विपद्को बेला तदारुकताका साथ उद्धारमा संलग्न हुने,

(झ) कमान्डरले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गर्ने,

(ञ) प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

(२) नेपाल सरकारले स्वीकृत गरेको प्रहरी सङ्गठनको कार्य विवरणको आधारमा मन्त्रालयको स्वीकृतिमा कार्यालय प्रमुखले प्रहरी सेवाको प्रत्येक पदको कार्य विवरण बनाई लागू गर्नु पर्नेछ र त्यस्तो कार्य विवरणमा त्यस्तो पदको काम, कर्तव्य, उत्तरदायित्व, अधिकार र योग्यता समेत स्पष्टरूपमा किटिएको हुनु पर्नेछ ।

०७:०१, १२ जुन २०२१ जस्तै गरी पुनरावलोकन

विकिपिडिया वैधताको कुनै ग्यारेन्टी दिदैन

विकिपिडिया एक वेब आधारित सहयोग-प्राप्त ज्ञानकोष हो,अर्थात्, यो मानव ज्ञानको साधारण संसाधन विकसित गर्नका लागि व्यक्तिहरु तथा समूहहरुको एक स्वैच्छिक संगठन हो। यस परियोजनाको संरचना अंतर्जाल संयोजनका साथ कुनै पनि व्यक्तिलाई यसका सामाग्रीहरुलाई परिवर्तन गर्ने अनुमति दिइन्छ। कृपया यो ध्यान राख्नुहोस् कि यो आवश्यक छैन कि यहाँ पाइएको सामाग्रीको विशेषज्ञहरु द्वारा सही तथा विश्वसनीय जानकारी दिनका लागि समीक्षा गरिएको छ।

यसको यो तात्पर्य होइन कि विकिपिडियामा मूल्यवान तथा सही जानकारी पाइदैन ; अधिकांशतः यो सही नै हुनेछ। हुनत, विकिपिडिया तपाईंलाई यहाँ पाइएको जानकारीको सत्यताका बारेमा ग्यारेन्टी दिन सक्तैन। कुनै पनि लेखको सामाग्रीको हटाउन सकिन्छ, उत्पातको शिकार हुन सक्छ अथवा यस्तो व्यक्ति द्वारा बदलिन सक्छ जो उ संगत क्षेत्रमा ज्ञानको अवस्थाले भिन्न विचार राख्न सक्छ। ध्यान दिनुहोस कि अधिक तर अन्य विकिपिडिया तथा सन्दर्भ कार्यहरुमा पनि समान अस्वीकरण हुन्छन।