"कुल रत्न तुलाधर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १६: पङ्क्ति १६:
[[श्रेणी:त्रिशक्ति पट्ट]]
[[श्रेणी:त्रिशक्ति पट्ट]]
[[श्रेणी:सन् १९१८ मा जन्म]]
[[श्रेणी:सन् १९१८ मा जन्म]]
[[श्रेणी:नेपाली इन्जिनियर]]

१३:०८, १४ जुन २०२१ जस्तै गरी पुनरावलोकन

कुल रत्न तुलाधर
इन्जिनियरिङ अध्ययन संस्थान परिसरमा रहेको कुल रत्न तुलाधर प्रतिमा

कुल रत्न तुलाधर (6 July 1918 – 2 March 1984) नेपालको निजामती बिभागको पहिलो मुख्य इन्जिनियर हुन् । उनले बि.सं २००८ देखि २०१४ सम्म सेवा गरे । [१] उनको मुख्य कार्यहरूमा त्रिभुवन राजपथको निर्माण पर्छ जुन राजमार्गले काठमाडौँ देखि दक्षिणी सिमाना सम्म जोड्थ्यो ।

तुलाधरले नेपालको आधुनिक इतिहासमा इन्जिनियरिङ अध्ययन शिक्षा विकासमा ठूलो भूमिका निर्वाह गरेका छन् ।

तुलाधरको जन्म काठमाडौँ असनमा बाबु आशा रत्न तुलाधार र आमा लक्ष्मी मया तुलाधरबाट भएको थियो । दरबार हाई स्कुलबाट पढाई पुरा गरेपछी उनी त्रिचन्द्र क्याम्पसमा भर्ना भएर आइ.एससी पढे र पटना विश्वविद्यालयबाट पढाई पुरा गरे । तुलाधरले कलकत्ता विश्वविद्यालयमा थप पढाईको लागि भर्ना भए जहाँबाट उनले इन्जिनियरिङ को अध्ययन पुरा गरे ।

उनी नेपाल इन्जिनियरिङ इन्स्टिच्युटको प्रथम प्रिन्सिपल नियुक्त भए , इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयको प्रथम डिन बने। १९७७ मा उनी लोक सेवा आयोगको सदस्यमा नियुक्त भए र उनले १९८३ सम्म सेवा गरे ।

सम्मान

तुलाधरलाई १९६२ मा बेलायतको सम्मानार्थ कमाण्डर " अडर अफ ब्रिटिश एम्पाएर"बाट सम्मानित गरियो । उनलाई राजाले गोरखा दक्षिण बाहु प्रथम श्रेणी , र त्रिशक्ति पट्ट दोश्रो श्रेणीले सम्मानित गरेका थिए ।

सन्दर्भ सामग्रीहरू

  1. "Background", Government of Nepal, Department of Roads, २००९, अन्तिम पहुँच ८ अप्रिल २०११