"पारिजात (साहित्यकार)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १५: पङ्क्ति १५:
| nationality = नेपाली <ref>{{cite web|title=नेपाली साहित्यकार – पारिजात|url=http://www.merospark.com/literature/paribhasit-aakharu-nepali-novel-parijat/date=३० अक्टोबर २०१४}}</ref>
| nationality = नेपाली <ref>{{cite web|title=नेपाली साहित्यकार – पारिजात|url=http://www.merospark.com/literature/paribhasit-aakharu-nepali-novel-parijat/date=३० अक्टोबर २०१४}}</ref>
}}
}}
'''पारिजात''' (वास्तविक नाम: '''विष्णु कुमारी वाइबा''', वि.सं. १९९४ - वि.सं. २०५०) प्रसिद्ध नेपाली [[साहित्यकार]] हुन्। साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजात लाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद विसङ्गतिवाद इत्यदि भाव पाइन्छ।
'''पारिजात''' (वास्तविक नाम: '''विष्णु कुमारी वाइबा''', वि.सं. १९९४ - वि.सं. २०५०) प्रसिद्ध नेपाली [[साहित्यकार]] हुन्। साहित्यका विभिन्न विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवाद इत्यदि भाव पाइन्छ।


==बाल्यकाल तथा जीवनी==
==बाल्यकाल तथा जीवनी==
पारिजातको जन्म [[दार्जिलिङ]]को लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैँले रोजेकी थिइन्। उनका असङ्ख्य कृतिहरूले जीवन्त सुवास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा [[काठमाडौँ]] भित्रिएकी पारिजातले [[पद्मकन्या विद्याश्रम]]बाट प्रवेशिका र [[पद्मकन्या बहुमुखी क्याम्पस|पद्मकन्या कलेज]]बाट बी.ए. सम्मको पढाई हासिल गरेकी थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले [[त्रिभुवन विश्वविद्यालय]]मा उनी भर्ना त भईन तर २६ वर्षको उमेरमा शारीरिक असक्तता र लेखन कार्यमा विशेष सक्रिय भएका कारणले उनको इच्छा अधुरै रह्यो।<ref>https://www.dictionnaire-creatrices.com/fiche-parijat</ref> दर्शनशास्त्र र साहित्य विषयका ग्रन्थहरू खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक सङ्घर्षशील नारी थिइन् । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्। त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि खप्नुपर्यो। पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसी अध्ययनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जुध्नुपर्यो। वि.सं. २०२९ सालमा उनका पिताको देहावसान भएपछि उनी पितृस्नेहबाट पनि वञ्चित हुनुपर्यो।
पारिजातको जन्म [[दार्जिलिङ]]को लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैँले रोजेकी थिइन्। उनका असङ्ख्य कृतिहरूले जीवन्त सुवास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा [[काठमाडौँ]] भित्रिएकी पारिजातले [[पद्मकन्या विद्याश्रम]]बाट प्रवेशिका र [[पद्मकन्या बहुमुखी क्याम्पस|पद्मकन्या कलेज]]बाट बी.ए. सम्मको पढाई हासिल गरेकी थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले [[त्रिभुवन विश्वविद्यालय]]मा उनी भर्ना त भइन् तर २६ वर्षको उमेरमा शारीरिक असक्तता र लेखन कार्यमा विशेष सक्रिय भएका कारणले उनको इच्छा अधुरै रह्यो।<ref>https://www.dictionnaire-creatrices.com/fiche-parijat</ref> दर्शनशास्त्र र साहित्य विषयका ग्रन्थहरू खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक सङ्घर्षशील नारी थिइन् । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्। त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि खप्नुपर्यो। पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसी अध्ययनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जुध्नुपर्यो। वि.सं. २०२९ सालमा उनका पिताको देहावसान भएपछि उनी पितृस्नेहबाट पनि वञ्चित हुनुपर्यो।


वि.सं. २०१३ सालमा '[[धरती (पत्रिका)|धरती]]' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन्।
वि.सं. २०१३ सालमा '[[धरती (पत्रिका)|धरती]]' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन्।


== स्वभाव ==
== स्वभाव ==
उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, बन, जङ्गल चहार्ने, जङ्गली फूलहरू टिप्ने गर्थिन्। उनलाई सा-साना घटनाले पनि गहिरो प्रभाव पार्दथ्यो। उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्। उनले वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष गरी मन पराउथिन्।
उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, वन-जङ्गल चहार्ने, जङ्गली फूलहरू टिप्ने गर्थिन्। उनलाई सा-साना घटनाले पनि गहिरो प्रभाव पार्दथ्यो। उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्। उनले वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष गरी मन पराउथिन्।


==राजनीतिक यात्रा==
==राजनीतिक यात्रा==
वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरेका थिए। त्यो समूहको नाम '[[राल्फा आन्दोलन|राल्फा]]' थियो। यस समूहको केन्द्रविन्दुका रूपमा पारिजात लिइन्थ्यो। यो समूहले आफ्ना विद्रोहका स्वर देश-विदेशमा जहाँजहाँ उराल्दै हिँड्ने क्रममा उनले आफ्नो अशक्त शरीर त्यहाँ-त्यहाँ पनि लिएर गईन्। पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो।
वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरेका थिए। त्यो समूहको नाम '[[राल्फा आन्दोलन|राल्फा]]' थियो। यस समूहको केन्द्रविन्दुका रूपमा पारिजातलाई लिइन्थ्यो। यो समूहले आफ्ना विद्रोहका स्वर देश-विदेशमा उराल्दै हिँड्ने क्रममा उनले आफ्नो अशक्त शरीर त्यहाँ-त्यहाँ लिएर गइन्। पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो।


उनको स्वास्थ्य झनझन् खराब हुँदै गयो। हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ गईन्। स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आफ्नो मनलाई सम्हालिन र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा [[नेपाल कम्युनिष्ट पार्टी]] चौथो महाधिवेशनको सदस्यता लिइन्। उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै [[अखिल नेपाल महिला सङ्घ]]को अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भइन्। पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भईन्। वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो।
उनको स्वास्थ्य झनझन् खराब हुँदै गयो। हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ गइन्। स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आफ्नो मनलाई सम्हालिन र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा [[नेपाल कम्युनिष्ट पार्टी]] चौथो महाधिवेशनको सदस्यता लिइन्। उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै [[अखिल नेपाल महिला सङ्घ]]को अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भइन्। पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भइन्। वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो।


गीत सङ्गीतमा उनको ठूलो लगाव थियो। वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।
गीत सङ्गीतमा उनको ठूलो लगाव थियो। वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।


वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उनी सडकमा ओर्लिइन्। विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन्। वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन्। प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको 'प्राज्ञिक सङ्घर्ष समिति'को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन्। पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन्। उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष अखिल नेपाल महिला माचको संस्थापक अध्यक्ष बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन्। अन्तराष्ट्रिय सङ्घ-संस्थाहरूमा आउट राइट इन्टरनेसनल, महिलावादी सङ्घ, महिला भूगोलविद समाज, एमनेस्टि अन्तर्राष्ट्रिय आदिसँग सम्बन्धित थिइन्।
वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उनी सडकमा ओर्लिइन्। विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन्। वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन्। प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको 'प्राज्ञिक सङ्घर्ष समिति'को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन्। पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन्। उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन्। अन्तराष्ट्रिय सङ्घ-संस्थाहरूमा आउट राइट इन्टरनेसनल, महिलावादी सङ्घ, महिला भूगोलविद समाज, एमनेस्टि अन्तर्राष्ट्रिय आदिसँग सम्बन्धित थिइन्।


उनले मदन पुरस्कार गण्डकी पुरस्कार र पाण्डुलिपि पुरस्कार प्राप्त गरिन्। उनलाई 'जनमत' र 'नेपाल तामाङ घेदुङ सङ्घ'द्वारा अभिनन्दित गरिएको थियो। पारिजातद्वारा लिखित पुस्तक '[[शिरीषको फूल|शिरिषको फूल]]'को अङ्ग्रेजी अनुवाद ब्लु मिमोसा लाई अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयले पाठ्यक्रममा पनि राखेको थियो।
उनले मदन पुरस्कार, गण्डकी पुरस्कार र पाण्डुलिपि पुरस्कार प्राप्त गरिन्। उनलाई 'जनमत' र 'नेपाल तामाङ घेदुङ सङ्घ'द्वारा अभिनन्दित गरिएको थियो। पारिजातद्वारा लिखित पुस्तक '[[शिरीषको फूल|शिरिषको फूल]]'को अङ्ग्रेजी अनुवाद ब्लु मिमोसालाई अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयले पाठ्यक्रममा पनि राखेको थियो।


==कृतिहरू==
==कृतिहरू==

१४:०३, ९ जुलाई २०२१ जस्तै गरी पुनरावलोकन

पारिजात
जन्म१९९४
दार्जिलिङ, भारत
मृत्यु२०५०
काठमाडौँ नेपाल
पेशासाहित्यकार
राष्ट्रियतानेपाली [१]
विधाउपन्यास, कविता, लघुकथा
उल्लेखनीय कार्यहरूशिरिषको फूल

पारिजात (वास्तविक नाम: विष्णु कुमारी वाइबा, वि.सं. १९९४ - वि.सं. २०५०) प्रसिद्ध नेपाली साहित्यकार हुन्। साहित्यका विभिन्न विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवाद इत्यदि भाव पाइन्छ।

बाल्यकाल तथा जीवनी

पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैँले रोजेकी थिइन्। उनका असङ्ख्य कृतिहरूले जीवन्त सुवास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट प्रवेशिका र पद्मकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरेकी थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा उनी भर्ना त भइन् तर २६ वर्षको उमेरमा शारीरिक असक्तता र लेखन कार्यमा विशेष सक्रिय भएका कारणले उनको इच्छा अधुरै रह्यो।[२] दर्शनशास्त्र र साहित्य विषयका ग्रन्थहरू खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक सङ्घर्षशील नारी थिइन् । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्। त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि खप्नुपर्यो। पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसी अध्ययनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जुध्नुपर्यो। वि.सं. २०२९ सालमा उनका पिताको देहावसान भएपछि उनी पितृस्नेहबाट पनि वञ्चित हुनुपर्यो।

वि.सं. २०१३ सालमा 'धरती' पत्रिकामा कविता प्रकाशन गरी उनले आफ्नो साहित्यिक यात्रा सुरु गरेकी थिइन्।

स्वभाव

उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, वन-जङ्गल चहार्ने, जङ्गली फूलहरू टिप्ने गर्थिन्। उनलाई सा-साना घटनाले पनि गहिरो प्रभाव पार्दथ्यो। उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्। उनले वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष गरी मन पराउथिन्।

राजनीतिक यात्रा

वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्था विरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले आफ्नो प्रकारको विद्रोहको स्वर उचाल्न एउटा समूहको निर्माण गरेका थिए। त्यो समूहको नाम 'राल्फा' थियो। यस समूहको केन्द्रविन्दुका रूपमा पारिजातलाई लिइन्थ्यो। यो समूहले आफ्ना विद्रोहका स्वर देश-विदेशमा उराल्दै हिँड्ने क्रममा उनले आफ्नो अशक्त शरीर त्यहाँ-त्यहाँ लिएर गइन्। पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँटमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्न पुग्यो।

उनको स्वास्थ्य झनझन् खराब हुँदै गयो। हाड-जोर्नीको रोग त छँदै थियो त्यसमाथि पनि क्षयरोग, अल्सर, दम पनि थपिएर बाँच्न मुस्किल पारिदियो। यी रोगहरूबाट मुक्ति पाउन उनी वि.सं. २०२६, वि.सं. २०२९, वि.सं. २०३० र वि.सं. २०३१ सालमा पटक-पटक गरी भारतमा उपचारार्थ गइन्। स्वास्थ्यमा कुनै सुधार नहुने स्पष्ट भएपछि उनले आफ्नो मनलाई सम्हालिन र आफूलाई साहित्यबाट मात्र नभई वैचारिक रूपले पनि देश र जनताका निम्ति समर्पित गर्ने अठोट लिई वि.सं. २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिइन्। उनी शारीरिक पीडाको कुनै वास्ता नगरी महिला मुक्तिको कार्यमा सक्रिय हुनुका साथै अखिल नेपाल महिला सङ्घको अध्यक्ष बनी भूमिगत कार्यमा सक्रिय भइन्। पारिजात वि.सं. २०३५/२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भइन्। वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार सङ्घको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहेको थियो।

गीत सङ्गीतमा उनको ठूलो लगाव थियो। वेदना सांस्कृतिक समूहसँगै र पछि इसाससँगै पटक-पटक गरी भारतका विभिन्न प्रान्तहरू लगायत स्वदेश र विदेशमा उनले भ्रमण गरिन्। उनी इन्द्रेणी सांस्कृतिक समाजको इसासको मानार्थ अध्यक्ष थिइन्।

वि.सं. २०४६ सालको जनआन्दोलनमा ज्यानको कुनै पर्वाह नगरी उनी सडकमा ओर्लिइन्। विभिन्न क्रियाकलापद्वारा जनआन्दोलनलाई सफल पार्न क्रियाशील रहिन्। वि.सं. २०४६ साल चैत्र ३ गतेको लेखक तथा कवि कलाकारको ऐतिहासिक विरोध प्रदर्शनमा पारिजात सबभन्दा अघिल्लो पङ्क्तिमा बसी कालोपट्टि बाँधी विरोध पदर्शन गर्ने कार्यलाई सफल पार्न सहभागी भइन्। प्रजातन्त्रको पुनर्वहालीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई प्रजातन्त्रिकरण गर्नुपर्दछ भन्ने माग राखी सङ्घर्षमा ओर्लेको 'प्राज्ञिक सङ्घर्ष समिति'को संयोजक भइन्। प्राज्ञहरूको माग पूरा गराउन भरमग्दुर प्रयास गरिन्। पारिजात विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घ संस्थासँग पनि संलग्न भइन्। उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य रहिन्। अन्तराष्ट्रिय सङ्घ-संस्थाहरूमा आउट राइट इन्टरनेसनल, महिलावादी सङ्घ, महिला भूगोलविद समाज, एमनेस्टि अन्तर्राष्ट्रिय आदिसँग सम्बन्धित थिइन्।

उनले मदन पुरस्कार, गण्डकी पुरस्कार र पाण्डुलिपि पुरस्कार प्राप्त गरिन्। उनलाई 'जनमत' र 'नेपाल तामाङ घेदुङ सङ्घ'द्वारा अभिनन्दित गरिएको थियो। पारिजातद्वारा लिखित पुस्तक 'शिरिषको फूल'को अङ्ग्रेजी अनुवाद ब्लु मिमोसालाई अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयले पाठ्यक्रममा पनि राखेको थियो।

कृतिहरू

भारतको पश्चिम बङ्गालको सिलिगुडीमा रहेको पारिजातको सालिक।

class="wikitable "

सम्मान र पुरस्कार

  • शिरीषको फूलको लागि मदन पुरस्कार - वि.सं. २०२२
  • युगज्ञान पुरस्कार वि.सं. २०२७
  • पाण्डुलिपि पुरस्कार वि.सं. २०४९
  • गण्डकी बसुन्धरा पुरस्कार वि.सं. २०४९ आदि

निधन

नेपाली साहित्यकी प्रखर नारी हस्ती पारिजात अङ्ग्रेजीमा एम.ए. पढ्न सुरू गर्दागर्दै प्यारालाइसिसले गर्दा अध्ययन गर्न नपाएकी उनको निधन लामो समयसम्मको पुरानो त्यही प्यारालाइसिसको व्यथाले वि.सं. २०५० साल वैशाख ५ गते बिहान ४ बजे वीर अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा भएको थियो।

सन्दर्भ सामग्रीहरू

यी पनि हेर्नुहोस्

बाह्य कडीहरू