"सौर्यमण्डल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Correcting
सुधार गरियो
पङ्क्ति ३९: पङ्क्ति ३९:
== ग्रह ==
== ग्रह ==
सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठुला पिण्डहरूलाई ग्रह भनिन्छ। [[दुरविन|दुरविनका]] सहायताले गहन खोज गरी ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लागेको थियो। कुनै ठुला ग्रहहरू पत्ता नलागेको धेरै वर्ष भईसक्यो, तर साना पिण्डहरू भने हरेक वर्ष धेरै पत्ता लाग्ने गरेका छन्। सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरूलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो। यसपछी सौर्यमण्डलमा ग्रहहरूको सङ्ख्या आठ पुगेको छ। सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह बृहस्पति ग्रह,सबैभन्दा सानो ग्रह बुध ग्रह,सबैभन्दा चम्किलो ग्रह शुक्र ग्रह र सबैभन्दा टाढाको ग्रह बरुण ग्रह हो।

==भित्री सौर्यमण्डल==

भित्री सौर्यमण्डल क्षेत्र स्थलीय ग्रहहरू र क्षुद्रग्रह बेल्ट मिलेर बनेको क्षेत्र हो।

===भित्री ग्रहहरू===
सौर्यमण्डलका भित्री ग्रहहरू अन्तर्गत चट्टान र जमीनी सतह भएका चार वटा ग्रहहरू पर्दछन्। यि ग्रहहरूको केहीको उपग्रहहरू नै छैनन् हुनेको पनि न्युन सङ्यामा छन्।

====बुधग्रह====
{{Main|बुधग्रह}}
बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुधग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।

====शुक्रग्रह====
{{Main|शुक्रग्रह}}
शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो र यो सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा छ। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डल कार्बन्डाईअक्साइड् र सल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । शुक्रग्रहसँग कुनै प्राकृतिक उपग्रह छैनन्।

====पृथ्वी====
{{Main|पृथ्वी}}
पृथ्वी ( सूर्यबाट १ खगोलिय एकाइ (१५ करोड किलोमिटर; ९ करोड ३० लाख माइल ) दुरीमा अवस्थित) सौर्यमण्डलको तेस्रो ग्रह हो। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। पृथ्वी एकमात्र प्राकृतिक उपग्रह [[चन्द्रमा]]] रहेको छ। पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्छ ।

====मङ्गल ग्रह====
{{Main|मङ्गल ग्रह}}
मङ्गल सूर्यबाट चौथो ग्रह वा भित्री सौर्यमण्डलको अन्तिम ग्रह हो। यो ग्रह पृथ्वी र शुक्र भन्दा आकारमा सानो छ। यसको जमीनमा भएको आइरन अक्साइडको कारण यसको रङ्ग रातो देखिन्छ। मङ्गल ग्रहको वायुमण्डलमा अधिकतम कार्बन्डाइअक्साइड रहेको छ। यसका दुईवटा प्राकृतिक उपग्रह रहेका छन्।

== यम (प्लुटो) अब ग्रह रहेन ==
== यम (प्लुटो) अब ग्रह रहेन ==
यमलाई ग्रह भनिन थालेको करिब सय वर्ष भईसक्यो। सन [[सन् २००६|२००६]]मा [[खगोल शास्त्र|खगोलशास्त्रीहरूले]] यसको सानो आकारका कारण यसलाई ग्रहबाट अबोन्नति गरी [[फुच्चेग्रह]] वा सानो-ग्रहको दर्जा दिए। यसो गर्नाको अर्को कारण यसको [[कक्ष]] हो, जुन अरु ८ ग्रहहरूको भन्दा निक्कै भिन्न छ।

हाल [[यम]], [[सेरेस]] र [[एरिस]] समेतलाई फुच्चे-ग्रह वा सानो-ग्रह भनिन्छ।
हाल [[यम]], [[सेरेस]] र [[एरिस]] समेतलाई फुच्चे-ग्रह वा सानो-ग्रह भनिन्छ।

१०:३१, १ अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

सौर्यमण्डल
A representative image of the Solar System with sizes, but not distances, to scale
सूर्य तथा ग्रहहरू
(दुरी मापन अनुसार नभएको)
आयु४५६.८ करोड वर्ष
स्थान
  • स्थानीय अन्तरनक्षत्रिय बादल, स्थानीय फोकाहरू,
  • कालपुरुष बाहु आकाशगङ्गा
मण्डलको पिण्ड१.००१४ सौर्यपिण्ड
नजिकको तारा
  • प्रक्सिमा सेन्टराई  (४.२५ प्रकाश वर्ष)
  • अल्फा सेन्टराई (४.३७ प्रकाश वर्ष)
नजिकको ज्ञात ग्रह मण्डलप्रक्सिमा सेन्टटराई मण्डल  (४.२५ प्रकाश वर्ष)
ग्रह मण्डल
बाहिरी ज्ञात ग्रहको अर्द्ध-प्रमुख कक्ष (बरुण)
३०.१० खगोलिय एकाइ
(४५  करोड किलोमिटर)
कुइपर पेटी सम्मको दुरी५० खगोलिय एकाइ
जनसङ्ख्या
ताराहरू  (सूर्य)
ज्ञात ग्रहहरू
ज्ञात पुड्के ग्रहहरू
२ वटा विश्वव्यापी मान्यता प्राप्त १ वटा सम्भावित २ वटा प्रमाणित हुनसक्ने
ज्ञात प्राकृतिक उपग्रहहरू
५७५
  • (१८५ वटा ग्रहमण्डल[१]
  • ३९० वटा सानो ग्रहमण्डल[२])
ज्ञात साना ग्रहहरू७,९६,३५४  (सन् २०१९ अगस्ट २७ को गणना अनुसार)[३]
ज्ञात लामपुछ्रे ताराहरू४,१४३  (सन् २०१९ अगस्ट २७ को गणना अनुसार)[३]
ज्ञात गोलाकार उपग्रहहरू१९ (५ वा सम्भवत ६ वटा समानस्थिति सहित)
आकाशगङ्गा केन्द्र सम्बन्धी कक्ष
स्थिर सतहको आकाशगङ्गा सतहतर्फ झुकाउ६०.१९°  (परिक्रमा कक्ष)
आकाशगङ्गा केन्द्र सम्मको दुरी२७,००० ± १,००० प्रकाश वर्ष
कक्षीय गति२२० किलोमिटर प्रति सेकेन्ड
कक्षीय अवधि२२५–२५० मिलियन वर्ष
तारा-सम्बन्धित गुणहरू
ताराहरूको श्रेणीजि वर्गका प्रमुख ताराहरू
हिमरेखा≈५ खगोलिय एकाइ[४]
हेलिपजको दुरी≈१२० खगोलिय एकाइ
पहाडी क्षेत्रको व्यास≈१–३ प्रकाशवर्ष

सौर्यमण्डल एक खगोलिय प्रणाली हो जसको केन्द्रमा रहेको तारालाई ग्रह तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन्। सबैभन्दा प्रशिद्ध सौर्यमण्डल मानव सहितको पृथ्वी रहको सौर्यमण्डल हो। पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ भने अन्य ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन्। सौर्यमण्डलको बीचमा सूर्य रहेको छ।

सूर्य

सूर्यको बाहिरी भाग देखिएको तस्विर

सूर्य एक मझौलो आकारको तारा हो। यसको सतहको तापक्रम लगभग हुन्छ भने यसको केन्द्रको तापक्रम [५] हुन्छ। र यसको केन्द्रको चाप [६]रहेको हुन्छ। सर्यले सम्पूर्ण सौर्य मण्डललाई नै उज्यालो पार्ने गरी प्रकाश दिन्छ। यसले यति धेरै प्रकाश र ताप दिनुको कारण यसको केन्द्रमा भइरहेको आणविक प्रतिक्रिया हो। आणविक प्रतिक्रिया हुन सूर्यको केन्द्रमा रहेको चाप र तापक्रमले मद्दत गर्दछन। सूर्यमा भन्दा बढी हाइड्रोजनको मात्रा रहेको हुन्छ।[७] हाइड्रोजनको परमाणुमा जम्मा एउटा इलेक्ट्रोन रहेको हुन्छ।[८] सूर्यको केन्द्र भागमा उच्च तापक्रम हुने भएकोले त्यहाँ रहेका हाइड्रोजनका इलेक्ट्रोनहरू छुट्टिएर जान्छन। अब हाइड्रोजनको न्युक्लियस मात्रै बाकि रहेको हुन्छ। हाइड्रोजनको न्युक्लियसमा प्रोटोन मात्रै हुन्छ। अब ति पोसिटिव चार्ज भएका प्रोटोनहरू माथि यति धेरै चाप लाग्छ कि विकर्षित हुँदा हुँदै पनि तिनीहरू एकै ठाउँमा आइ आणविक प्रतिक्रिया सुरु हुन्छ। यसको साथ साथै ठुलो मात्रामा ताप शक्ति र प्रकाश शक्ति उत्पन्न हुन्छ।

ग्रह

सूर्यको वरिपरि घुम्ने सबैभन्दा ठुला पिण्डहरूलाई ग्रह भनिन्छ। दुरविनका सहायताले गहन खोज गरी ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लागेको थियो। कुनै ठुला ग्रहहरू पत्ता नलागेको धेरै वर्ष भईसक्यो, तर साना पिण्डहरू भने हरेक वर्ष धेरै पत्ता लाग्ने गरेका छन्। सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्राग भएको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरूलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमा सुचीक्रित गरेको थियो। यसपछी सौर्यमण्डलमा ग्रहहरूको सङ्ख्या आठ पुगेको छ। सौर्यमण्डलको सबैभन्दा ठुलो ग्रह बृहस्पति ग्रह,सबैभन्दा सानो ग्रह बुध ग्रह,सबैभन्दा चम्किलो ग्रह शुक्र ग्रह र सबैभन्दा टाढाको ग्रह बरुण ग्रह हो।

भित्री सौर्यमण्डल

भित्री सौर्यमण्डल क्षेत्र स्थलीय ग्रहहरू र क्षुद्रग्रह बेल्ट मिलेर बनेको क्षेत्र हो।

भित्री ग्रहहरू

सौर्यमण्डलका भित्री ग्रहहरू अन्तर्गत चट्टान र जमीनी सतह भएका चार वटा ग्रहहरू पर्दछन्। यि ग्रहहरूको केहीको उपग्रहहरू नै छैनन् हुनेको पनि न्युन सङ्यामा छन्।

बुधग्रह

बुधग्रह सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजीकको ग्रह हो। यस ग्रहको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किलोमिटर रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ। बुध सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्य नजिक भएकोले यसले सूर्यलाई सबैभन्दा छिठो परिक्रमा गर्दछ। बुधग्रहलाई सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।

शुक्रग्रह

शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो र यो सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा छ। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायूमण्डल कार्बन्डाईअक्साइड् र सल्फ्युरिक् एसिडले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल् अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । शुक्रग्रहसँग कुनै प्राकृतिक उपग्रह छैनन्।

पृथ्वी

पृथ्वी ( सूर्यबाट १ खगोलिय एकाइ (१५ करोड किलोमिटर; ९ करोड ३० लाख माइल ) दुरीमा अवस्थित) सौर्यमण्डलको तेस्रो ग्रह हो। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। पृथ्वी एकमात्र प्राकृतिक उपग्रह चन्द्रमा] रहेको छ। पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। पृथ्वीले सुर्यको वरीपरी ३६५.२५ दिनमा १ फन्को घुम्छ ।

मङ्गल ग्रह

मङ्गल सूर्यबाट चौथो ग्रह वा भित्री सौर्यमण्डलको अन्तिम ग्रह हो। यो ग्रह पृथ्वी र शुक्र भन्दा आकारमा सानो छ। यसको जमीनमा भएको आइरन अक्साइडको कारण यसको रङ्ग रातो देखिन्छ। मङ्गल ग्रहको वायुमण्डलमा अधिकतम कार्बन्डाइअक्साइड रहेको छ। यसका दुईवटा प्राकृतिक उपग्रह रहेका छन्।

यम (प्लुटो) अब ग्रह रहेन

यमलाई ग्रह भनिन थालेको करिब सय वर्ष भईसक्यो। सन २००६मा खगोलशास्त्रीहरूले यसको सानो आकारका कारण यसलाई ग्रहबाट अबोन्नति गरी फुच्चेग्रह वा सानो-ग्रहको दर्जा दिए। यसो गर्नाको अर्को कारण यसको कक्ष हो, जुन अरु ८ ग्रहहरूको भन्दा निक्कै भिन्न छ।

हाल यम, सेरेसएरिस समेतलाई फुच्चे-ग्रह वा सानो-ग्रह भनिन्छ।

सौर्यमण्डलिय पिण्डहरूको क्रम

हाम्रो सौर्यमण्डलमा जम्मा ८ ग्रह, ३ साना ग्रह र अन्य ठूला पिण्डहरू सूर्यको परिक्रमा गर्दछन। सूर्यबाट दुरिको आधारमा क्रममा पिण्डहरू यस प्रकार रहेका छन्:

अन्य धेरै बस्तुहरूले सूर्यको परिक्रमा गर्दछन र तिनिहरू सबै सौर्यमण्डलकै भाग हुन। उदाहरणको लागि, क्षुद्रग्रह पेटी, एक यस्तो क्षेत्रहो जहाँ धेरै ढुङ्गाहरू छन्। यिनिहरू ग्रहहरू भन्दा निक्कै साना छन्। कतिपय त एक किलोमिटर भन्दा छोटो व्यास भएकापनि छन्।

सन्दर्भ सामग्रीहरू

  1. "How Many Solar System Bodies", NASA/JPL Solar System Dynamics, अन्तिम पहुँच २० अप्रिल २०१८ 
  2. Wm. Robert Johnston (१५ सेप्टेम्बर २०१९), "Asteroids with Satellites", Johnston's Archive, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१९ 
  3. ३.० ३.१ "Latest Published Data", The International Astronomical Union Minor Planet Center, मूलबाट ५ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१९ 
  4. Mumma, M.J.; Disanti, M.A.; Dello Russo, N.; Magee-Sauer, K.; Gibb, E.; Novak, R. (२००३), "Remote infrared observations of parent volatiles in comets: A window on the early solar system", Advances in Space Research 31 (12): 2563–2575, डिओआई:10.1016/S0273-1177(03)00578-7, बिबकोड:2003AdSpR..31.2563M 
  5. "How hot is the Sun?", अन्तिम पहुँच ९/२२/२०१७ 
  6. "Sun Fact Sheet", अन्तिम पहुँच ९/२२/२०१७ 
  7. "What is the Sun made up of?", अन्तिम पहुँच ९/२५/२०१७ 
  8. "Atomic Structure", अन्तिम पहुँच ९/२५/२०१७ 

बाह्य कडीहरू