"सिक्किम क्रान्तिकारी मोर्चा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५२: पङ्क्ति १५२:
== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
{{सन्दर्भसूची}}

[[श्रेणी:भारतको राजनीतिक दल]]

१८:०६, १० अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

सिक्किम क्रान्तिकारी मोर्चा
छोटो रूपSKM
सभापतिप्रेम सिंह तामाङ
संस्थापकप्रेम सिंह तामाङ
स्थापना4 फेब्रुअरी 2013 (११ वर्ष पहिले) (2013-०२-04)
प्रमुख कार्यालयगान्तोक, सिक्किम
विचारधारालोकतान्त्रिक समाजवाद
रङहरूरातो
भानिआ स्थितिराज्य राजनीतिक दल[१]
गठबन्धनराष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (सन् २०१९–हाल)[२]
लोक सभामा सिट
१ / ५४३
राज्‍य सभामा सिट
० / २४५
सिक्किम विधानसभामा सिट
१९ / ३२
राजनीतिक दलको झन्डा
वेबसाइट
www.myskm.org

सिक्किम क्रान्तिकारी मोर्चा भारतीय राज्य सिक्किमको एक राजनीतिक दल हो जुन सन् २०२० मा सिक्किमको सत्तारूढ पार्टी थियो।

गोले सिक्किम विधान सभाका एक पूर्व सदस्य सिक्किम प्रजातान्त्रिक मोर्चाका एक प्रमुख व्यक्तित्व थिए भनेे उनी सिक्किम सरकारका एक मन्त्री थिए। सन् २००९ को डिसेम्बरदेखि उनी पवन कुमार चाम्लिङ, सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा सिक्किमका पूर्व मुख्यमन्त्रीको मुखर आलोचक थिए। [३] उनले ४ फेब्रुअरी २०१३ मा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको स्थापना गरेका थिए। गोले सन् २०१९ मे २८ का दिन सिक्किमका मुख्यमन्त्री बन्दै चाम्लिङको २५ वर्षे लामो शासनकालको अन्त्य गरेका थिए। [४] [५]

इतिहास

सन् २०१४ को निर्वाचन

सन् २०१३ फेब्रुअरी ४ का दिन सिक्किम क्रान्तिकारी मोर्चाको स्थापना सिक्किमको एक पश्चिमी सहर सोरेङमा भएको थियो। भारती शर्मा यस राजनीतिक दलको कार्यकारी अध्यक्ष चुनिएकी थिइन् जो सिक्किममा राजनीतिक दलको पहिलो महिला नेत्री हुन्।

सन् २०१३ को सेप्टेम्बरमा प्रेम सिंह तामाङ, गोले औपचारिक रूपमा सिक्किम प्रजातान्त्रिक मोर्चाबाट अलग भई सिक्किम क्रान्तिकारी मोर्चाको पार्टी अध्यक्ष बनेका थिए। [६] [७]

सन् २०१४ अप्रिल १२ का दिन आयोजित विधानसभा निर्वाचनमा यस दलले सबै ३२ निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धा गरेको थियो। [८] सिक्किम क्रान्तिकारी मोर्चाले निर्वाचनमा १० सिट जित्न सफल हुँदै सिक्किम विधान सभामा दोस्रो ठूलो तथा विपक्षी दल बनेको थियो। यसले निर्वाचनमा ४०.८% मत प्राप्त गरेको थियो। सन् २०१४ को निर्वाचनमा सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले आफ्नो पार्टी सिक्किम सङ्ग्राम परिषद्लाई फिर्ता लिँदै बिना शर्त समर्थन सिक्किम क्रान्तिकारी मोर्चालाई समर्थन दिएका थिए उनले यसको पार्टीको प्रचार चरणमा एक सक्रिय भूमिका निभाएका थिए। सम्भवतः सिक्किमका पूर्व मुख्यमन्त्री भिमबहादुर गुरुङले यस पार्टीलाई आफ्नो समर्थन देखाउँदै सत्तारुढ सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीबाट राजीनामा दिएका थिए। [९] [१०]

सन् २०१४ सेप्टेम्बर १३ का दिन भएको सिक्किम विधान सभाको उपनिर्वाचनका लागि यस दलले भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन स्थापित गरी भाजपाका उम्मेदवार विकास बस्नेतलाई समर्थन गरेको थियो। [११]

सन् २०१७ मा यस दलको विधेयकले कुुुुुङ्गा निमा लेप्चालाई पार्टीको कार्यवाहक अध्यक्ष र त्यसै गरी सांसद सुब्बा र नवीन कार्कीलाई कार्यकारी अध्यक्षको रूपमा निर्वाचित गरेको थियो। त्यस्तै पार्टीले अरुण उप्रेतीलाई पार्टीको महासचिव नियुक्त गरेको थियो

सन् २०१९ को निर्वाचन

सिक्किम क्रान्तिकारी मोर्चाले सन् २०१९ को भारतीय निर्वाचन भन्दा पहिले भारतीय जनता पार्टीसँग गठबन्धनको नजिक पुगेेेेेेतापनि यसले एक्लै निर्वाचन लड्ने निर्णय गरेको थियो। [१२] सन् २०१९ को सिक्किम विधान सभा निर्वाचन पछि यस दलले सन् २०१९ को मे महिनामा भारतीय जनता पार्टीको नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनमा सामेल हुने निर्णय गरिएको थियो। [१३]

यस दलले सिक्किम विधान सभाका सबै ३२ निर्वाचन क्षेत्रहरूमा निर्वाचन लड्दै १७ निर्वाचन क्षेत्रहरू जित हासित गरेको। यस प्रकार सिक्किममा पवन कुमार चाम्लिङ को २५ वर्षे लामे शासनको अन्त्य भएको थियो। [१४]

सिक्किम लोकसभामा आफ्नो निकटतम प्रतिद्वन्द्वी सिक्किम प्रजातान्त्रिक मोर्चाका डिक बहादुर कटुवाल लाई २,४४३ मत अन्तरले पराजित गर्दै पार्टीका तर्फबाट इन्द्रहाङ सुब्बाले निर्वाचनमा जित हासिल गरेका थिए। [१५]

निर्वाचन परिणाम

सिक्किम विधान सभा निर्वाचन
वर्ष कुल सिटहरू कुल सिट प्रतिस्पर्धा सिटहरूमा जित जफत निक्षेप % मत प्रतिस्पर्धा स्रोत
सन् २०१४ ३२ ३२ १० ४२.०७ [१६]
सन् २०१९ ३२ ३२ ४७.०३ [१७]
सन् २०१९ (उपनिर्वाचन) ८४.०० [१८]
लोकसभा निर्वाचन, सिक्किम
वर्ष कुल सिटहरू कुल सिट प्रतिस्पर्धा सिटहरूमा जित जफत निक्षेप % मत प्रतिस्पर्धा स्रोत
सन् २०१४ ३९.४७ [१९]
सन् २०१९ ४७.४६ [२०]

शीर्ष सङ्गठन

  • सिक्किम क्रान्तिकारी कृषक मोर्चा
  • सिक्किम क्रान्तिकारी नारी मोर्चा
  • सिक्किम क्रान्तिकारी युवा मोर्चा
  • सिक्किम क्रान्तिकारी श्रमिक मोर्चा
  • सिक्किम क्रान्तिकारी विद्यार्थी मोर्चा
  • सिक्किम क्रान्तिकारी व्यापारी मोर्चा
  • सिक्किम क्रान्तिकारी चालक मोर्चा
  • सिक्किम क्रान्तिकारी अवकाशप्राप्त सैनिक मोर्चा
  • सिक्किम क्रान्तिकारी अवकाशप्राप्त कर्माचारी मोर्चा

मुख्यमन्त्रीहरू

क्र.स नाम अवधि पार्टी कार्यकाल सन्दर्भ
प्रेम सिंह तामाङ २७ मे २०२१ पदाधिकारी सिक्किम क्रान्तिकारी मोर्चा १७६८ दिन [२१]

सन्दर्भ सामग्रीहरू

  1. "List of Political Parties and Election Symbols main Notification Dated 18.01.2013", India: Election Commission of India, २०१३, अन्तिम पहुँच ९ मे २०१३ 
  2. Singh, Shiv Sahay (२६ मे २०१९), "SKM stakes claim to govt., joins NDA", द हिन्दु (कलकत्ता), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२०-०४-२१ 
  3. Himalayan Mirror, 5 February 2013, p.1. (pdf)
  4. "Who is P.S. Golay, the new chief minister of Sikkim", The Hindu, २७ मे २०१९, अन्तिम पहुँच ३० अगस्ट २०१९ 
  5. New Sikkim Chief Minister PS Golay announced 5-day working week for government employees
  6. Golay says bye to SDF, finallyThe Telegraph, 4 September 2013.
  7. "Why Sikkim is more excited about assembly polls than Lok Sabha elections | Latest News & Updates at Daily News & Analysis", अन्तिम पहुँच २०१५-०९-२५ 
  8. "Why Sikkim is more excited about assembly polls than Lok Sabha elections?", DNA, २ अप्रिल २०१४, अन्तिम पहुँच ११ मे २०१४ 
  9. SDF sweeps Sikkim pollsBusiness Standard, 17 May 2014.
  10. "Partywise assembly election result status", ECI, मूलबाट २०१४-०५-१६-मा सङ्ग्रहित। 
  11. Voting starts for Sikkim assembly seatThe Economic Times, 13 September 2014.
  12. SKM parts ways with BJP in Sikkim
  13. "SKM stakes claim to govt., joins NDA", २०१९-०५-२६, अन्तिम पहुँच २०२०-१२-२८ 
  14. SKM wins 17 assembly seats, set to form govt
  15. SKM's Indra Hang Subba wins lone LS seat in Sikkim
  16. "STATISTICAL REPORT ON GENERAL ELECTION, 2014 TO THE LEGISLATIVE ASSEMBLY OF SIKKIM", ECI, २०१४, अन्तिम पहुँच २५ नोभेम्बर २०१९ 
  17. "SKM ends Chamling's 25-year rule", FRONTLINE, ७ जुन २०१९, अन्तिम पहुँच २६ नोभेम्बर २०१९ 
  18. "Final result of Poklok-Kamrang bye-poll", SikkimExpress (Facebook), २५ अक्टोबर २०१९, अन्तिम पहुँच २२ नोभेम्बर २०१९ 
  19. "Constituencywise-All Candidates", Election Commission of India, मूलबाट १७ मे २०१४-मा सङ्ग्रहित। 
  20. "Sikkim Lok Sabha Election Results 2019 Live", News18, २७ मे २०१९, अन्तिम पहुँच २० नोभेम्बर २०१९ 
  21. Singh, Shiv Sahay (२७ मे २०१९), "P.S. Golay sworn in as Sikkim Chief Minister", The Hindu (en-INमा)।