"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०५: पङ्क्ति ३०५:
===सोभियत सङ्घको अन्त===
===सोभियत सङ्घको अन्त===
अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द विद्रोह र गृह युद्ध लगातार जारी रह्यो र अन्तत: १९८९ मा सोभियत फौज त्यहाबाट बिना अपना लक्ष्य पूरा नगरी फर्की आयो। देशमा आर्थिक संकट निरन्तर जारी रह्यो र विदेशी सम्बन्ध पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता [[मिखाइल गोर्बाचोभ|मिखाइल गोरबाचोभ]]ले देशमा ग्लास्नोस्त (<small>glasnost</small>) नामक राजनीतिक खुलापनको (<small>perestroika</small>) नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। डिसेम्बर' १९९१ मा उनको विचारधाराको विरुद्ध [[राज्यविप्लव]] (<small>coup d'etat</small>)को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछि सोभियत सङ्घ टूट्यो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आए। अन्तर्राष्ट्रिय सन्धीमा [[रुस|रूस]]लाई सोभियत सङ्घको उत्तराधिकारीको मान्यता दिईयो।
अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द विद्रोह र गृह युद्ध लगातार जारी रह्यो र अन्तत: १९८९ मा सोभियत फौज त्यहाबाट बिना अपना लक्ष्य पूरा नगरी फर्की आयो। देशमा आर्थिक संकट निरन्तर जारी रह्यो र विदेशी सम्बन्ध पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता [[मिखाइल गोर्बाचोभ|मिखाइल गोरबाचोभ]]ले देशमा ग्लास्नोस्त (<small>glasnost</small>) नामक राजनीतिक खुलापनको (<small>perestroika</small>) नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। डिसेम्बर' १९९१ मा उनको विचारधाराको विरुद्ध [[राज्यविप्लव]] (<small>coup d'etat</small>)को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछि सोभियत सङ्घ टूट्यो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आए। अन्तर्राष्ट्रिय सन्धीमा [[रुस|रूस]]लाई सोभियत सङ्घको उत्तराधिकारीको मान्यता दिईयो।

==यसलाई पनि हेर्नुहोस==
*[[भ्लादिमिर लेनिन]]
*[[लाल सेना]]


== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==

२०:५३, २४ अक्टोबर २०२१ जस्तै गरी पुनरावलोकन

सोभियत समाजवादी गणतन्त्रहरूको सङ्घ
Союз Советских Социалистических Республик
सोयुज सोभेत्स्किख सोत्सियालिस्तिचेस्किख रिस्पुब्लिक
सन् १९२२–सन् १९९१
सोभियत सङ्घको झन्डा
झन्डा
सोभियत सङ्घको निशाना छाप
निशाना छाप
आदर्श वाक्य: Пролетарии всех стран, соединяйтесь!
प्रोलेतारी व्सेख स्त्रान, सोएदिन्याइतेस​!
नेपाली: विश्वको मजदूर, एक हऔँ!
राष्ट्रिय गान: "इन्तरनासियोनाल"
(सन् १९२२–१९४४)
"सोभियत सङ्घको राष्ट्रगान"
(सन् १९४४–१९९१)
द्वितीय विश्वयुद्ध पछि सोभियत सङ्घ
द्वितीय विश्वयुद्ध पछि सोभियत सङ्घ
राजधानी
र सबैभन्दा ठुलो सहर
मस्को
आम भाषाहरूरूसी, धेरै जसो अन्य
धर्म
नास्तिकता
रैथाने(हरू)सोभियती
सरकारसङ्घ,
मार्क्सवाद-लेनिनवाद, साम्यवाद
महासचिव 
• सन् १९२२–१९५२
जोसेफ स्टालिन (प्रथम)
• सन् १९९१
भ्लादिमिर इभास्को (अन्तिम)
राष्ट्राध्यक्ष 
• सन् १९२२–१९३८
मिखाइल कालिनिन (प्रथम)
• सन् १९८८–१९९१
मिखाइल गोर्बाचोभ (अन्तिम)
सरकारी अध्यक्ष 
• सन् १९२२–१९२४
भ्लादिमिर लेनिन (प्रथम)
• सन् १९९१
इभान सिलायेभ (अन्तिम)
व्यवस्थापिकासर्वोच्च सोभियत
सङ्घीय सोभियत
राष्ट्रियताहरूको सोभियत
ऐतिहासिक कालप्रथम विश्वयुद्धको अन्तबाट शीतयुद्ध
• स्थापना सन्धी
३० दिसम्बर सन् १९२२
• सङ्घको विघटन
२६ दिसम्बर सन् १९९१
क्षेत्रफल
सन् १९९१२,२४,०२,२०० किमी (८६,४९,५०० वर्ग माइल)
जनसङ्ख्या
• सन् १९९१
293047571
मुद्रासोभियत रूबल (руб) (SUR) (SUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ देखि +१३
टेलिफोन कोड
इन्टरनेट डोमेन.su
पूर्ववर्ती
उत्तरवर्ती
रूसी सो.सं.स.ग.
पार-कोकस सो.सं.स.ग.
युक्रेनी सो.स.ग.
बेलारूसी सो.स.ग.
रूस
जर्जिया
युक्रेन
मोल्दोभा
बेलारूस
आर्मेनिया
अजरबैजान
कजाख्स्तान
उज्बेकिस्तान
तुर्कमेनिस्तान
किर्गिस्तान
ताजिकिस्तान
एस्टोनिया
लातभिया
लिथुआनिया

सोभियत सङ्घ (रूसी भाषा: Сове́тский Сою́з, सोवेत्स्की सोयूज; ; औपचारिक नाम: सोभियत समाजवादी गणतन्त्रहरूको सङ्घ, Сою́з Сове́тских Социалисти́ческих Респу́блик, Union of Soviet Socialist Republics) सन् १९२२ देखि १९८१ सम्ममा युरेसियाको ठुलो भूभागमा विस्तृत एक देश थियो। सोभियत सङ्घ आफ्नो स्थापना देखि सन् १९९० सम्म साम्यवादी पार्टी (कम्युनिस्ट पार्टी) द्वारा शासित रहेको थियो। संवैधानिक रूपबाट सोभियत सङ्घ १५ स्वशासित गणतन्त्रहरूको सङ्घ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कडा नियन्त्रणमा रहेको थियो। रूसी सोभियत सङ्घीय समाजवादी गणतन्त्र यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनीतिक, साँस्कृतिक र आर्थिक केन्द्र थियो यसकारण पुरै देशमा गहिरो रूसीकरण भएको थियो। सोही कारणले गर्दा विदेशमा पनि सोभियत सङ्घलाई प्राय जसो गल्लीले 'रूस' भनेर सम्बोधन गरिन्थ्यो।

इतिहास

स्थापना

सोभियत सङ्घको स्थापनाको प्रक्रिया १९१७ को रूसी क्रान्तिको साथ शुरू भएको थियो। जसमा रूसी साम्राज्यको जार (सम्राट)लाई सत्ताबाट हटाइयो। भ्लादिमीर लेनिनको नेतृत्वमा बोल्सेविक पार्टीले सत्तामा कब्जा गर्यो। तर बोल्शेभिक-विरोधी श्वेत मोर्चे (White movement)को साथ गृहयुद्धमा फँस्न पुग्यो। बोल्शेभिकको लाल सेनाले गृहयुद्धको दौरान यस्तो पनि केही राज्यहरूमा कब्जा गर्यो जसले त्सारको पतनको फायदा उठाकर रूसबाट स्वतन्त्रता घोषित गरेको थियो। डिसेम्बर १९२२मा बोल्शेभिकको पूर्ण जीत भयो र उनले रूस, युक्रेन, बेलारुसकॉकस क्षेत्रको मिलेर सोभियत सङ्घको स्थापनाको घोषणा गरिदिए।[१]

संक्षिप्त इतिहास

मिती घटना
अप्रिल १९१७ लेनिन र अन्य क्रान्तिकारी जर्मनीबाट रूस फिर्ता।
अक्टुबर १९१७ बोल्शेभिकद्वारा अलेक्सान्दार केरेन्स्कीको सत्ता पलट र मस्कोमा अधिकार।
१९१८ - २० बोल्शेभिक र विरोधि गृहयुद्ध।
१९२० पोल्यान्डसँग युद्ध
१९२१ पोल्यान्डसंग शान्ति सन्धि, नयाँ आर्थिक नीति, बजार अर्थव्यवस्थाको वापसी, स्थिरता।
१९२२ रूस, बेलारूस र ट्रांसकॉकेशस (१९३६बाट जर्जिया, अर्मेनिया, अजरबेजान) क्षेत्रको मिलन; सोवियत सङ्घको स्थापना।
१९२२ जर्मनीद्वारा सोभियत सङ्घलाई मान्यता प्रदान।
१९२४ सोभियत सङ्घमा सर्वहारा तानाशाहीको नयाँ संविधान लागू। लेनिनको मृत्यु। जोसेफ स्टालिनद्वारा सत्ता ।
१९३३ अमेरिकाद्वारा सोवियत सङ्घको मान्यता प्रदान।
१९३४ सोवियत सङ्घ लिग अफ नेसन्समा सहभागी।
अगस्ट १९३९ नाजी-सोभियत अनाक्रमण सन्धि; द्वितीय विश्वयुद्ध आरम्भ ।
जून १९४१ जर्मनीद्वारा सोवियत सङ्घ माथि हमला ।
१९४३ स्टालिनग्रादको लडाइँमा जर्मनीको हार।
१९४५ सोभियत सैनिकद्वारा बर्लिन कब्जा । याल्टा र पोट्सड्यामम सम्मेलनबाट जर्मनी विभाजित गरेर पूर्वी जर्मनीपश्चिमी जर्मनी निर्माण। जापानको आत्मसमर्पण र द्वितीय विश्वयुद्धको समाप्ति।
१९४८-४९ बर्लिन नाकाबन्दी। पश्चिमी सेना र सोभियत सेनाबीच तनातनी।
१९४९ सोभियत सङ्घद्वारा परमाणु बम निर्माण। चीनको कम्युनिस्ट सरकारलाई मान्यता प्रदान।
१९५०-५३ कोरियाली युद्ध ; सोभियत सङ्घ र पश्चिम बीच सम्बन्धमा तनाव।
मार्च १९५३ स्टालिनको मृत्यु। निकिता ख्रुश्चेभ कम्युनिस्ट पार्टीको केंद्रीय समितिको प्रथम सचिव बने।
१९५३ सोभयत सङ्घले आफ्नो पहिलो हाइड्रोजन बम परिक्षण।
१९५५ वार्सा सन्धि
१९५६ सोभियत सेनाद्वारा हङ्गेरी को विद्रोह दमन। मध्य पुर्वमा स्वेज संकट
१९५७ पहिलो अन्तरिक्ष यान स्पूतनिक धरतीको कक्षमा प्रक्षपण। चीनको पश्चिमसँग बढ्दो निकटताले दुई कम्युनिस्ट देशमा दुरी उत्पन्न।
१९६० सोभियत सङ्घले अमेरिकाको जासूसी जहाज U2 गिरावाट
१९६१ यूरी गागारिन अन्तरिक्षमा जाने पहिलो व्यक्ति (मानव) बने।
१९६१ अक्टोबर ३० जार बम्बाको परिक्षण
१९६२ क्यूबामा सोभियत मिसाइल पहुच
१९६३ सोभियत सङ्घद्वारा अमेरिका र ब्रिटेनको साथ परमाणु सन्धि। अमेरिका र सोवियत सङ्घ बीच हट-लाइन स्थापित।
१९६४ ख्रुश्चेभको स्थानमा लियोनिड ब्रेजनेभद्वारा पदभार ग्रहण।
१९६९ सोवियत र चिनियाँ सेनामा सीमा विवाद।
१९७७ नयाँ संविधानबाट ब्रेजनेभ राष्ट्रपति चुनिए।
१९८२ ब्रेजनेभको निधन। केजीबी प्रमुख युरी एन्ड्रोपोभले सत्ता सम्हाले।
१९८२ युरी आन्द्रोपोवको निधन। कोन्सटांटिन चेरनेंकोले सत्ता संम्भाले।
१९८५ मिखाइल गोर्बाचोभ कम्यूनिस्ट पार्टीको महासचिव बने। खुलापन र पुनर्निर्माणको नीति सुरुवात।
१९८६ चरनोबिल परमाणु दुर्घटना। युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित।
१९८७ सोभियत सङ्घ र अमेरिकाबीच मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता
१९८८ मिखाइल गोर्बाचोभ राष्ट्रपति बने। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति।
१९८९ अफगानिस्तानबाट सोवियत सेनाको फिर्ता।
१९९० सोभियत कम्युनिस्ट पार्टीमा एक पार्टीको सत्ता अन्त्य गर्न मतदान।

बोरिस येल्तसिनद्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।

अगस्ट १९९१ रक्षा मन्त्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति मिखाइल गोर्बाचोभ हिरासतमा। तीन दिन पछि यी सबै गिरफ्तार। येल्तसिनद्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । युक्रेनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी नयाँ देशले पनि आफै स्वतन्त्र घोषणा ।
सेप्टेम्बर १९९१ 'कांग्रेस अफ पिपल्स डिप्यूटीज' द्वारा सोवियत सङ्घको विघटनको लागि मतदान ।
८ डिसेम्बर १९९१ रूस, युक्रेन र बेलारूसका नेताद्वारा 'कमनवेल्थ अफ इन्डिपण्डेन्ट स्टेट' निर्माण।
२५ डिसेम्बर १९९१ मिखाइल गोर्बाचोभद्वारा पदबाट राजनीमा। अमेरिकाद्वारा स्वतन्त्र सोवियत राष्ट्रलाई मान्यता प्रदान।
२६ डिसेम्बर १९९१ रूसी सरकारद्वारा सोभियत सङ्घको कार्यालय सञ्चालन।

स्टालिन र द्वितीय विश्वयुद्ध

१९२४ मा लेनिनको मृत्यु भयो र जोसेफ स्टालिन सत्तामा आए। उसले सोभियत सङ्घमा जबरदस्त औद्योगीकरण गरे र केन्द्रीकृत आर्थिक व्यवस्था बनाए। कृषि र अन्य व्यवसायहरूको सामूहिकीकरण गरियो, अर्थात् खेत -जमिन किसानहरूको निजी सम्पत्ति नभएर राष्ट्रको सम्पत्ति भए र त्यस माथि किसानहरूको गुट सरकारी निर्देशनमा काम गर्न लागे। यसै केन्द्रीकृत अर्थव्यवस्थालाई द्वितीय विश्वयुद्धमा लडाई लड्नको लागि प्रयोग गरियो जसबाट सोभियत सङ्घको जीत भयो। स्टालिनले आफ्नो शासनकालमा साम्यवादी पार्टीको धेरै जसो सदस्य र नेताहरूलाई अलग गरेर हत्या गरे र सोभियत सङ्घको धेरै समुदायहरू माथि पनि अत्याचार गरे।

द्वितीय विश्वयुद्धमा शुरूमा त जर्मनी र सोभियत सङ्घमा एक सन्धी थियो जसको अन्तर्गत उनीहरूले पोल्यान्डको आपसमा बाडेका थिए र क्रॅसि इलाका सोभियत सङ्घलाई प्राप्त भयो। तर १९४१मा जर्मनीले उल्टाएर सोभियत सङ्घमा हमला गर्यो। यसबाट सोभियत सङ्घ मित्रपक्ष शक्ति (ऐलाईड शक्ति)को गुटमा संयुक्त राज्य अमेरिकाब्रिटेनको साथ गयो र जर्मनीको विरुद्ध लड्यो। जर्मनी-सोभियत युद्ध धेरै नै भयंकर थियो र यसमा २.७ करोड सोभियत नागरिकहरूको मृत्यु भयो। तर अन्तमा सोभियत सङ्घ विजयी भयो र पूर्वी यूरोपको धेरै जसो देश (जस्तो कि पोल्यान्ड, हङ्गेरी, चेकोस्लोभाकिया, रोमानिया, बुल्गारिया र पूर्वी जर्मनी)मा उसको नियन्त्रण भयो।

शीत युद्ध

मुख्य लेख : शीत युद्ध

पूर्वी यूरोपमा आफ्नो नियन्त्रणको अधीन देशहरूको साथ सोभियत सङ्घले एक साम्यवादी सैन्य मित्रपक्ष बनायो, जसलाई वारसॉ सन्धी गुट (Warsaw Pact)को नामबाट जानिन्छ। यसको विपक्ष अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूको गुट थियो। दुबै विपक्षीहरूको बीच शीत युद्ध जारी रह्यो जसमा दुबैमा सिधा लडाई त कहिल्यै भएन, तर दुबै परमाणु हथियार र मिसाइलहरूबाट शुसज्जित सधै विध्वंसकारी परमाणु युद्ध छिडने सम्भावनाको छायामा रहे।

स्टालिनको मृत्यु पछि विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खींचातानी भयो र निकिता ख्रुश्चेव सत्तामा आए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए।

सोभियत सङ्घ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७ मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह स्पुतनिक पृथ्वीको आसपास कक्षामा पुर्याए। १९६१ मा सोभियत वायु-सैनिक युरि गगारिन पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।

१९६२ मा क्यूबाई मिसाइल संकटमा अमेरिका र सोभियत सङ्घको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरह यो संकट टल्यो। १९७० को दशकमा सोभियत-अमेरिकी सम्बन्धमा तनाव कम भयो तर १९७९मा जब सोभियत सङ्घले अफगानिस्तानमा हस्तक्षेप गर्दै त्यहा आफ्नो फौज पठायो तब सम्बन्ध धेरै बिग्रियो।

सोभियत सङ्घको अन्त

अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द विद्रोह र गृह युद्ध लगातार जारी रह्यो र अन्तत: १९८९ मा सोभियत फौज त्यहाबाट बिना अपना लक्ष्य पूरा नगरी फर्की आयो। देशमा आर्थिक संकट निरन्तर जारी रह्यो र विदेशी सम्बन्ध पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता मिखाइल गोरबाचोभले देशमा ग्लास्नोस्त (glasnost) नामक राजनीतिक खुलापनको (perestroika) नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। डिसेम्बर' १९९१ मा उनको विचारधाराको विरुद्ध राज्यविप्लव (coup d'etat)को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछि सोभियत सङ्घ टूट्यो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आए। अन्तर्राष्ट्रिय सन्धीमा रूसलाई सोभियत सङ्घको उत्तराधिकारीको मान्यता दिईयो।

सन्दर्भ सामग्रीहरू

  1. World and Its Peoples: Europe, pp. 1362, Marshall Cavendish, 2009, ISBN 9780761479000, ... Resistance grew into civil war in which several different movements participated, but the Red Army and the anti-Soviet voluntary White Army were the main combatants ... The declaration of the creation of the Union of Soviet Socialist Republics (USSR, or Soviet Union) was signed on December 30, 1922 ...

बाह्य कडीहरू