"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३४: पङ्क्ति ३४:
गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गुरुङ|युआरएल=https://www.indigenousvoice.com/indigenous-peoples/4/gurung.html|कार्य=|प्रकाशक=इन्डिजिनियस भ्वाइस|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref>
गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।<ref>{{वेब स्रोत|लेखक=|शीर्षक=गुरुङ|युआरएल=https://www.indigenousvoice.com/indigenous-peoples/4/gurung.html|कार्य=|प्रकाशक=इन्डिजिनियस भ्वाइस|वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ सेप्टेम्बर २०२१}}</ref>


== सन्दर्भ सामग्रीहरू ==
==बाह्य लिङ्क==
{{सन्दर्भसूची}}
* [http://www.nepaldemocracy.org/ethnicity/ethnic_demography.htm Ethnic Demography of Nepal]

* [http://www.britannica.com/ebi/article-9038573 Gurung -- Britannica Student Encyclopedia]
==बाह्य कडीहरू==
* [http://www.nepaldemocracy.org/ethnicity/ethnic_demography.htm नेपालको जनसाङ्खिकी]
*[http://www.tamu-pyelhu.org तमु प्ये ल्हु सङ्घ]
*[http://www.mope.gov.np/population/chapter5.php नेपालको जनगणना प्रतिवेदन]
*[http://www.nepaldemocracy.org/ethnicity/nationalities_of_nepal.htm राष्ट्रिय जनजाति विकास समिति]
*[http://www.alanmacfarlane.com/TEXTS/Gurung_guide.pdf गुरुङ जाति सहयोगी: अलान म्याकफरलेन र इन्द्रबहादुर गुरुङ] (पिडिएफ)
*[http://www.dalitstan.org/journal/politics/buddhist/rise_mr.html मंगोल बौद्ध प्रतिरोधको उदय]

* एथानोलग प्रोफाइल: [http://www.ethnologue.com/show_language.asp?code=ggn पूर्वीय गुरुङ] [http://www.ethnologue.com/show_language.asp?code=gvr पश्चिमी गुरुङ]
*[http://www.allhotelsnepal.com/detail_news.php?id=33 तमुको सांस्कृतिक चाडपर्व - नेपाल]
* [http://www.cambridge.org/catalogue/catalogue.asp?isbn=0521800269&ss=exc नेपालको इतिहास - क्याम्ब्रिज विश्वविद्यालयको छापा]


[[श्रेणी:नेपालका जनजातिहरू]]
[[श्रेणी:नेपालका जनजातिहरू]]
[[श्रेणी:नेपाली थरहरू]]

२१:४८, १ नोभेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

गुरुङ
ल्होसारको समयमा गुरुङ महिलाहरु
जम्मा जनसङ्ख्या
१००,६४१
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
गुरुङ, मनाङ, लोके, सेके
धर्महरू
बहुमत बुद्ध धर्म[१]

गुरुङ नेपालको मध्यमाञ्चल क्षेत्रका जातिगत समुह हुन्। गोर्खाली राजा पृथ्वीनारायण शाहको ४ जात (गुरुङ,खस,मगरठकुरी हुन्। गुरुङहरू मुख्यत: गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जाअन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ। कोही बागलुङ, ओखलढुङ्गाताप्लेजुङ जिल्लाहरूमा र माछापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किमभुटानमा समेत बसेको अनुमान गरिन्छ।[२]

वि.सं २०५८ तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ गुरुङ भाषा बोल्दछन्।[३] तिब्बतको दक्षिणी जिल्लाहरूमा गुरुङ जातिको उत्पत्ति भएको मानिन्छ। केही मानव इतिहासविद्हरूका अनुसार, गुरुङ वा तमु, एतिहासिक आदि-मङ्गोल जातिबाट उत्पत्ति भएका विश्वास गर्छन् र मध्य एसियाबाट सर्दै र फैलिदैँ आएको पनि बताइन्छ तर केही विद्वान् भने गुरुङहरू मङ्गोलियाबाट बसाइँसराइ गरि आएकोमा आफ्नो मत व्यक्त गर्छन्।

उत्पत्ति

नेपालको यस प्रमुख जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङहरूले गुरुङ भाषामा आफूलाई तमु भन्छन्। गुरुङ जातिलाई नेपाल सरकारले नेपालका प्रमुख जनजातिमा सूचीकृत गरेको छ।[४] हालको गण्डक क्षेत्र अर्थात् कालीगण्डकी र बुढीगण्डकी बीच भागमा गुरुङ जातिहरूको थातथलो हो। गुरुङ जाति र भाषा सम्बन्धित दस्तावेजहरूमा, १४०० वर्ष अगाडि, मङ्गोलिया देशको वरिपरिबाट यस जातिको सांस्कृतिक विकास भएको मानिन्छ। विभिन्न देश तथा क्षेत्रहरू पार गर्दै चीनको तिब्बत हुँदै गुरुङहरू नेपालमा भित्रिएका थिए, सुरुवातमा नेपालको अन्नपूर्ण हिमालको वारीपारीबाट हालको मनाङ, मुगु, डोल्पा र मुस्ताङ हुँदै गण्डक क्षेत्रमा प्रवेश गरे पश्चात् संखुवासभा जिल्लाको रुम्जाटारबाट बसाई सर्दै पूर्व तर्फ धनकुटाको मादीखर्क ताप्लेजुङ, पाँचथर, इलाम, सिक्किम, दार्जिलिङ, आसाम, मणीपुर र म्यानमारसम्म फैलिएर बसेको थियो।[२]

सामाजिक व्यवस्था

गुरुङ जातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानुनमा हिन्दू धार्मिक परम्परा अनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपूको छोरी खोजीखोजी विवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ।[५] खेगी चोँगी र पैँडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अङ्ग हुन्। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्‍यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्ने कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिँ काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ। तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्‍याएको छ।

चाड पर्व

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै विशिष्ट परम्परा अझैसम्म रहेको पाइन्छ। यस जातिको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तर्गत, गुरुङहरूको मुल चाड पर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (वैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।[२]

बाजाहरू

गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।[६]

सन्दर्भ सामग्रीहरू

  1. डिल्लीराम दाहाल (२००२-१२-३०), "Chapter 3. Social composition of the Population: Caste/Ethnicity and Religion in Nepal", नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०१३-१२-०५ 
  2. २.० २.१ २.२ "नेपालमा गुरुङ जाति" (नेपाली) भाषा)। एभरेष्ट टाइम्स। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  3. डा. पद्मप्रसाद खतिवडा। "जनसंख्यामा जातजाति संरचना" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  4. "आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८" (PDF)नेपाल कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  5. "गुरुङ समुदायमा प्रचलित विवाह परम्परा"मादीन्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  6. "गुरुङ" (नेपाली) भाषा)। इन्डिजिनियस भ्वाइस। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 

बाह्य कडीहरू