"रुस-युक्रेन युद्ध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
+ Категория добавлена
पङ्क्ति ७९: पङ्क्ति ७९:
[[श्रेणी:रुसी–युक्रेनी युद्धहरू]]
[[श्रेणी:रुसी–युक्रेनी युद्धहरू]]
[[श्रेणी:जारी द्वन्द्वहरू]]
[[श्रेणी:जारी द्वन्द्वहरू]]
[[श्रेणी:युक्रेन]]

०३:२९, १८ जनवरी २०२२ जस्तै गरी पुनरावलोकन

रुस-युक्रेन युद्ध
युक्रेन सङ्कटको भाग

२०१४ अक्टोबरको सैन्य अवस्था
             Areas held by the insurgents and Russia
             Areas under the control of Ukraine
मिति२०१४ फेब्रुअरी २०[क] – ongoing
(१० वर्ष, १ महिना, १ हप्ता र २ दिन)
स्थान
क्रिमिया[७] र दोनबास,[८] युक्रेनको खेरसन ओब्लास्ट, रुसको रोस्तोभ ओब्लास्ट ,[९][१०] र अजोभ सागर.[११]
परिणाम गतिरोध [तथ्य वांछित]
भौगोलिक
परिवर्तन


रुस-युक्रेन युद्ध [१२] (युक्रेनी: російсько-українська війна) रुस र युक्रेन बीच सन् २०१४ फेब्रुअरीमा सुरु भएर हालसम्म पनि निरन्तर चलिरहेको युद्ध हो। यो युद्ध क्रिमिया र डोनबास क्षेत्रमा केन्द्रित छ, जुन क्षेत्रलाई पश्चिमा समुदायले युक्रेनको भाग मान्दछन्।

युरोमैदान विरोध प्रदर्शन र सन् २०१४ फेब्रुअरी २२ मा भिक्टर यानुकोभिच युक्रेनको राष्ट्रपति पदबाट हटेपछि दर्ज्यानी चिन्ह बिनाका रुसी सेनाले क्रिमियाको रणनीतिक स्थान तथा पूर्वाधारमा नियन्त्रण लिएका थिए।

सन् २०१४ मार्च १ मा रुसको सङ्घीय परिषदले सर्वसम्मतिले रुसी राष्ट्रपति भ्लादिमिर पुतिनलाई युक्रेनमा रहेको सैन्य बलको प्रयोग गर्न संकल्प प्रस्ताव पारित गरेको थियो। [१३]

यो प्रस्ताव पछि "क्रिमियाको फिर्ती" रुसी सैन्य कारबाही भएको थियो। जनमत सङ्ग्रह पछि रुसले क्रिमियाको विलय गराएको थियो। रुसको यो कदमलाई निकै आलोचना गरिएको थियो। यो जनमत सङ्ग्रह रुसले आयोजना गरेको थियो जसमा क्रिमिया स्वायत्त गणतन्त्रका जनताले रुसी महासङ्घमा जोडिने प्रस्तावमा मतदान गरेका थिए।[१४][१५][१६]

अप्रिलमा युक्रेनको दोनबास क्षेत्रमा रहेका रुस-समर्थक समूहको प्रदर्शन पछि युक्रेन सरकार र रुस-समर्थक पृथकतावादी बीच युद्ध चर्किएको थियो। उनीहरूले आफ्नो स्वतन्त्रता घोषणा गरेका थिए। अगस्टमा रुसी सैन्य दोनेक्स क्षेत्रका कयौँ स्थानमा सिमापार गरेका थिए।[१७][१८][१९][२०] सेप्टेम्बरको प्ररम्भमा भएको युक्रेनी बलको पराजयको कारण यही रुसी सैन्यको कदम देखिन्छ। [२१][२२]

अन्तर्राष्ट्रिय समुदायका अधिकांश सदस्य [२३][२४][२५]एमनेस्टी इन्टरनेसनल जस्ता सङ्गठनले [२६] युक्रेनमामा २०१४ को क्रान्ति पछि भएको रुसी कदमको निन्दा गरेका छन्। उनीहरूले रुसले अन्तर्राष्ट्रिय कानुन तोडेको तथा युक्रेनको सार्वभौमिकतालाई उल्लङ्घन गरेको आरोप लगाएका छन्। धेरै देशले रुस, रुसी व्यक्ति वा कम्पनी माथि प्रतिबन्ध लगाएका छन्। [२७]

२०१५ अक्टोबर मा द वासिङटन पोस्टले रुसले आफ्नो केही सैन्य एकाइलाई युक्रेनबाट सिरियामा राष्ट्रपति बसर अल असदको सहायताको लागि परिचालन गरेको जनाएका थिए।[२८] २०१५ डिसेम्बरमा, रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले रुसी सैन्य गुप्तचर अधिकारी युक्रेनमा काम गरिरहेको स्वीकर गरेका थिए, यद्यपि उनीहरू नियमित सेनाको हिस्सा नभएको कुरा पनि उनले बताएका थिए।[२९] २०१९ फेब्रअरि सम्म, युक्रेनको ७% भूभाग बाहिरी नियन्त्रणमा रहेको छ।[३०]

पृष्ठभूमि

सन् १९५४ मा सोभियत प्रधानमन्त्री निकिता ख्रुश्चेभले रूसी/सोभियत कृष्ण सागर जहाजी सेनाको केन्द्र रहेको क्रिमिया[३१]लाई रूसीगणराज्यबाट युक्रेनी गणराज्यमा स्थानान्तरण गरेका थिए। त्यतिबेला यो घटनालाई खासै महत्वका साथ हेरिएको थिएन, किनकि दुबै गणराज्य सोभियत सङ्घको एक भाग थिए र दुवै गणराज्य मस्कोको सरकार प्रति उत्तरदायी थिए। [३२][३३][३४] सोभियत सङ्घको विघटन हुनु अघि, जनमत सङ्ग्रह पछि सन् १९९१ मा क्रिमियको स्वायत्तता पुन: स्थापित भएको थियो।[३५]

सन् १९९१ देखि एक स्वतन्त्र देश भएतापनि, रुसले युक्रेनलाई पूर्व सोभियत गणतन्त्रको रूपमा, आफ्नो प्रभावको क्षेत्रको रूपमा मानेको छ। युलियन चिफु र उनका सह-लेखकहरू "युक्रेनको सम्बन्धमा, रुसले  ब्रेज्नेभ सिद्धान्तको "सीमित सार्वभौमिकता"को आधुनिक संस्करणको अनुसरण गर्दछ", जस अनुसार युक्रेनको सार्वभौमसत्ता वार्सा सम्झौता भन्दा ठूलो हुन सक्दैन भनेर बताउँछ।[३६] यो दावी रुसी नेताहरूको "युक्रेनलाई नाटोमा सम्भावित मिलनले रुसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्छ। " भन्ने भनाइमा आधारित छ। [३६]

सन् १९९१ मा सोभियत संघको बिखण्डन पछि, युक्रेन र रुस दुबैले एक दशकसम्म घनिष्ठ सम्बन्ध कायम राखे। १९९४ डिसेम्बरमा रुसले युक्रेनको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्धको धम्की वा बल प्रयोग विरुद्ध आश्वासन गरेपछिक युक्रेनले आणविक हातीयार त्याग्ने बुडापेस्ट ज्ञापनपत्रमा हस्ताक्षर गर्‍यो । रूस १९९९ मा भएको युरोपेली सुरक्षाको लागि बडापत्रको हस्ताक्षरकर्ताहरू मध्ये एक थियो, जस अनुसार "प्रत्येक सहभागी राज्यको गठबन्धनका सन्धिहरू लगायतका सुरक्षा प्रबन्धहरू छनौट गर्न वा परिवर्तन गर्न स्वतन्त्र हुने अन्तर्निहित अधिकारलाई मन्जुरी गरेको थियो";[३७] यो दुवै सम्झौता २०१४ मा बेकार साबित भए। [३८]

क्रिमिया

क्रिमियालाई गाभ्ने रुसको निर्णय २० फेब्रुअरी २०१४ मा भएको थियो।[३९][४०][४१][४२] २२ र २३ फेब्रुअरीमा, रूसी सेना र विशेष बलहरू नोभोरोसिस्क हुँदै क्रिमियामा प्रवेश गर्न थाले।[४१] २७ फेब्रुअरीमा, कुनै चिन्ह नभएका रूसी सेनाहरूले क्रिमिया प्रायद्वीपलाईइ नियन्त्रणमा लिन थाले।  [४३] तिनीहरूले रणनीतिक स्थानहरू नियन्त्रण गरे र क्रामिया संसद कब्जा गरे र रूसी झण्डा फहराए। क्रिमियन प्रायद्वीपलाई युक्रेनको बाँकी भागबाट काट्न र त्यस क्षेत्र भित्र आवागमन प्रतिबन्ध गर्न सुरक्षा चौकीहरू प्रयोग गरिएको थियो।[४४][४५][४६][४७] त्यसपछिका दिनहरूमा, रूसी सैनिकहरूले प्रमुख एयरपोर्टहरू र सञ्चार केन्द्रहरू नियन्त्रण गरे।[४८] साइबर युद्धको रुपमा युक्रेनी सरकारका आधिकारिक वेबसाइटहरू, समाचार मिडिया, साथै सामाजिक सञ्जालहरू बन्द हुन गए। साइबर आक्रमणबाट युक्रेनी अधिकारीहरू र संसदका सदस्यहरूको मोबाइल फोन डिसेबल भए वा  फोनभित्र एक्सेस प्राप्त गरे। [४९]

१ मार्चमा, रुसी व्यवस्थापिकाले सशस्त्र सेनाको प्रयोगलाई अनुमोदन गर्‍यो, जसले गर्दा प्रायद्वीपमा रूसी सेना र सैन्य सामग्रीको आगमन मान्य भयो। [५०]त्यसपछिका दिनहरूमा, दक्षिणी नौसेना बेस सहित सबै बाँकी युक्रेनी सैन्य अड्डा र अ खडाहरू घेराबन्दी गरिए। रुसले १८ मार्चमा प्रायद्वीपलाई औपचारिक रूपमा विलय गरेपछि, युक्रेनी सैन्य अड्डाहरू र जहाजहरू रूसी सेनाले नियन्त्रणमा लियो। २४ मार्चमा, युक्रेनले सेना फिर्ता गर्न आदेश दियो; मार्च ३० सम्ममा सबै युक्रेनी सेनाहरूले प्रायद्वीप छछोडे ।

२०१९

रुसी राष्ट्रपति भ्लादिमिर पुतिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की, पेरिस, फ्रान्स, डिसेम्बर २०१९ मा  

सन् २०१९ मा युक्रेनी सरकारी सेना र रुसी समर्थित पृथकतावादीहरूबीचको द्वन्द्वमा ११० भन्दा बढी युक्रेनी सैनिक मारिएका थिए। [५१]

मे २०१९ मा, नवनिर्वाचित युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले डोनबासमा युद्ध अन्त्य गर्ने वाचा गर्दै पदभार ग्रहण गरे। [५१]

बन्दी साटासाट

डिसेम्बर २०१९ मा, युक्रेन र रुस समर्थक पृथकतावादीहरूले युद्धका बन्दीलाई साटासाट गर्न थाले। २९ डिसेम्बर २०१९ मा लगभग २०० जना बन्दीहरू साटासाट गरियो। [५२][५३][५४][५५]

२०२०

युक्रेनी अधिकारीहरुका अनुसार सन् २०२० मा युक्रेनी सरकारी सेना र रुस समर्थित पृथकतावादीहरुबीचको द्वन्द्वमा ५० युक्रेनी सैनिक मारिएका थिए । [५६]

२०२१

सेप्टेम्बर २०२१ मा, युक्रेनले नेटो सेनासँग सैन्य अभ्यास गर्यो। क्रेमलिनले युक्रेनमा सैन्य पूर्वाधार विस्तारले नाटोले  "रातो रेखा" पार नगर्न चेतावनी दियो।  .[५७]

नोभेम्बर २०२१ मा, रुसी रक्षा मन्त्रालयले कालो सागरमा अमेरिकी युद्धपोत तैनाथलाई "क्षेत्रीय सुरक्षा र रणनीतिक स्थायित्वका लागि खतरा" भनेर वर्णन गरेको थियो।[५८]

१३ नोभेम्बरमा, युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले "रूसले सीमा क्षेत्रमा फेरि १००,००० सेनाहरू जम्मा गरेको " घोषणा गरे।[५९] नोभेम्बरको सुरुवातमा, अमेरिकी अधिकारीहरूले युरोपेली युनियनलाई युक्रेनमाथी रुअस्को सम्भावित आक्रमण बारे सचेत गरायो।[६०][६१] क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनमा सम्भावित आक्रमणको तयारी गरिरहेको आरोप अस्वीकार गरेका छन्।[६२] उनले युक्रेनलाई "दोनबास विरुद्ध आक्रामक कारबाही गर्ने योजना बनाएको" आरोप लगाए।[६३] पेस्कोभले नाटोलाई रुसको सिमाना नजिक "सैन्य मुट्ठी केन्द्रित गर्न" र युक्रेनलाई आधुनिक हतियारहरू प्रयोग बन्द गर्न आग्रह गरे।[६४]  

२६ नोभेम्बरमा राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्नो सरकार गिराउने योजनालाई समर्थन गरेको आरोप लगाए।[६५] रुसले उनको आरोप अस्वीकार गर्‍यो। [६६] 

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ McDermott, Roger N. (२०१६), "Brothers Disunited: Russia’s use of military power in Ukraine", in Black, J.; Johns, Michael, The Return of the Cold War: Ukraine, the West and Russia, London, पृ: 99–129, आइएसबिएन 9781138924093, ओसिएलसी 909325250, डिओआई:10.4324/9781315684567-5 
  2. "7683rd meeting of the United Nations Security Council. Thursday, 28 April 2016, 3 p.m. New York", "Mr. Prystaiko (Ukraine): ... In that regard, I have to remind the Council that the official medal that was produced by the Russian Federation for the so-called return of Crimea has the dates on it, starting with 20 February, which is the day before that agreement was brought to the attention of the Security Council by the representative of the Russian Federation. Therefore, the Russian Federation started — not just planned, but started — the annexation of Crimea the day before we reached the first agreement and while President Yanukovych was still in power." 
  3. "'Nasha' Poklonsky promises to the 'Berkut' fighters to punish the participants of the Maidan. Segodnya (युक्रेनीमा). 20 March 2016.
  4. "The speaker of the ARC Verkhovna Rada considers that the Crimea may get detached from Ukraine (Спікер ВР АРК вважає, що Крим може відокремитися від України)". Ukrayinska Pravda (युक्रेनीमा). 20 February 2019.
  5. "Putin describes secret operation to seize Crimea", Yahoo News, ८ मार्च २०१५, अन्तिम पहुँच २४ मार्च २०१५ 
  6. "Russia's Orwellian "diplomacy"", unian.info, अन्तिम पहुँच ३० जनवरी २०१९ 
  7. "Russian Military Forces Come Into Chonhar Village, Kherson Region". Ukrainian News. 8 March 2014. Retrieved 28 August 2021.
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named StateDept
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nytj9
  10. "US: Photos show Russia fired into Ukraine – Videos – CBS News", cbsnews.com, २८ जुलाई २०१४, अन्तिम पहुँच ३० जनवरी २०१९ 
  11. "Eight border guards rescued, two missing after shelling in Sea of Azov", Kyiv Post, १ सेप्टेम्बर २०१४, मूलबाट १ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०१४ 
  12. Snyder, Timothy (२०१८), The Road to Unfreedom: Russia, Europe, America, New York: Tim Duggan Books, पृ: १९७, आइएसबिएन 9780525574477 ; Mulford, Joshua P. (२०१६), "Non-State Actors in the Russo-Ukrainian War", Connections 15 (2): 89–107, आइएसएसएन 1812-1098, जेएसटिओआर 26326442, डिओआई:10.11610/Connections.15.2.07 ; Shevko, Demian; Khrul, Kristina (२०१७), Gutsul, Nazarii; Khrul, Kristina, सम्पादकहरू, Multicultural Societies and their Threats: Real, Hybrid and Media Wars in Eastern and South-Eastern Europe, Zürich: LIT Verlag Münster, पृ: १००, आइएसबिएन 9783643908254 
  13. The Federation Council gave approval on use of the Russian Armed Forces on territory of Ukraine (Совет Федерации дал согласие на использование Вооруженных Сил России на территории Украины) Federation Council, 1 March 2014
  14. Morello, Carol; Constable, Pamela; Faiola, Anthony (१७ मार्च २०१४), "Crimeans vote in referendum on whether to break away from Ukraine, join Russia", The Washington Post, अन्तिम पहुँच १७ मार्च २०१४ 
  15. "BBC Radio 4 – Analysis, Maskirovka: Deception Russian-Style", BBC, अन्तिम पहुँच ११ अप्रिल २०१५ 
  16. Lally, Kathy (१७ अप्रिल २०१४), "Putin's remarks raise fears of future moves against Ukraine — The Washington Post", washingtonpost.com, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१४ 
  17. Per Liljas (१९ अगस्ट २०१४), "Rebels in Besieged Ukrainian City Reportedly Being Reinforced", Time, TIME, अन्तिम पहुँच २८ अगस्ट २०१४ 
  18. "How the war zone transformed between June 16 and Sept. 19", KyivPost, २५ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २१ मार्च २०१५ 
  19. "Exclusive: Charred tanks in Ukraine point to Russian involvement", Reuters, २३ अक्टोबर २०१४। 
  20. unian, 8 April 2015 debaltseve pocket created by Russian troops – yashin
  21. Channel 4 News, 2 September 2014 tensions still high in Ukraine
  22. Luke Harding (१७ डिसेम्बर २०१४), "Ukraine ceasefire leaves frontline counting cost of war in uneasy calm", The Guardian, अन्तिम पहुँच २९ डिसेम्बर २०१४ 
  23. "The world reacts to Russia's military intervention in Crimea", Bloomberg.com, अन्तिम पहुँच ९ अप्रिल २०१७ 
  24. "UN committee passes resolution on Crimea, condemning Russian occupation | Toronto Star", thestar.com, १५ नोभेम्बर २०१६, अन्तिम पहुँच ९ अप्रिल २०१७ 
  25. "OSCE Parliamentary Assembly adopts resolution condemning Russia's continuing actions in Ukraine", www.oscepa.org, मूलबाट १३ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१७ 
  26. "Ukraine: Mounting evidence of war crimes and Russian involvement", www.amnesty.org, ७ सेप्टेम्बर २०१४, अन्तिम पहुँच ९ अप्रिल २०१७ 
  27. Overland, Indra; Fjaertoft, Daniel (२०१५), "Financial Sanctions Impact Russian Oil, Equipment Export Ban's Effects Limited", Oil and Gas Journal 113 (8): 66–72। 
  28. "Russia said to redeploy special-ops forces from Ukraine to Syria", Fox News Channel, २४ अक्टोबर २०१५, मूलबाट २४ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१५ 
  29. Walker, Shaun (१७ डिसेम्बर २०१५), "Putin admits Russian military presence in Ukraine for first time", The Guardian (Moscow)। 
  30. "Speakers Urge Peaceful Settlement to Conflict in Ukraine, Underline Support for Sovereignty, Territorial Integrity of Crimea, Donbas Region", United Nations, २० फेब्रुअरी २०१९, अन्तिम पहुँच १६ मे २०१९ 
  31. "HMS Defender: What will be the fallout from Black Sea incident?", BBC News, २३ जुन २०२१। 
  32. Calamur, Krishnadev (२७ फेब्रुअरी २०१४), "Crimea: A Gift To Ukraine Becomes A Political Flash Point", NPR। 
  33. Keating, Joshua (२५ फेब्रुअरी २०१४), "Kruschev's Gift", Slate 
  34. "Krim-Übertragung : War der Dnjepr-Kanal der Grund? – Nachrichten Geschichte", DIE WELT 
  35. Sasse, Gwendolyn (३ मार्च २०१४), "Crimean autonomy: A viable alternative to war?", The Washington Post 
  36. ३६.० ३६.१ Iulian Chifu; Oazu Nantoi; Oleksandr Sushko (२००९), "Russia–Georgia War of August 2008: Ukrainian Approach", The Russian Georgian War: A trilateral cognitive institutional approach of the crisis decision-making process, Bucharest: Editura Curtea Veche, पृ: १८१, आइएसबिएन 978-973-1983-19-6, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६ 
  37. "Istanbul Document 1999", Organization for Security and Co-operation in Europe, १९ नोभेम्बर १९९९, अन्तिम पहुँच २१ जुलाई २०१५ 
  38. nbc 18 March 2014 [१], ukrainesolidaritycampaign the oligarchic rebellion in the donbas
  39. Will Cathcart, "Putin's Crimean Medal of Honor, Forged Before the War Even Began", in The Daily Beast, 2014-04-25, retrieved 2016-09-07.
  40. "В России учредили медаль За возвращение Крыма", in Korrespondent.net, 2015-03-25, retrieved 2016-09-07.
  41. ४१.० ४१.१ "The Russian Invasion of the Crimean Peninsula 2014–2015", Johns Hopkins University, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१ 
  42. "10 facts you should know about russian military aggression against Ukraine", Ukraine government, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१ 
  43. "Armed men seize two airports in Ukraine's Crimea, Russia denies involvement — Yahoo News", news.yahoo.com, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१४ 
  44. Birnbaum, Michael (१५ मार्च २०१५), "Putin Details Crimea Takeover Before First Anniversary", The Washington Post, अन्तिम पहुँच ११ जुन २०१५ 
  45. Mackinnon, Mark (२६ फेब्रुअरी २०१४), "Globe in Ukraine: Russian-backed fighters restrict access to Crimean city", Toronto: The Globe & Mail, अन्तिम पहुँच २ मार्च २०१४ 
  46. "Russia flexes military muscle as tensions rise in Ukraine's Crimea", CNN, २६ फेब्रुअरी २०१४, अन्तिम पहुँच २ मार्च २०१४, "A CNN team in the area encountered more than one pro-Russian militia checkpoint on the road from Sevastopol to Simferopol." 
  47. "Checkpoints put at all entrances to Sevastopol", Kyiv Post, २६ फेब्रुअरी २०१४, मूलबाट २६ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०१४, "Checkpoints were put up at all entrances to Sevastopol last night and the borders to the city are guarded by groups of people, police units, and traffic police." 
  48. "Russian parliament approves use of armed forces in Crimea", dw.com, २६ फेब्रुअरी २०१४, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१ 
  49. Jen Weedon, FireEye (२०१५), "Beyond ‘Cyber War’: Russia’s Use of Strategic Cyber Espionage and Information Operations in Ukraine", in Kenneth Geers, Cyber War in Perspective: Russian Aggression against Ukraine, Tallinn: NATO CCD COE Publications, आइएसबिएन 978-9949-9544-5-2, मूलबाट २०१६-०८-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०५-१० 
  50. "Russian parliament approves use of armed forces in Crimea", dw.com, २६ फेब्रुअरी २०१४, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२१ 
  51. ५१.० ५१.१ "Two Ukrainian Soldiers Killed Over Bloody Weekend In Donbas", Radio Free Europe/Radio Liberty, ३ फेब्रुअरी २०२०। 
  52. Betz, Bradford (२९ डिसेम्बर २०१९), "Ukraine, pro-Russian separatists swap prisoners in step to end 5-year war", Fox News 
  53. "Ukraine and pro-Russian separatists exchange prisoners", BBC News, २९ डिसेम्बर २०१९। 
  54. Reuters Staff (२९ डिसेम्बर २०१९), "France's Macron, Germany's Merkel welcome prisoner swap in Ukraine", Reuters – www.reuters.comद्वारा। 
  55. "Ukraine government and separatists begin prisoners swap" – www.youtube.comद्वारा। 
  56. Ukraine conflict: Moscow could 'defend' Russia-backed rebels, BBC News (9 April 2021)
  57. "NATO expansion in Ukraine a 'red line' for Putin, Kremlin says", The Hill, २७ सेप्टेम्बर २०२१। 
  58. "Kremlin denies plans to invade Ukraine, alleges NATO threats", Associated Press, १२ नोभेम्बर २०२१। 
  59. "Ukraine's president says 100,000 Russian troops amassed near border", Times of Israel, १४ नोभेम्बर २०२१, अन्तिम पहुँच १९ नोभेम्बर २०२१ 
  60. "The world is worried Putin is about to invade Ukraine. Here's why", CNBC.com, १७ नोभेम्बर २०२१, अन्तिम पहुँच १९ नोभेम्बर २०२१ 
  61. "Russia-Ukraine border: Why Moscow is stoking tensions", BBC News, २७ नोभेम्बर २०२१। 
  62. "Russia slams Western 'hysteria' over Ukraine", Deutsche Welle, २१ नोभेम्बर २०२१। 
  63. "U.S. 'Escalating' Russia-Ukraine Tensions by Arming Kiev – Kremlin", The Moscow Times, २३ नोभेम्बर २०२१। 
  64. "Kremlin accuses West of artificially whipping up Ukraine tensions", Reuters, २१ नोभेम्बर २०२१। 
  65. "Zelensky warns Ukraine 'entirely prepared' if Russia attacks", France 24, २६ नोभेम्बर २०२१। 
  66. "Ukraine's Zelenskiy Says Ready for Russian Escalation, Claims Coup Plot Uncovered", The Moscow Times, २७ नोभेम्बर २०२१। 

बाह्य कडीहरू


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found