"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सुधार गरियो
+प्रारम्भिक जीवन
पङ्क्ति २१: पङ्क्ति २१:


== प्रारम्भिक जीवन ==
== प्रारम्भिक जीवन ==
उजिरसिंह थापाको जन्म काजी [[नयनसिंह थापा]] र मूखिनी [[रण कुमारी थापा]]को जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत्र कृष्ण [[प्रतिपदा]]मा भएको थियो।{{sfn|बानियाँ|२०७०|p=५}} उनका पूर्वज काजी [[वीरभद्र थापा]]ले [[नेपालको एकीकरण]]मा [[नेपाल एकिकरण अभियानका लडाँइहरू|युद्ध लडेका थिए]]{{sfn|बानियाँ|२०७०|p=२}} उनी [[बगाले थापा]] थिएउनका भाइ नेपालको मुख्तियार [[माथवरसिंह थापा]] पनि थिए। उनी [[अमरसिंह थापा|सानुकाजी जनरलअमर सिंह थापा]] का नाती हुन्
उजिरसिंह थापाको जन्म काजी [[नयनसिंह थापा]] र मूखिनी [[रण कुमारी थापा]]को जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत्र कृष्ण [[प्रतिपदा]]मा भएको थियो।{{sfn|बानियाँ|२०७०|p=५}} उनका पूर्वज काजी [[वीरभद्र थापा]]ले [[नेपालको एकीकरण]]मा [[नेपाल एकिकरण अभियानका लडाँइहरू|युद्ध लडेका थिए]] र उनकी आमा मूलकाजी [[रणजीत पाँडे]]की छोरी थिइन्।{{sfn|बानियाँ|२०७०|p=२}} उनका भाइबहिनी मुख्तियार [[माथवरसिंह थापा]], महारानी [[ललित त्रिपुरा सुन्दरी]][[गणेश कुमारी]] ([[जङ्गबहादुर राणा]]की आमा) थिए।{{sfn|बानियाँ|२०७०|p=४}} थापा ११ वर्षको हुदा उनको बुबाको मृत्यु भएपछि उनको आमाले हेरविचार गरेकी थिइन्।{{sfn|बानियाँ|२०७०|p=५}} मुख्तियार [[भीमसेन थापा]]ले थापाको रेखदेख पनि गरेका थिए।{{sfn|बानियाँ|२०७०|p=५}} उनलाई [[कर्णेल]]को दर्जा दिइएको थियो र उनले [[धनकुटा जिल्ला|धनकुटा]], [[सप्तरी जिल्ला|सप्तरी]], [[बारा जिल्ला|बारा]] [[पर्सा जिल्ला|पर्सा]] क्षेत्रमा पनि काम गरेका थिए।{{sfn|बानियाँ|२०७०|p=५}}


== कार्य ==
== कार्य ==

२३:४७, २२ जुलाई २०२२ जस्तै गरी पुनरावलोकन

उजिरसिंह थापा
योद्धा उजीरसिंह थापा भारदारी वस्त्रमा श्रीपेच सहित
पाल्पाका बडाहाकिम एवम् संरक्षक
कार्यकाल
वि.सं. १८७१ मंसिर ८[१] – १८८१
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
उतराधिकारीबख्तावरसिंह थापा
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार
नेपाल
मृत्युवि. सं. १८८१ मार्ग २० (उमेर २९)[१]
आर्यघाट, काठमाडौँ
नातानैनसिंह थापा (बुवा)
भीमसेन थापा (ठूलोबुवा)
माथवरसिंह थापा (भाइ)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अङ्ग्रेज युद्ध (पाल्पा-बुटबल)

उजिरसिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए । उनले नेपाल अङ्ग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ ।[१] अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।

प्रारम्भिक जीवन

उजिरसिंह थापाको जन्म काजी नयनसिंह थापा र मूखिनी रण कुमारी थापाको जेठो छोराका रूपमा वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदामा भएको थियो।[२] उनका पूर्वज काजी वीरभद्र थापाले नेपालको एकीकरणमा युद्ध लडेका थिए र उनकी आमा मूलकाजी रणजीत पाँडेकी छोरी थिइन्।[३] उनका भाइबहिनी मुख्तियार माथवरसिंह थापा, महारानी ललित त्रिपुरा सुन्दरीगणेश कुमारी (जङ्गबहादुर राणाकी आमा) थिए।[४] थापा ११ वर्षको हुदा उनको बुबाको मृत्यु भएपछि उनको आमाले हेरविचार गरेकी थिइन्।[२] मुख्तियार भीमसेन थापाले थापाको रेखदेख पनि गरेका थिए।[२] उनलाई कर्णेलको दर्जा दिइएको थियो र उनले धनकुटा, सप्तरी, बारापर्सा क्षेत्रमा पनि काम गरेका थिए।[२]

कार्य

उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।

अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए ।

मृत्यु

वि.सं. १८८१ साल मार्ग सुदी १२ (मार्ग २० गते) काठमाडौँ आर्यघाटमा २९ वर्षको उमेरमा मृत्यु भयो । मृत्युको एघारौँ दिनको काम सकिएपछि कर्णेल उजिरसिंह थापाको जेठी मुख्यानीबाट जगदिव्यश्वरी छोरीको जन्म भयो । [१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

स्रोतहरू

  1. १.० १.१ १.२ १.३ "उजिरसिंह थापाको सालिक", Annapurna Post, अन्तिम पहुँच २३ बैशाख २०७४ ०९:०५:०१ 
  2. २.० २.१ २.२ २.३ बानियाँ २०७०, पृष्ठ ५.
  3. बानियाँ २०७०, पृष्ठ २.
  4. बानियाँ २०७०, पृष्ठ ४.

कागजातहरू