"कछुवा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा maintenance, added wikify tag
शुद्धिकरण using AWB (7794)
पङ्क्ति १: पङ्क्ति १:
{{हिन्दीबाट अनुवादित}}

{{Wikify|date=जुन २०११}}
{{Wikify|date=जुन २०११}}



२०:२७, १४ अगस्ट २०११ जस्तै गरी पुनरावलोकन

यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 


कछुवा

कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो। प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृपवर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ । बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ|

उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाच्ने प्राणी हो । सम्भवतः प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवाबाहेक अर्को छैन र झण्डै २० करोड वर्षदेखि प्रकृतिको अनगिन्ती आरोह अवरोहलाई झेल्दै आफूलाई सुरक्षित राख्न सफल प्राणीमा पनि कछुवा नै पर्दछन् । विष्णुको दस अवतारमा कछुवा पनि मानिएको छ, जसको क्रम माछापछि आउँछ । यसले प्राणीजीवनको विकास क्रमलाई पनि जनाउँछ । प्राणीशास्त्रीहरूका अनुसार पनि प्रकृतिमा जलचरपछि उभयचर प्राणी सृष्टि भएका थिए ।

कैयौं देश र द्वीपमा कछुवा पाइन्छ । ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ । अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ । उनीहरू अलिकति खतराको सङ्केत पाउने वित्तिकै शरीरबाट पसिनाले भिजेको मोजाबाट आउनेभन्दा पनि यति बढी कडा दुर्गन्ध छोडछन् कि शत्रुहरू त्यतैबाट भाग्न बाध्य हुन्छन् । कछुवा सिधासादा र केही पनि नगर्ने खालका हुन्छन् तर उनीहरूमध्ये केही प्रजातिका कछुवा यति खतरनाक पनि पाइएका छन् कि ज्यानै लिने गरी हमला गर्न पनि बेर लगाउँदैनन् । हुनत कछुवाको दाँत हुँदैनन् तर यसको ओठजस्तो चुचोको भित्री भागमा आरोजस्तो दाना हुने गर्दछ जसले गर्दा समुद्रमा पाइने एक किसिमको घडियाली कछुवा निकै घातक हुने गर्दछन् ।

यसैगरी अर्को एक विशेष प्रजातिको कछुवा अफ्रिकी मुलुकमा पाइन्छ । चेप्टो आकृतिका देखिने यी कछुवा अलिकति खतराको सङ्केत पाउनासाथ शारीरिक संरचनाको फाइदा लिएर चट्टानको सानो प्वालबाट भित्र छिर्छन् र आफूलाई सुरक्षित गर्दछन् । उनीहरूलाई शत्रु जीवले पहिले त देख्नै सक्दैनन् देखिहाले पनि उनीहरूले आफ्नो शरीरलाई यसरी फुलाउँछन् कि उसले बाहिर तान्नै सक्दैन । यद्यपि संसारमा निकै प्रजातिका कछुवा पाइन्छन् । तथापि प्राणीशास्त्रीहरूले यिनीहरूलाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने प्रयास गरेका छन् । यसमध्ये पहिलोमा समुद्री -टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा -टेरापिन) र तेस्रो जमिनमा पाइने कछुवा -टारटायस) पर्दछ । कछुवाको शरीरको बाहिरी भाग निकै कडा हुन्छ । सितिमिति उनीहरूमाथि अरू शत्रुजीवले आक्रमण गर्न सक्दैनन् । तथापि प्रकृतिको पर्यावरणीयचक्रबाट उनीहरू पनि अछुत भने छैनन् । सिधै आक्रमण गर्न नसके पनि बाज तथा गिद्धजस्ता हिंस्रक पक्षीहरूले उनीहरूलाई टिपेर आकाशमा लान्छन् चट्टानमाथि खसाउने गर्दछन् । यसबाट उनीहरूको शरीरको बाहिरी खपटा फुट्छ र मासुको सिकार गर्ने गर्दछन् ।