"प्रणय दिवस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: hi:वेलेण्टाइन दिवस
सा r2.7.1) (रोबोट ले थप्दै: war:Adlaw han Gugma
पङ्क्ति ८०: पङ्क्ति ८०:
[[vec:San Vałentin]]
[[vec:San Vałentin]]
[[vi:Ngày Valentine]]
[[vi:Ngày Valentine]]
[[war:Adlaw han Gugma]]
[[yi:וואלענטינע טאג]]
[[yi:וואלענטינע טאג]]
[[zh:情人节]]
[[zh:情人节]]

०४:५५, १५ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन


प्रणय

प्रत्येक फेब्रुअरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइने गरिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।