"हर्रो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: sa:हरीतकी
सा r2.7.1) (रोबोट ले थप्दै: or:ହରିଡ଼ା
पङ्क्ति ३२: पङ्क्ति ३२:
[[mr:हिरडा]]
[[mr:हिरडा]]
[[my:ဖန်ခါးသီး]]
[[my:ဖန်ခါးသီး]]
[[or:ହରିଡ଼ା]]
[[ps:هريړه]]
[[ps:هريړه]]
[[sa:हरीतकी]]
[[sa:हरीतकी]]

११:१८, १८ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रोअमला) मध्येको यो एउटा फल हो ।

यो मध्यम खालको करीब २० मि. सम्म अग्लो हुने पतझर खालको रुख हो । यसका पातहरु ७–२० से. मी. सम्म लामा र ४–८ से. मी. चौडा हुन्छन् र एउटै आँख्लामा दुईवटा तर विपरित दिशातिर फर्केका हुन्छन् । पातको भेट्नुमा एक जोडी ग्रन्थीहरु (Glands) हुन्छन् । यसका फूलहरु साना हुन्छन् र हाँगाको टुप्पामा लहरेदार डण्डीमा वरीपरी मिलेर रहेका हुन्छन् । फूलहरुको रंग हल्का पहेंलो वा सेतो रंगको हुन्छ र वैशाख ÷जेष्ठतिर फुल्दछन् । फलहरु ४ से. मी . सम्म लामा , बीचमा मोटा र फेदतिर अलि साँगुरिएका र पुष्ट हुन्छन् । तर सुकिसकेपछि अलि चाउरी परेका र पाँचवटा रेखाहरु स्पष्ट देखिन्छन् ।

हर्रो को रुख

यो भारत, श्रीलंका तथा म्यानमारमा पाइन्छ । १५०–११०० मि. सम्मको उचाई भएको मध्य तथा पश्चिमी नेपालमा यो फैलिएको छ ।

आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो । फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ । फल पकाएको रस गीजाबाट रगत आउने र गीजाको अन्य रोगमा पनि उपयोग गरिन्छ । भुटेको वा पोलको फल खोकी वा कफ निको पार्न पनि खाने गरिन्छ ।

मुख्यतःयसका फलहरु टाँनिन (Tanin) निकाल्नको लागि उपयोग गरिन्छ । जरा, बोक्रा, तथा काठमा समेत टेनिन पाइन्छ । टेनिन छाला उद्योगहरुमा छाला नरम पार्ने कार्य , वस्तुलाई धेरै समयसम्म खप्ने बनाउन र रंगलाई चम्किलो बनाउन उपयोग गरिन्छ । यसैगरि यस फलको गुदीदार भिजाएको वासी पानीले आँखा सफा गर्न प्रयोग गरिन्छ । हर्रोको फलको उत्पादन लिन करीब १० वर्ष लाग्ने हुदा ब्यवसायिक खेति मा यो समेटिन सकेको छ्अन। १० वर्ष भन्दा बढी उमेरका स्वस्थ्य रुखबाट प्रतिरुख ४०–६० के. जी. सम्म उत्पादन हुने गर्दछ ।