"चीन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: iu:China
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: io:Populala Republiko di Chinia
पङ्क्ति २१५: पङ्क्ति २१५:
[[ie:China]]
[[ie:China]]
[[ilo:Tsína]]
[[ilo:Tsína]]
[[io:Chinia]]
[[io:Populala Republiko di Chinia]]
[[is:Alþýðulýðveldið Kína]]
[[is:Alþýðulýðveldið Kína]]
[[it:Cina]]
[[it:Cina]]

००:२०, १९ जुलाई २०१२ जस्तै गरी पुनरावलोकन



१ अक्टोबर, १९४९
जनबादी गणतन्त्र चीन
(चीनको राष्ट्रीय झण्डा) (चीनको निशाना छाप)

《义勇军进行曲》

राष्‍ट्रिय पशुविशालकाय पांडा
राष्‍ट्रिय पक्षीRed crown crane(लाल मुकुट क्रेन)
आधिकारिक भाषा सरलीकृत चीनी (अन्य चीनी भाषाहरू)
राजधानी बेजिंग
राष्ट्रपति हू जिन्ताओ (Hu Jintao)
प्रधानमन्त्री (प्रिमियर)=> वेन जियाबो (Wen Jiabao)
क्षेत्रफल Area
 - जम्मा
 - % पानी
तेस्रो ठूलो


९,६४०,८१२ वर्ग किलोमीटर


९.५%
जनसंख्या

 - जम्मा (२०००)

 - जनघनत्व
पहिलो

१,३३८,६१२,९६८

१३९.६/बर्ग कि.मी.
जनबादी गणतन्त्रको स्थापना
मुद्रा चीनी यन्
समय क्षेत्र Chinese Standerd Time +८.००
राष्‍ट्रिय गान “March of the Volunteers”
《义勇军进行曲》
ईन्टरनेट TLDcn
अन्तर्राष्ट्रिय टेलिफोन कोड८६
संसारमा चीनको अवस्थिति

परिचय

जनवादी गणतन्त्र चीन जसलाई प्रायः चीनको नामबाट पनि सम्बोधित गरीन्छ, पूर्वी एशियामा स्थित एउटा देश हो। १.३ अरब मानिसहरूको साथ यो विश्वको सर्वाधिक जनसंख्या वाला देश हो र ९६,४१,१४४ वर्ग किलोमीटर क्षेत्रफलको साथ यो रूस र क्यानाडा पछि विश्वको तेस्रो सबैभन्दा ठूलो क्षेत्रफल वाला देश हो। यति विशाल क्षेत्रफल भएको कारण यसको सीमानासँग जोडीने देशहरूको संख्या पनि विश्वमा सर्वाधिक (रूसको बराबर) छ, जो इस प्रकार छ (उत्तरबाट दक्षिण तर्फ): रूस, मंगोलिया, उत्तर कोरिया, भियतनाम, लाओस, म्यान्मार, भारत, भूटान, नेपाल, पाकिस्तान, अफ्गानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, र कजाखिस्तान। उत्तर पूर्वमा जापान र दक्षिण कोरिया चीनको मुख्य भूमिबाट नजीकै छन।

राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देश पनि हो। यस देशलाई जनवादी गणतन्त्र चीन भनिन्छ। तर सामन्यताया नेपालीमा चीन भनेर चीनिन्छ। आम रूपमा हाल गणतन्त्र चिन भनेर चिनीने ताइवान समेतका सबैभाग बुझाएर नेपालीमा चीन भन्ने बुझिन्छ। जनवादी गणतन्त्र चीन विश्वमै सबैभन्दा बढी जनसंख्या भएको देश हो। यसको जनसंख्या एक अर्व ३० करोड जती रहेको छ। जुन विश्वकै पांचभागको एक भाग भन्दा केही कम रहेको छ। चीनको राजधानी बेजीगं हो। १९४९मा मावत्सेतुंगको नेतृत्वमा भएको चिनिया क्रान्ती पछि हाल यहा चिनीया कम्युनिष्ट पार्टीले एकदलीय प्रकारको शासन चलाई रहेको छ। तर कम्युनिस्टहरूको विजय संगै भागेर ताइवान टापुमा पुगेका कुवोमिन्तागं जसलाई पश्चिमा विश्वले सहयोग गरीरहेको छ। यिनिहरूसँग चिनले लामो समयदेखि विवादको सामना गरी रहनुपरेको छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पांचमध्ये एक स्थायी सदस्य राष्ट्र चीन आणवीक शक्ति संपन्न राष्ट्र हो। अत्यान्त द्रुत गतीमा आर्थिक विकास गरीरहेको चीनलाई उदयमान माहशक्ती मानीन्छ। यो देशको ग्राहस्थ उत्पादन प्रतिवर्ष १० प्रतिसत भन्दा छिटो बढीरहेको छ, जुन संसारकै लागि आश्चर्य भएको छ। द्रुत आर्थिक विकास गरीरहेको चिन त्यही गतीमा आर्थिक माहशक्तीमा रूपान्तरण भइरहेको छ। यस देशले सन २००६मा इटालीलाई नाघेर ६ नं तथा सन २००७मा फ्रान्स तथा बेलायतलाई नाघेर आफुलाई विश्वको ४ नं.र हाल (सन् २०१०) जापानलाई उछिनेर चीन अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। चिन संसारकै फलाम,कंक्रिट तथा पेट्रोलीयम पदार्थको ब्यापारको मुख्य खेलाडी हो।

जनसंख्या

एक अर्व ३० करोडको हारा हारीमा जनसंख्यापुगेको बिशाल राष्ट्र चीनले जनसंख्या नियन्त्रणमा कडाइ गरेको छ। हामी दुई हाम्रो एक भन्ने सिदान्तलाई अङ्गिकार गरी दम्पतिलाई एकमात्र बच्चा पाउन प्रोत्साहन गरिएको छ। एक मात्र बच्चाको दायित्व राष्ट्रले लिने व्यवस्था गरिएको छ।

इतिहास

भूगोल

प्रशासनिक विभाग चीन सरकारको के नियन्त्रणमा जम्मा ३३ प्रशासनिक विभाग छ, र यस बाहेक यसले ताइवानलाई आफ्नो एउटा प्रान्त मानेको छ, तर यसमाथि उसको नियन्त्रण छैन।

  • प्रान्त

चीनको जम्मा २३ प्रान्त वटा छ। तिनिहरूको नाम यस प्रकार छ:- अनहुइ, फुजियान, ग्वागंसु, ग्वागंडुगं, ग्वीझिउ, हुवेइ, हाइनान, हेलीज्यंग, हेनान, हेवेइ, हुनान, ज्यागंसु, जिलीन लियानिंग, कांगाहाइ, साहंगसी, सांनडोग, सिचुवान, साय्यांसी, ताइवान, युनान, झियाझिगं

  • स्वायत्त क्षेत्र

तिब्बत,ग्वागंसी, निंगस्या, सिगंज्याग, भित्री मंगोलीया

  • केन्द्रीय महानगरपालिका

बेजीगं, सघांइ, चुगंकिंग, तिनजिन

  • विशेष प्रशासनिक क्षेत्र

हंग कंग,मकाउ

अर्थतन्त्र

चीनको अर्थतन्त्र राज्य नियन्त्रीत अर्थतन्त्र नै हो। तर १९८२ तिर देखि देगं स्याव पिगंले सुरू गर्नुभएको आर्थिक उदारिकरणले चीनमा जमीन खरीद बिक्री साना तथा मध्यम उद्योगको विकास तथा द्रुततर आर्थिक विकास का साथै बहुराष्ट्रिय कंपनीहरूको अथाह संम्पति चीन भित्रयाउन तथा त्यसको प्रतिफल लिन स्थायी सुरक्षा ब्यावस्था र राजनीतिक स्थायित्व भएको देश चिन सफल भएको छ।

धर्म

बुद्ध,कन्फुसियसतावो चीनका मुख्य धर्म हुन र पश्क्षिमी थोरै क्षेत्र तथा पूर्वको हाइनान टापुमा समेत केही मुसलमान हरूको बसोबास पाइन्छ।

जीवनशैली

चिनिया हरू सांस्कृतीय रूपमा अत्यान्त संपन्न छन हाल बढदैगएको बजारीकरणको प्रभाव चिनिया समाजमा पनि पाइन्छ।

अरु सम्बन्धित विषयहरू

नेपाल चीन संबध नेपाल र चीन वीच प्राग-ऐतिहासीक काल देखि रहेको पाइन्छ। जनस्तरमा १५०० वर्ष भन्दा अगाडी देखि एक अर्काको सिमाना नाघेको भेटीन्छ। ४०६ एडीमा लुम्बिनी भ्रमण गर्ने बुद्ध भिछु फाहियानलाई विर्सन हुदैन। त्यस्तै बेला तिर नेपाली भिछु बुद्धभद्रले पनि चीनको भ्रमण गरे। हु वान स्यागंको जो एक चिनीया यात्री थिए जसले लुम्बिनी तथा काठमाण्डौ उपत्यकाको समेत भ्रमण गरेका थिए उनको यत्रावर्णन नेपालको इतिहासका कालखण्डको बयान गर्ने एक आधार भएको छ।

नेपाली राजा अंशुवर्माकी छोरी राजकुमारी भृकुटीको चिनीया राजा स्रंग चंग गम्पो सँग गरिएको थियो। उनले तिब्बतमा बुद्ध धर्मको प्रचारमा निकै ठूलो योगदान गरिन त्यसपछी नेपाली कलाकार अरनिकोले पहिले तिब्बत र पछि बेजीग सम्म मन्दीर बनाउन पुगेका थिए बेजीगंमा हाल सम्म रहेको सेतो प्यागोडा अरनिकोले बनाएका थिए। जुन नेपाल र चिन संबधको कोशेढुगो भएर बसीरहेको छ।

पञ्चशिलका आधारमा १९५५को अगस्ट एकमा नेपाल र चीन वीच औपचारिक दौत्यसंबधको स्थापना पछि नेपाल र संबधमा नया आयाम थिपियो। जनस्तरमा विकसीत संबधका साथै उच्च स्तरमा भएका अनगिन्ति भ्रमण भए राजा महेन्द्र, राजा बीरेन्द्र तथा राजा ज्ञानेन्द्र राष्ट्रप्रमुखको रूपमा तथा प्रधानमन्त्रीहरू टंक प्रसाद आर्चाय, विश्वेश्वर प्रसाद कोइराला, कृतीनिधी विष्ट, गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी तथा शेरबहादुर देउबाले चीनको औपचारीक भ्रमण गर्नुभएको छ भने अझै नेपालका राजा बीरेन्द्रले त तिब्बत भ्रमण गर्ने पहिलो र एकमात्र विदेशी राष्ट्र प्रमुख समते हुनुभएको थियो। उहाको कार्यकाललाई नेपाल चीन संबधलाई स्वर्ण युगको रूपमा नेपाल चीन संबधका जानकारहरू संझन्छन्। राजा बीरेन्द्रले चीनको १० पटक भ्रमण गर्नुभएको थियो। त्यसै गरी चिनीया प्रधानमन्त्री चाउ एन लाइले सन १९५७ र १९६०मा गरी २ चोटी नेपाल भ्रमण गर्नुभएको थियो भने। त्यसैगरी चिनका प्रधानमन्त्री हरू झु झियागं, लिपेगं, झुरोगंजीले बिभिन्न खण्डमा नेपाल भ्रमण गर्नु भएको छ। त्यसैगरी चिनिया राष्ट्रपतिहरू लि सिनान तथा जियाग जेमीनले नेपालको भ्रमण गर्नुभएको थियो। चर्चित चिनिया नेता देंग स्यावपिंगले पनि सन १९७८मा उपप्रधानमन्त्रीको रूपमा नेपालको भ्रमण गर्नुभएको थियो। साथै दुई देशको सिमा समस्या आधुनिक र सर्बमान्य प्रविधी अन्तर्गत १९७८मा समाधान गरियो। त्यसैगरी नेपालको विकासमा चिनीया आर्थिक सहयोगले महत्वपूर्ण भूमिका खेल्न थाल्यो। त्यसै गरी संयुक्त राष्ट्र संघमा दुवै देशले खेलेको सन्तुलीत र मैत्रीपूर्ण भूमिकाले दुबै देशलाई अझ नजीक ल्यायो। नेपालले सधै भरी एक चीन नीतिलाई मान्दै आएको छ। नेपाल जनवादी गणतन्त्र चीनलाई मान्यता दिनुपर्छ भन्ने पहिलो पंत्तिका राष्ट्रहरूमध्ये एक हो। त्यसै गरी चीनलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा सदस्यता दिनुपर्छ भनेर लविगं गर्न एक प्रमुख राष्ट्र पनि नेपाल हो। साथै नेपालले कहिले पनि चीन विरोधी गतिबिधी आफ्नो माटोबाट हुन नदिने प्रतिबद्धता पनि जनाएको र व्यवाहरमा लागु पनि गरी रहेको छ।

सन्दर्भ सामाग्री

बाहिरी लिंकहरू

ढाँचा:एशिया

"https://ne.wikipedia.org/w/index.php?title=चीन&oldid=270497" बाट अनुप्रेषित