"इटालेली समाजवादी पार्टी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५: पङ्क्ति १५:
[[fr:Parti socialiste italien]]
[[fr:Parti socialiste italien]]
[[gl:Partido Socialista Italiano]]
[[gl:Partido Socialista Italiano]]
[[is:Ítalski sósíalistaflokkurinn]]
[[it:Partito Socialista Italiano]]
[[it:Partito Socialista Italiano]]
[[ja:イタリア社会党]]
[[ja:イタリア社会党]]

१८:३४, ८ जुलाई २००८ जस्तै गरी पुनरावलोकन

पे.एस.इ., १९०५

इटालियाली समाजवादी पार्टी इटालीमा एउटा राजनैतिक दल थियो | पार्टी सन् १८९२ मा स्थापित गरिएको थियो । पार्टीको स्थापनाकालदेखि नै पार्टीभित्र अवसरवादी तथा क्रान्तिकारी यी दुवै धाराहरूबीच तीव्र वैचारिक संघर्ष चल्न थाल्यो । सन् १९१२ म रेनो-एमिलियामा सम्पन्न भएको महाधिवेशनमा वामपन्थीहरूको जोडले युद्धका समर्थकहरू तथा सरकारसँग र पुँजीजीवीवर्गसँग सहयोगका पक्षयसमर्थनकहरू अर्थात् ज्यादै नै ठाडा सुधारवादीहरू पार्टीबाट निकालिए । प्रथम विश्वयुद्धको सुरुदेखि र युद्धमा इटालीको प्रवेशसम्म इटालियाली समाजवादी पार्टीले युद्धको विरोध जनाएको थियो र "युद्धको विरुद्ध, तटस्थताको निमित्त !" भन्ने नारा दिएको थियो । सन् १९१४ को डिसेम्बरमा पुँजीजीवीवर्गको साम्राज्यवदी नीतिको पक्ष्यसमर्थन गर्ने र युद्धको वकालत गर्ने गद्दारहरूको एक दललाई पार्टीबाट निष्कासित गरियो । ऐंटेंटको पक्षमा इटालीले युद्धका प्रवेश गरेपछि (सन् १९१५ को मई महिना) इटालियाली समाजवादी पार्टीभित्र टड्कारो रूपमा तीनोटा धाराहरू देखापरे - पुँजीजीवीवर्गलाई युद्धमा सहायता पुर्‍याउने दक्षिणपन्थी धारा, पार्टीका बहुसंख्यक सदस्यहरूलाई एकगठ पार्ने केन्द्रवादी धारा र युद्धको विरुद्ध बढी निर्णायक स्थिति अपनाउने वामपन्थी धारा । यद्यपि यो तेस्रो धारा युद्धको विरुद्ध अनवरत संघर्षको आयोजना गर्न असमर्थ नै रह्यो । सन् १९१६ को अन्त्यमा इटालियाली समाजवादी पार्टीले सामाजिक शान्तिवादको बाटो लियो ।[१]

पार्टीले 'अभान्ति !' प्रकाशन गर्दैथियो | यो पार्टी समाजवादी इन्टरनेसनलसंग आबद्ध थियो ।

पार्टीको आधिकारिकता १९९४मा सकियो |

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८२-४८३