"रेसम मार्ग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे मिलाउँदै
सा r2.7.2) (रोबोट ले थप्दै: diq:Raê Birsimi
पङ्क्ति ३३: पङ्क्ति ३३:
[[da:Silkevejen]]
[[da:Silkevejen]]
[[de:Seidenstraße]]
[[de:Seidenstraße]]
[[diq:Raê Birsimi]]
[[en:Silk Road]]
[[en:Silk Road]]
[[eo:Silka Vojo]]
[[eo:Silka Vojo]]

१८:०८, २१ अगस्ट २०१२ जस्तै गरी पुनरावलोकन

रेशम मार्गको जाल।
प्रथम शताब्दिमा रेशम मार्गको स्थिति।

रेशम मार्ग ब्यापार मार्गहरूको एउटा जाल थियो (मार्ग जसको प्रयोग ब्यापारीहरू गर्ने गर्थे) जुन एशियादेखि भू-मध्य सागर सम्म फैलियेको थियो। यसको प्रयोग द्वारा चीनले अन्य देश वा स्थान सँग ब्यापार गर्थ्यो। यस मार्गको नाम रेशम मार्ग राखियो किन भनें यस मार्गमा धेरैचैं रेशमको नै ब्यापार हुने गर्थ्यो। तेती बेला रेशम मात्र चीनमा नै बन्ने गरिन्थ्यो। चुँकि ब्यापारीहरू विभिन्न ठाँउहरूबाट आएका थिए, त्यसैले विभिन्न प्रकारका विचारहरू चीनमा आयो, र चीनको विचार अन्य ठाँउमा प्रसारित भयो। रेशम मार्गले चीनलाई एउटा ठूलो आर्थिक कमाई दियो। चीनीहरूले ब्यापार गर्ने केही वस्तुहरू थिए रेशम, चीनी माटोका सामानहरू, चामल, र मसलाहरू।

रेशम मार्गको ब्यापार चीन, इजिप्त, मेसोपोटामिया, पर्सिया, भारतरोमको प्राचीन संस्कृतिको विकासको एउटा ठूलो हिस्सा थियो, र आधुनिक दुनियाको शुरुवात गर्नमा मद्दत पुरायो। रेशम मार्ग नेपाली उच्चारण हो। जर्मनमा यसलाई "Seidenstraße" भन्छन्। सन् 1877मा पहिलो ब्यक्ति जसले यसलाई नाम दियो जर्मन भू-वैज्ञानिक (भूगोलविद्) थियो।

मार्ग

रेशम मार्ग पहिला उत्तर चीनबाट पश्चिमतिर जान्छ। शेष रेशम मार्ग उत्तर तथा दक्षिणतिर विभाजित भएर तिब्बती पठारको वरीपरी फैलिएको छ।

दुई हिस्सा पछि यो बाटो पुन: मिल्छ, यो बाटो सिधा रेखामा उत्तरतिर लगभग पहाडहरू सँग संगै उत्तर इरान र सिरीयाली मरुभूमीको टिप हुँदै लिभांट सम्म जान्छ। त्याँहादेखि भू-मध्य ब्यापार जहाज द्वारा इटली तर्फ बाटो जान्छ, र भूमी मार्ग उत्तरतिर अनाटोलिया अथवा उत्तरदेखि दक्षिण अफ्रिका सम्म जान्छ।

समुन्द्र द्वारा

रेशम मार्गको फैलाव पानी माथी दक्षिण चीनदेखि फिलिपिन्स, ब्रुनइ, सिअम, मलक्का, सिलोन, भारत, पाकिस्तान, अनि इरान सम्म छ।

युरोपमा यसको फैलाव इजरायल, लेबनान, इजिप्त अनि इटाली सम्म छ। मू-मध्य सागरमा, यो पोर्चुगल अनि स्वीडेन सम्म जान्छ।