"इसपका दन्तकथाहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Correction, added orphan, uncategorised, deadend, wikify tags using AWB
Correction, removed uncategorised tag using AWB
पङ्क्ति २१: पङ्क्ति २१:
इसपका नीति कथा भनेर विश्वमा सैयौँ कथाहरू प्रचलित छन् । कैयन कथाहरू एकअर्कासँग मिल्छन् । विभिन्न देश र समुदायमा एउटै कथाका पनि बेग्लाबेग्दै रूप र उपदेश पाइन्छ । कसैकसैले विभिन्न देशका लोक कथा पनि इसपको नामसँग जोडिँदै उनकै कथाको रूपमा प्रचलित भयो भनेका छन् । कतिपय साहित्यकारहरूले इसपका नीति कथाको आधारमा आफ्नै परिवेशमा ढालेर कथाहरू रचेका छन् ।<ref>http://www.balsansar.com/aesop.php</ref>
इसपका नीति कथा भनेर विश्वमा सैयौँ कथाहरू प्रचलित छन् । कैयन कथाहरू एकअर्कासँग मिल्छन् । विभिन्न देश र समुदायमा एउटै कथाका पनि बेग्लाबेग्दै रूप र उपदेश पाइन्छ । कसैकसैले विभिन्न देशका लोक कथा पनि इसपको नामसँग जोडिँदै उनकै कथाको रूपमा प्रचलित भयो भनेका छन् । कतिपय साहित्यकारहरूले इसपका नीति कथाको आधारमा आफ्नै परिवेशमा ढालेर कथाहरू रचेका छन् ।<ref>http://www.balsansar.com/aesop.php</ref>
<references>http://www.balsansar.com/aesop.php</references>
<references>http://www.balsansar.com/aesop.php</references>

{{Uncategorized|date=सेप्टेम्बर २०१२}}

१८:५४, १३ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

इसप युनान (ग्रिस) देशमा जन्मेका थिए । उनको जन्म झण्डै छब्बिस सय वर्षअघि इसापूर्व ६२० मा भएको थियो । त्यस बेला ग्रिसमा दासप्रथा थियो । इसप पनि दास थिए । उनले पालैपालो दुई जना मालिकको घरमा काम गरेका थिए । उनको साहित्यमा रुचि र विद्वत्ता देखेर दोस्रो मालिकले इसपलाई दासबाट मुक्ति दिएका थिए ।

त्यसबेला ग्रिसमा गणतन्त्र थियो । नागरिकहरू सार्वजनिक विषयमा भाग लिन स्वतन्त्र थिए । इसपले पनि यस्तै सार्वजनिक चासोका सभाहरूको उपयोग गरेर दासको जीवनबाट सम्मानित जीवन पाउन सफल भएका थिए । उनले छिमेकी देशहरू घुमे । उनले त्यसबेलाका दार्शनिकहरू र विद्या र कलाको सम्मान गर्ने व्यक्तिहरूसँग भेटने सभा र वादविवादहरूमा भागलिने अवसर पाए र सम्मानित भए ।

त्यस बेला ग्रिस धेरै गणतन्त्रहरूमा बाँडिएको थियो । इसप प्रायः सबै गणतन्त्रहरूमा घुमिरहन्थे । उनलाई उच्चस्तरको राजकीय कामको जिम्मा पनि दिइन्थ्यो । यस्तो काम अहिलेको राजदूतको जस्तो हुन्थ्यो । एक पटक उनलाई डेल्फीमा गएर त्यहाँका नागरिकहरूलाई पैसा बाँडने जिम्मा दिइयो । यो कामले उनलाई मृत्युको मुखमा पुर्‍यायो ।

डेल्फीका मानिसहरूको लोभीपन देखेर इसपलाई यति रिस उठ्यो कि उसले आफूले ल्याएको असर्फी नबाँडिकन त्यसको मालिकलाई नै फर्काइदिए । यो घटनाले डेल्फीबासीहरू उग्र भए । उनीहरूले इसपमाथि निर्दयी भएको आरोप लगाए । उनको राजदूतको हैसियतको बाबजुद पनि डेल्फी बासीहरूले उनलाई सामान्य नागरिक सरह मृत्युदण्ड दिए ।

यो जघन्य अपराधको डेल्फीबासीहरूले धेरै पटक र ठूलो मोल चुकाउनु पर्‍यो । इसपको हत्या गर्नेहरूले भोग्नु परेको दुःखबाट अपराधीले सजाय पाएरै छोड्छ भन्ने भनाइ प्रचलित भयो ।

मृत्युपछि पनि इसपको सम्मान भयो । महान मूर्तिकार लिसिपसले उनको मूर्ति बनाए र एथेन्समा त्यसको स्थापना गरियो ।

इसपका बारेमा धेरै खालका किंवदन्तीहरू प्रचलित छन् । कोही उनलाई दास होइन विद्वान दार्शनिक मान्छन् । उनका कथाहरू पढदा उनी पशुपन्छीको भाषा बुझ्नसक्थे भन्ने लाग्छ । तर मानिसलाई शिक्षा दिनका लागि पशुहरूलाई पात्र बनाएर उनले रचेका कथाहरू साह्रै घतलाग्दा छन् । रचनाकालदेखि यी कथाहरूले संसारभरिका मानिसलाई मनोरंजन र ज्ञान दिइरहेका छन्

इसपका नीति कथा भनेर विश्वमा सैयौँ कथाहरू प्रचलित छन् । कैयन कथाहरू एकअर्कासँग मिल्छन् । विभिन्न देश र समुदायमा एउटै कथाका पनि बेग्लाबेग्दै रूप र उपदेश पाइन्छ । कसैकसैले विभिन्न देशका लोक कथा पनि इसपको नामसँग जोडिँदै उनकै कथाको रूपमा प्रचलित भयो भनेका छन् । कतिपय साहित्यकारहरूले इसपका नीति कथाको आधारमा आफ्नै परिवेशमा ढालेर कथाहरू रचेका छन् ।[१]

  1. http://www.balsansar.com/aesop.php