"अन्नपूर्ण हिमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले परिवर्तन गर्दै: nn:Annapurna I
सा r2.7.2) (रोबोट ले थप्दै: jv:Annapurna
पङ्क्ति ७९: पङ्क्ति ७९:
[[it:Annapurna]]
[[it:Annapurna]]
[[ja:アンナプルナ]]
[[ja:アンナプルナ]]
[[jv:Annapurna]]
[[ka:ანაპურნა]]
[[ka:ანაპურნა]]
[[kn:ಅನ್ನಪೂರ್ಣ]]
[[kn:ಅನ್ನಪೂರ್ಣ]]

०५:३३, २५ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

अन्नपूर्ण
अन्नपूर्णको दक्षिणी मोहोडा
सर्वोच्च बिन्दु
उचाइ८,०९१ मी (२६,५४५ फिट)
दसौं स्थान
प्रमुखता२,९८४ मी (९,७९० फिट)[१][२]
अभिभावक शिखरचोयू
भिन्नता३४ किमी (२१ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
Ultra
निर्देशाङ्क२८°३५′४३″उ॰ ८३°४९′११″पू॰ / २८.५९५२८°N ८३.८१९७२°E / 28.59528; 83.81972निर्देशाङ्कहरू: २८°३५′४३″उ॰ ८३°४९′११″पू॰ / २८.५९५२८°N ८३.८१९७२°E / 28.59528; 83.81972
भूगोल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
हिमशृङ्खलाहिमालय पर्वत श्रृङ्खला
आरोहण
पहिलो आरोहणमाउरिस हर्जोग र लुइस लचेनलद्वारा १९५० मा
सबैभन्दा सजिलो मार्गहिउँ/हिउँको पहाड

Annapurna (Sanskrit, Nepali, Nepal Bhasa: अन्नपूर्णा) is a section of the Himalaya in north-central Nepal that includes 8091 meter (26,545 ft) Annapurna I, thirteen additional peaks over 7000 meters and 16 more over 6000 meters.[३]. This section is a ५५ किमी (३४ माइल)-long massif. Annapurna I is tenth among Earth's fourteen eight-thousanders. It rises east of the Kali Gandaki Gorge separating it from Dhaulagiri massif. 8167 meter Dhaulagiri I is 34 km to the west and the gorge between is considered Earth's deepest.

अन्नपूर्ण (प्रथम) ८,०९१ मि. हिमाल संसारको दशौं अग्लो र नेपालको नवौं अग्लो हिमाल हो। यसको उचाइ ८,०९१ मिटर छ।

प्रथम आरोहण

सन् १९५०मा फ्रान्सेली आरोहण दलले धौलागिरी अथवा अन्नपूर्ण पर्वत आरोहण गर्ने अनुमति पाएको थियो। सोही अनुरूप अन्नपूर्ण हिमाल आरोहण गर्ने उद्देश्यले ५ अप्रिल, १९५०मा फ्रान्सेली दल नेपाल आयो। आरोहण दलमा जिन कौजी , लुइस लचेनल, ग्यास्टन रिवुफत , मार्सल स्कातज र लायोनल टेरी रहेका थिए। सोही दलमा चिकित्सक जाकेस औडत , फोटोग्राफर मार्सल आइचक र कुटनैतिक एवम् संयोजन प्रमुखको पनि सहभागिता थियो। Groupe de Haute Montage का महासचिव माउरीस हर्जोगले दलको नेतृत्व गरेका थिए। सरदार आङ्गथार्केको मातहतका ८ जना शेर्पाहरू आरोहण कार्यका सहयोगी थिए। उत्तर पश्चिम धारबाट पहिलो आरोहण गर्ने प्रयास भएकोमा यसलाई परिवर्तन गरी उत्तरी मोहोडाबाट चढ्ने निर्णय भयो। शिविरबाट पाचौं शिविरसम्म पुग्न १० दिन लाग्यो। यति ठूलो र अपरिचित पर्वतको लागि यो समय छिटो थियो। आरोहीहरूले विहान सवेरै चढाइ सुरु गरे पनि अपरान्हतिर हिउँ पर्ने हुनाले शिविरमा पुग्दा दिनहुँ बाटो अवरुद्ध हुन्थ्यो। हिमपातको कारणले गर्दा हिमपहिरो आउने सम्भावना हुन्थ्यो। अन्नपूर्णको उत्तरी मोहोडा हिउँ पहिरोको खतरा हुने ठाउ मानिन्छ। मध्यान्हतिर ३० देखि ५० सेन्टिमिटर बाक्लो हिउँ पर्नाको कारण बढी खतारायुक्त अवस्था थियो। अनेकौ कठिनाइको बावजुद हर्जोग र लचेनल पाचौं शिविरमा पुगे। हर्जोगले आङ्गथार्की शेर्पालाई जुन ३ सम्म शिखर आरोहण गर्ने मौका दिएका थिए तर हिउँले उनका पैताला खाएको हुनाले आरोहण त्यागेर तल फर्के। जुन २मा जोडसँग हावा चलेको हुनाले पाल तथा सामान तितरवितर भए। पाल तथा कपडाहरूमा हिमपात भै थुप्रो लाग्यो। त्यस रातमा उनीहरू सुत्न पाएनन। यस प्रकारको जटिल परिस्थितिले लचेनललाई विहृवल बनायो र उनी तल झर्ने विचार गरे तर हर्जगले आरोहणलाई निरन्तरता दिन अनुरोध गरे। लचेनलले हर्जोगको अनुरोध स्वीकार गरी उनकै साथमा लागे। अक्सिजन प्रयोग नगरीकन सन् १९५० जुन ३मा ती दुवैजना अन्नपूर्ण(प्रथम)को शिखरमा पुगे। हिउँले हात तथा पैताला खाएर गम्भीर रूपमा बिमारी भए पनि अन्नपूर्ण(प्रथम)को प्रथम आरोहण सम्पन्न गरेकोमा दुवैजना प्रशन्न देखिन्थे।

पर्वतारोहणको ऐतिहासिक तालिका

  • सन् १९५० - फ्रान्सेली नागरिक माउरिस हर्जोग (Maurice Herzog)को नेतृत्वमा ८,००० मिटरमध्येको अन्नपूर्ण प्रथम आरोहण दल पठायो। जुन ३मा माउरिस हर्जोग र लुइस लचेनल अन्नपूर्ण(प्रथम)को शिखरमा पुगे। यो अन्नपूर्ण(प्रथम)को पहिलो आरोहण हो।

सन्दर्भ सामाग्रीहरू

  1. "Annapurna", Peakbagger.com, अन्तिम पहुँच २००९-०१-१२ 
  2. "Nepal/Sikkim/Bhutan Ultra-Prominences - peaklist.org", अन्तिम पहुँच २००९-०१-१२ 
  3. H. Adams Carter (१९८५), "Classification of the Himalaya", American Alpine Journal (American Alpine Club) 27 (59): 127–9, अन्तिम पहुँच मे १, २०११ 

यो पनि हेर्नुहोस