"पौडेल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{wikify}}
==परिचय र इतिहास==
==परिचय र इतिहास==
'''पौडेल''' [[थर]] [[नेपाल]] तथा [[भारत]]को [[बाहुन]] तथा [[क्षत्री]] परिवारमा पाइन्छ। यो थरको उत्पत्ति [[पौडि]] र आलय दुई शब्द मिलेर बनेको विश्वास गरिएको छ। पौडेल हरूको [[गोत्र]] [[आत्रेय]] भएबाट उनीहरू आफू [[अत्रि]] [[ऋषि]]का सन्तान भएको विश्वास गर्दछन्। काला पौडेल तथा सेता पौडेल गरी दुई वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसै कसैले सेता पौडेल नै [[सिग्देल]] हुन् भनी उल्लेख गरेका छन्।

११:४९, १ अक्टोबर २०१२ जस्तै गरी पुनरावलोकन

परिचय र इतिहास

पौडेल थर नेपाल तथा भारतको बाहुन तथा क्षत्री परिवारमा पाइन्छ। यो थरको उत्पत्ति पौडि र आलय दुई शब्द मिलेर बनेको विश्वास गरिएको छ। पौडेल हरूको गोत्र आत्रेय भएबाट उनीहरू आफू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। काला पौडेल तथा सेता पौडेल गरी दुई वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसै कसैले सेता पौडेल नै सिग्देल हुन् भनी उल्लेख गरेका छन्।

बसोबास

पौडेलहरू नेपालमा मध्य पहाडबाट देशभर फैलिएको पौडेल बंशावलीले उल्लेख गरेको छ। उनीहरू आजभन्दा करिव ५ शय वर्ष पहिले मध्य पहाडबाट पाल्पा, पोखरा, रामेछाप हुँदै पूर्वको ताप्लेजुङ सम्म पुगेको विश्वास गरिएको छ। हाल भारतका विभिन्न राज्यहरू, भुटान, बर्मा लगायत विश्वका अन्य धेरै देशमा पौडेलको बसोबास रहेको पाइन्छ। नेपालमा पौड्याल, पौडेल लेखिन्छ भने भारतीय पौडेलहरूले चाहीं पौडवाल लेख्ने गरेका छन्। महाराष्ट्रमा पौडवालहरूको सङ्ख्या अत्यधिक छ।

कुल पूजाको परम्परा

पौडेलहरूले बराहलाई कुलदेवताको रूपमा मान्छन्। यिनीहरू कुलपूजामा बलि नदिई खिर-रोटीले पुजा गर्छन्।

योगदान

धेरै पहिलेदेखि राजनीति, प्राज्ञिक आदी क्षेत्रमा पौडेलहरूको उल्लेखनिय योगदान रहेको पाइन्छ। पौडेल परिवारका केही स्थापित नामहरू तल उल्लेख गरिएको छ।

पौडेलका बारेमा किम्बदन्तीहरू

बागलुङ जिल्लाको छिस्ती गाउँ बिकास समितिमा सुनिए अनुसार रामभद्रका पांच भाई छोराहरू थिए। उनिहरू लछि, दामु, बर्मा, बिष्णु आदि नाम गरेका थिए।

यो पनि हेर्नुहोस्

पौडेलको बारेको विकिपेडियाको अंग्रेजी पृष्ठ
सिग्देल
अत्रि
बाहुन
Brahmin
Atri

स्रोत

  • पौडेल बंशावली २०३९, प्रकाशक दीनानाथ पौडेल
  • पौडेल बंश प्रकाश २०५९