"गर्भपतन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४: पङ्क्ति ४४:
कुनै पनि कारणले एकै महिलाको दुई वा दुई भन्दा बढी पटक गर्भपतन भएमा यस्तो अवस्थामा ह्याबिचुअल एबोर्सन (गर्भपतन हुने बानी परिसकेको) भनिन्छ । साधारणतया यसको उपचार गर्न गाह्रो हुन्छ ।
कुनै पनि कारणले एकै महिलाको दुई वा दुई भन्दा बढी पटक गर्भपतन भएमा यस्तो अवस्थामा ह्याबिचुअल एबोर्सन (गर्भपतन हुने बानी परिसकेको) भनिन्छ । साधारणतया यसको उपचार गर्न गाह्रो हुन्छ ।

===मिस्ड एबोर्सन==
===मिस्ड एबोर्सन===
गर्भवती महिलाको पाठेघरमा रहेको भ्रुणको कुनै कारणले मृत्यु भएमा वा पाठेघर भित्रै शिशुको मृत्यु भएमा यस्तो गर्भपतनलाई मिस्ड एबोर्सन भनिन्छ । यस्तो अवस्था अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ । आमाले पेटमा रहेको बच्चा चले नचलेको महशुस गरेर पनि यसको पहिचान गर्न सकिन्छ ।<ref name="">[http://krishdulal.blogspot.com/2012/10/blog-post.html गर्भपतन],'''krishdulal.blogspot.com'''</ref>

२०:४६, १५ अक्टोबर २०१२ जस्तै गरी पुनरावलोकन

गर्भपतन
विभाग:प्रसवशास्त्र Edit this on Wikidata

गर्भपतन भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ता भन्दा पहिले गर्भमा भएका भ्रुण, विकसित भ्रुण अथवा शिशु बाहिर निस्कने प्रकृयालाई बुझिन्छ । जुनसुकै गर्भावस्थाको गणना गर्दा महिनावारी भएको पहिलो दिनबाट गणना गरिन्छ । उक्त दिनबाट २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ । विकसित देशहरूमा भने विभिन्न आधुनिक उपकरणको प्रयोग गरी बचाउन सकिने हुनाले २८ हप्ता अघिको १०० ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ ।

गर्भपतनका कारणहरू

¤ वंशाणुगत विकृति तथा गर्भवति महिलामा क्रोमोजोमको विकृति रहेछ भने पनि गर्भपतन हुनसक्छ ¤ पाठेघरको विकृति भएका पनि गर्भपतन हुनसक्छ, जस्तैः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु आदि ¤ पाठेघरको संक्रमण जस्तैः साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिस जस्ता रोगहरूको कारणले पनि गर्भपतन हुने गर्दछ । ¤ कुनै कुनै महिलामा केही पुरुषको बिर्य ग्रहण नगर्ने समस्या हुन्छ । प्राकृतिक रूपमा देखापर्ने यो समस्याका कारण पाठेघरले भ्रुण बाहिर फ्यालिदिन्छ । ¤ हर्मनको गडबडी जस्तैः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ । ¤ इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ ।

गर्भपतनका प्रकारहरू

इन्ड्युस्ड गर्भपतन

आमाको स्वास्थ्यमा गर्भले घातक असर पर्न सक्ने देखिएमा चिकित्सक तथा स्त्रीरोग विशेषज्ञको सहयोगमा गर्भपतन गराउने कार्यलाई इन्ड्युस्ड गर्भपतन भनिन्छ । यसलाई अंग्रजीमा ‘मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी’ भनिन्छ ।

आपराधिक गर्भपतन

अवैद्यरूपमा गर्भपतनका लागि स्वास्थ्यकर्मी वा अरु कसैले केही पदार्थ, औषधी आदी प्रयोग गरी अनायास गर्भपतन गराउने प्रयासलाई आपराधिक गर्भपतन अथवा अवैधानिक गर्भपतन भनिन्छ । यस्तो क्रियाकलापले आमाको मृत्युसमेत हुने सम्भावना भएको हुनाले यसलाई आपराधिक गर्भपतन भनिएको हो । यसरी गर्भपतन गराउँदा संक्रमण, रक्तस्राव, मिर्गौलाले काम नगर्नु आदि कारणले आमाको मृत्यु हुन सक्छ ।

अपरिहार्य गर्भपतन

महिलाको पाठेघरमा भएको भ्रुण परिपक्व नभइ अचानक गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ ।

अपूर्ण गर्भपतन

गर्भवती महिलाको पाठेघरमा रहेको भु्रण अथवा सालको केही भाग मात्र बाहिर निस्किएर हुने गर्भपतनलाई अपूर्ण गर्भपतन भनिन्छ । भु्रण अथवा सालको केही भाग मात्र बाहिर निस्कने र केही भाग भित्र नै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्टिस तथा अत्याधिक रक्तस्रावका कारण मृत्यु समेत डर हुन्छ ।

पूर्ण गर्भपतन

भु्रण अथवा सालनाल सबै बाहिर निस्किएको अवस्थालाई पूर्ण गर्भपतन भनिन्छ । यस्तो बेलामा गर्भवती महिलालाई बेथा लागेजस्तै गरी दुख्छ । गर्भमा रहेका सम्पूर्ण विकारहरू बाहिर निस्किने हुनाले पूर्ण गर्भपतन भएपछि बिस्तारै दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ । सेप्टिक गर्भपतन

ह्याबिचुअल एबोर्सन

कुनै पनि कारणले एकै महिलाको दुई वा दुई भन्दा बढी पटक गर्भपतन भएमा यस्तो अवस्थामा ह्याबिचुअल एबोर्सन (गर्भपतन हुने बानी परिसकेको) भनिन्छ । साधारणतया यसको उपचार गर्न गाह्रो हुन्छ ।

मिस्ड एबोर्सन

गर्भवती महिलाको पाठेघरमा रहेको भ्रुणको कुनै कारणले मृत्यु भएमा वा पाठेघर भित्रै शिशुको मृत्यु भएमा यस्तो गर्भपतनलाई मिस्ड एबोर्सन भनिन्छ । यस्तो अवस्था अल्ट्रासाउन्ड गरेर पत्ता लगाउन सकिन्छ । आमाले पेटमा रहेको बच्चा चले नचलेको महशुस गरेर पनि यसको पहिचान गर्न सकिन्छ ।[१]

सन्दर्भ सामाग्रीहरू

  1. गर्भपतन,krishdulal.blogspot.com