"जर्मनेली स्वतन्त्र सामाजिक-जनवादी पार्टी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २४: पङ्क्ति २४:
[[no:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[no:Unabhängige Sozialdemokratische Partei Deutschlands]]
[[pl:Niezależna Socjaldemokratyczna Partia Niemiec]]
[[pl:Niezależna Socjaldemokratyczna Partia Niemiec]]
[[ru:Независимая социал-демократическая партия Германии]]
[[sv:Tysklands oberoende socialdemokratiska parti]]
[[sv:Tysklands oberoende socialdemokratiska parti]]

०२:१३, २० नोभेम्बर २००८ जस्तै गरी पुनरावलोकन

जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी - अप्रिल १९१७ मा गोथा शहरमा स्थापित जर्मन राजनैरतिक पार्टी । त्यस क्रान्तिकारी उत्साहको वातावरणमा, जसमाथि रुसमा सम्पन्न भएको फरवरी बु‍र्जुवा जनवादी क्रान्तिले (सन् १९१७) निकै ठूलो प्रभाव पारेको थियो, जर्मन सामाजिक-जनवादी पार्टीको अवसरवादी नेतृत्वले पार्टीमा आम सदस्यहरूल् विश्वास दिन प्रतिदिन गुमाउदै थियो । यो पार्टी जनताको असन्तुष्टता घटाउने, क्रान्तिकारी संघर्षबाट उनीहरूको ध्यान हटाउने र क्रान्तिकारी मजदुर पार्टीको सिर्जना हुन नदिने उद्देश्यले स्थापना गरिएको थियो । तथाकथित 'स्वतन्त्रतावादीहरूले' मध्यमार्गी शब्दाडम्बरको आडमा सामाजिक अन्धराष्ट्रवादीहरूसँग 'एकता' स्थापना गर्न पुगे, वर्गसंघर्षबाट भाग्न थाले । काउत्स्कीपन्थी 'श्रमिक मण्डल' यस पार्टीको आधारशीला थियो ।[१]

आफ्नो संगठनात्मक एवं राजनीतिक स्वाधीनता कायम राख्दै 'स्पार्ताक' गुट पनि केही समयको लागि यस पार्टीभित्र सम्मिलित भएको थियो । यो गुट जनतालाइ मध्यमार्गी नेताहरूको प्रभावबाट छुटाउनको लागि संघर्ष गर्दै थियो । सन् १९१८ मा 'स्पार्ताक संघ' जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टीबाट निस्क्यो र यस संघको आधारमा जर्मन कम्युनिष्ट पार्टीको सिर्जना भयो । अक्टुवर १९२० मा हाल्ले शहरमा भएको जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टीको महाधिवेशनमा पार्टीभित्र फुट भयो । पार्टीको एक ठूलो हिस्सा दिसेम्वर १९२० मा जर्मन कम्युनिष्ट पार्टीसँग गएर मिल्यो । पार्टीका दक्षिणपन्थी तत्वहरूले आफ्नै पार्टी खडा गरे र पुरानो नाम 'जर्मन स्वतन्त्र सामाजिक-जनवादी पार्टी' कायम राखे । सन् १९२२ सम्म यस पार्टीको अस्तित्व रह्यो ।[१]

स्रोतहरू

  1. १.० १.१ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९२