"कार्ल मार्क्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबॉट: hy:Կարլ Մարքս की जगह hy:Կառլ Մարքս जोड़ रहा है
सा r2.7.3) (रोबॉट: bo:ཁཱར​་ལ་མར་ཁེ་སི། की जगह bo:ཁཱར་ལ་མར་ཁེ་སི། जोड़ रहा है
पङ्क्ति ९०: पङ्क्ति ९०:
[[bg:Карл Маркс]]
[[bg:Карл Маркс]]
[[bn:কার্ল মার্ক্স]]
[[bn:কার্ল মার্ক্স]]
[[bo:ཁཱར་ལ་མར་ཁེ་སི།]]
[[bo:ཁཱར​་ལ་མར་ཁེ་སི།]]
[[bpy:কার্ল মার্ক্স্]]
[[bpy:কার্ল মার্ক্স্]]
[[br:Karl Marx]]
[[br:Karl Marx]]

०७:३७, १९ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन


कार्ल मार्क्स
जन्म: ५ मे १८१८
ट्रायर् प्रुसिया अर्जेन्टिना(Trier, Prussia)
मृत्यु:१४ मार्च १८८३ (६४ वर्षको उमेरमा)
लन्डन, यु.के.
कार्यक्षेत्र: साम्यवादी दर्शन, मार्क्सवादीको दर्शनको सृजना
क्रान्तिको असर परेका देश:संसारका प्रायः सबै राष्ट्रहरू
क्रान्तिको क्षेत्र(विषय):साम्यवादी (Communist)
आन्दोलन:साम्यवादी (Communist)
क्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापना
महत्वपूर्ण कार्य:एङ्गेलसित मिलेर मार्क्सवादको स्थापना
लेखन कार्य:अधिशेष मूल्य, मूल्य, अलगावको श्रम सिद्धान्त र कार्यकर्ताको शोषणको लागि योगदान, कम्युनिस्ट घोषणापत्र, पूँजी, इतिहासको भौतिकवादी अवधारणा
अन्य कार्य:-
वेबपेज:-
हस्ताक्षर:
चित्र:Marx2.jpg
युवा कार्ल मार्क्स
कोलकाता, भारत

कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो| कार्ल मार्क्सले १८४८मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto)को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन् : "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन् : "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ| जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ| .[१][२]

जीवनी

कार्ल हेन्-रिक् मार्क्सको जन्म प्र्युसिया(Prussia) राज्यको लोअर रीन् (Lower Rhine) प्रांतको ट्रायर् (Trier) भन्ने ठाउँमा भएको हो| उनका पिता हेन्-रिक् मार्क्स एक सफल वकील थिए जसले प्रसिया(Prussia)को संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए| उनकी आमाको जन्म थलो होल्याण्ड थियो, माता-पिता दुवै यहूदी थिए| तर कार्ल मार्क्स जन्मनु एक वर्ष अघि एउटा चर्चमा बख्तिस् लिएका थिए| ६ वर्षको उमेरमा कार्ल मार्क्सलाई पनि बख्तिस् दिलाइयो[३] कार्ल मार्कसले प्रुसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् (Jenny von Westphalen) सित १९ जून १८४३ बिहे गरे| मार्क्स र जेनिका सात जना सन्तानहरू भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे|[४] मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्स् बाट पाएको सहयोग मात्र थियो| मार्क्स प्रायः हात-मुख जोड्ने समस्याका बीच बाचे, यसको कारण केही हदसम्म पत्नी र नानीहरूको विलासिता थियो जो मार्क्सले समाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरुरी सोचेका थिए| मार्क्सका जेनी पट्टि सात सन्तान भए भने एउटा अवैध सन्तान(छोरो) घरकी नोकरनी हेलेन डेमुट्बाट भएको थियो|[५]

कार्ल मार्क्सको समाधि हाई गेट, लन्दन

दिशम्बर १८८१मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्सलाई सर्दी-जुखामले पक्र्यो जसले बिस्तारै ब्रोन्क्राइटिस्ट्को ‍रूप लियो| यस कारण जिन्दगीका अन्तिम १५ महिना बिमारी अवस्थामा नै बिते र १४ मार्च १९८३को दिन लन्दनमा देहावसान भयो| उनको परिवार र साथी-भाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लन्दनमा नै गरे| मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ-"Workers of the word, unite[६] सांस्कृतिक इतिहासकारहरू कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन्|[७]

शिक्षा

मार्क्सका माता-पिता उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिए| १८३५मा ट्रायर् जिम्नाजियम् स्कूल (Trier gymnasium school) बाट स्नातक बनेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना भए | उनी आफू दर्शन र अङ्ग्रेजी पढ्न् चाहन्थे तर उनका पिताले कानून विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भनी जोर दिए|[८] बोनमा Trier Tavern Club drinking society (Landsmannschaft der Treveraner)</ref> सामेल भई एक प्रकारले अगुवा भएको कारण कम अङ्क प्राप्त गरेको कारण उनका पिताले बर्लिन विश्वविद्यालयमा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहासको भ्रमण (excursions)को कारण कानून विषयको महत्व घट्यो | यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरू लेखे | उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएकोछ, तर पछि गएर उनी नास्तिक बनें|

युवा कार्ल मार्क्स
सन् १८८२मा खिचेको मार्क्सको फोटो

विचार

लेखन कार्य

प्रभाव

आलोचना

अन्य

श्रोत

  1. Karl Marx: Critique of the Gotha Program (Marx/Engels Selected Works, Volume Three, p. 13-30;)
  2. In Letter from Karl Marx to Joseph Weydemeyer (MECW Volume 39, p. 58;)
  3. Isaiah Berlin (1996) - Karl Marx: His Life and Environment. ISBN 0-19-510326-2
  4. Peter Singer (2000) - Marx a very short introduction. pp. 5. ISBN 0-19-285405-4
  5. Francis Wheen (२०००), Karl Marx, W. W. Norton and Company, पृ: १७३। 
  6. See the photograph of the tombstone.
  7. Best, S and Kellner, Douglas (1997). "From the Spectacle to Simulation," The Postmodern Turn, p.(79)
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Strathern

ढाँचा:Link FA ढाँचा:Link FA