"सिक्किम" का संशोधनहरू बिचको अन्तर
सा r2.7.3) (रोबोट ले थप्दै: az:Sikkim |
|||
पङ्क्ति ६५: | पङ्क्ति ६५: | ||
== प्रशासनिक विभाजन == |
== प्रशासनिक विभाजन == |
||
{| class="wikitable sortable" border=0 cellpadding=1 cellspacing=1 width=98% style="border:1px solid black" |
|||
[[चित्र:Sikkimdistricts.png|thumb|180px|सिक्किमको चार जिल्ला र त्यसको सदरमुकाम]] |
|||
|- bgcolor=#99ccff |
|||
| width="10%" | '''कोड''' |
|||
| width="20%" | '''जिल्ला''' |
|||
| width="20%" | '''मुख्यालय''' |
|||
| width="10%" | '''जनसंख्या (2011)'''<ref>{{cite web |
|||
|url = http://censusindia.gov.in/2011-prov-results/data_files/sikkim/stm1.xls |
|||
|format=XLS |
|||
|title = Ranking od (sic) Districts by Population Size |
|||
|publisher = The Registrar General & Census Commissioner, India, New Delhi-110011 |
|||
|date = 2010 - 2011 |
|||
|accessdate = 2011-09-19 |
|||
}}</ref> |
|||
| width="10%" | '''क्षेत्रफल (km²)''' |
|||
| width="10%" | '''जनघनत्त्व (/km²)''' |
|||
| width="20%" | '''मानचित्र''' |
|||
|- bgcolor=#F4F9FF |
|||
| ES|| [[पूर्व सिक्किम]]|| [[गान्तोक]]|| २८१२९३|| ९५४|| २५७||[[File:SikkimEast.png|80px|center]] |
|||
|- bgcolor=#F4F9FF |
|||
| NS|| [[उत्तरी सिक्किम]]|| [[मंगन]]|| ४३३५४|| ४२२६|| १०||[[File:SikkimNorth.png|80px|center]] |
|||
|- bgcolor=#F4F9FF |
|||
| SS|| [[दक्षिणी सिक्किम]]|| [[नाम्ची]]|| १४६७४२|| ७५०|| १७५||[[File:SikkimSouth.png|80px|center]] |
|||
|- bgcolor=#F4F9FF |
|||
| WS|| [[पश्चिम सिक्किम]]|| [[गेजिंग]]|| १३६२९९|| ११६६|| १०६||[[File:SikkimWest.png|80px|center]] |
|||
|} |
|||
सिक्किममा चार जिल्लाहरू छन्। जिल्लाका प्रमुख प्रशासक [[जिलाधिकारी]] हुन्। चीनको सीमामा सटिएकोको कारण धेरै क्षेत्रमा [[भारतीय सेना]]को बाहुल्यता देखिन्छ। धेरैजसो क्षेत्रमा प्रवेश निषेध छ र त्यहाँ घुम्न जानको लागि कुनै पनि विदेशीले '''विदेशी (संरक्षीत क्षेत्र) आदेश १९५८''' अन्तरगत अनुमतिपत्र लिनु पर्दछ। सिक्किममा जम्मा आठ नगर र नौ महकुमा छन्। |
सिक्किममा चार जिल्लाहरू छन्। जिल्लाका प्रमुख प्रशासक [[जिलाधिकारी]] हुन्। चीनको सीमामा सटिएकोको कारण धेरै क्षेत्रमा [[भारतीय सेना]]को बाहुल्यता देखिन्छ। धेरैजसो क्षेत्रमा प्रवेश निषेध छ र त्यहाँ घुम्न जानको लागि कुनै पनि विदेशीले '''विदेशी (संरक्षीत क्षेत्र) आदेश १९५८''' अन्तरगत अनुमतिपत्र लिनु पर्दछ। सिक्किममा जम्मा आठ नगर र नौ महकुमा छन्। |
||
०५:२६, ३ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन
सिक्किम |
---|
सिक्किम भारतको एक पहाडी राज्य हो। सिक्किम सबैभन्दा कम जनसंख्या भएको भारतको राज्य हो[१] तथा क्षेत्रफल गोआ पछि न्यूनतम छ। सिक्किम नामग्याल राजतन्त्रद्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याहरूको कारण तथा भारतमा विलयको जनमतको कारण सन १९७५मा एक जनमत-संग्रहको आधारमा भारतमा विलीन भयो।[२] यसै जनमत संग्रहपछि राजतन्त्रको समाप्ति तथा भारतीय संवैधानी व्यवस्था अन्तर्गत सिक्किमको सम्प्रभुता समाप्त भयो।[३] बुढी औंलाको आकारको यो राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीन तिब्बत स्वायत्त क्षेत्र तथा दक्षिण-पूर्वमा भूटानसग जोडिएको छ। भारतको पश्चिम बंगाल राज्य यसको दक्षिणमा छ।[४]
अङ्ग्रेजी, नेपाली, लेप्चा, भूटिया, लिम्बु तथा हिन्दी सरकारी कामको लागि मान्यता प्राप्त भाषा हुन् तर पनि सरकारी कामकाजमा अङ्ग्रेजी भाषा नै अत्यधिक रूपमा प्रयोग भएको पाइन्छ। आपसी बोलाचालको निम्ति नेपाली भाषाको प्रयोग हुँदछ र यहाँका सबै नागरिकहरूले नेपाली बोल्छन्, यहाँको बोलचालको प्रमुख माध्यम नै नेपाली भाषा हो। हिन्दू तथा बज्रयान बौद्ध धर्म सिक्किम का प्रमुख धर्महरू हुन्। गान्तोक राजधानी तथा सबभन्दा ठूलो सहर हो।[५] सानो आकार भएता पनि सिक्किम भौगोलिक दृष्टिबाट धेरै नै विभिन्न छ। नेपालको पूर्वी भागमा पर्ने कञ्चनजङ्घा जो विश्वको तेस्रो सबभन्दा उच्च शृङ्खला हो, सिक्किमको उत्तरी पश्चिमी भागबाट सजिलै देख्न सकिन्छ। सिक्किमको विशेषताहरूमा यसको सर सफाई हुनु, प्राकृतिक सुन्दरता एवं राजनैतिक स्थिरता शामिल छन्, यसबाट भारतमा पर्यटनको प्रमुख केन्द्र बन्दछ।
नामको मूल
सिक्किम शब्दको सर्वमान्य स्त्रोत लिम्बू भाषाको शब्दहरू सु(अर्थात "नवीन") तथा खीम (अर्थात "महल" अथवा "घर" - जसले प्रदेशको पहिलो राजा फुन्त्सोक नामग्यालद्वारा बनाईएको महलको संकेतक हो) लाई जोडेर बनेको हो। तिब्बती भाषामा सिक्किमलाई डेन्जोंग भनिन्छ जसको अर्थ हुन्छ - "चामलको उपत्यका"।।[६]
इतिहास
सिक्किम अधिराज्य
आठौ शताब्दिमा बौद्ध भिक्षु गुरू रिन्पोचे (पद्मसंभव)को सिक्किम भ्रमण सिक्किमसग सम्बन्धित सबभन्दा प्राचीन विवरण हो। इतिहासमा उल्लेखित छ कि उनले बौद्ध धर्मको प्रचार गरे, सिक्किमलाई आशीष दिए तथा केही शताव्दीहरू पश्चात् आउने वाला राज्यको भविष्यवाणी गरे। मान्यताको अनुसार १४ औ शताब्दिमा ख्ये बुम्सा, पूर्वी तिब्बतमा खामको मिन्यक महलको एक राजकुमारलाई एक रात दैवीय दृष्टिको अनुसार दक्षिणतर्फ जाने आदेश भयो। यसैको वंशहरूले सिक्किमको राजतन्त्रको स्थापना गरे। सन १६४२ मा, ख्येका पाँच औ वंशज फुन्त्सोंग नामग्याल लाई तीन बौद्ध भिक्षु- जो उत्तर, पूर्व तथा दक्षिणबाट आएका थिए , द्वारा सिक्किमको प्रथम छोग्याल(राजा) घोषित गरेयो। इस प्रकार सिक्किममा राजतन्त्रको आरम्भ भयो। फुन्त्सोंग नामग्यालको छोरा, तेन्सुंग नामग्यालले उनीपछि सन १६७०मा कार्य-भार संभाले। तेन्सुंगले युक्सोमबाट राजधानीराबदेन्त्सेमा स्थानान्तरित गरे। सन १७००मा सिक्किम माथि भूटानको आक्रमण भयो जसमा छोग्यालको अर्ध-बहन थियो, जसलाई राज-गद्दीबाट वंचित गरिदीइयो। तिब्बतिहरूको सहयताबाट छोग्याललाई राज-गद्दी पुनः सौँपियो। सन १७१७ देखि १७३३को बीचमा सिक्किमले नेपाल तथा भूटानको अनेकौ आक्रमणहरूको सामना गर्नु परयो, नेपाली सेना द्वारा राजधानी रबदेन्त्सेको ध्वस्त भयो।[७] सन १७९१मा चीनले सिक्किमको मददको लागि र तिब्बतलाई गोरखाबाट बचाउनको लागि आफ्नो सेना पठायो। नेपालको पराजय पछि, सिक्किम किंग वंशको भाग बन्यो।
बेलायती प्रभाब
छिमेकी देश भारतमा बेलायती शासन आएपछि सिक्किमले आफ्नो प्रमुख दुश्मन नेपालको विरुद्ध उनीहरूसग हात मिलायो। नेपालले सिक्किम माथि आक्रमण गर्यो र तराई समेत बहुत धेरै क्षेत्रमा कब्जा गर्यो। यसको कारणबाट ईस्ट इण्डिया कम्पनीले नेपाल माथि चढाई गर्यो जसको परिणाम सन १८१४ का गोरखा युद्धभयो। सिक्किम र नेपालको बीच भएको सन्धि तथा सिक्किम र बेलायती भारतको बीच भएको तितालिया सन्धिद्वारा नेपालद्वारा अधिकृत सिक्किमी क्षेत्र सिक्किमलाई १० फेब्रुअरी, १८१७मा फिर्ता गरीयो। यद्यपि, अङ्ग्रेजद्वारा मोरङ् प्रदेशमा कर लागू गरेको कारण सिक्किम र अङ्ग्रेजी शासनको बीचको संबंधमा कटुता आयो। सन १८४९ मा, दुई अङ्ग्रेज अधिकारी, सर जोसेफ डाल्टन र डाक्टर अर्चिबाल्ड कैम्पबेल, जसमा एक डाक्टर अर्चिबाल्ड सिक्किम र बेलायती सरकारको बीचको संबंधको लागि जिम्मेदार थिए, सिक्किमको पहाडमा गोप्य रूपमा र अनुमति नलि गए। यी दुबै अधिकारिलाई सिक्किम सरकारद्वारा बंधी बनाइयो। रिसाएका बेलायती शासनले १८५३मा दार्जिलिङ जिल्ला र मोरङलाई भारतमा मिलायो। यस चढाईको परिणाम स्वरूप छोग्याल ब्रिटिश गवर्नरको आधीन एक कठपुतली राजा भएर रहन पुगे। [८]
भारतमा एकिकरण
सन १९४७मा एक लोकप्रिय मतद्वारा सिक्किमको भारतसगको विलय अस्वीकार गरियो र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहर लाल नेहरूले सिक्किमलाई संरक्षित राज्यको दर्जा प्रदान गरे। यसको अधिन भारत सिक्किमको संरक्षक भयो र सिक्किमको परराष्ट्र मामिला संबन्धी विषयको जिम्मेदारी भारतले लियो। सन १९५५मा एउटा राज्यिक परिषद् स्थापित गरियो जसको आधीन छोग्याललाई एउटा संविधानिक सरकार बनाउने अनुमति दिइयो। यस समयमा सिक्किम नेशनल कंग्रेसद्वारा पुनः मतदान र नेपालीहरूलाई अरु धेरै प्रतिनिधित्व हुनुपर्ने माग माग गरेपछि १९७३को शुरुमा समस्या उत्पन्न भयो। दरबारअघि हिंसा भडकिएपछि भारतलाई सुरक्षाको लागि आग्रह गरियो। छोग्याल राजवंश सिक्किममा धेरै नै अलोकप्रिय साबित भैइरहेका थिए। १० अप्रिल १९७५ मा, काजी (तत्कालीन प्रधानमन्त्री)ले सिक्किमको दर्जा परिवर्तन गरियोस जसले गर्दा यो भरतको राज्य बन्न सक्छ भनि भारतीय संसदलाई यो अनुरोध गरे। अप्रिलमा, भारतीय सेना सिक्किमको भूमिमा प्रबेश गर्यो र राज दरबारको पहरा गर्नेहरूलाई निःशस्त्र गरे र राजा चोग्याललाई नजरबन्दमा राखे अनी पछि गान्तोकलाई आफ्नो कब्जामा लिए। दुई दिनभित्र सम्पूर्ण सिक्किम राज्य भारतको नियन्त्रणमा थियो। यसपछि त्यहाँ एउटा जनमत संग्रह गरियो (जसमा ५९ प्रतिशत मतदाताहरूले भाग लिएका थिए) ९७.५ प्रतिशत मतदाताहरूले सिक्किमलाई भारतीय गणराज्यमा समाबेश गर्ने कुराको समर्थन गरे। केही हप्ता पछि १६ मे १९७५ मा, सिक्किम औपचारिक रूपबाट भारतीय गणराज्यको २२औ प्रदेश बन्न गयो र राजतन्त्रको उन्मुलन भयो।
सन २००२ मा, चीनलाई एउटा लज्जाको सामना गर्नु पर्यो जब सत्र औ कर्मापा उर्ग्यें त्रिन्ले दोरजी, जसलाई चीन सरकारले एउटा लामा घोषित गरेसकिको थियो, एउटा नाटकीय तरिकाबाट तिब्बतबाट भागेर सिक्किमको रुम्तेक गुम्बामा आईपुगे। चीनका अधिकारी यस कुराको विरोध भारत सरकारसग कसरी गर्ने भनी धर्म संकटमा फँसे किनकि भारतसग विरोध जनाउनु प्रत्यक्ष रूप मै सिक्किमलाई भारतको अभिन्न भागको रूपमा चीन सरकारले स्वीकार गर्यो भन्ने अर्थ निस्कन सक्थो। सिक्किम एक स्वतन्त्र राज्य हो जसलाई भारतले अधिक्रमण गरिरहेको छ भन्ने चीन सरकारको अहिलेसम्म सिक्किम माथि र औपचारिक दृष्टिकोण थियो। [७][९] चीनले अंततः सिक्किमलाई सन २००३ आएर भारतको एक राज्यको रूपमा स्वीकार गर्यो| जसबाट भारत-चीन संम्बधमा रहेको कटुतामा केही कमी भयो। यसको बदलामा भारतले तिब्बत लाई चीनको अभिन्न अङ्ग हो भनि स्वीकार गर्यो। भारत र चीनको बीच भएको एक महत्वपूर्ण समझौताको आधारमा चीनले एक गर्न औपचारिक मानचित्र जारी गर्यो जसमा सिक्किमलाई स्पष्ट रूपमा भारतको सीमा रेखा भित्र देखाईएको छ। यस समझौतामा चीनका प्रधान मन्त्री वेन जियाबाओ र भारतका प्रधान मन्त्री मनमोहन सिंहले हस्ताक्षर गरेका छन्। जुलाई ६, २००६मा हिमालयको नाथुला भन्ज्याङलाई सीमा व्यापारको लागि खोलि दियो, जसले यो यो संकेत दिदछ कि यो क्षेत्रलाई लिएर दुबै देश बीच सौहार्दको भाबना उत्पन्न भएको छ। [१०]
भूगोल
बुढी औंलाको आकारको सिक्किम पूरै पहाडि क्षेत्र हो। विभिन्न स्थानहरूको ऊँचाई समुद्री सतह देखि २८० मीटर (९२० फीट) बाट ८,५८५ मीटर (२८,००० फीट) सम्म छ। कञ्चनजङ्घा यहाँको सबभन्दा उच्च चुचुरो हो। प्रदेशको अधिक्तम भाग खेती।कृषिको लागि अनुपयुक्त छ। यसको बावजूद केही ढलानलाई खेतमा परिबर्तन गरिएको छ र पहाडी तरीकाबाट खेती गरिन्छ। हिमालको हिउँबाट निकलिएका ससाना नदिधाराहरूको कारण सिक्किमको दक्षिण र पश्चिममा नदिहरूको भन्ज्याङ बनेका छन्। यी नदिहरू मिलेर टिष्टा र रंगीत बन्दछ। टिष्टालाई सिक्किमको जीवन रेखा पनि भनिन्छ र यो सिक्किमको उत्तरबाट दक्षिण तिर बग्दछ। राज्यको एक तिहाई भू-भागमा बाक्लो जंगल छ।
हिमालयको ऊँच्चा पर्वत श्रंखलाहरूले सिक्किमलाई उत्तरी, पूर्वी र पश्चिमी दिशा अर्धचन्द्राकार।अर्धचन्द्रमा घरेर रखेको छ। राज्यको अत्यधिक जनसंख्या भएको क्षेत्र धेरै जसो राज्यको दक्षिणी भागमा, हिमालयको कम ऊँचाई भएको श्रंखलाहरूमा स्थित छ। राज्यमा अट्ठाइस हिमाली चुचुरो, एक्काईस हिमानी, दुई सय सत्ताईस ताल (जसमा छाँगु पोखरी, गुरूडोंग्मार पोखरी र खेचिपेरी पोखरी शामिल छन्, पाँच तातो पानीको झहारा र सय भन्दा धेरै नदीहरू र खोलाहरू छन्। आठ पहाडी भञ्ज्याङहरूले सिक्किमलाई तिब्बत, भुटान र नेपालसँग जोडद छ।[४]
भू-तत्त्व
सिक्किमको पहाडहरू मुख्यतः नेस्ती(gneissose) र अर्द्ध-स्कीस्तीय(half-schistose) पत्थरहरूले बनेको छ, जसको कारण त्यसको माटो फुस्रो , तथा मुख्यतः फुरफुराउंदो र कमजोर छ। यहाँको माटो खुरदरी तथा फलाम जारेयबाट केही अम्लीय छ। यसमा खनिज र कार्बनिक पोषणकों अभाव छ। यस प्रकारको माटो सदाबहार र बर्णपाती जंगलको लागि योग्य छ।
सिक्किमको भूमिको धेरैजसो भाग केम्ब्रिया-पूर्व(Precambrian) चट्टानसग जस्तो छ जसको आयु पहाडसग धेरै कम छ। पत्थर फिलीत(phyllite) र स्कीस्तबाट बनेको हुँदा यहाँका पाखाहरू धेरै कमलो र बगुवा भएकोले भूमिको कटाउ भइरहन्छ जसको परिणाम स्वरूप प्राय जसो पहिरो गईरहन्छ , अनि भूमिको उर्वराशक्ति दिने पोषकतत्त्व पनि घटिरहेछ।[४]
तातो पानीको झरना
सिक्किममा तातो पानीको अनेक झरना छन, जो रोग निको पर्ने क्षमताको लागि विख्यात छ। सबै भन्दा महत्वपूर्ण तातो पानीको झरना फुरचाचु, युमथांग, बोराँग, रालांग, तरमचु र युमी साम्दोंग हो। यी सबै झरनामा ठूलो मात्रामा सल्फर पाइन्छ र यिनिहरू नदी के छेउमा स्थित छन्। यी तातो पानीको झरनाको तापमान ५० °से (सेल्सियस) सम्म हुदछ।
मौसम
यहाँको मौसम जहाँ दक्षिणमा शीतोष्ण कटिबंधी छ त्यहीं टुंड्रा प्रदेशको मौसमको जस्तो छ। यद्यपि सिक्किमको अधिकांश बसोबास क्षेत्रमा, मौसम समशीतोष्ण (टैंपरेट) रहन्छ र तापमान कममा २८ °से (८२ °फ) देखि माथि अथवा ० °से (३२ °फ) देखि तल रहन्छ। सिक्किममा पांच ऋतु आउदछ: सर्दी, गर्मी, बसंत, और पतझड, र वर्षा, जो जून र सितंबरको बीच आउदछ। धेरैजसो सिक्किममा औसत तापमान लगभग १८ °से (६४ °फ)हुन्छ। सिक्किम भारतको ती केही राज्यहरूमा एक हो जसमा नीरन्तर वर्षा हुँदछ। हिम रेखा लगभग ६००० मीटर (१९६०० फीट)छ। मानसूनको महीनामा राज्यमा ठूलो वर्षा हुदछ जसबाट ठूलो मात्रामा पहिरो जान्छ। राज्यमा लगातार पानी परेको किर्तिमान ११ दिनको छ। राज्यको उत्तरी क्षेत्रमा शीत ऋतुमा तापमान -४०°C भन्दा कम हुन जान्छ। शीत ऋतु र वर्षा ऋतुमा कुहिरोले पनि जन जीवनलाई प्रभावित गर्दछ जसले यातायात धेरै नै कठिन हुन जान्छ। [४]
प्रशासनिक विभाजन
कोड | जिल्ला | मुख्यालय | जनसंख्या (2011)[११] | क्षेत्रफल (km²) | जनघनत्त्व (/km²) | मानचित्र |
ES | पूर्व सिक्किम | गान्तोक | २८१२९३ | ९५४ | २५७ | |
NS | उत्तरी सिक्किम | मंगन | ४३३५४ | ४२२६ | १० | |
SS | दक्षिणी सिक्किम | नाम्ची | १४६७४२ | ७५० | १७५ | |
WS | पश्चिम सिक्किम | गेजिंग | १३६२९९ | ११६६ | १०६ |
सिक्किममा चार जिल्लाहरू छन्। जिल्लाका प्रमुख प्रशासक जिलाधिकारी हुन्। चीनको सीमामा सटिएकोको कारण धेरै क्षेत्रमा भारतीय सेनाको बाहुल्यता देखिन्छ। धेरैजसो क्षेत्रमा प्रवेश निषेध छ र त्यहाँ घुम्न जानको लागि कुनै पनि विदेशीले विदेशी (संरक्षीत क्षेत्र) आदेश १९५८ अन्तरगत अनुमतिपत्र लिनु पर्दछ। सिक्किममा जम्मा आठ नगर र नौ महकुमा छन्।
यी चार जिलाहरूमा पूर्व सिक्किम, पश्चिम सिक्किम, उत्तरी सिक्किम र दक्षिणी सिक्किम हुन् जसका सदरमुकाम क्रमस: गान्तोक, गेजिंग, मंगन एवं नाम्ची हुन्। [५] यी चार जिल्लाई पुन: विभिन्न महकुमाहरूमा बाडिएको छ। पूर्व जिल्लालाई गान्तोक, पाक्योंग र रंगेली महकुमा, पश्चिम जिल्लालाई "सोरेंग" र गेजिंग महकुमा, उत्तरी जिल्लालाई मंगन र "चुंगथांग" महकुमा र दक्षिणी जिल्लालाई नाम्ची र "राभांगला" महकुमाहरूमा विभाजित गरिएकोछ। [१२]
वनस्पति
सिक्किम हिमालयको तल्लो भूभागमा पारिस्थितिक गर्मस्थानमा भारतको तीन पारिस्थितिक क्षेत्रहरू मध्ये एक बसेको छ। यहाँको जंगलमा विभिन्न प्रकारको जीव जन्तु र वनस्पतियाँ पाइन्छ। अलग अलग ऊँचाई भएको कारण यहाँ ट्रोपिकल, टेम्पेरेट, एल्पाइन र टुन्ड्रा प्रकारको बोट बिरुवा पनि पाइन्छ। यस्तो सानो इलाके क्षेत्रमा यस्तो भिन्नता कमै ठाउमा पाउन सकिन्छ।
सिक्किममा पाइने वनस्पतिहरूमा गुँरास (rhododendron) प्रमुख हो जसलाई राज्य-वृक्ष (the state tree)को अधिकारिक मान्यता दिएकोछ।
अन्य वनस्पतिहरू हुन् - सुनाखरी (Orchids), नेभारो, केरा, साल (सखुवा), बाँस, आँक, बर, पीपल, बडहर, धुपी, सल्लो, काब्रो, बकाइनो, खनिउ, चिलाउने आदि प्रमुख छन्, सिक्किममा ५००० फूलका प्रजातिहरू, दुर्लभ सुनाखरीका ५१५ प्रजातिहरू, प्रिमुला ६० प्रजातिहरू, गुँरासका ३६ प्रजातिहरू, आँकका ११ प्रजातिहरू, २३ प्रकारक बाँसहरू,शंकुधर (conifer) वृक्षका १६ प्रजातिहरू. ३६२ वटा उनीउ प्रजातिका पौधाहरू र ४२४ प्रकारका औषधिमूलक बोटहरू सिक्किम पाइन्छन्. सुनाखरी (Dendrobium nobile) राज्यको अधिकारिक राज्य फूल(State Flower) हो.
जीव-जन्तु
सिक्किममा पाइने जीवजन्तुमा हिमाली चितुवा (snow leopard), कस्तुरी मृग, भोरल, थार, रातो पांडा (red panda), हिमालयमा पाइने भालु, भुक्ने जरायो, हनुमाने बाँदर, लंगूर, जंगली कुकुर, ब्वाँसो, चितुवा, तिब्बती ब्वाँसो, खरायो, स्याल आदि प्रमुख छन्। धेरै उँचाईमा पाइने र पालिने पशु चौंरी हो जसलाई दुध आदि उत्पादन र मासुका निम्ति पालिने गरिन्छ।
सिक्किमको चरा जगतमा प्रमुख छन - मुनाल, रातो सिंग भएको डाँफे, कालिज, ढुकुरा, कोइली, मैना, रूपी, कल्चुँडूआदि, सिक्किममा चराको जम्मा ५५० प्रजाति रेकर्ड गरिएको छ, जसमा केही लोप भएको बताइन्छ।[४]
अर्थ-व्यवस्था
वृहत् अर्थव्यवस्थासम्बन्धि प्रवाह
यो सांख्यिकी एवं कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी सिक्किमको सकल घरेलू उत्पादको प्रवाहको एक झलक हो(करोड रूपियाँमा)[१३]
साल | सकल घरेलू उत्पाद |
---|---|
१९८० | ५२ |
१९८५ | १२२ |
१९९० | २३४ |
१९९५ | ५२० |
२००० | ९७१ |
२००३ | २३७८.६ [१] |
सन २००४को आँकडाको अनुसार सिक्किमको सकल घरेलू उत्पादन $४७८ मिलियन हुने अनुमान लगाइएको थियो।
सिक्किम एउटा कृषि प्रधान।कृषि राज्य हो र यहाँका पाखाका खेतहरूमा पारम्परिक पद्धतिबाट कृषि गरिन्छ। यहाँका कृषकहरू अलैंची, अदुवा, सुन्तला, स्याउ, चिया र पीनशिफ आदिको खेती गर्दछन्। [५]धान राज्यका अधिकांश भागहरूमा फलाइन्छ। भारतमा अलैचीको सबै भन्दा धेरै उपज सिक्किममा हुन्छ। पहाडी क्षेत्र भएको कारण र यातायातको आधारभूत सुविधाको अभावले सन् २००० सम्म यहाँ कुनै ठूलो उद्योग थिएन तर सन् २००० देखि २०१० सम्ममा धेरै उद्योगहरू स्थापना भैसकेकाछन् जसमा दवाईका ठूलाठूला कारखानाहरू समेल छन्। अन्य उद्योगहरूमा मदिरा कारखाना , मद्यनिष्कर्षशाला, छाला-उद्योग तथा घडी-उद्योग हुन्। राज्यमा विकास दर ८.३ प्रतिशत छ, जुन दिल्ली पछिको राष्ट्र भरमा सबैभन्दा बडी हो। [१४]
हालका केही वर्षहरूमा सिक्किमको सरकारले राज्यमा पर्यटनलाई बढावा दिन प्रारम्भ गरेको छ। सिक्किममा पर्यटनको धेरै संभाबना छ र यसको लाभ उठाएर सिक्किमको आयमा अप्रत्याशित वृद्धि भएको छ। आधारभूत संरचनामा सुधारको बेला, यो उपेक्षा गरीरहेको छ कि पर्यटन राज्यमा अर्थव्यवस्थाको एक मुख्य आधारको रूपमा अगाडि आउने छ।
औनलाइन जुवा राज्यमा एक नया उद्योगको रूपमा अगाडि आएकोछ। "प्लेविन" जुआ, जसलाई विशेष रूपबाट तैयार गरीको अंतहरूमा खेलिन्छ्, लाई राष्ट्र भरिमा खूब वाणिज्यिक सफलता हासिल भएको छ। [१५][१५] राज्यमा प्रमुख रूपबाट तामा, डोलोमाइट, चूना ढुङ्गा, ग्रेफाइट, अभ्रक, फलाम र कोईला आदि खनिजहरूको उत्खनन गरिन्छ। [१६]
जुलाई ६, २००६को नाथूला भञ्ज्याङ, जसले सिक्किमलाई ल्हासा, तिब्बत सँग जोडद छ, यसबाट सिक्किमको अर्थव्यवस्थालाई बढावा मिलने छ भन्ने आशा जागेकोछ। यो भञ्ज्याङ, जुन सन १९६२मा १९६२ भारत-चीन युद्ध।भारत-चीन युद्ध पछि बंद गरीएको थियो, प्राचीन रेशम मार्गको मार्ग थियो र ऊन, सुपारी र मसालाको व्यापारमा सहायक थियो।[१०]
यातायात
हवाई
टिष्टा नदी लाई सिक्किमको जीवन रेखा भनिन्छ ]] सिक्किममा कठिन भूक्षेत्रको कारण कुनै विमानस्थल अथवा रेल स्टेशन छैन। सिक्किमबाट सबै भन्दा नजीकको विमानस्थल बागडोगरा विमानस्थल हो। यो विमान स्थल गान्तोकदेखि १२४ कि०मी०को दुरीमा छ। गान्तोकबाट बागडोगराको लागि सिक्किम हेलीकप्टर सर्विस द्वारा एक हेलीकप्टर सेवा उपलब्ध छ जसको उडान ३० मिनेट लामो छ, दिनमा केवल एक पल्ट चल्दछ र केवल ४ जना मात्रलाई लान सक्दछ।[१७] गान्तोक हैलीपैड राज्यको एकमात्र गैरसैनिक हैलीपैड हो।
रेल
सबैभन्दा नजीकको रेल स्टेशन नयाँ जलपाईगुडीमा छ जो सिलगुढीबाट १६ किलोमीटर।कि०मी०को दूरीमा छ।[५]
सडक
राष्ट्रिय राजमार्ग ३१Aले सिलीगुडीलाई गान्तोकसँग जोडदछ। यो एक सर्व-ऋतु मार्ग हो तथा सिक्किममा रम्फुमा प्रवेश गरेपछि टिष्टा नदी के समानान्तर चल्दछ। अनेक सार्वजनिक अथवा निजी सबारी साधनले हवाई-अड्डा, रेल-स्टेशन सिलिगुडीलाईको गान्तोकसँग जोडदछन। मल्ली बाट आउने राजमार्गको एक शाखा पश्चिमी सिक्किमलाईको जोडदछ। सिक्किमको दक्षिणी र पश्चिमी भागका सहरहरूले सिक्किमलाई पश्चिम बङ्गालको उत्तरी भागका पर्वतीय सहर कालिम्पोङ र दार्जीलिङ सँग जोडदछ। राज्यको भित्र चारपाङ्ग्रे सवारी साधन लोकप्रिय छ किन कि यो राज्यको चट्टानी उकालोलाई सजिलैसँग पार गर्नमा सफल हुन्छ। साना साना बसहरूले राज्यको ससाना सहरहरूलाई राज्यको राजधानी र जिल्ला सदरमुकामलाई राज्यसँग जोडदछ।[५]
जनसंख्या स्थिति
मानवजातीय रूपबाट हेर्दा यहाँ नेपाली मुलका मानिसहरूको बहुमत छ, जो यहाँ सोह्रौं शताब्दिदेखि प्रवेश गरेका थिए। लेप्चा सिक्किमको मूल निवासिहरू हुन् भुटियाहरू तिब्बतको खाम जिल्लाबाट चौधौं बसाई सरेका हुन, र लेप्चा, जो स्थानीय मान्यता अनुसार सुदूर पूर्वबाट आएको मानिन्छ। राज्यको उत्तरी जिल्लामा लेप्चा र भुटियाको बाहुल्य छ र यहाँ तिब्बतीहरू पनि छन्। अरु राज्यबाट आएर सिक्किममा बस्ने हरूमा प्रमुख हुन मारवाडी, जो दक्षिणी सिक्किम तथा गान्तोकमा बन्द-ब्यापार गर्दछन;बिहारी जो धेरैजसो श्रमिक छ्न; तथा बंगाली।
हिन्दू धर्म राज्यको प्रमुख धर्म हो जसको अनुयायीहरूको संख्या राज्यमा ६०.९ प्रतिशतमा छ।[१८] बौद्ध धर्म का अनुयायीहरू २८.१ प्रतिशत छन् [१८] जसमा भुटिया, लेप्चा, शेर्पा, तामंग र सन् १९९० पछि धेरै संख्यामा गुरूंगहरू पनि हिन्दू धर्म छोडी बौद्धधर्मावलम्बी बन्नपुगेका छन्। सिक्किममा ईसाईको ६.७ प्रतिशत जनसंख्या छ जसमा मूलतः धेरैजसो ती लेप्चा छन् जसले उन्नाईसौ शताब्दिको उत्तरकालमा अङ्ग्रेज धर्म-प्रचारकहरूको प्रचार पछि ईसाई मत अपनाएका थिए। राज्यमा कहिले पनि साम्प्रदायिक तनाव रहेको छैन। मुसलमानहरू १.४ प्रतिशत छन्।[१८]
नेपाली सिक्किमको प्रमुख भाषा हो। सिक्किममा प्रायः नेपाली बोलिन्छ र केही मात्रामा अङ्ग्रेजी र हिन्दी बोल्ने अनि बुझ्ने मानिसहरू छन्। यहाँका अन्य भाषाहरूमा भुटिया, जोङ्खा, ग्रोमा, गुरूङ, लेप्चा, लिम्बु, मगर, , मझवार, नेवारी, दनुवार, शेर्पा, सुनुवार, तामाङ, थुलुंग, तिब्बती, र याक्खा शामिल छन्।[५][१९]
५,४०,४९३को जनसंख्या भएको सिक्किम भारतको न्यूनतम जनसंख्या भएको राज्य हो,[२०] जसमा पुरुषको संख्या २,८८,२१७ छ र महिलाको संख्या २,५२,२७६ छ। सिक्किमको जनसंख्याको घनत्व ७६ मनुष्य प्रतिवर्ग किलोमीटर छ तर भारतमा न्यूनतम हो। विकास दर ३२.९८% छ(१९९१-२००१)। लिङ्ग अनुपात ८७५ महिला प्रति १००० पुरुष छ। ५०,०००को जनसंख्याको साथ गान्तोक सिक्किमको एकमात्र महत्वपूर्ण सहर हो। राज्यमा सहरी जनसँख्या लगभग ११.०६% छ।[१२] प्रति व्यक्ति आय ११,३५६ रु० छ, जो देशको सबै भन्दा धेरैमा एक हो।[१९]
संस्कृति
सिक्किमका नागरिक भारतको सबै मुख्य हिन्दू चाहाड पर्ब जस्तो दसैं र तिहार,मनाउदछन। बौद्ध धर्मको ल्होसार, लूसोंग, सागा दावा, ल्हाबाब ड्युचेन, ड्रूपका टेशी र भूमचूती चाहाड पर्ब हुन हैं जसलाई मनाईन्छ। लोसर - तिब्बती नव वर्ष लोसर, जो मध्य दिसंबरमा आउदछ, यस बेला धेरै जसो सरकारी कार्यालय एवं पर्यटक केन्द्र हफ्ते भरिको लागि बंद रहदछन। गैर-मौसमी पर्यटकलाई आकर्षित गर्नको लागि गान्तोकमा हालै क्रिसमस लाई प्रत्साहित गरीएको छ।[२१]
पाश्चात्य रक संगीत र हिन्दी संगीतले यहाको भूमिमाले ब्यापक समर्थन प्राप्त गरेको छ। विशुद्ध नेपाली रक संगीत, तथा पाश्चात्य संगीतमा नेपाली काव्य पनि धेरै नै प्रचलित छ। फुटबल एवं क्रिकेट यहाँको सबैभन्दा लोकप्रिय खेल हो। पर्यटन प्रबर्धन गर्न हयान गल्याडिङ र रयाफ्टीङ पनि शुरू गरिएको छ।
नूडलमा आधारित व्यंजन जस्तो थुक्पा, चाउमीन, थान्तुक?, फाख्तु?, ग्याथुक? और वनटन? सर्वसामान्य छ। मःम, बाफबाट पाकेको र साग-सब्जिहरूबाट भरिएको पकौडि, सूपको सगै पस्किएको भैसीको माँसु। भैसी अथवा सूगुरको माँसु। सूगुरको माँसु लोकप्रिय खाजा हो। पहाडी मानिसको खानामा भैसी, सूगुर, इत्यादिको माँसुको मात्रा धेरै मात्रामा हुदछ। मदिरामा राज्यको अन्तशुल्क कम भएको कारण राज्यमा बीयर?, विस्की?, रम? र ब्रांडी इत्यादिको धेरै खपत गरिन्छ।
सिक्किममा लगभग बसोबास ग्रामिण छ, जहा घर बनाउदा मुख्यत: कडा बाँसको ढाँचामा लचीलो बाँसको आवरण हलेर बनाउने गरिन्छ। धरमा चिसोबाट जोगिनको लागि यसमा गाईको के गोबरको लेप पनि गरिन्छ। राज्यको धेरै अधिक ऊँचाई भएको क्षेत्रहरूमा धेरै जसो काठको घर बनाईन्छ। अरु पनि हेर्नुहोस:सिक्किमी संगीत
राजनीति र सरकार
भारतको अन्य राज्यहरूको समान, केन्द्रीय सरकार द्वारा मनोनित राज्यपाल राज्य शासनको प्रमुख हुन। उनको मनोनयन मुख्यतः औपचारिक मात्र हुदछ, तथा उनको मुख्य काम मुख्यमन्त्रीको शपथ-ग्रहणको अध्यक्षता गर्ने मात्र हुदछ। मुख्यमन्त्री, जसको साथ वास्तविक प्रशासनिक अधिकार हुदछ, धेरै जसो राज्य चुनावमा बहुमत पाउने दल अथवा गठबंधन का प्रमुख हुदछन। राज्यपालले मुख्यमन्त्रीको परामर्शमा मन्त्रीमण्डल? बनाउने बा परिबर्तन गर्दछन। धेरै जसो अन्य राज्यहरूको समान सिक्किममा पनि एक सदनात्मक (unicameral) सदन भएको विधान सभा नै छ। सिक्किमलाई भारतको की दुई सदनात्म संसदको दुबै सदनहरू, राज्यसभा तथा लोक सभामा एक-एक स्थान प्राप्त छ। राज्यमा जम्मा ३२ विधानसभा सीट छ जसमा एक बौद्ध संघको लागिए आरक्षित छ। सिक्किम उच्च अदालत भारतको सबै भन्दा सानो उच्च अदालत हो।
राज्य पशु | रातो पाण्डा |
राज्य पक्षी | रक्त मुनाल |
राज्य वृक्ष | गुराँस |
राज्य फूल | सुनाखरी |
सन १९७५ मा, राजतन्त्रको समाप्ति भएपछि, काँग्रेस लाई १९७७को साधारण चुनावमा बहुमत प्राप्त भएको थियो। अस्थिरताको एक अबधि पछि, सन १९७९ मा, सिक्किम संग्राम परिषदका नेता नरबहादुर भण्डारीको नेतृत्वमा एउटा लोकप्रिय मन्त्री परिषदको गठन भयो। यस पछि, सन १९८४ र १९८९को साधारण चुनावमा पनि भण्डारी नै विजयी बने। सन १९९४मा सिक्किम डेमोक्रेटिक फ्रन्टका पवन कुमार चाम्लिङ राज्यका मुख्यमन्त्री भए। सन १९९९, सन २००४ र सन् २००९को चुनावमा पनि विजय प्राप्त गरेर यो पार्टी अहिलेसम्म सिक्किममा शासन गरिरहेको छ।[८][१७]
आधारभूत संरचना
सिक्किमको सडकहरू प्रायजसो पहिरो तथा छेउको धारद्वारा बाढिबाट क्षतिग्रस्त हुन जान्छ, तर पनि सिक्किमको सडक अन्य राज्यको सडकहरूको तुलनामा धेरै रम्रो छ। सीमा सडक संगठन(BRO), भारतीय सेनाको एउटा अङ्ग यि सडकहरूको रेखदेख गर्दछ। दक्षिणी सिक्किम तथा रा०रा०-३१अको सडक राम्रो स्थितिमा छ किनकि यहाँ पहिरोको घटनाहरू कम हुन्छ। राज्य सरकार १८५७.३५ कि०मी०को त्यो राजमार्ग जुन सी०स०सं०को अन्तर्गत आउदैन,को रेखदेख गर्दछ।[१२]
सिक्किममा अनेकौ जल विद्युत परियोजना छन, जो नियमित विद्युत उपलब्ध गराउदछन, तर सञ्चालन शक्ति अस्थिर छ तथा स्टेबलाईजर (stabilisers)को आवश्यकता पर्दछ। सिक्किममा प्रतिव्यक्ति बिजुली प्रयोग १८२ kWh छ। ७३.२% घरहरूमा स्वच्छ पानीको सुविधा उपलब्ध छ,[१२] तथा अनेकौ धाराहरूको परिणाम स्वरूप राज्यमा कहिले पनि अकाल वा पानीको कमीको परिस्थिति उत्पन्न भएको छैन।
टिष्टा नदीमा धेरै जलविद्युत केन्द्र निर्माणाधीन् छ तथा त्यसको बाताबरणमा परेको असर एक चिन्ताको विषय हो।
सूचना तथा सञ्चार
सिक्किममा अङ्ग्रेजी र नेपाली भाषामा धेरै दैनिक समाचार पत्रहरू छापिन्छन् जसमा प्रमुख नेपाली समचार पत्र १.हाम्रो प्रजाशक्ति २. समय दैनिक ३. हिमाली बेला आदि र अङ्ग्रेजीमा Now र Sikkim Express। यसका अतिरिक्त धेरै साप्ताहिक र पाक्षिक पत्र-पत्रिका प्रकाशित हुनेगर्छन्। सिक्किम हेराल्ड सरकारको आधिकारिक साप्ताहिक प्रकाशन हो। हाल-खबर सिक्किमको एकमात्र अन्तर्राष्ट्रिय समाचारको मानकीकृत प्रवेशद्वार हो। सिक्किमबाट सन २००७मा नेपाली साहित्यको औनलाइन पत्रिका टिस्टारंगीत शुरु भएको छ जसको सञ्चालन साहित्य सिर्जना सहकारी समिति लिमिटेड गर्दछ।
इन्टरनेटको सुविधा प्रायः सबै बजारहरू, सदरमुकाम र महकुमाहरूमा उपलब्ध छ र हालमा धेरै बजार र सडक छेउका गाउँहरू ब्रोडब्यान्ड (Broad Band) सम्पर्क उपलब्ध भइरहेकोछ तथा ग्रामीण क्षेत्रहरूमा पनि इन्टरनेट सुविधा उपलब्ध छ। डिस ऐन्टिना (Dish antennae) द्वारा धेरै जसो घरहरूमा सेटलाईट टेलिभिजन सेवा (satellite television channels) उपलब्ध छ। भारतबाट प्रसारित च्यानलको अतिरिक्त नेपाली भाषाको च्यानल पनि प्रसारित गरिन्छ। सिक्किम केबल, डिश टी० वी०, दूरदर्शन तथा नयुमा (Nayuma)ले टेलिभिजन प्रसारणमा सहयोग।
स्थानीय मोबाईल टेलीफोन सेवा प्रदायक(cellular phone service provider)को राम्रो सुविधा उपलब्ध छ, जसमा भा०सं०नि०लि०, रिलायन्स, इन्फोकम तथा एयरटेल राज्य-ब्यापी छ। राष्ट्रिय अखिल भारतीय आकाशवाणी राज्यको सरकारी रेडियो सेवा हो।[२२] यसका अतिरिक्त २००९ देखि दुइवटा एफ्. एम् रेडियो सेवा पनि सुरु भएका छन्।
शिक्षा
साक्षरता प्रतिशत दर ६९.६८% छ, यसमा लिङ्गीय दृटिकोणबाट हेर्दा पुरुषमा ७६.७३ प्रतिशरत तथा महिलामा ६१.४६ प्रतिशत छन्। सरकारी विद्यालयहरूको संख्या १५४५ छ तथा १८ निजी विद्यालयहरू पनि छन्, जो मुख्य नगरहरूमा छन्।[१२] उच्च शिक्षाको लागि सिक्किममा लगभग १२ कलेज तथा अन्य विद्यालय छन्। राज्यमा सन् २००७मा केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयको स्थापना भएको छ जो भारतका प्रमुख विश्वविद्यालयको रूपमा स्थापित छ। यसका अतिरिक्त सिक्किम मणिपाल विश्वविद्यालय नामको निजी विश्वविद्यालय पनि छ, यसले इन्जिनियरिङ, चिकित्सा तथा व्यवस्थापनको क्षेत्रमामा उच्च शिक्षा प्रदान गर्दछ। राज्यद्वारा-सञ्चालित बहुशिल्प, उच्च प्राबिधिक प्रशिक्षण केन्द्र (Advanced Technical Training Centre) तथा कम्प्यूटर तथा सञ्चार प्राविधिक केन्द्र (Centre for Computers and Communication Technology) आदि ईन्जिनियरिङको शाखाहरूमा पाठ्यक्रम चलाउँदछ। ATTC बोरदांग, सिंगताम तथा CCCT चिसोपानी(chisopani?), नाम्चीमा छ। पहिला धेरै जसो विद्यार्थी उच्च शिक्षाको लागि सिलगुढी अथवा कोलकाता जाने गर्थे भने अब सिक्किममा नैं उच्च शिक्षाको उचित व्यवस्था छ।
सन्दर्भ समाग्री
टीका-टिप्पणी
- ↑ अर्जुन अदलखा (अप्रिल १९९७), "Population Trends: India" (पीडीएफ), International brief, यू.एस. डिपार्टमेंट अफ कमर्स, पृ: 5।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता);|month=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Sikkim", www.gloriousindia.com, ३१ दिसंबर २००६।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ अक्तूबर|accessyear=2006|date=29 सितंबर 2005 |publisher=डिपार्टमेंट अफ इंफरमेशन एंड पब्लिक रिलेशंस, गवर्नमेंट अफ सिक्किम}}
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ "Physical Features of Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ ५.० ५.१ ५.२ ५.३ ५.४ ५.५ ५.६ "General Information", सिक्किमइंफो.नेट।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "About Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ ७.० ७.१ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedHistory
- ↑ ८.० ८.१ "History of Sikkim", Government of Sikkim, २००२-०८-२९, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ "Elections after the erger", Sikkiminfo.net, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ १०.० १०.१ "Hisotric India-China link opens", BBC, २००६-०७-०६, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ "Ranking od (sic) Districts by Population Size" (XLS), The Registrar General & Census Commissioner, India, New Delhi-110011, २०१० - २०११, अन्तिम पहुँच २०११-०९-१९।
- ↑ १२.० १२.१ १२.२ १२.३ १२.४ "Sikkim at a glance", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ "National Accounts Division : Press release & Statements", Ministry of Statistics and Programme Implementation, २००६-०५-२३, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ "Economy of Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ १५.० १५.१ "Playwin lottery", Interplay Multimedia Pty. Ltd., २००६-०८-२०, अन्तिम पहुँच २००६-१०-१२। उद्दरण त्रुटी: Invalid
<ref>
tag; name "Playwin" defined multiple times with different content - ↑ "Sikkim's Economy", National Informatics Centre, २००२-०८-२९, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ १७.० १७.१ "30 Years of Statehood In a Nutshell", Department of Information and Public Relations, Government of सिक्किम, २००५-११-२४, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ १८.० १८.१ १८.२ http://www.censusindia.net/religiondata/ 2001 Indian Census Data
- ↑ १९.० १९.१ "People of Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ "Sikkim statistics", Government of India, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ "Culture and Festivals of Sikkim", Department of Information and Public Relations, Government of Sikkim, २००५-०९-२९, अन्तिम पहुँच २००६-१०-१२।
- ↑ "Entertainment in Sikkim", Sikkiminfo.net, अन्तिम पहुँच २००६-१०-१२।
ग्रन्थसूची
- जोसेफ डल्टन हुकर "Himalayan Journals" Ward, Lock, Bowden & Co. Assistant-director of the Royal Botanic Gardens, Kew।
- Holidaying in Sikkim and Bhutan – published by Nest and Wings – ISBN 81-87592-07-9
- Sikkim — Land of Mystic and Splendour – published by Sikkim Tourism. * Manorama Yearbook 2003 – ISBN 81-900461-8-7
- Ecosystem of Sikkim — Flora, Fauna, Mountain passes, climate mentioned here.
- History of Sikkim
- Sikkim state statistics Figures on Sikkim's population, per capita income, density etc.
- China backs India's bid for U.N. Council seat; Amit Baruah; The Hindu 2005-04-12.
- Historic India-China link opens, BBC News.
- Official website of the Government of Sikkim, Maintained by Department of Information Technology
- Department of Information and Public Relations, Govt. of Sikkim
- Sikkim Manipal University of Health, Medical & Technological Sciences
- Details of the census *Pictures from West-Sikkim *Pictures from North-Sikkim *