"सन् २०११–१२ युइएफए च्याम्पियन्स लिग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: el:ΟΥΕΦΑ Τσάμπιονς Λιγκ 2011-12
सा r2.7.1) (रोबोट ले थप्दै: fa:لیگ قهرمانان اروپا ۱۲–۲۰۱۱
पङ्क्ति ३६: पङ्क्ति ३६:
[[es:Liga de Campeones de la UEFA 2011-12]]
[[es:Liga de Campeones de la UEFA 2011-12]]
[[et:UEFA Meistrite Liiga 2011–2012]]
[[et:UEFA Meistrite Liiga 2011–2012]]
[[fa:لیگ قهرمانان اروپا ۱۲–۲۰۱۱]]
[[fi:Mestarien liigan kausi 2011–2012]]
[[fi:Mestarien liigan kausi 2011–2012]]
[[fr:Ligue des champions de l'UEFA 2011-2012]]
[[fr:Ligue des champions de l'UEFA 2011-2012]]

०५:००, ७ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

चित्र:UEFA Champions League Final 2012 Munich.jpg

सेमि फाईनल

  • बार्सिलोना र चेल्सी : विजेता चेल्सी

लियोनल मेसीले पेनाल्टी चुकाउँदा साविक विजेता बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलबाट बाहिरियो। नोउ क्याम्पमा मंगलबार २-२को बराबरी खेलेको चेल्सीले ३-२को अग्रतामा फाइनलमा स्थान पक्का गरेको हो।सर्जियो बुस्केटले ३४औं मिनेटमा बार्सिलोनाको लागि पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै बलबिना रहेका सान्चेजलाई प्रहार गरेपछि चेल्सी कप्तान टेरीले रातो कार्ड पाई खेल मैदान वाट वाहिरिन पर्यो।वार्सिलोना का आन्द्रेज इनिस्टाले ४३औं मिनेटमा दोस्रो गोल गरे। तर काउन्टर एट्याकमा रामिरेजले चिपबाट सुन्दर गोल गरेपछि चेल्सी खेलमा फर्कियो।चेल्सी का वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका फर्नान्डो टोरेजले खेलको अन्तिम समयमा अर्को गोल थपेपछि चेल्सीको पुनरागमन नाटकीय बन्यो।

सन् २००८ पछि चेल्सी पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो।सन २००८मा जोन टेरीले पेनाल्टी सुटआउटमा पेनाल्टी चुकाउँदा चेल्सीले फाइनलमा म्यानचेस्टर युनाइटेडलाई उपाधि सुम्पेको थियो। सेमि फाईनलमा बार्सिलोनाका स्ट्राइकर एलेक्सी सान्चेजलाई सिधा हानेबापत रातो कार्ड पाएका चेल्सी कप्तान जोन टेरीले फाइनल खेल्न पाउने छैनन|मंगलबारको खेलमा पहेँलो कार्ड पाई प्रतियागितामा दोस्रो कार्ड खेपेका रामिरेज, ब्रानिस्लाभ इभानोभिज र राउल मेरिलेजले प्रतिबन्धका कारण फाइनल खेल्न पाउने छैनन्।

  • रियाल मड्रिड र बायर्न म्युनिख : विजेता बायर्न म्युनिख

फाइनल

एलिएन्ज एरिना म्युनिखमा १९ मे २०१२मा चेल्सी र बायर्न म्युनिख का बीच भएको फाईनल खेलमा चेल्सीले च्याम्पियन्स लिग उपाधि जितेको छ। शनिबार राति भएको खेलमा चेल्सीले वायर्न म्युनिखलाई पेनल्टि सुट आउटमा ४-३ गोल अन्तरले हराउदै ऐतिहासिक उपलब्धि हासिल गरेको हो। चेल्सीले आफ्नो १ सय ७ वर्षको इतिहासमा पहिलो पटक च्याम्पियन्स ट्रफी उपाधि जितेको हो।उता चार पटक युपियन च्याम्पियनस लिग जितेको वायर्न म्युनिखले यो स्पर्धा आफ्नै मैदानमा हारेको छ।

निर्धारित समयसम्म खेल एक एक गोलको बराबरीमा रहेपछि परिणामका लागि पेनाल्टि सुटआउट गरिएको थियो। त्यसमा चेल्सी एक गोलले अगाडि बढेको हो।खेलको धेरै जसो समय आफ्नो प्रभुत्व कायम राख्नुकासाथै गोलको सुरुवात गरे पनि म्युनिखले जित हासिल गर्न सकेन। खेलको ८३ औँ मिनटमा वायर्न म्युनिखका लागि थोमस म्युलरले हेड गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए।तर खेलको अन्तिम क्षणमा डिडिए ड्रोग्बाले चेल्सीका लागि गोल गरेपछि खेल बराबरीमा आएको थियो।त्यसपछि खेलको परिणामका लागि पेनाल्टि सुट आउटको सहारा लिनु परेको थियो। चेल्सीका लागि डेविड लुइस, फ्रेन्क ल्याम्पार्ड, एस्ले कोल र डिडिए ड्रोग्बाले गोल गरे भने ह्वान माटाको पहिलो प्रहार नै खेर गएको थियो।

म्युनिखको तर्फबाट फिलिप लाम, मारियो गोमेज र म्यानुएल न्युअरले गोल गरे भने ड्रविसा ओलिच र स्वाइनस्टाइगरले आआफ्नो प्रहारलाई गोलमा परिणत गर्न सकेका थिएनन्।