"एफसी बार्सिलोना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.5.4) (रोबॉट: ckb:یانەی بەرشەلۆنە की जगह ckb:یانەی بەرشەلۆنا जोड़ रहा है
सा r2.7.2) (रोबोट ले थप्दै: min:FC Barcelona
पङ्क्ति २०९: पङ्क्ति २०९:
[[lt:FC Barcelona]]
[[lt:FC Barcelona]]
[[lv:FC Barcelona]]
[[lv:FC Barcelona]]
[[min:FC Barcelona]]
[[mk:ФК Барселона]]
[[mk:ФК Барселона]]
[[ml:എഫ്.സി. ബാഴ്സലോണ]]
[[ml:എഫ്.സി. ബാഴ്സലോണ]]

०४:०१, ११ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

बार्सिलोना
पुरा नामफुटबल क्लब बार्सिलोना (Futbol Club Barcelona)
उपनाम(हरू)बार्सा (Barça)
कुलेस (Culés)
ब्लाउग्रानेस (Blaugranes, अर्थ: निलो-) (supporters)
स्थापनानोभेम्बर २९, १८९९
(as Foot-Ball Club Barcelona)
मैदानक्याम्प नउ, बार्सिलोना, स्पेन
मैदान क्षमता99,354
Presidentस्यान्ड्रो रोसेल
म्यानेजरTito Vilanova
लिगला लीगा
2011–12ला लीगा, 2nd
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

बार्सिलोना वा बार्साको नामले चिनिने यो क्लब स्पेनको एक पेशेवर क्लब हो, जुन बार्सिलोनामा अवस्थित छ । यसको पुरा नामएफसी बार्सिलोना अर्थात फुटबल क्लब बार्सिलोना हो ।

१८९९मा जोअन ग्यामपरको नेतृत्वमा स्विस, अङ्ग्रेजी, र स्पेनिश फुटबल खेलाडीको एक समूह मिलाई "Més que un club" (नेपालीमा: एउटा क्लब भन्दा बढी) भन्ने उक्तिका साथ फुटबल क्लब बार्सिलोनाको रूपमा यस क्लबको स्थापना भएको थियो । यो क्लब क्याटलनबाद र क्याटलन संस्कृतिको एक प्रतीक बन्यो । यसको आधिकारिक गान "Cant del Barça" जउमे पिकास र जोसफ मारिया इस्पिनासले लेखेका हुन । राजस्वको मामलामा यो क्लब विश्वको दोस्रो धनी फुटबल क्लब हो, यसको वार्षिक बजेट ३९८,०००,००० थियो। यस क्लबको रियल म्याड्रिड क्लबसँग लामो समय देखि प्रतिद्वन्द्विता चली आएको छ र यि दुई बिचको खेललाई अल क्लासिकोको नामले चिनिन्छ ।

समग्र ट्रफिहरू: बिस पटक ला लिगामा शिर्षस्थान साथै २५ स्पेनिश कप, ९ स्पेनिश सुपर कप, २ लिग कप विजेता रेकर्डका साथ एफसी बार्सिलोना स्पेनिश फुटबलमा सबै भन्दा सफल क्लबको रूपमा स्थापित छ। साथै यूरोपीय फुटबलमा दस पटक UEFA प्रतियोगिता विजेता बन्ने क्लबहरू मध्यमा पर्दछ । यो क्लब १९५५ पछि प्रत्यक सिजनका यूरोपेली महाद्वीपीय फुटबल खेलहरूमा समावेश हुने एक मात्र क्लब हो। सन २००९ मा, बार्सिलोना ला लिगा, कोपा डेल रे र च्यापियन्स लिग विजेता भई स्पेनमा एकै पटक तिन वटा खेल विजेता हुने प्रथम क्लब बन्यो । त्यही वर्ष, स्पेनिश सुपर कप, UEFA सुपर कप र फिफा क्लब विश्वकपमा पनि विजेता भई पहिलो पल्ट एकै वर्ष ६ प्रतियोगिताहरू जित्ने पहिलो क्लब बन्यो ।

इतिहास

Sports Notice: Our friend and companion Hans Gamper... former Swiss [football] champion, being keen on organising some football games in the city asks anyone who feels enthusiastic enough about the sport to present themselves at the office of this newspaper any Tuesday or Friday evening between the hours of 9 and 11pm.

लस डेपोरटिज पत्रिकामा छापिएको ग्याम्परको विज्ञापन[१]

२२ अक्टूबर १८९९ मा, जोअन ग्याम्परले लस डेपोरटिज नामक पत्रिकामा आफुलाई एक फुटबल क्लब स्थापना गर्ने इच्छा दर्शाउँदै विज्ञापन प्रकाशित गरे, जसको सकारात्मक प्रतिक्रिया स्वरूप २९ नोभेम्बरमा जिम्नासिओ सोलमा एक बैठक गरियो। यस बैठकमा क्लबका पहिला निर्देशक वाल्टर वाइल्ड लगायत ११ जना खेलाडीहरू: लुइस डि'ओसो, बार्टोमेउ टेराडास, ओट्टो कन्जल, ओट्टो म्याइर, एन्रिक डकल, पेरे क्याबोट, कार्लेस पुजोल, जिसेफ ल्लोबेट, जन पार्सन्स र विलियम पार्सन्सको उपस्थिति थियो। यसै बैटकको निर्णयबाट फुटबल क्लब बार्सिलोनाको जन्म भयो।[१]

एफसी बार्सिलोनाले क्याम्पिओनेट डे क्याटालुन्या र कोपा डेल रेको प्रतिस्पर्धाबाट क्षेत्रीय र राष्ट्रीय कपमा सफल शुरूवात गरेको थियो। १९०२ मा, क्लबले कोपा डेल रेमा एथलेन्टिक बिल्बाओलाई २-१ले पराजित गर्दै आफ्नो पहिलो ट्रफी, कोपा मकाया जित्यो।[२] १९०५मा क्याम्पिओनेट डे क्याटालुन्या पछि कुनै पनि प्रतियोगिता नजित्नाले क्लबमा आर्थिक कठिनाई आइलाग्यो। सन् १९०८मा ग्याम्पर क्लबको अध्यक्ष भए। सन् १९०८ देखि १९२५ सम्ममा उनी पाँच अलग अवसरहरूमा क्लबको अध्यक्ष भए र आफ्नो २५ वर्ष उनले यही बिताए। उनको मुख्य उपलब्धिहरू मध्य एक क्लबको आफ्नो नै रङ्गशाला निर्माण हो, यसबाट क्लबलाई एक स्थिर आयको स्रोत हासिल भएको थियो।[३]

१४ मार्च १९०९मा टीम ८,००० मान्छेहरू बस्ने क्षमता भएको रंगशाला क्याम्प डे ला इन्डस्ट्रियामा सर्‍यो। सन १९१० देखि १९१४ सम्म बार्सिलोना लङ्गडक, मिडी, एक्वीटाइन (दक्षिणी फ्रान्स), बास्क राज्य तथा क्याटालिनियाका सर्वश्रेष्ठ टीमहरू समावेश हुने पाइरेनिस कपमा भाग लियो। त्यस समयमा यो कप सबैभन्दा राम्रो खुल्ला प्रतियोगिता मानिन्थ्यो।[४][५] त्यहि समयमा नै क्लबले आफ्नो आधिकारिक भाषा क्यास्टिलियनलाई क्याटालानमा परिवर्तन गर्‍यो, जुन बिस्तारै क्याटालान पहिचानको एक महत्वपूर्ण प्रतीकमा विकसित भयो।

ग्याम्परले नयाँ क्लब सदस्यहरू भर्ना गर्ने अभियान शुरू गर्‍यो र १९२२ सम्ममा क्लबका सदस्यहरूको संख्या २०,००० भन्दा धेरै पग्यो र क्लब एक नयाँ रंगशाला खरीद गर्न सक्षम भयो। त्यही वर्ष क्लब नयाँ रंगशाला लेस कोर्टसमा स्थानान्तरित भयो। लेस कोर्टस रंगशालाको सीट क्षमता २२,००० थियो जुन पछि ६०,०००मा विस्तार गरिएको थियो।[६] ज्याक ग्रिनवेललाई पहिलो पूर्ण समय प्रबन्धकको रूपमा नियुक्त गरियो र क्लबको भाग्यमा सुधार शुरू भयो। ग्याम्पर युग बार्सिलोनाको लागि पहिलो "स्वर्ण युग" थियो, यस समयमा एफसी बार्सिलोनाले ११ क्याम्पिओन्याट डे क्याटालुन्या, ६ कोपा डेल रे र ४ पाइरेनिस कपमा जित हासिल गर्न सफल भयो।[२][३]

रेकर्ड

रङ्गशाला

an elevated view of the stadium at night
क्याम्प नउ रङ्गशालाको पुरा दृष्य

बार्सिलोनाले शुरूमा क्याम्प डे ला इन्डष्ट्रिया रंगशालामा खेलेको थियो। यसको सीट क्षमता १०,००० थियो र क्लबका सदस्यको बृद्धि संगै अधिकारीहरूले क्लबको लागि सुविधाहरू अपर्याप्त महसुस गरे।[७] १९२२मा समर्थकहरूको संख्या २०,००० भन्दा बढि भइसकेको थियो। अत: क्लबको लागि चन्दा संकलन गरि बार्सिलोनाले २०,००० दर्शक क्षमता भएको क्याम्प डी लेस कोर्टसको निर्माण गर्‍यो। स्पेनको गृहयुद्ध पछि बार्सिलोनाले ठूलो संख्यामा क्लबका सदस्यहरू र खेलहरूमा दर्शकहरू आकर्षित गर्न शुरू गर्‍यो। यसबाट क्लबले क्याम्प डी लेस कोर्टस १९४४, १९४६ र १९५०मा तीन पटक पूनर्निर्माण गरी ६०,००० दर्शक क्षमताको बनाउन सफल भयो।[८]

यस निर्माण पछि लेस कोर्टसमा विस्तारको लागि अब अलिकति पनि स्थान थिएन। २५६ खेलहरूमा १९६ गोल संगै १९४८ र १९४९मा ला लिगाको शिर्षस्थानमा फिर्ता तथा जुन १९५०मा लस्जलो कुबालालाई क्लबमा अनुबन्धन गर्नुले क्लबले आफ्नो खेलमा दर्शकहरूको ठूलो भीडलाई आकर्षित गर्‍यो।[८][९][१०] दर्शकहरूको संगै क्लबले एक नयाँ रंगशाला निर्माणको लागि योजना बनाउन शुरू गर्‍यो[८]। सोहि योजना स्वरूप २८ मार्च १९५४मा क्याम्प नउ रङ्गशालाको निर्माण कार्य शुरु भयो। यस रंगशालाको शिलान्यास तत्कालिन गभर्नर फेलिप असेडो कलंगाले गरेका थिए। निर्माण कार्य तिन वर्ष चल्यो र २७ सेप्टेम्बर १९५७मा समाप्त भयो। यस रंगशालाको कुल लागत क्लबको बार्षिक बजेटको ३३६ % अर्थात २८८०००००० थियो।[८]

सन् १९८०मा क्लबले रंगशालालाई मापदण्डको बनाउनु पर्ने आवश्यकता महशुस गरि क्लबले प्रशंसकहरू सँग दाताहरूको नाम इँटमा लेख्ने प्रचार गरी पैसा संकलन गर्‍यो। यस प्रचारले लोकप्रियता पायो र लाखौं मान्छेहरूले चन्दा दिए। तर पछि म्याड्रिडका सञ्चार माध्यमहरूले उक्त इँटहरू मध्यमा लामो समय सम्म रियल म्याड्रिडका अध्यक्ष रहेका तथा फ्रान्सिस्को फ्रान्कोका समर्थक स्यान्टियागो बर्नब्यूको पनि नाम रहेको प्रचार गरेपछि विवादको बिषय बनेको थियो।[११][१२][१३] १९९२मा ग्रीष्मकालीन खेलको तैयारीको क्रममा माथिल्लो भागमा दुई पंक्ति कुर्सीहरू थपियो।[१४] अहिले यो रंगशाला ९८,७८७ दर्शक क्षमताका साथ यूरोपको सबैभन्दा ठूलो स्टेडियमको रूपमा परिचित छ।[१५]

यस रंगशालामा निम्न अन्य स्थान तथा सुविधाहरू रहेका छन:[१६]

    • Ciutat Esportiva Joan Gamper (एफसी बार्सिलोनाको अभ्यास मैदान)
    • La Masia (युवा खेलाडीहरूको बस्ने स्थान)
    • Mini Estadi (Home of the reserve team)
    • Palau Blaugrana (एफसी बार्सिलोनाको आन्तरिक खेल क्षेत्र)
    • Palau Blaugrana 2 (एफसी बार्सिलोनाको दोस्रो आन्तरिक खेल क्षेत्र)
    • Pista de Gel (FC Barcelona ice rink)

खेलाडीहरू

नं. स्थान खेलाडी
स्पेन गोलरक्षक भिक्टर भ्यालडेस (उपकप्तान)
ब्राजिल रक्षापङ्क्ति ड्यानियल एल्वस
स्पेन रक्षापङ्क्ति जेरार्ड पिके
स्पेन रक्षापङ्क्ति कार्लोस पुयोल (कप्तान)
स्पेन मध्यपङ्क्ति जावी हर्नान्डेज (उपकप्तान)
स्पेन अग्रपङ्क्ति डेविट विल्ला
स्पेन मध्यपङ्क्ति आन्ड्रेस इनिएस्टा (उपकप्तान)
स्पेन अग्रपङ्क्ति बोजन क्रिज
१० अर्जेन्टिना अग्रपङ्क्ति लियोनेल मेस्सी
११ स्पेन अग्रपङ्क्ति जफ्रिन सोरेज
१३ स्पेन गोलरक्षक जोसे म्यानुअल पिन्टो
नं. स्थान खेलाडी
१४ अर्जेन्टिना मध्यपङ्क्ति ज्याभिअर मासेरानो
१५ माली मध्यपङ्क्ति सिडउ केइटा
१६ स्पेन मध्यपङ्क्ति सर्जियो बस्केट्स
१७ स्पेन अग्रपङ्क्ति पेड्रो रोड्रिग्वेज
१८ अर्जेन्टिना रक्षापङ्क्ति ग्याब्रियल मिलिटो
१९ ब्राजिल रक्षापङ्क्ति म्याकसवेल एन्ड्रेड
२० नेदरल्यान्ड मध्यपङ्क्ति इब्राहिम अफेल्ले
२१ ब्राजिल रक्षापङ्क्ति एड्रियानो कोर्रेइआ
२२ फ्रान्स रक्षापङ्क्ति इरिक अबिडल
२६ स्पेन रक्षापङ्क्ति एन्ड्रिउ फन्टस

सम्मान

राष्ट्रिय

विजेता (२०): १९२८-२९, १९४४-४५, १९४७-४८, १९४८-४९, १९५१-५२, १९५२-५३, १९५८-५९, १९५९-६०, १९७३-७४, १९८४-८५, १९९०-९१, १९९१-९२, १९९२-९३, १९९३-९४, १९९७-९८, १९९८-९९, २००४-०५, २००५-०६, २००८-०९, २००९-१०
उपविजेता (२२): १९२९-३०, १९४५-४६, १९५३-५४, १९५४-५५, १९५५-५६, १९६१-६२, १९६३-६४, १९६६-६७, १९६७-६८, १९७०-७१, १९७२-७३, १९७५-७६, १९७६-७७, १९७७-७८, १९८१-८२, १९८५-८६, १९८६-८७, १९८८-८९, १९९६-९७, १९९९-००, २००३-०४, २००६-०७
विजेता (२५): १९०९-१०, १९११-१२, १९१२-१३, १९१९-२०, १९२१-२२, १९२४-२५,

१९२५-२६, १९२७-२८, १९४१-४२,१९५०-५१, १९५१-५२, १९५२-५३, १९५६-५७, १९५८-५९, १९६२-६३, १९६७-६८, १९७०-७१, १९७७-७८, १९८०-८१, १९८२-८३, १९८७-८८, १९८९-९०, १९९६-९७, १९९७-९८, २००८-०९,

उपविजेता (९): १९०२-०३, १९१८-१९, १९३१-३२, १९३५-३६, १९५३-५४, १९७३-७४, १९८३-८४, १९८५-८६, १९९५-९६
विजेता (२): १९८२-८३, १९८५-८६
विजेता (९): १९८३, १९९१, १९९२, १९९४, १९९६, २००५, २००६, २००७, २०१०
उपविजेता (९): १९८५, १९८८, १९९०, १९९३, १९९७, १९९८, १९९९
विजेता (९): १९४५, १९४८, १९५२, १९५३
उपविजेता (९): १९४९, १९५१

युरोपेली

Happy players gather around as one hoists a trophy into the air
UEFA च्याम्पियनस लिग २००८-०९मा जित हासिल गरेपछि खुसी मनाउँदै बार्सिलोनाका खेलाडीहरू
विजेता (३): १९९१-९२, २००५-०६, २००८-०९
उपविजेता (३): १९६०-६१], १९८५-८६, १९९३-९४
विजेता (३): १९७८-७९, १९८१-८२, १९८८-८९, १९९६-९७
उपविजेता (२): १९६८-६९, १९९०-९१
विजेता (३): १९५५-५८, १९५८-६०, १९६५-६६
उपविजेता (३): १९६१-६२
विजेता (३): १९९२, १९९७, २००९
उपविजेता (४): १९७९, १९८२, १९८९, २००६
विजेता (२): १९४९, १९५२

विश्वब्यापी

उपविजेतता(१): १९९२
विजेता (१): २००९
उपविजेतता(१): २००६

व्यवस्थापन तथा कर्मचारी

सन्दर्भ सूची

  1. १.० १.१ Ball, Phil p. 89.
  2. २.० २.१ Carnicero, José Vicente Tejedor (२१ मे २०१०), "Spain – List of Cup Finals", Rec.Sport.Soccer Statistics Foundation (RSSSF), अन्तिम पहुँच ९ मार्च २०१० 
  3. ३.० ३.१ "History part I", FC Barcelona, अन्तिम पहुँच ११ मार्च २०१० 
  4. Murray, Bill; Murray, William J. p. 30.
  5. Ferrer , Carles Lozano (१९ जुन २००१), "Coupe des Pyrenées – Copa de los Pirineos", Rec.Sport.Soccer Statistics Foundation (RSSSF), अन्तिम पहुँच १२ जुन २०१० 
  6. "History part II", FC Barcelona, अन्तिम पहुँच ११ मार्च २०१० 
  7. Santacana, Carles (१४ मार्च २००९), "Cent anys del camp de la Indústria" (Catalanमा), FC Barcelona, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१० 
  8. ८.० ८.१ ८.२ ८.३ "Brief history of Camp Nou", FC Barcelona, अन्तिम पहुँच ३० जुलाई २०१० 
  9. Farred, Grant. p. 124.
  10. Eaude, Michael. p. 104.
  11. Ball, Phil pp. 20–21.
  12. Ball, Phil pp. 121–22.
  13. Murray, Bill; Murray, William J.. p. 102.
  14. Snyder, John. pp. 81–2.
  15. Stone, Peter. p. 201.
  16. "El proyecto Barça Parc, adelante" (Spanishमा), FC Barcelona, २००९, अन्तिम पहुँच २८ जुलाई २००९ 
  17. "Evolution 1929–10", Liga de Fútbol Profesional, अन्तिम पहुँच ६ अगस्ट २०१० 
  18. "Palmarés en" (Spanishमा), MARCA, अन्तिम पहुँच २२ जुन २०१० 
  19. Torre, Raúl (२९ जनवरी २००९), "Spain – List of League Cup Finals", Rec.Sport.Soccer Statistics Foundation (RSSSF), अन्तिम पहुँच २२ जुन २०१० 
  20. Carnicero, José; Torre, Raúl; Ferrer, Carles Lozano (२८ अगस्ट २००९), "Spain – List of Super Cup Finals", Rec.Sport.Soccer Statistics Foundation (RSSSF), अन्तिम पहुँच २२ जुन २०१० 
  21. "List of Super Cup Finals" (Englishमा), RSSF, अन्तिम पहुँच १८ मार्च २०११ 
  22. "Champions League history", Union of European Football Associations (UEFA), अन्तिम पहुँच २२ जुन २०१० 
  23. "UEFA Cup Winners' Cup", UEFA, अन्तिम पहुँच २२ जुन २०१० 
  24. Stokkermans, Karel (२६ जनवरी २०००), "Inter-Cities Fairs' Cup", Rec.Sport.Soccer Statistics Foundation (RSSSF), अन्तिम पहुँच २२ जुन २०१० 
  25. "UEFA Super Cup", UEFA, अन्तिम पहुँच २२ जुन २०१० 
  26. Karel Stokkerman, Osvaldo José Gorgazzi (२३ नोभेम्बर २००६), "Latin Cup", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१० 
  27. Magnani, Loris ; Stokkermans, Karel (३० अप्रिल २००५), "Intercontinental Club Cup", Rec.Sport.Soccer Statistics Foundation, अन्तिम पहुँच ९ अगस्ट २०१० 
  28. "Tournaments", FIFA, अन्तिम पहुँच २२ जुन २०१० 

ढाँचा:Link FA