"भारत" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबॉट: dz:རྒྱ་གར་ की जगह dz:རྒྱ་གར जोड़ रहा है
सा r2.7.1) (रोबोट ले थप्दै: ti:ህንድ
पङ्क्ति ४४८: पङ्क्ति ४४८:
[[tg:Ҳиндустон]]
[[tg:Ҳиндустон]]
[[th:ประเทศอินเดีย]]
[[th:ประเทศอินเดีย]]
[[ti:ህንድ]]
[[tk:Hindistan]]
[[tk:Hindistan]]
[[tl:Indiya]]
[[tl:Indiya]]

०६:२८, २५ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

गणतन्त्र भारत
Bhārat Gaṇarājya
Horizontal tricolour flag bearing, from top to bottom, deep saffron, white, and green horizontal bands. In the centre of the white band is a navy-blue wheel with 24 spokes.
झन्डा
Three lions facing left, right, and toward viewer, atop a frieze containing a galloping horse, a 24-spoke wheel, and an elephant. Underneath is a motto: "सत्यमेव जयते".
Emblem
आदर्श वाक्य: 
"Satyameva Jayate" (Sanskrit)
   "Truth Alone Triumphs"[१]
राष्ट्रिय गान: 

Jana Gana Mana
   "Thou Art the Ruler of the Minds of All People"[२]
National song:
चित्र:Vande Mataram.ogg

Vande Mataram
        "I Bow to Thee, Mother"[क][१]
Image of a globe centred on India, with India highlighted.
Area controlled by India is in dark green.
Claimed but uncontrolled regions are in light green.
राजधानीNew Delhi
सबैभन्दा ठुलो सहरMumbai
आधिकारिक भाषाहरू
  • Hindi in the Devanagari script is the official language of the Union and English an additional language for official work.[१]
मान्यता प्राप्त आञ्चलिक भाषाहरू
National language(s)none[३]
रैथाने(हरू)Indian
सरकारfederal parliamentary
constitutional republic[१]
प्रणव मुखर्जी
मोहम्मद हामीद अन्सारी
मनमोहन सिंह (INC)
Meira Kumar (INC)
S. H. Kapadia
व्यवस्थापिकाParliament of India
Rajya Sabha
Lok Sabha
Independence 
• Declared
15 August 1947
• Republic
26 January 1950
क्षेत्रफल
• जम्मा
३२,८७,२६३ किमी (१२,६९,२१९ वर्ग माइल)[upper-alpha १] (7th)
• पानी (%)
9.56
जनसङ्ख्या
• 2011 जनगणना
1,210,193,422[४] (2nd)
• घनत्व
[convert: अमान्य सङ्ख्या] (31st)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
• जम्मा
$4.469 trillion[५] (3rd)
• प्रति व्यक्ति
$3,703[५] (129th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$1.843 trillion[५] (10th)
• प्रति व्यक्ति
$1,527[५] (133rd)
गिनी (2004)36.8[६]
त्रुटि: अमान्य गिनी मान · 79th
मानव विकास सूचकाङ्क (2011)वृद्धि0.547[७]
त्रुटि: अमान्य एचडिआई मान · 134th
मुद्राIndian rupee () (INR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+05:30 (IST)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+05:30 (not observed)
मिति ढाँचाdd-mm-yyyy (AD)
सडक प्रयोगleft
टेलिफोन कोड91
आइएसओ ३१६६ सङ्केतIN
इन्टरनेट डोमेन.in
Footnotes
    1. This is the figure given by the United Nations, though the Indian government lists the total area as ३२,८७,२६० किमी (१२,६९,२२० वर्ग माइल).[ख]

भारत वा गणतन्त्र भारत (हिन्दी: भारत गणराज्य), पौराणिक जम्बुद्वीप, दक्षिण एशियामा अवस्थित एक देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको समुद्र किनार ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्या के दृष्टिले दोस्रो ठूलो देश भारतको पश्चिममा पाकिस्तान, उत्तर-पूर्वमा चीन, नेपाल, र भुटान अनि पूर्वमा बंगलादेशम्यानमार छन्। हिन्द महासागरमा यसको दक्षिण-पश्चिममा मालद्वीप, दक्षिणमा श्रीलंका र दक्षिण-पूर्वमा इण्डोनेशिया छन्। भारत उत्तर-पश्चिममा अफगानिस्तान सँग सीमाना जोडिएको दावी गर्दछ। यसको उत्तरमा हिमालय पर्वत श्रृखला र दक्षिणमा हिन्द महासागर छन्। पूर्वमा बंगालको खाडी र पश्चिममा अरब सागर छ।

संसारमा भारतको अवस्थिति

भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। गंगा नदी भारतको सबैभन्दा ठूलो नदी हो र भारतीय सभ्यतामा यसलाई निकै पवित्र मानिन्छ। यस देशका अन्य ठूला नदीहरू ब्रह्मपुत्र, यमुना, गोदावरी, कावेरी, कृष्णा, चम्बल, सतलज, बियास आदि हुन्।

भारतको जनसंख्या १ अरब भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो। बालिग मताधिकारको आधारमा निर्वाचन पद्धति बाट सरकार छानिने देशहरूमध्ये सबैभन्दा बढी जनसंख्या भएको देश भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ। यहाँ ३०० भन्दा धेरै भाषाहरू बोलिन्छन्।

भारत एक सिन्धु घाटी सभ्यताको भूमि हो। विश्वका चार प्रमुख धर्म: हिन्दू, बौद्ध, जैन तथा शिखको उत्पत्ति भारतमा भएको हो |

भारत विश्वको दशौं ठूलो अर्थव्यवस्था हो, तर हालै गरेको आर्थिक प्रगतिका कारण भारत आफू विश्वमा तेस्रो अथवा चौथो ठूलो अर्थव्यवस्था भएको मान्दछ। १९४७मा स्वतन्त्रता प्राप्ती भन्दा पहिले ब्रिटिश भारतको रूपमा बेलायती साम्राज्यको प्रमुख अङ्ग भारतले विगत २० वर्षमा सार्थक प्रगति हासिल गरेको छ। उक्त प्रगति विशेषत: आर्थिकसैनिक क्षेत्रमा एक क्षेत्रिय शक्तिविश्वव्यापी शक्तिको रूपमा देखिन थालेको छ।

इतिहास

भारतमा पहिलो मानव बसोबास ९००० वर्ष पहिले भएको विश्वास गरिएको छ। यो नै पछि गएर सिन्धु घाँटीको सभ्यतामा विकसित भयो , जुन २६०० ई.पू.१९०० ई.पू.को बीचमा विकसित अवस्थामा थियो। लगभग १६०० ईसापूर्वमा आर्य भारत आए र उत्तर भारतीय क्षेत्रमा वैदिक सभ्यताको सूत्रपात गरे। यस सभ्यताको स्रोत वेद र पुराण हुन्। यो परम्परा कयौं सताब्दी वर्ष पुरानो छ। यही समय दक्षिण भारतमा द्रविड सभ्यताको विकास भैरह्यो। दुबै जातिले एक अर्काको राम्रो पक्ष अपनाउँदै भारतमा एक मिश्रित संस्कृतिको निर्माण गरे।

५औं शताब्दी ईशापूर्व पछि कैयौं स्वतन्त्र राज्य बने। उत्तरमा मौर्य राजवंश, जिसमा बौद्ध महाराजा अशोक सम्मिलित थिए,ले भारतको सांस्कृतिक पटलमा उल्लेखनीय छाप छोडे। १८० ईसवीको सुरूदेखि, मध्य एशियाबाट कयौं आक्रमण भए, जसको परिणामस्वरूप उत्तरी भारतीय उपमहाद्वीपमा यूनानी, शक, पार्थी तथा अन्त्यमा कुषाण राज्य स्थापित भए | तेस्रो शताब्दी पछिको समय, जुन बेला भारतमा गुप्त वंशको शासन थियो, भारतको "स्वर्णिम काल" मानिन्छ।

तेस्रो शताब्दीमा सम्राट अशोकद्वारा बनाईएको मध्य प्रदेशमा अवस्थित साँचीको स्तूप

दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश चालुक्य, चेर, चोल, पल्लव तथा पांड्य स्थापित भए | विज्ञान, कला, साहित्य, गणित, खगोल शास्त्र, प्राचीन प्राविधिक, धर्म, तथा दर्शन यीनै राजाहरूको शासनकालमा विकशित भए |

१२औं शताब्दीको प्रारंभमा, भारतमा इस्लामी आक्रमण पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग दिल्ली सल्तनतको शासनाधीन भयो; र पछि, अधिकांश उपमहाद्वीप मुगल वंशको अधीनमा गयो। दक्षिण भारतमा विजयनगर साम्राज्य शक्तिशाली भएर उदायो। तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए।

१७औं शताब्दीको मध्यकालमा पोर्चुगल, नेदरल्याण्ड, फ्रान्स, बेलायत सहित अनेकौं युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए। बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर १८४० सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो। १८५७मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन भारतीय स्वतन्त्रताको प्रथम संग्राम बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै अङ्ग्रेजी शासनको प्रशासनिक नियन्त्रणमा आयो।

कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो।

बीसौं शताब्दीको सुरूमा एक लामो समय सम्म स्वतन्त्रताको लागि विशाल अहिंसावादी संघर्ष चल्यो, जसको नेतृत्व चन्द्रशेखर आजाद, सरदार भगत सिंह, सुख देव, राज्गुरू, नेताजी सुवासचन्द्र बोस आदिले, जो आधिकारिक रूपमा आधुनिक भारतका राष्ट्रपिताबाट संबोधित गरिन्छन्,ले गरे। यो संघर्ष १५ अगस्ट, १९४७मा सफल भयो जब भारतले अङ्ग्रेजी शासनबाट पूर्णतः स्वतन्त्रता प्राप्त गर्‍यो। त्यस पछि २६ जनवरी, १९५०मा भारत एक गणराज्य बन्यो।

एक बहुजातीय तथा बहुधर्मिक राष्ट्र भएको कारण भारत समय-समयमा साम्प्रदायिक तथा जातीय द्वेषको शिकार हुने गर्दछ। क्षेत्रीय तथा जातीय असंतोष र विद्रोह पनि देशका अलग-अलग भागमा भैरहन्छन्। तर यसको धर्मनिरपेक्षता तथा प्रजातन्त्रिक ब्यबस्था केवल १९७५-७७ मा, जब तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकालको घोषणा गरिन्, बाहेक अटुट रहीरहेको छ।

भारतका छिमेकी राष्ट्रहरूको साथ थुप्रै सीमा विवादहरू छन्। यसै कारण यसले बेला बेलामा युद्धको पनि सामना गर्नु परेको छ। सन १९६२मा चीन संग, तथा सन १९४७, १९६५, १९७१ एवम् १९९९मा पाकिस्तान सँग युद्धहरू भैसकेको छ।

भारत असंलग्न आन्दोलन तथा संयुक्त राष्ट्र संघको संस्थापक सदस्य देशहरू मध्येमा एक हो।

सन १९७४मा भारतले आफ्नो पहिलो परमाणु परीक्षण गर्‍यो] त्यसपछि सन १९९८मा ५ अरू परीक्षणहरू गर्‍योा। सन १९९०को दशकमा गरेको आर्थिक उदारीकरणको कारण आज भारत द्रुत गतिमा विकाश गर्ने राष्ट्रहरूको सुचीमा गनिन्छ।

हावापानी तथा भौगोलिक अवस्था

हिमालयले उत्तरमा जम्मू तथा काश्मीर देखि पूर्वमा अरुणाचल प्रदेश सम्म भारतको उत्तरी सीमानाको रूपमा काम गर्दछ।

भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ। बाँकी उत्तरी, मध्य र पूर्वी भारत गङ्गाको उर्वर मैदानों बाट बनेको छ। भारतको पश्चिममा थार का मरुभूमी छ जुन पाकिस्तान सम्म फैलिएको छ। दक्षिण भारत लगभग सम्पूर्ण रूपले डेक्कन (दक्खन) पठारले ओगटेको छ। यो पठार पूर्वी घाट र पश्चिमी घाटको बीचमा अवस्थित छ।

भारतमा थुप्रै महत्वपूर्ण तथा ठूला नदीहरू छन् जस्तै : गंगा, ब्रह्मपुत्र, यमुना, गोदावरी र कृष्णा। यी नदीहरूका कारण उत्तर भारतको भूमि कृषिको लागि उर्वर छ।

भारतको भौगोलिक बनावटको विविधता सँगै यसको हावापानीमा पनि निकै भिन्नता छ। दक्षिणमा तटीय तथा गर्मी हावापानी छ भने उत्तरमा ठण्डा हावापानी छ। पूर्वमा अधिक वर्षा हुन्छ भने पश्चिममा सुख्खा मरूभूमी छ। भारतमा वर्षा मुख्य रूपले मानसून हवाको कारणले हुन्छ।

भारतका प्रान्त तथा तिनका राजधानी

चित्र:India political map.png
भारतको राजनैतिक विभाजन

भारतमा २८ प्रान्त तथा ६ केन्द्र शासित संघीय राज्य क्षेत्र यस प्रकार छन्

प्रान्त तथा प्रान्तीय राजधानी (कोष्टकमा राजधानीको नाम)
केन्द्रशासित प्रदेश

† चंडीगढ एक केंद्र शासित प्रान्त र पंजाबहरियाणा राज्यहरूको प्रान्तीय राजधानी दुबै हो।

राष्ट्रिय गीत तथा राष्ट्रिय गान

भारतको राष्ट्रिय गीत जन गण मन गुरूदेव रवीन्द्रनाथ ठाकुरद्वारा लेखिएको हो। र राष्ट्रिय गान वन्दे मातरम बंकिम चंद्र चटर्जीद्वारा लेखिएको हो |

भारतमा बोलीने भाषाहरू

भाषाको मामिलामा भारत विश्वको समृद्ध देशहरू मध्ये एक हो। यहाँ मुख्य रूपमा बोलीने भाषाहरू यस प्रकार छन:


सम्बन्धित -विषयहरू

बाह्य ग्रन्थिय:

यो पनि हेर्नुस

सन्दर्भ

  1. १.० १.१ १.२ १.३ National Informatics Centre 2005.
  2. Wolpert 2003, पृष्ठ 1.
  3. The Times of India 2007.
  4. Ministry of Home Affairs 2011.
  5. ५.० ५.१ ५.२ ५.३ International Monetary Fund.
  6. Central Intelligence Agency.
  7. United Nations 2011.

ढाँचा:Link FA
उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found