"हरिद्वार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: mg:Haridwar
सा r2.6.5) (रोबोट ले थप्दै: eo:Haridwar
पङ्क्ति ७३: पङ्क्ति ७३:
[[de:Haridwar]]
[[de:Haridwar]]
[[en:Haridwar]]
[[en:Haridwar]]
[[eo:Haridwar]]
[[es:Haridwar]]
[[es:Haridwar]]
[[fr:Haridwar]]
[[fr:Haridwar]]

२०:४५, २ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

हरिद्वार
हरिद्वारको एक झलक

हरिद्वार भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्दछ। यो ठाउँ हिन्दू धर्मावलम्बीहरूका लागि निकै प्रसिद्व मानिन्छ। हिन्दू धर्मावलम्बीकी पवित्र पावनी गंगा नदी हरिद्वारमा नै अवस्थित छन्। यहाँ प्रत्यक १२ बर्षमा कुम्भ मेला लाग्दछ। यहाँ मनसा देवी,चण्डी देवी,दक्ष प्रजापति मन्दिर लगायत साना ठूला हजारौँ मन्दिरहरू छन्। साँझ पखको गंगा आरती निकै मन मोहक हुन्छ।यहाँबाट ऋषिकेश,देहरादुन ,मन्सुरी, बद्री नाथ,केदार नाथ,गंगोत्री,यमनोत्री जान नजीक पर्दछ।

भुगोल

हरिद्वार शहर गंगा नदीको किनारामा करिब 24 कि.मी.को भू-भागमा फैलिएर बसेको छ। शहरको दुबै तिर "निल पर्वत" र "शिवालीक पर्वत" नामको पर्वत श्रृंखलाहरू छन्। शहर सँगै "राजाजी नेशनल पार्कको सिमाना जोडीएको छ।हरिद्वार शहरको नामले हरिद्वार जिल्लाको नामांकन गरिएको छ। हरिद्वार जिल्लाको सिमाना पूर्वमा बिजनौर जिल्ला,उत्तर र पश्चिमा क्रमशः देहरादून, पौडीटिहरी दक्षिणमा सहारनपुर जिल्ला जिल्लाहरूसँग जोडिएको छ। यो शहर एक नदी तटिए शहर हो।

क्षेत्रीय बाँडफाँट

हरिद्वार शहर करिब 10 किलोमिटरको क्षेत्रफलमा फैलिएको छ। यहाँ साना ठूला बजारहरू धेरै छन्। मुख्य रूपले हरिद्वार क्षेत्रलाई चार भागमा विभाजन गरिएको छ।

पौराणिक नाम

हरिद्वारको नाम बाट नै थाह हुन आउछकी यो "हरि" (भगवान)को "द्वार" (ढोका) हो। पवित्र पावनी गंगा नदी हिमालयबाट उद्धव भएर हरिद्वारमा प्रवेश गरेकी हुनाले यसलाई "गंगाद्वार" भनिन्छ।[१] हिन्दू धर्मका सबै ग्रंथहरूमा हरिद्वारको वर्णन गरिएको पाइन्छ। हरिद्वारको दर्शन मात्रले स्वर्गको द्वार खुल्दछ। यस कारण यो ठाउँको नाम "स्वर्गद्वार" पनि रहेको छ।[२] हरिद्वार सप्तपुरीहरूमा एक हो। हरिद्वारलाई "मायापुरी" भनिन्छ।[३] यहाँ कुम्भ मेला लाग्ने भएकाले यस ठाउँलाई "कुम्भनगरी" पनि भनेर चिनिन्छ।

पर्यटन

भारत सरकारले हरिद्वारलाई पर्यटकिय स्थल घोषणा गरेको छ।[४] यहाँका मुख्य पर्यटन स्थलहरू यस प्रकार रहेका छन्

  • हरकी पैडी(ब्रह्म कुण्ड)
  • मनसादेवी
  • चण्डीदेवी
  • शांतिकुञ्ज
  • भिमगौडा
  • दक्ष प्रजापति मन्दिर
  • हरिहर आश्रम

यि लगायत यहाँ हजारौँ आश्रम तथा मन्दिरहरू रहेका छन्। प्रत्यक बर्ष शिवरात्री र श्रावणीमा लाग्ने कांवड मेलाका कारण हरिद्वार अँझ पर्यकहरूको मन जित्न सफल भएको छ।

औद्योगिक क्षत्र

भारत हैवि इलोक्ट्रोनिक लिमिटेड (BHEL) जसलाई "भेल" पनि भनिन्छ यहाँको प्राचिन तथा ऐतिहासिक उद्योग केन्द्र हो।[५] यो लगायत सिडकुल र पतंजली योग पिठलाई पनि प्रमूख औद्योगिक केन्द्रमा लिइएको छ।

शैक्षिक संस्था

प्रसिद्व "गुरुकुल कांगडी विश्व विद्यालय"यहाँको अंतराष्ट्रिय ख्याति प्रप्त विश्व विद्यालय हो।[६] यो लगायत संस्कृत विश्व विद्यालय र ऋषिकुल विद्या पिठलाई पनि यहाँको मुख्य शैक्षिक संस्थाको रूपमा लिइन्छ।

स्रोत

  1. हेम वंत पुराण
  2. शिव पुराण
  3. सप्त पुरी
  4. भारतिय पर्यटन बोर्ड
  5. हरिद्वार औद्यौगिक विकाश केन्द्र
  6. गुरु कुल कांगडी विश्व विद्यालय हरिद्वार

हेर्नुहोस्