"पेले" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: vo:Pelé
सा r2.7.1) (रोबोट ले थप्दै: jv:Pelé
पङ्क्ति ११७: पङ्क्ति ११७:
[[it:Pelé]]
[[it:Pelé]]
[[ja:ペレ]]
[[ja:ペレ]]
[[jv:Pelé]]
[[ka:პელე]]
[[ka:პელე]]
[[kaa:Pelé]]
[[kaa:Pelé]]

०४:००, ५ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

Pelé
व्यक्तिगत जानकारी
पुरा नाम एड्सन आरान्तेस दो नासिमेन्तो
उचाइ १.७३ मी (५ फिट ८ इन्च)
खेल्ने स्थान(हरू) Forward/ Attacking Midfielder,[१][२]
युवा करियर
1952–1956 Bauru
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
1956–1974 Santos 605 (730[३])
1975–1977 New York Cosmos 64 (37[४])
जम्मा 669 (737)
अन्तर्राष्ट्रिय करियर
1957–1971 Brazil 92 (77)
*क्लब घरेलु लिग उपस्थिति र गोल

एड्सन आरान्तेस दो नासिमेन्तो (पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।

आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।

गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरे।

क्लबको समय

राष्ट्रिय टिम

सम्मान

खेल जीवन

फुटबल पश्चात

चलचित्र

सर्वकालिक महान्

"मानिसहरू भन्छन्, पेलेको कुनै धर्म, कुनै राष्ट्रियता वा कुनै वर्ण छैन," फुटबलका महानतम् हस्ती पेलेले एकपटक आप्mनै बारेमा भनेका थिए, "मलाई सर्वत्र स्वीकार गरएिको छ ।" दुनियाँका आँखामा उनी अहिले पनि फुटबल जादुगर हुन्, फुटबलका 'श्रीपेचबिनाका सम्राट' हुन् । विश्व फुटबलका हरेक ठूला आयोजनामा उनको उपस्िथति स्मरणीय र सम्मानित हुन्छ । अघोषित रूपमै उनी विश्व फुटबलका सर्वस्वीकार्य शाश्वत आदर्श हुन् । त्यसैले उनलाई फुटबलको किंवदन्ती मानिन्छ र भनिन्छ- पेले, महान् पेले । एक दर्जनजति फिल्ममा समेत अभिनय गरेका पेले एक मात्र खेलाडी हुन्, जसले १ हजार २ सय ८१ गोल गरेका छन् ।

पेलेसित अचेल अकुत सम्पत्ति छ । अनेक राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका उनी स्वामी वा साझेदार छन् । र, अनेक कम्पनीका 'ब्रान्ड एम्बेसडर' पनि । उनले आफ्नो देश ब्राजिलमा लाखौँको संख्यामा रहेका सडक बालबालिकाका लागि आत्मनिर्भरता-उन्मुख कल्याणकारी कार्यक्रम पनि सञ्चालन गररिहेका छन् । उनले भनेका छन्, "मलाई प्रकृतिले नै फुटबल खेल्न सक्ने क्षमता दिएको छ । त्यसकारण, प्रकृतिबाट प्राप्त यो उपहार म सधैँ मेरा मानव बन्धुहरूलाई बाँड्न प्रयास गररिहेको हुन्छु ।"

यस्तो उदात्त विचार राख्ने पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो थियो । उनले अभावग्रस्त वचपनमा नाङ्गा खुट्टाले झुम्राको बल खेले र यसरी नै फुटबलको सुन्दरतम् कला सिके । १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने । सन् १९५८को त्यो विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेले भनेर चिनिए । ब्राजिलियन -पोर्चुगली) भाषामा नाङ्गो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ । उनको वचपन त्यसैगरी खेलेर बितेको थियो । तर, अब आएर उनलाई गरएिको पेले सम्बोधनमा आदर, माया र स्नेह भरएिको थियो । यो नाममा ती महान् खेलाडीको दुःख, कष्ट र दरदि्रताको कथा भरएिको छ । अनि छ, उनको संकल्प र निरन्तर साधनाको प्रेरणादायी प्रसंग ।

फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन् । ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ । विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको

उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन । सन् १९५८को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो । यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले दुई गोल गरेपछि स्वीडेनविरुद्ध ब्राजिल ५-२ले विजयी भयो । त्यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए ।

आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे । एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका थिए ।

सन् १९५८, १९६२ र १९७० तीनपटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । पेलेको सन्न्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो, सन् १९९४को विश्वकपसम्म ।

मानिस प्रसिद्ध भएपछि उसका सम्बन्धमा कथा, उपकथा र क्रमशः किंवदन्तीहरू जन्मँदै, फिँजिँदै जान्छन् । तर, केही त्यस्ता वास्तविक प्रसंगहरू छन्, जसले पेलेलाई साँचो अर्थमा फुटबलका किंवदन्ती बनाएका छन् । जस्तो ः

सन् १९७०को विश्वकप फुटबलको इङ्ल्याण्डविरुद्धको खेलमा पेलेको एउटा प्रहार कति शक्तिशाली थियो भने त्यसलाई रोक्ने प्रयास गर्दा इङ्ल्याण्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात नौ ठाउँमा भाँचिएको थियो ।

पेले सन् १९६३मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए । जर्मन खेलाडी शुल्जले उनलाई 'कभर' गररिहेका थिए । प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गररिाख्न सक्थे र ? शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्यो । "बल पेलेको खुट्टाबाट कतिबेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ," अत्यन्त विस्िमत् भएका जर्मन गोलकिपर फहराइनले उक्त विजयी गोलप्रति टिप्पणी गर्दै भनेका थिए । यस्तै एकपटक सन् १९६१मा ब्राजिलको रयिो दी जेनेरयिोमा भएको खेलमा पेलेले नौ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरुद्ध विस्मयकारी गोल गरेका थिए ।

पेलेको आत्मकथा माई लाइफ एन्ड द ब्युटीफुल गेमसँग पनि अनौठो प्रसँग जोडिएको छ । त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भीड जम्मा भइसकेको थियो । उनलाई हेर्न झुम्मिएको त्यस भीडको प्रत्येक सदस्य पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थ्यो । ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे । लुगा नपाउनेले उनको कारको कलपुर्जासमेत बाँकी राखेनन् । र, त्यस दिन पेले लगभग नाङ्गै हिँडेर घर पुगेका थिए ।

सन् १९६१को कुरा हो । सान्तोसा क्लबबाट मैत्रीपूर्ण खेल खेल्ने क्रममा पेले पेरूमा थिए । त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै चार गोल गरसिकेका थिए । 'आजलाई पुग्यो' भन्ने सोची उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन् । उनको स्थानमा अर्का खेलाडी गए । तर, दर्शकहरूले खेल नै सञ्चालन हुन दिएनन्, मैदानमै प्रवेश गरी विरोध गर्न थाले । अन्ततः रेप|mीले बाध्य भएर सान्तोस क्लबसँग दर्शकहरूको उत्तेजना र विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः खेल्न मैदानमा पठाउन अनुरोध गर्नुपर्यो । मध्यान्तरपछिको खेल त्यतिबेलासम्म रोकिई नै रह्यो, जतिबेलासम्म नुहाउन गएका पेले बाहिर आई फुटबल पोसाकमा पूर्ण तयार भएर मैदानमा प्रवेश गरेनन्  ।

पेलेको अपार लोकपि्रयताको सीमा छैन । उनलाई भेट्दा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले आफ्नो मर्यादाक्रम नै भुलेकी थिइन् । इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टाभन्दा बढी समय प्रतीक्षा गरेका थिए ।

राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि पेले अमेरकिाको कसमस क्लबबाट खेल्न जाने क्रममा भारतको कोलकाता पुग्दा त्यहाँ ठूलै भीड जम्मा भएको थियो । उनलाई हेर्न र भेट्न मात्र पनि हजारौँ प्रशंसकले आधा रातभन्दा धेरै समय बिताएका थिए । त्यसका लागि प्रशंसकहरू कोलकाताको दमदम विमानस्थल र बाटोको दुवैतिर लामबद्ध भई घन्टौँ उभिएका थिए ।

सन्दर्भ सूची