"ट्राउट" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
[[en:Trout]] |
[[en:Trout]] |
||
[[श्रेणी: |
[[श्रेणी:जीव जन्तु ]] |
०९:३८, २२ मार्च २०१३ जस्तै गरी पुनरावलोकन
संसारभर रुचाइएको ट्राउट माछा २० डिग्री सेल्सियस भन्दा कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ । ट्राउटको भुरा उत्पादनको लागि त अझ् ६–१० डिग्री सेल्सियसबीच तापक्रम भएको पानी चाहिन्छ । कम्तीमा ६ महीनादेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाएर पाल्नुपर्ने भएकोले लागत धेरै देखिए पनि यसको बजार असीमित छ । थोरै त्यो पनि कमलो हुने ट्राउट सलादसँग काँचै पनि स्वादिलो–पोषिलो हुने हुनाले यो माछा पारखीहरूमा बढी लोकप्रिय छ ।
नेपालमा ट्राउट माछा व्यवसाय नुवाकोटबाट शुरू भएको हो, जुन अहिले ललितपुर, दोलखा, रसुवा, कास्की, म्याग्दी, बाग्लुङ आदि जिल्लामा विस्तार भएको छ । पर्याप्त पानी भएका नेपालका सबै पहाडी जिल्लामा ट्राउट माछा उत्पादनको सम्भावना छ । जापानी प्रजातिको रेन्वोसँगै ब्राउन ट्राउट पनि राम्ररी उत्पादन गर्न सकिन्छ ।