"श्रेणी:नेपालले लडेका युद्धहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १५३: पङ्क्ति १५३:


[[Category:नेपाल]],[[Category:नेपालको सेना| ]],[[Category: नेपालले लडेका युद्धहरू| ]] [[Category: नेपाली सेना| ]]
[[Category:नेपाल]],[[Category:नेपालको सेना| ]],[[Category: नेपालले लडेका युद्धहरू| ]] [[Category: नेपाली सेना| ]]
[[Category:युद्धहरू]]

१७:३०, १९ मे २००९ जस्तै गरी पुनरावलोकन

एकिकरण कालका लडाँइ हरूः

१ नुवाकोट बिजय

नुवाकोट काठकाण्डौ उपत्यका नजिकै उत्तर पस्चिममा पर्ने रणनितीक महत्वको ठाँउ हो ।र त्यतीबेला यो काठमाण्डौ अधिराज्य अन्तर्गत थियो । पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाह ले आक्रमण गरी असफल भएका थिए तसर्थ पृथ्वी नरायण शाहको पहिलो ध्यान नुवाकोट माथी नै गयो । पृथ्वी नरायण शाह को पहिलो प्रयास भए पनी गोर्खाली राजा हरूको नुवाकोट माथी को यो तेश्रो प्रयास थियो , यो प्रयासका सेना नायक काजी कालु पाण्डे थिए उनले राती नुवाकोटे हरू निदाइ रहेको बेलामा आक्रमण गरी त्याहाँ का सुरक्षा कर्मीले पत्तै नपाउने तथा प्रत्याक्रमण समेत गर्न नसक्ने गरी नुवाकोट को रणनितीक महत्वको माहामन्डल कब्जा गरीदीए ।नुवाकोटका कमान्डर संख मणी राना ले घाइते नुवाकोटे सैनीक लाइ प्रत्यक्रमणका लागी प्रोत्साहीत गरे तर त्यो प्रत्याक्रमणमा उनी आफै घाइते भइ दलमर्दन शाह (दल मर्दन पृथ्वी नरायणका भाइ त्यती बेला १३ वर्षका मात्र थिए) लाइ ललकार्न थाले अन्तत दलमर्दन ले उनको टाउको छिनाली दिदा मारिन पुगे ।

कालु पाण्डेको योजना सफल रहयो महदम कृती शाह (पृथ्वी नारायणका अर्का भाइ) ले नेतृत्व गरेको अर्को गोर्खाली टोली ले धरमपानी सर गर्दै अगाडी बढ्यो लडाँइ नुवाकोट का रक्षक हरूलाइ नमार्दा अथवा नभगाउदा सम्म जारी रह्यो ।संखमणी मरेको हावा चल्ने बित्तीकै रक्षक हरू लडन भन्दा बेलकोट तिर पछी हटन थाले ।काजी कालु पाण्डे एक सानो गोर्खाली फौजको टोली लिएर नुवाकोट पुगे ।महदम कृती शाह पनी पृथ्वी नारयण शाह संगै नुवाकोट पुगे र नुवाकोट किल्ला भित्र पसे र नुवाकोट लाइ गोर्खा राज्यमा मिलाइयो , नुवाकोट को बिजय नै नेपाल एकिकरण अभियानको पहिलो खुडकिलो बन्नपुग्यो ।

२ मकवानपुर विजय

नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा मकवानपुर जो काठमाण्डौको दक्षीणमा पर्दछ त्याँह पनी परेको थियो ।१७६२ मा मोहोदम कृती शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेत को नेतृत्वको ११०० सेनाले मकवानपुर मा चढाँइ गर्यो ।मकवानपुर का राजा दिघ बन्दधन सेन तथा कनक सिंह बस्नेत ले परिवार लाइ सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाँइ भएका ले आठ घन्टाको संघर्ष पछी मकवानपुर छाडी हरी हरपुर गढी भागे त्यसपछी मकवानपुर नेपालमा मिलाइयो । काठमाण्डौ उपत्यका को दक्षीणमा पर्ने रणनीतीक महत्वको रहेका ले र उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले त्याँहा पनी आक्रमण गर्यो मकवानपुरे सेनाले बाहदुरी पुर्वक लडे पनी ५०० जानको ज्यान गुमाउदै लडाँइ हार्यो ।

मकवानपुर पछी शाही नेपाली सेना ले सांगा नाला, माहदेव पोखरी तथा काभ्रै जिती उपत्यका लाइ चारै तिरबाट घेर्न सफल भयो ।


कृतीपुर तथा काठमाण्डौ उपत्यका बिजय

त्यसको केही वर्ष काठमाण्डौ उपत्यका लाइ चारै तिर बाट घेरेर नाकावन्दी गरी सकेपछी कृतीपुर जस्ले गोर्खाली लाइ दुइ दुइ वटा लडाँइमा हराएको थियो जाँहाको लडाँइमा गोर्खाली वीर कालु पाण्डे मारीए , शुरू प्रताप शाह को आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो कृतीपुर तेश्रो चोटी नाकावन्दी को प्रभावले लडाँइनै नगरी गोर्खा राज्यमा गाभियो ।त्यसपछी छ महिना अर्को नाका बन्दी लगाइ कान्तपुर तथा पाटन पनी सर भयो कुनै युद्धनै गर्नुपरेन ।त्यसको एक वर्षपछी भक्तपुर कब्जा गरियो यो लडाँइमा भने थुप्रै जनधन को क्षती भयो ।काठमाण्डौ एकिकरण पछी गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाण्डौ मा गोर्खा बाट राजधानी सारीयो.


बिजयपुर तथा चौदण्डी

उपत्यका बिजय पस्चात शाही नेपाली सेना बिभिन्न सेना नायक को नेतृत्वमा बिजयपुर, चौदण्डी बिजय गरी नेपालको सिमाना कन्काइ नदी सम्म पुर्याउन सफल भयो माझ किरात, पल्लो किरात पनी नेपाल मा मिलाइयो । यतिकै मा पृथ्वी नारायण शाह को देहान्त वि.सं.१८३१ मा भएपछी पुर्वी अभियान केही वर्ष रोकियो ।

पृथ्वी नारायण शाह को निधन पछी पनी नेपाल एकिकरण अभियान जारी रह्रयो ।रानी राजेन्द्र लक्ष्मी ले नेपाल एकिकरण अभियान लाइ अगाडी बढाइन ।

तनँहू, चितवन बिजय

रानी राजेन्द्र लक्ष्मी ले दामोदर पांडे तथा रामकृष्ण कुवंरको नेतृत्वमा पठाएको शाही नेपाली सेनाको टोली ले तनहू र तनहु द्धरा प्रशासीत चितवन नेपाल मा गाभ्यो ।

रानी राजेन्द्र लक्ष्मी को मृत्यु भए पछी राजकुमार बाहदुर शाह ले भतिजा रणबाहदुर शाह को रिजेन्ट भइ एकिकरण अभियान जारी राखे । पस्चिम तिर एकिकरण बढाउन सबै भन्दा ठुलो चुनौती रहेको पाल्पाका राजा सँग बैवाहीक साइनो जोडेर राजकुमार बाहदुर शाह ले अभियान लाइ अगाडी बढाए ।


पस्चिम बिजय अभियान

बिभिन्न कमान्डर हरू(खास गरी बडाकाजी अमर सिंह थापाको नेतृत्वमा) को नेतृत्वमा गएको शाही नेपाली सेनाको टोली ले कास्की, लम्जुंग तथा लगायतका राज्य हरू नेपाल मा मिलायो । त्याँहा बाट अगाडी बढेको ।सेनाले पस्चिममा सतलज नदी तरेर कांगडा किल्ला पुगी त्यो किल्ला पनी ३ बर्ष सम्म बडाकाजी अमर सिंह थापाको शासन मा रह्यो तर पछी पंजावका राजा रणजित सिहं संग काँगडा का राजा ले सहयोग मागेर लडाँइ गरी नेपाली सेना लाइ सतलज नदी वारी फर्किन बाध्य बनाए ।साथै बाहदुर शाह को रिजेन्ट कालमा नेपाल पुर्वमा सिक्कीम, भुटान सम्म पुग्यो ।जस्लाइ टिस्टा देखी काँगडा सम्म को विसाल नेपाल भनिन्नछ । राजकुमार बाहदुर शाह को मृत्युपछी पाल्पा लाइ नेपालमा मिलाउने बाहेक नेपाल एकिकरण अभियान को अन्त्य हुन पुग्यो ।

नोटः स्थानाभावले याँहा उल्लेखनै नगरिए पनी अथवा छोटकरीमा चर्चा गरिएपनी शाही नेपाली सेनाले नेपाल एकिकरण अभियानका क्रममा थुप्रै लडाँइ लड्यो र ति हरेक लडांइ एकिकृत नेपालको भविस्यका लागी अत्यान्त मह्त्वपुर्ण रहेका थिए ।

देश रक्षाका युद्ध हरूः

१ मिरकासिम संग को युद्ध

मकवानपुर गढी नेपालका लागी सधै रणनितीक महत्वको रहेको छ ।मकवानपुर नै त्यो ठाँउ हो जाँह शाही नेपाली सेनाले मिर कासिम का फौजबाट ५०० भन्दा धेरै राइफल, दुइ तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ,कालीबक्स, बर्द बाहदुर र सबुज बनायो केही समय पछी पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भयो ।नेपाली सेना मा यो नै पहिलो चोटी फाइल सिस्टम गरेर सेना ब्यवस्थीत गरिएको अवसर थियो नेपाली सेनाको इतिहास मा पहिलो चोटी बनाइएका यिनै संगठन रहेका थिए ।साथै शाही नेपाली सेना ले कुनै पनी बिदेसी सेना संग लडेको पनी पहिलो अवसर थियो ।.

यो युद्ध मकवानपुर गढी का सेना नायक सरदार नन्दु शाह थिए उनी संग ४०० जती सेना थोरै बन्दुक अरू परंपरागत हतियार, खुकुरी,तरवार,घुएत्रो, लगायत रहेका थिए । त्यसैले उनी हरू हान र भागको रणनिती साथ उत्रेका थिए जस्ले शत्रुलाइ अचम्भीत पारी रहेको थियो ।शाही नेपाली सेना ले राती आक्रमण गर्न का लागी आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो ।

मिरकासिम का सेनाका सेना नायक गुरगिन खाँ थिय उनि सँग २५०० सेना र तोपहरू , बन्दुक , राम्रो लजिस्टीक सर्पोट तथा ब्याकअप फोर्स समेत थियो ।उनिहरूको आक्रमण बेस मकवानपुर फेदीमा थियो तिनी हरू रात्री आक्रमण गर्ने योजनामा थिए ।जब शत्रुको ठुलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घर हरू पहिले नै खाली गरि सकीएको थियो उनीहरूलाइ खाना को अभाव हुन थाल्यो । मकवानपुर गढी त्याहा बाट ९ कि मी माथी पाहडको टुप्पामा रहेको थियो साथै नेपाली सेनाले सबै बाटाहरू सबै समेत थुनीदीएका थिए तर पनी शत्रु उनी हरूलाइ पछाडी मकवानपुर गढी धकल्न सक्षम भइरहेको थियो झन्डै ३०० शत्रुले नेपाली हरूलाइ अझ रक्षात्मक बनाउदै २० जनवरी १७६३ मा आक्रमण शुरू गरे । तर तिनी हरू त्यतीखेर दंग परे जती खेर तिनी हरू ताप्लाखारमा बिसाइ मारी रहेका थिए काजी बंस राज पांडे तल बाट उनीहरू माथी जाइ लागे, काजी नरसिंह बस्नेत ले माथी बाट गुरगिन खाँका सेनालाइ हाने ।र नन्दु शाहको नेतृत्वको नेपाली सेना ले अगाडी बट हाने । तिन जना कुसल कमान्डर को रातको अप्ठेरोमा पनी शाही नेपाली सेना बाहदुरी पुर्वक लडेर शत्रु नास्न सफल रह्यो ।मिर कासीमका १७०० सेना मारिए ३० नेपाली सेना ले पनी शाहदत प्राप्त गरे नेपाली सेना ले शत्रुका ५०० राइफल दुइ तोप अन्य सैन्य सामाग्री प्राप्त गर्यो अझ महत्वपुर्ण यो लडाँइ बाट प्राप्त श्रोत पछी नै शाही नेपाली सेना लाइ संगठनीक संरचना मा ढाल्ने काम शुरू भयो ।


२ पौवागढीमा कप्तान किनलोका संगको युद्ध

कान्तीपुरका राजा जयप्रकास मल्ल एकिकरण गर्दै अगाडी बढीरहेका गोर्खाली शक्ती विरूद्ध उनलाइ सहयोग गर्ने बिदेशी शक्तीको खोजीमा थिए ।उनले बेतीयामा रहेका ब्रिटीस काउन्सेलर ग्लाडिङ लाइ ब्रिटीस इस्ट इन्डिया कम्पनी सरकार बाट आपतकालीन साहयताको लागी आग्रह गरे ।आफ्नो तर्फबाट राजा पृथ्वी नारायण शाह ले पनी कान्तीपुर वा गोरखा जे भए पनी यो नेपालको आन्तरीक मामीला भएको र यसमा हस्तक्षेप गरी कान्तीपुर का राजा लाइ हस्तक्षेप नगर्न चिठी लेखे तर कम्पनी सरकारले पृथ्वी नारायणको आग्रहलाइ अस्वीकार गर्दै गोर्खा फर्किन र कान्तीपुर कु ब्यापार मार्ग खुला गर्न चेतवनी दियो ।थुप्रै सैन्य अभियान का वरिष्ठ सेनानायक कप्तान किनलोक नेतृत्वमा सस्त्र अस्त्रले सुस्सजित २४०० सेना तथा सहयोगी समुहका साथ नेपाल आक्रमणका लागी ब्रिटीस इस्ट इन्डीया कम्पनी सरकार ले खटायो ।कप्तान किनलोक ले भारतको पटना बाट काभ्रेपलान्चोक को पनौतीलाइ निसाना बनाएर अघि बढे। किनलोक पटना बाट १७ अगस्त १९६७मा हिडे तर जव उनीहरू जव ढुङग्रेबास बाट सिन्धुलीगढीका लागी अघि बढदै थिए नेपाली सैन्य टोली हरूले अगाडी र पछाडी दुबैतिर बाट अकास्मीक आक्रमण गरे किनलोक का थुप्रै सेना मारिन पुगे उनी १६०० जती घाइते सेना लिएर पछाडी जनकपुर तिर फर्के र उनले अर्को आक्रमण बाग्मती नदीको किनारै किनार गर्ने योजना बनाए र निसान हरीहरपुर गढी लाइ बनाउने निधो गरे । उनका ७०० सेना घाइते थिए तर पनी उनको दोश्रो सैनिक अभियान २० सेप्टेम्बर १७६७ मा हरिहरपुर गढीका लागी सुरू भयो ।तर खराव जलवायु को स्थीती अनी बढेका नदी हरू अर्का अप्ठेरा बनेका थिए ।पृथ्वी नारायण शाह ले हरीहरपुर गढी को सुरक्षाका लागी रामकृष्ण कुंवर लाइ तैनाथ गरेका थिए ।किनलोक ले जब रामकृष्ण कुवंर हरिहर पुर गढी मा रहेको थाह पाए अनी असजीलो महसुस गरे उनी नेपाली सेनाले देखाएको रणकौसल बाग्मती लगायतका बढेका खोला नाला लगायत ले मानसिक रूपमा थकित थिए । अन्तमा भएको एक लाडांइ पछी उनी बचेका केही सेना लिएर तुरून्त भारत फर्के ।

३ नेपाल अंग्रेज युद्ध १८१४ सन

सिमाको खिचलो अतीमहत्वकांक्षा ले नेपाल अंग्रेज युद्ध निम्तयाएको मान्न सकिन्छ । पचास बर्षे एकिकरण अभियान ले गर्दा नेपाली हरू लगातार लडदै आइरहेका थिए नेपालको ठुलो धनरासी एकिकरणका क्रमकमा सकिइरहेको थियो ।अझ त्यसमाथी अत्यन्त धेरै धनरासी तिब्बत नेपाल र नेपाल, तिब्बत, चिन बिचका पहिलो र दोश्रो लडांइमा खर्च भएको थियो । अझ अव गएर नेपाली हरू भन्दा सयौ गुना सक्तीसाली र आधुनीक सैन्य तथा प्रबिधी भएको उपनीवेशक ब्रिटेन संग लडनु पर्ने परिस्थीती श्रृजाना भयो । नेपाली सेना नायक हरूलाइ पुर्वमा टिष्टा देखी पस्चिम गढवालको अलकान्नद वितरण गर्न अत्यान्त गाह्रो थियो ।बडा काजी अमर सिंह थापा, वीर बलभद्र कुंवर तथा सरदार भक्ती थापा लगायत त्यो समय ब्रिटेन संग लडांइ गर्ने पक्षमा थिएनन ।तर प्रधानमन्त्री भिमसेन थापा र उनका भारदार हरूले निर्क्योल निकाले कि नेपाल संग १४०० सेना केही तोप र ४००० राइफल ब्रिटेन संग लडन पर्याप्त छन ।

नेपाल ब्रिटेन युद्ध नेपालका लागी यौटा दुखद परिक्षा सावित भयो , आधाभन्दा बढी नेपाली भुमी लडांइमा गुम्यो, तर लडांइले नेपाली हरूको अप्ठेरो युद्धमा पनी रणकौसलता र बाहदुरी प्रमाणीत गर्न सफल रहयो । ब्रिटिस सेनाको नेपाल विरूद्धको रणनिती थुप्रै ठांउमा आक्रमण गर्ने तर काठमाण्डौलाइ तारो बनाउने रहेको थियो । साथ साथै तिनी हरू पुरै कुमाउ गढवाल र हालको हिमाचल प्रदेशमा पर्ने बुसहैर र नजिक का पाहडी नेपाली राज्य हरू कब्जा गर्ने रणनिती थियो ।साथै ब्रिटीस हरू अरू क्षेत्र पनी गोर्खाली मुक्त पार्न चाहन्थे त्यसैले उनीहरूले सिख र मराठा हरू संग सन्धी गरि मित्रता बनाए ।उनीहरू चिनीया हरूलाइ समेत प्रभावीत पारी रहेका थिए भन्नाले उनी हरू नेपाल विरूद्ध ठुलो सैन्य अभियान चालिरहेका थिए जसले नेपाली सेनालाइ बांडने र सान साना खण्डमा टुक्रयाउने योजनाका साथ आएका थिए । उनी हरूका सेना नेपाली सेना भन्दा आधुनीक सस्त्र अस्त्रले सुस्सजित मात्र थिएनन उनीहरूलाइ बन्दोबस्तीका समान पनी पर्याप्त दिइएको थियो ।

मेजर जनरल मार्ले पहिलो डिभीजनको नेतृत्व गर्दै मकवानपुर कब्जा गरी कठामाण्डौ का लागी अगाडी बढन खटीए भने मेजर जनरल जोन सुलभियन वुड दोश्रो डिभीजनको नेतृत्व गर्दै बुटवल पाल्पा नुवाकोट हुदै उपत्यका हान्न खटिए मेजर जनरल रोलउ जिलेस्पी तेश्रो डिभीजन लिएर सहरानपुर हुदै देहरादुन र श्रीनगर हान्न अघिबढे ।कर्णेल अक्टरलोनी लाइ चौथो डिभिजन दिइ बिलासपुर, रामगढ, अर्की,मलाउ,सुबाथु, तथा जैथक हान्दै जिलेस्पीका सेनामा मिसीन पठाइयो ।साथै क्यापटेन लेटरलाइ २४०० भन्दा बढी सेना दीइ जनरल मार्ललाइ सुरक्षा दिन बारा पठाइयो ।

४ पहिलो नेपाल तिब्बत युद्ध

नेपालका लागी तिब्बत प्रागएतिहासिक काल देखी राम्रो बजार थियो नेपाली ब्यापारी हरूले आफ्नो ब्यापारीक संबध तिब्बतमा अती राम्रो राखेका थिए । नेपलका राजा अंसुर्वमा ले छोरी भृकुटीको विवाह तिब्बतका राज स्रङचगं गम्पो संग गरिदीनुका साथै थुप्रै नेपाली ब्यापारी तथा सरकारी कर्मचारी हरूले तिब्बती केटी विवाह गर्ने गर्दथे । व्यापारीक रूपमा पनी नेपालका लागी यो संबध लाभकारक थियो किनकी तिब्बत आफैले सिक्का बनाउदैनथ्यो नेपाली चांदीका पैसानै तिब्बतका पनी पैसा का रूपमा उपयोग हुन्थे ।

तर त्यो राम्रो संबध तब बिग्रन थाल्यो जब मल्ल राजा हरूले काठमाण्डौ एकिकरणको अवस्था तिर शुद्ध चांदीका पैसा नपठाइ मिसावटी चाँदीका पैसा पठाउन थाले, जब पृथ्वी नारायण शाह ले उपत्यका एकिकरण संपन्न गरे तिब्बतले मिसावटी मुद्रा लाइ शुद्ध चांदीका मुद्राले साट्नुपर्ने माग गर्यो । उनले यदी तिब्बती माग पुरा गरेमा आफुलाइ ठुलो घाटा हुने देखे त्यसैले उनको देहान्त सम्म यो मुद्धा यथास्थितीमा रह्यो । साना राजा रणवाहदुर शाही रिजेन्ट भएकी राजमाता रानी राजेन्द्र लक्ष्मीले सन १८८८ मा यो मुद्रा समस्या हल गर्ने प्रयास गरिन साथै नेपाल तिब्बत संबधमा अर्को दुखद घटना स्यामर्पा लामा र उनका १४ चेला हरूलाइ नेपाल ले सरण दिने भन्ने कुरा ले घटन पुग्यो । उनी तिब्बतबाट राजनितीक तथा धर्मिक कारणले गर्दा नेपाल पसेका थिए । त्यसैगरी अर्को कारण तिब्बत बाट नेपाल आउने सबै नुन तिब्बतले नेपाल लाइ त्यसबेला उपलब्ध गराइ रहेको नुन अत्यान्त निम्न स्तरको नुन थियो तिब्बत नेपाल ले दिएको चेतावनीको वेवास्ता गर्दै युद्धको तयारी गर्न थाल्यो । त्यसैपछी नेपाली हरूले तुरून्त तिब्बतमा थुप्रैठांउ बाट आक्रमण बनाउन बाध्य भए ।


५ नेपाल तिब्बत चिन युद्ध

आफुसंग अर्को कुनै उपाय नभएका ले तिब्बती हरूले केरूंग सन्धी गरेका थिए दलाइ लामा ले समयमा कसै बाट कुनै पनी सहयोग पाउन नसकेका ले उनी अप्ठेरो पारगर्न वार्षीक ५०००० जरिवाना तिर्न राजी भएका थिए, त्यसैले त्यो रकम त्यो वर्ष तिरे पनी अर्को वर्ष तिरेनन नेपालले यसलाइ आफ्नो अपमान ठान्यो त्यसैले राजकुमार बाहदुर शाह अर्को युद्धको तयारी गर्न लागे । केरूगं दख्खलः काजी अभिमान सिहं बस्नेत लाइ केरूगं मोर्चाको नेतृत्व दिइ क्यापटेन कालुपान्डे, सरदार जसवन्त भण्डारी र सरदार रणजित कुंवर लाइ अन्य कमान्डर नियुक्त गरियो ।उनिहरूको लाइ दिइएको जिम्मवारी झुंगा कब्जा गरी काजी दामोदर पान्डेलाइ भेटी दिर्घाचा कब्जा गर्न सघाउनु थियो ।

कुती दख्खल : यो अभियानका कमान्डर काजी दामोदर पान्डे थिए क्यापटेन बम शाह, काजी जहर सिंह बस्नेत, सरदार प्रितम राना मगर, टकसारी नरसिंह गुरूगं उनका साहयक कमान्डर थिए, उनीहरूको काम कुती कब्जा गरी दिर्घाचा कब्जा गर्न काजी अभिमान सिंह संग भेटनु थियो । खार्ता दख्खल: पुर्वीनेपाल को संखुवासभाको चैनपुर बाट अगाडी बढेको यो सैन्य टोलीको नेतृत्व काजी किर्तीमान सिंह बस्नेत ले गरेका थिए भने उनका साहयक कमान्डर हरू सुब्बा पदम सिंह बस्नेत तथा सुब्बा मधु शाही थिए । यिनी हरू खार्ता कब्जा गरी कुती मा दामोदर पान्डे लाइ भेटी दिर्घाचा कब्जा गर्न खटिएका थिए ।

मुख्य युद्ध

रसुवा गढी र टिमुरे सैनिक सहयोग र रसद पानी का लागी महत्वपुर्ण मुकाम थिए त्याहा मल्ल काल देखी नै यौटा किल्ला बनाइएको थियो त्यसै गरी दुगुना गढी र लिस्ती नजीकैका लजिस्टीक ब्याकअप विन्दु थिए । नेपाली सैनिक नेपाल चिन तिब्बत सिमा नाघी त्याहा पुगे किनकी की रक्षात्मक लडांइ का लागी तिठांउ उपयुक्त थिए ।सबै कमान्डर हरूले आफ्नो जिम्माका अभियान सजिलै सकि दिर्घाचा नराम्रो संग हान्न पुगे र लामा हरू सबै पछाडी हट्न बाध्य भए नेपाली कमान्डर हरू ले ५० धार्नी सुन र १ लाख रूपैया युद्धको क्षतीपुर्ती स्वरूप दिर्घाचा मा रहेका तिब्बती अधिकारी हरू संग माग गरे ।लामा हरूले त्यो तिर्न अस्विकार गरे । नेपाली सेना नेपाल फर्के पछी दलाइ लामा र तिब्बतमा रहेका चिनीया अम्बान ले चिनीया बादशाह लाइ नेपालीको आक्रमण तथा तुरून्तै सैन्य साहयताको जानकारी गराए ।

यता नेपालमा भने नेपाली हरू खुसी मानाइ रहेका थिए बाहदुर शाह निकै प्रशिद्ध भए उनलाइ सुयोग्य बाबुका सुयोग्य छोराको रूपमा सम्मान गरियो ।तर रमाइलो त्यतीबेला अर्कै मोड लियो जब ठुलो चिनीया सेना नेपाल विरूद्ध तिब्बत लाइ सहयोग गर्न ८ मार्च १७९२मा लासा पुगीसकेको खबर नेपाल पुग्यो, नेपाल सम्पुर्ण आयश्रोत एकिकरण अभियानमा लगाउदै र भर्खर भएको नेपाल तिब्बत युद्धमा खर्च गरेका ले आर्थिक रूपमा कमजोर थियो । त्यस्तो बेला चिन तिब्बत संयुक्त को ठुलो संयुक्त सेना संग लडनु निकै गाह्रो थियो ।नेपाली सेना ले पाएको सुचनाका आधारमा चिनीया सैनिक नेतृत्व कर्ता फुकांग उनका मित्र हरू थुंग थांग र चुन चान मुख्य सैनिक कमाण्डर रहेका उनी हरू संग मुख्य गरी ११००० चिनिया सेना थप ३००० तिब्बती सेना का साथै ३००० तिब्बती रिर्जभ सैनिक समेत भएको जानकारी हुन आयो ।त्यसबाहेक तिब्बत ले काल्लोगं होर खांगको नेतृत्वमा १०००० सेना तयारी गरीरहेका पनी थाह भयो सत्रुको मुख्य शक्ती १७०००० सेना रहेको देखीयो तर अर्को खबरले पुस्टी गर्यो कि उनी हरू संग स्थाइ, अस्थाइ सबै गरी ६०००० देखी ७०००० सैनिक रहेका र चिनीया सेना तिन मुख्य रणमार्गमा नेपाल विरूद्ध आक्रमण गर्न परिचालन गरिएका थाह भयो । पहिलो टोली पहिलो टोली कुती बाट सोझै नेपाल पट्टी वर्लने भएको थियो भने दोश्रो सैन्य टोली लासा, कुती,दुगुना,लिस्ती,जलवीरे, चौतारा हुदै इन्द्रावती नदी तरेर देवपुर नालदुम माहदेव पोखरी हुदै काठमाण्डौ हान्न हिडेको थियो र तेश्रो टोली चाही लासा बाट खार्ता हुदै पुर्वी नेपालको चैनपुर हुदै नेपाली राजधानी आइपुग्न चाहान्थ्यो ।खार्ता हुदै आउने तेश्रो टोली ३००० जानाको सानो टोली थियो उनी हरूलै रसदपानी पाउन पनी असुबिधा र चैनपुर क्षेत्रमा बसोबास गर्ने स्थानीय ले पनी समर्थन नगर्ने स्थिती भएपछी उनिहरूले सेना सुरूतिरै फर्काए , अन्तत चिनिया सैनिक नेतृत्वले दुइ मुख्य मार्ग कुती बाट चेगं त्से को नेतृत्वमा तथा केरूगं बाट फुकांग आफै तथा कालोगं होर्कान्डको नेतृत्वमा नेपालमाथी आक्रमण गर्ने निर्णय गरे ।


६ अन्तिम नेपाल तिब्बत युद्ध

प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री जंगबाहदुर राणाको उदयपछी नेपाल ले राजनितीक स्थाइत्व पाइरहेको अवस्था थियो जंग बाहदुर ले आफु शक्ती मा आएपछी सेनाको निरंतर बिकासमा लागे र उनी मानसिक रूपमा तिब्बत संग लडांका लागी तयारी गर्न थाले । किनीक दोश्रो नेपाल तिब्बत चिन युद्ध पछी भएको बेत्रावती सन्धी अपमानपुर्ण र नेपालका लागी अहित कारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहान्थे, चिनया र ब्रिटेनलाइ पर राख्ने कार्यमा सफल भइसकेपछी जंग बाहदुरले १४००० नंया सेना भर्ती गरे त्यसै गरी ८० वटा १२ पाउन्डरको तोपहरू २४ वटा ६ पाउन्डर को तोप हरू थुप्रै संख्यामा पाहाडी मोर्टार हरू होइजार हरूको ब्यवस्था गरियो । देश शुरक्षाका लागी १२००० सेना छुट्याइ पस्चिम र पुर्वि कामन्डिङ जर्नेल हरूलाइ पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो । थुप्रै प्राबिधीक लाइ काम लगाइ बन्दुक,गोली, युद्ध सामाग्री बनाइयो , हरेक लडाकु सैनिकलाइ बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछी यो नै नेपालको सबै भन्दा ठुलो युद्धको तयारी थियो । जुम्ला धनकुटा लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवान हरू तैनाथ गरियो ।

त्यसपछी नेपाल ले तिब्बत लाइ एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाइ फर्काउन । नेपाली ब्यापारी हरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्यो । तिब्बत ले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणा ले सन १८५५ को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियान को नेतृत्व बम बाहदुर कुवंर ले २५७२८ सेना का साथ गरे भने, कुती अभियानको नेतृत्व धिर समसेर ले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङ बाट कृष्ण ध्वज कुवंर ले २५०० सेना का साथ अगाडी बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवर ले गरे ।

शत्रु तर्फका मुख्य सेना नायक सेथ्या काजी थिए उनी संग ५० हजार सेना रहेको थियो । तिनी हरू मध्य ८००० दिर्गाचामोर्चामा तैनाथ थिए भने ४० हजार सेना टिंगरी क्षेत्रमा तैनाथ थिए, कुनै लडांइ बिना नेपाली सेना ले केरूङ कब्जा गर्यो तर तिब्बती हरू आफु अनुकुलको ठांउमा लडनका लागी ठुलो शक्तीका साथ बसी रहेका थिए जब नेपाली सेना ले त्यो कुरा थाह पाए जंग बाहदुर राणा ले थप ठुलो सेना तोप सहित जगत समसेर तथा कर्णेल भक्त जंग कुंवर को नेतृत्वमा त्यस तर्फ पठाए । बम बाहदुर ले कुकुरघाट सजिलै पार गरे दसदिन देखी झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती सेना मारिए र अन्तमा आत्मसर्मपण गरे ।

उच्चपाहडको को टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढी मा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजिक पुगे तिब्बती हरूले फाएर खोले , अत्यान्त चिसो जलवायु साथै ठुलो हिमपात पनी रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए अन्तमा दुइ छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६०० तिब्बती युद्ध बन्दीको रूपमा समातिए ।

अर्को लडाइ झुंग गढी मा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढी मा १० हजार सम्म सेना राख्न सकिने ब्यवस्था थियो त्याह त्यती बेला ६००० तिब्बती सेना त्यसको सुरक्षा को लागी बसेका थिए ।त्यांहा पनी नेपालीका लागी प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछी ११०० युद्ध बन्दी भएपछी लडांइ सकियो त्यो लडांइमा ३७२ नेपाली ले पनी वीरगती प्राप्त गरेका थिए । कुती क्षेत्र मा अगाडी बढेका जनरल धिर समसेर अप्रील १८५५ मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडी दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियो लाइ पनी सुरक्षित बनाए । सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बती हरू तोप सहित बसेका थिए धिर समसेर ले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो ।गारै संग नेपाल ले लडां जित्यो तिब्बती हरू पछाडी हटन थाले र लडांइ भन्दा सन्धीको कुरा गर्न थाले एक चिनिया को नेतृत्वमा एक कुट नितीक मिसन १३ अगस्ट १८५५मा कुराकानी गर्न काठमाण्डौ आइपुग्यो तर सहमती हुन सकेन ।नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बत संग नेपाल ले ९००००० रूपैया युद्धको क्षतपुर्ती माग्यो तिब्बत ले तिर्न इन्कार गर्यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्यो किनकी उनिहरू ठुलो सेना पुर्नसंगठन गर्दै थिए । अन्तत १ नोभेम्बर १८५५मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठुलो प्रत्यक्रमण सुरूगरे नेपाली हरूका लागी यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुंवर राणा आफ्नो स्थानमा डटेर रहे जंग बहादुर राणा ले जब यो खबर पाए अनी थप सेना झुंगा र कुती दुबै तर्फ पठाए धिर समसेर ले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठांउका युद्द जिते । नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधधानी आइपुग्यो जनवरी १८५६ मा एक महिना पछी थापथली सन्धी मा नेपालका प्रधानमन्त्री जंग बाहदुर राणा तथा तिब्बतका कोलान सत्र द्धारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हद सम्म बेत्रावती सन्धी भन्दा नेपालको पक्षमा छ ।


अन्तराष्ट्रिय युद्धमा संलग्नता

१ सिपाही विद्रोह

भारतीय हरूले ब्रिटीस विरूद्ध स्वतन्त्रताको संघर्ष सुरूगरे अंग्रेजी सैनिक सेवामा जागिर गरी रहेका भारतीय सैनिक हरूले पनी त्यसमा साथ दिन थाले ।सिपाही विद्रोह भारतको मेरठ केन्टोनमेन्ट बाट सुरू भयो ब्रिटीस साम्रज्य ले नेपाल संग सहयोग माग्यो बाठा कमान्डर इन चिफ तथा प्रधानमन्त्री जंगबाहदुर आफै कर्णेल पहलमान सिंह बस्नेत, कर्णेल भैरव नरसिंह राणा १७००० सैनिक का साथ विद्रह समनका लागी सहभागी भए ।५००० विद्रोही मारिए गोरखपुर,जोमपुर,लखनउ,पिपर साहेबगंज, बेलवा तथा जलालपुर मा गरी ५०० समातिए, यो नेपाली सैनिक अभियान पछी नेपाल र ब्रिटेनको संबधमा यौटा नयाँ आयामा थपियो १८ नोभेम्बर १९६० मा एक सहमतीपत्रमा हस्ताक्षर गरियो नेपाल संग खुसी भएका ब्रटीस हरूले १८१६ को सुगौली सन्धी अनुसार नेपाल ले गुमाएको राप्ती देखी माहकाली नदी बिचको तराइ नेपाल ले फिर्ता पायो ।


२ पहिलो विस्व युद्ध

पहिलो विश्वयुद्धमा शाहीनेपाली सेना का फर्ष्ट राइफल, काली बक्स, समसेर दल, जवर जंग, पसुपती प्रसाद, भैरबनाथ, सेकेन्ड राइफल, भैरंग, तथा श्रीनाथ गण हरूले भाग लिए । १४००० नेपाली सेना भारतमा तैनाथ गरियो सैनिक हरू मार्टीन हेनरी तथा इनफिल्ड राइफल ले सुसज्जित थिए । नेपाली सेना का मुख्य कमानडर हरू जनरल बबर समसेर, जनरल तेज समसेर तथा जनरल पदम समसेर रहेका थिए ।नेपाली सेनाको साहस, कर्तब्यपरायणता तथा जुझारूपनको पहिलो विस्वयुद्धमा पुन एक चोटी मुक्त कंठाले प्रसंसा गरियो ।


३ वजरीस्थानको युद्ध

ब्रिटीस भारतको उत्तर पस्चिमी सिमा क्षेत्र वजरीस्थानमा त्याहाका लाडाकु हरूले ब्रिटीस सासन नमान्ने घोषणा गरे , त्याहांका मुसाद भनिने पठान लडाकु सरदार हरूले पहलो विश्वयुद्धमा लडिरहेका ब्रिटीस हरू संग लडन तयारी गरे ।ब्रिटेन लेस्थिती नियन्त्रणका लागी नेपाल लाइ सैन्य साहयताका लागी अनुरोध गर्यो त्यसै अनुसार महेन्द्र दल र फर्ष्ट राइफल गणलाइ १९१७ को मार्चमा विद्रोह समनका लागी परिचालन गरियो यो नेपाल ब्रिटेन संयुक्त सैनिक कारवाही टोली थियो नेपाली फर्ष्ट राइफल ले ब्रिटीस ४३ ब्रिगेड संग तथा महेन्द्र दल ले ब्रिटीस ४५ ब्रिगेड संग सहभागि भए । नेपाली सेना, ब्रिटीस गोर्खा फोर्सका नेपाली, अन्य ब्रिटीस सैनिक हरू सबैले सो घमासान लडाँइमा बाहदुरी पुर्वक लडे थुप्रैले मृत्युवरण गरे, थुप्रै नेपाली सैनिक लाइ ब्रिटीस पदक द्धारा सम्मान गरियो ।


४ अफगानिस्तानको लडांइ –1919

पहिलो विश्वयुद्धको समाप्ती पछी ब्रिटीस इन्डिया अफगानिस्तान को लडांइमा जाने निर्णय गर्यो, सदा झै नेपाल लाइ पुन सैन्य सहयोग्का लागी अनुरोध गरियो नेपाली सेनाको लागी ट्याक्टीकल तालिम १९१९ मे देखी सुरू गरियो । जनरल बबर समसेर नेपाली सेनाको नेतृत्व गर्दै ब्रिटीस सैनिक नजिक पुगे उनको सैनिक टोली लाइ १३ तोपको सलामी ले स्वागत गरियो । सेना हरू औताबादमा एकतृत गरियो त्यसपछी पहिलो गणलाइ नौसेरामा तैनाथ गरियो भने दोश्रो गणलाइ मर्दानमा तैनाथ गरियो लडांइ सुरूभयो , अप्ठेरो स्थिती पछी अफगानिस्तानका अमिरले रूस संग सैनिक साहयतामागे तर रूस आफै गृहयुद्धमा भएका ले सहयोगगर्न असमर्थ थियो अन्तत अफगानिस्तान सान्ती सन्धीका लागी तयार भयो । लडांइ रोकिएपछी पनी नेपाली सैनिक अर्को तिन महिना त्याह रहे र त्यसपछी मात्र फर्किए ।


५ दोश्रो विस्वयुद्ध

नेपाल र ब्रिटेनका बिच भएको आन्तरिक सन्धी अनुसार नेपाली सैनिक दोश्रो विस्वयुद्धमा परिचालन गरियो । युद्धमा भाग लिएका सैन्य टोली हरू , श्री नाथ, काली बक्स, सुर्यदल, नयाँ गोरख, बर्दबाहदुर, काली बाहदुर, महेन्द्र दल, सेकेन्ड राइफल, भैरंग, जबर जंग, समसेर दल, सेर, देवी दत्त, भैरब नाथ, जगन्नाथ तथा पुरानो गोरख गण थिए , त्यसका अलावा थुप्रै नेपाली उच्च सैनिक अधिकारी हरू समेत सहभागि थिए ति मध्य स्वर्गिय कमान्डर इन चिफ किरण समसेर राणा, पुर्व कमान्डर इनचिफतथा बर्तमान फिल्ड मार्सल निर समसेर राणा संयुक्त प्रधानकार्यलयमा शाही नेपाली सेनाका तर्फबाट लाइजन अफिसर थिए, जब जापान दोश्रो विश्व युद्धमा डिसेम्बर १९४० मा सहभागि भयो अनी दक्षिण एसियाको ब्रिटीस उपस्थितीमा खतरा उत्पन्न भयो ब्रिटेन ले भारत तथा बर्माका मोर्चाका सैनिक परिचालन गर्यो नेपाली महिन्द्र दल, सेर, काली बाहदुर तथा जगन्नाथ पनी संगै परिचालित भए यि नेपाली सैनिक हरू मित्र राष्ट्र हरूको सेना अन्तर्गत भएर लडांइ लडे जगन्नाथ गण इन्जिनिएर गणका रूपमा सहभागि भयो र जगन्नाथ गणले बाटो पुल तथा पानी का विन्दुहरू बनाउदै सैन्य अभियानमा हिस्सा लियो । नेपाली सेना ले विभिन्न क्षेत्रमा १४ सेनाको अधिन रही जापानी सेना लाइ पछी हटन बाध्य पारे, अन्तत जापानमा आणविक बम खसालिए पछी जापान ले आत्मसर्मपण गर्यो धेरै जसो नेपाली सैनिक काठमाण्डौ फर्काइयो यौटा ठुलो बिजय परेड २८ अक्टोबर १९४५ मा आयोजना गरियो साथै १९४५ मै नेपाली सैनिक तथा ब्रिटीस सैनिक लडेका स्थानमा नै उनिहरूलाइ मान पदवी प्रदान गरी सम्मान गरियो ।


६ हैदरबाद एक्सन – 1948

ब्रिटेन ले भारत छोडीसकेपछी ब्रिटीस भारत पाकिस्तान र भारतमा बिभाजित भयो मुस्लिम र हिन्दु धर्मावलम्बी हरूका बिच ठांउ ठांउमा धार्मिक दंगा हुन थाल्यो, भारतिय प्रधानमन्त्री जवाहर लाल नेहरू ले स्थिती नियन्त्रणमा लिनका लागी सैन्य साहयताका लागी अनुरोध गरे, नेपालका राणा सासक हरूले नेपाली सेना भारतमा तैनाथ गर्ने निर्णय गरे त्यसै अनुसरा श्रीनाथ, कालीबक्स, काली बहादुर गणेस दल, समसेर दल, नयाँ गोरख, बर्दबहादुर, देवीदत्त, सेर, भवानी दल, नरसिंह दल, पुरानो गोरख, गोरखनाथ गण, भैरंग, जबरजंग तथा काली प्रसाद गण हरूले यो मिसनमा भाग लिए ।शाही नेपाली सेनाको नेतृत्व जनरल सारदा समसेर राणा ले गरेका थिए । नेपाली सेना हैदरवाद, राँची, कलकत्ता, देहरादुन, रामगढ लगायतका ठाँउमा तैनाथ गरियो ।नेपाली सेना ले स्थिती नियन्त्रण गर्न ठुलो योगदान दियो भारत सरकार को अनुरोधमा केही नेपाली सेना ले हैदरबाद एक्सन मा समेत भाग लिए जुन भारतिय गणतन्त्रका लागी ठुलो सहयोग थियो हैदरबादमा अभियान सफल भैसके पछी पनी नेपाली सेना हरू अर्को आठमहिना बसी मार्च १९४९मा नेपाल फर्किए ।विश्वयुद्ध तिरको समय नेपाली सेना का लागी अनुभव, पेसागत दक्षता, सांगठनीक दक्षता, र भौतीक पुर्वाधार श्री वृद्धीको हिसाव ले नयां युग नै साबित भएको थियो त्यसपछी पनी नेपाली सेना ले नागरिक निकाय हरूलाइ धेरै वटा प्राकृतीक विपत्ती र अप्ठेरो हरू सहयोग गरि रहयो ।


अन्तराष्ट्रिय शान्ती स्थापना मिसनमा संलग्नता

देशभित्रका अस्थिरतामा संलग्नता

,,

"नेपालले लडेका युद्धहरू" श्रेणीमा रहेका पृष्ठहरू

कुल २३ मध्ये यस श्रेणीमा २३ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।