"कल्प" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले हटाउँदै: nl:Eon (Boeddhisme) (strong connection between (2) ne:कल्प and nl:Eon (boeddhisme)), ru:Калпа (strong connection between (2) ne:कल्प and ru:Кальпа)
सा clean up, added deadend tag using AWB (9415)
पङ्क्ति १: पङ्क्ति १:
{{dead end|date=अगस्त २०१३}}
[[file:हिन्दू समय.JPG|right|300px|thumb|हिन्दू समय इकाइ]]

[[File:हिन्दू समय.JPG|right|300px|thumb|हिन्दू समय इकाइ]]
{{हिन्दुधर्म}}
{{हिन्दुधर्म}}
'कल्प' शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ।<ref>McWhirter, Norris (November 1980). गिनियस बुक आफ़ वर्ल्ड रिकार्ड्स 1981. New York: Sterling Publishing Co. Inc.. ISBN 0-8069-0196-9.</ref> ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ बताइएबमोजिम - ‘सृष्टिकर्ताले सूर्य, चन्द्र, दिन, पृथ्वी र अन्तरिक्षको पूर्ववत् सृष्टि गरे। <ref>सूर्याचन्द्रामसौ धाता यवापूर्वमकल्पयत् .......... ऋग्वेद (१०।१९०।०३)</ref> बौद्ध धर्मग्रन्थमा पनि यस शब्दको प्रयोग हुन्थ्यो,<ref>हे भगवन्, कृपा गरेर हाम्रो कल्पमा निवास गर्नुहोस्, हे महाभाग, असंख्य मान्छेको कल्याण र सुखका निम्ति कल्पभरि निवास गर्नुहोस् -'महापरिनिब्बानसुत' ३।५३</ref> त्यहाँ पनि यस शब्दले समयकै एकाइलाई द्योतन गर्दथ्यो।
'कल्प' शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ।<ref>McWhirter, Norris (November 1980). गिनियस बुक आफ़ वर्ल्ड रिकार्ड्स 1981. New York: Sterling Publishing Co. Inc.. ISBN 0-8069-0196-9.</ref> ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ बताइएबमोजिम - ‘सृष्टिकर्ताले सूर्य, चन्द्र, दिन, पृथ्वी र अन्तरिक्षको पूर्ववत् सृष्टि गरे। <ref>सूर्याचन्द्रामसौ धाता यवापूर्वमकल्पयत् .......... ऋग्वेद (१०।१९०।०३)</ref> बौद्ध धर्मग्रन्थमा पनि यस शब्दको प्रयोग हुन्थ्यो,<ref>हे भगवन्, कृपा गरेर हाम्रो कल्पमा निवास गर्नुहोस्, हे महाभाग, असंख्य मान्छेको कल्याण र सुखका निम्ति कल्पभरि निवास गर्नुहोस् -'महापरिनिब्बानसुत' ३।५३</ref> त्यहाँ पनि यस शब्दले समयकै एकाइलाई द्योतन गर्दथ्यो।

१३:१३, ११ अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

हिन्दू समय इकाइ

'कल्प' शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ।[१] ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ बताइएबमोजिम - ‘सृष्टिकर्ताले सूर्य, चन्द्र, दिन, पृथ्वी र अन्तरिक्षको पूर्ववत् सृष्टि गरे। [२] बौद्ध धर्मग्रन्थमा पनि यस शब्दको प्रयोग हुन्थ्यो,[३] त्यहाँ पनि यस शब्दले समयकै एकाइलाई द्योतन गर्दथ्यो।

सृष्टिक्रम र विकासको गणनाका लागि 'कल्प' वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूका निमित्त एउटा प्रसिद्ध मापदण्ड हो। जसरी सामान्य मानव जीवनको साधारण आयु सय वर्ष मान्ने गरिन्छ, त्यसरी नै सृष्टिकर्ता ब्रह्माको आयु पनि सय वर्ष मान्ने गरिन्छ, तर मानव र ब्रह्माको आयुको गणनामा भिन्नता छ। ब्रह्माको एक दिनबराबरको समयलाई 'कल्प' भनिन्छ र ब्रह्माको प्रत्येक दिनको समाप्तिमा प्रलय हुन्छ, यसको अर्थ हो सृष्टिकर्ता ब्रह्माको रात्रीकाल प्रलय हो, रात बितेपछि ब्रह्माले पुनः सिर्जना गर्दछन् वा फेरि नयाँ सृष्टि हुन्छ। [४] मनुष्यलोकमा आजको सूर्योदयदेखि भोलि बिहानको सूर्योदयसम्मको अवधिलाई एक दिन(२४ घण्टा वा ६० घडी) भनिन्छ। ३६५ दिनको एकवर्ष हुन्छ। ४३२००० वर्ष वर्तमान कलि युगको समय सीमा हो। कलि युगभन्दा दोब्बर ठूलो द्वापर युग, तीनगुणा ठूलो त्रेता युग र चारगुणा ठूलो सत्य युगको समय मानिन्छ। त्यसैले द्वापर युगको समय ८६४००० वर्ष, त्रेता युगको समय १२९६००० वर्ष र सत्ययुगको समय १७२८००० वर्ष हुन्छ। यी चारै युगको संयुक्त अवधि अर्थात् ४३२०००० वर्षको एकाइलाई एक चतुर्युगी भनिन्छ। यस्ता १‚००० वटा चतुर्युगीको समयावधिलाई एउटा कल्पको समय मानिन्छ। त्यसैले ब्रह्माजीको एक दिन बराबर ४,३२,००,००,०००(चार अरब बत्तीस करोड) वर्ष हुन्छ । ब्रह्माको एक महिनामा तीस वटा कल्प हुन्छन्, तिनलाई श्वेतवाराह कल्प, नीललोहित कल्प आदि भिन्नभिन्न नामद्वारा सङ्केत गरिएको हुन्छ। प्रत्येक कल्पलाई १४ वटा बराबर भागमा विभाजन गरिएको हुन्छ, त्यस विभक्त खण्डको नाम हो- मन्वन्तर। एक मन्वन्तरमा एक कल्प (४,३२,००,००,००० वर्ष)को १४ भागको एक भागमा पर्ने समयावधि (लगभग ३०८५७१४२९ वर्ष) हुन्छ। प्रत्येक मन्वन्तरमा एक एकजना मनुले सृष्टिस्थितिको जिम्मा पाएका हुन्छन्, यही मनु शब्दबाट मानिसलाई सङ्केत गर्ने मनुष्य, मनुवा, मान्छे, मानिस आदि शब्द बनेका हुन्। ती चौधजना मनुको नाम यस प्रकार छ - स्वायम्भु, स्वरोचिष, औत्तमी, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्म सावर्णि, धर्म सावर्णि, रुद्र सावर्णि, रौच्य या देव सावर्णि र भौत अथवा इन्द्र सावर्णि। अहिलेको समय वैवस्वत मनुको हो। प्रत्येक मन्वन्तरमा बेग्लाबेग्लै सप्तर्षि, इन्द्र/इन्द्राणी आदि हुने गर्छन्। अहिले ब्रह्माको ५० वर्ष व्यतीत भएको कल्पना गरिएको छ। उनको ५१औं वर्षको पहिलो कल्प अर्थात्‌ श्वेतवाराह कल्प चल्दैछ र यस कल्पका २७ वटा चतुर्युगी बितेर २८औं चतुर्युगीको तीन युग पनि समाप्त भैसकेका छन्, हामी अहिले कलियुगको पहिलो चरणमा छौं। [५]

स्रोत

  1. McWhirter, Norris (November 1980). गिनियस बुक आफ़ वर्ल्ड रिकार्ड्स 1981. New York: Sterling Publishing Co. Inc.. ISBN 0-8069-0196-9.
  2. सूर्याचन्द्रामसौ धाता यवापूर्वमकल्पयत् .......... ऋग्वेद (१०।१९०।०३)
  3. हे भगवन्, कृपा गरेर हाम्रो कल्पमा निवास गर्नुहोस्, हे महाभाग, असंख्य मान्छेको कल्याण र सुखका निम्ति कल्पभरि निवास गर्नुहोस् -'महापरिनिब्बानसुत' ३।५३
  4. ज्योतिषसाथी कृष्णप्रसाद कोइराला http://www.facebook.com/Jyotisasathi
  5. कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान-१४, सुनसरी, कोशी अञ्चल, नेपाल, सम्पर्क +९७७ ९८१४३४८११११