"अर्थ मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[Image:अर्थ मन्त्रालय.png|thumb|right|450px|अर्थ मन्त्रालयको भवन [[सिंह दरवार]] परिसर भित्र रहेको छ । ]]
[[Image:अर्थ मन्त्रालय.png|thumb|right|450px|अर्थ मन्त्रालयको भवन [[सिंह दरवार]] परिसर भित्र रहेको छ ।]]
'''अर्थ मन्त्रालय''' नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने [[नेपाल सरकार]]को सबैभन्दा उच्च सरकारी निकाय हो ।नेपालमा र्सवप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनाबद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो ।
'''अर्थ मन्त्रालय''' नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने [[नेपाल सरकार]]को सबैभन्दा उच्च सरकारी निकाय हो ।नेपालमा र्सवप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनाबद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो ।



१२:३३, २५ सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन

चित्र:अर्थ मन्त्रालय.png
अर्थ मन्त्रालयको भवन सिंह दरवार परिसर भित्र रहेको छ ।

अर्थ मन्त्रालय नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने नेपाल सरकारको सबैभन्दा उच्च सरकारी निकाय हो ।नेपालमा र्सवप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनाबद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो ।

राष्ट्रिय बजेट निर्माण

अर्थ मन्त्रालयले वि.सं. २००८ साल माघ २१ गते कूल रू. ३.०५ करोड राजस्व अनुमान र रू. ५.२५ करोडको व्ययको अनुमानसहित राष्ट्रिय बजेट प्रस्तुत गर्ने कार्यको सुरुवात गर्यो । वि.सं. २०१३ सालदेखि प्रारम्भ गरिएको देशको दर्ीघकालीन गुरुयोजना एवम् आवधिक योजनालाई कार्यान्वयन गर्नवाषिर्क रूपमा बजेट प्रस्तुत हुँदै आएकोमा वर्तमानमा आएर यस मन्त्रालयले आ.व. २०६१/६२को आय व्ययको २०६१ साल माघ १ गतेको र्सार्वजनिक जानकारीमा करीब रू. १ खर्ब १५ अर्बभन्दा बढीको राष्ट्रिय बजेट प्रस्तुत गरेको थियो ।

उद्देश्य

कल्याणकारी राज्य व्यवस्थाको अवधारणा अनुरूप देशको उपलब्ध आर्थिक स्रोत र साधनलाईअधिकतम सदपु यागे गर्दै सामाजिक न्यायको आधारमा आथिर्क उपलब्धीको न्यायोचित वितरणको व्यवस्था मिलाई स्वदेशी, निजी एवम् र्सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रियअर्थतन्त्रलाई स्वतन्त्र एवम् आत्मनिर्भर गराउनु अर्थ मन्त्रालयको मूल उद्देश्य रहेको छ ।

नेपाल सरकारको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनाको लक्ष्य, नीति रमार्गदर्शन अनुरूप वाषिर्क बजेटको माध्यमद्वारा देशको आर्थिक क्रियाकलापलाई योजनाबद्ध गरी निश्चित समय तालिकामा आबद्ध गर्नु र सरकारका कार्य र कार्यक्रमहरूलाई विभिन्न इकाईहरूमाव्यवस्थित गररे साधनको सामयिक तथा समुचित उपयागे एवमं परिचालन गर्नु पनि यस मन्त्रालयको उद्देश्य रहेको छ ।

कार्यक्षेत्र र जिम्मेवारी

नेपाल सरकारको (कार्य विभाजन) नियमावली, २०५७ बमोजिम अर्थमन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी तपसिल बमोजिम तोकिएको छ :

  • आर्थिक नीति, आर्थिक प्रशासन र नियन्त्रण सम्बन्धी,
  • आर्थिक विश्लेषण सम्बन्धी,
  • आर्थिक साधनहरूको बाँडफाँड सम्बन्धी,
  • मुद्रा, मौद्रिक नीति निर्धारण र कार्यान्वयन सम्बन्धी,
  • बैकिङ्ग सम्बन्धी (कृषि विकास बैंक समेत),
  • बीमा सम्बन्धी,
  • आय-व्यय विवरण (बजेट) सम्बन्धी,
  • राजस्व नीति तथा योजना सम्बन्धी,
  • राजस्व अनुसन्धान सम्बन्धी,
  • राजस्व प्रशासन एवम् राजस्व सङ्कलन सम्बन्धी,
  • सामान्य मूल्य नीति सम्बन्धी,
  • आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय सर्म्पर्क र अर्थ व्यवस्था सम्बन्धी,
  • आर्थिक एवम् मुद्रा विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धी,
  • वैदेशिक सहायता सम्बन्धी,
  • वैदेशिक ऋण सम्बन्धी,
  • विदेशी मुद्रा विनिमय तथा नियन्त्रण सम्बन्धी,
  • र्सार्वजनिक ऋण तथा जमानत सम्बन्धी,
  • तलब, भत्ता, दैनिक तथा भ्रमण भत्ता, निवृत्तिभरण, उपदान आदि सम्बन्धी,
  • सरकारी संस्थानको तलब, भत्ता, बोनस, लगानी र लाभांश सम्बन्धी तथा नीति निर्धारण सम्बन्धी,
  • सरकारी कोष प्रशासन सम्बन्धी,
  • लेखा नियन्त्रण सम्बन्धी,
  • महालेखा परीक्षकको विभाग सम्बन्धी,
  • कर्मचारी सञ्चयकोष सम्बन्धी,
  • संस्थानको नीति निर्माण, समन्वय तथा निजीकरण सम्बन्धी,
  • राजस्व र आर्थिक प्रशासन तालिम सम्बन्धी,
  • पूँजी बजार सम्बन्धी ।

मन्त्रालय अर्न्तर्गतका निकायहरू

सर्म्पर्क ठेगाना

नेपाल सरकार
अर्थ मन्त्रालय
सिंहदरबार, काठमाडौ
फोन नं.: ४२५७१६१, ४२११३३२, ४२५९८८०, ४२११३३८, फ्याक्स: ९७७-१-४२५९८९१
इमेल: admindivision@mof.gov.np
अधिकारीक वेबसाइट: www.mof.gov.np]