"नेपालको सर्वोच्च अदालत" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४: पङ्क्ति ३४:
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np<br/>
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np<br/>


==आधिकारीक वेबसाइट==
==बाहिरी लिंकहरू==
*[http://www.supremecourt.gov.np सर्वोच्च अदालतको आधिकारीक वेबसाइट]
*[http://www.supremecourt.gov.np www.supremecourt.gov.np]



०९:१३, ३० अक्टोबर २००९ जस्तै गरी पुनरावलोकन

चित्र:सर्वोच्च अदालत.jpg
नेपालको सर्वोच्च अदालत

सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो । सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा १४ जनासम्म अन्य न्यायाधीशहरु रहने व्यवस्था छ । कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरुको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ ।

प्रधान न्यायाधीश र न्यायाधीशहरुको नियुक्ति

श्री ५ बाट संवैधानिक परिषद्को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरुको नियुक्ति गरिबक्सने व्यवस्था छ । कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा श्री ५ को अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ ।

जनशक्ति

सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२ को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरु कार्यरत थिए । कर्मचारीतर्फविभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरु कार्यरत थिए । यसका अतिरिक्त केही कर्मचारी काजमा थिए ।

न्यायिक कार्य

सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ । यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:

साधारण अधिकार क्षेत्र

सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरु पर्दछन् :

  1. शुरु मुद्दा हेर्ने
  2. पुनरावेदन सुन्ने
  3. पुनरावलोकन गर्ने
  4. मुद्दा दोहोऱ्याइ हेर्ने
  5. साधक जाँच्ने
  6. निवेदन प्रतिवेदन सुन्ने

असाधारण अधिकार क्षेत्र

सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरु पर्दछन् :

  1. न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
  2. रिट क्षेत्राधिकार
  3. सार्वजानिक सरोकारको विवाद हेर्ने

सन्दर्भ सामाग्रीहरू

सम्पर्क ठेगाना

सर्वोच्च अदालत
रामशाह पथ नेपाल
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np

आधिकारीक वेबसाइट