"विकिपिडिया:विकिथन-१" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:विकिथन-१ जोडियो
पङ्क्ति १०४: पङ्क्ति १०४:
[[श्रेणी:विकिपीडिया]]
[[श्रेणी:विकिपीडिया]]
[[श्रेणी:विकिथन-१]]
[[श्रेणी:विकिथन-१]]
[[श्रेणी:विकिपरियोजना नेपाल]]

२१:४३, ७ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

सम्पर्कमा रहनुहोस् विकिथन ट्विटरमा फेसबुकमा

हालसम्म जम्मा भएको पुरस्कार रकम नेपाली रूपैयाँ ५०००।-

विकिथन-१
उद्घाटन२०६८
अघिल्लो संस्करणविकिथन-२
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
संरक्षक(हरू)सरोज कुमार ढकाल
आयोजनकर्तानेपाली विकिपिडियन

पहिलो विकिथन कार्यक्रम

२०६८ सालको यस दशैं-तिहारको अवसर पारेर विकिमिडिया नेपालले यो अक्टोवर महिनाभर पहिलो नेपाली विकिथन कार्यक्रम आयोजना गर्दै छ।

उद्देश्य

  • नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  • नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  • नेपली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  • विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि समाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :

सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस : यहाँ खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस र wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् । विकिपीडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् । नेपाली युनिकोड स्थापना :

लिनक्स मेसिनहरूमा :

SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।

विन्डोज मेसिनहरूमा:

मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । यहाँ नेपली युनिकोडको स्थापना गर्न थप जानकारीयहाँ पनि रहेको छ। याद राख्नुहोस विकिपीडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।

कसले भाग लिन पाउने?

विकिथन-1 यी प्रयोगकर्ता विकिथन-१को सहभागी हुन्
  • सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।

नोट काठमाडौंमा स्वयं उपस्थित भई योगदान दिन चाहने विकीकर्मीहरूले अनलाईन सहभागी हुनपृष्ठमा गई आफ्नो नाम पञ्जिकरण गर्नुहोला। सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई यस व्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{विकिथन-१}} राख्नुहोला !

विकीथनमा के गरिन्छ?

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट योगदान गर्न सक्नेछन्।

योगदानको खाका

  • अक्टोबर महिनाभर सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपीडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
  • नोभेम्बर महिनाको पहिलो हप्तामा एक दिन एकैठाउँमा भेला भएर विकिथन डे मनाउने। मिति चाँडै तय गरिनेछ।

पुरस्कार

  • यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
  • अक्टोबर महिना भरिमा सबै भन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरू पु-याउन नसकेको खण्डमा)
  • एक सय भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्रताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
  • प्रतिलेखमा कम्तिमा १०० शव्द जरुरी हुनेछ ।
  • विकिपीडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ।

विजेता

पुरस्कार रकम दामासाहीले निम्न प्रयोगकर्ताहरूले प्राप्त गर्नु भएको छ ।

  1. Krish_Dulal
    1. newiki(नेपाली विकिपीडिया) 7049 योगदानहरू
    2. commonswiki(विकिमीडिया कमन्स) 338 योगदानहरू
    3. enwiki(अंङ्ग्रेजी विकिपीडिया) 434 योगदानहरू
    4. + अरु
  2. Nirmal Dulal
    1. newiki (नेपाली विकिपीडिया) 5222 योगदानहरू
    2. commonswiki(विकिमीडिया कमन्स) 57 योगदानहरू
    3. enwiki(अंङ्ग्रेजी विकिपीडिया) 138 योगदानहरू
    4. hiwiki (हिन्दी विकिपीडिया) 34 योगदानहरू
    5. newiktionary(नेपाली विक्सनरी) 56 योगदानहरू
    6. + अरु

यहाँहरूको यस अथक योगदानको कदर स्वरूप यस पुरस्कार प्रदान गर्न पाउँदा हामी सम्पूर्ण विकिमीडिया फाउन्डेसन नेपाल परिवार र नेपाली विकिपीडियाका प्रशासकहरू,प्रवन्धकहरू र सम्पूर्ण सम्पादकहरू गौरवान्वित महसुश गर्दछौ । कृपया यहाँहरूको योगदानलाई निरन्तरता दिई नयाँ योगदानकर्ताहरूलाई मार्ग दर्शनगर्नमा सदैव साथ दिनुहोला , साथै विकिपीडिया तथा यसका भातृ आयोजनाहरू र विशेष नेपाली विकिपीडियाको बारेमा चेतना जगाउनमा आगामी दिनहरूमा पनि यहाँहरूको साथ रहनेछ भन्ने पूर्ण विश्वास राख्दछौँ ।

यहाँहरू आफ्नो ठेगाना, तथा सम्पर्क जानकारी यहाँ क्लिक गरेर ईमेल मार्फत पठाउनुहोला,तपाईहरूको पुरस्कार बैकमार्फत तपाईहरूको खातामा जम्मा गरिने छ ।

पुनश्च : यस कार्यक्रममा भाग लिएर नेपाली भाषा र नेपाली भाषीको सहयोग गर्नु र देश र जनताको ज्ञान अभिवृद्धिमा साथ दिन पाउनु सबै भन्दा ठूलो पुरस्कार यो , नगद केवल प्रोत्साहनको लागि मात्र हो , यो कुनै पनि हालतमा तपाईले यहाँ स्वतन्त्र बाढ्नुहुने ज्ञानको भरपाई हैन ।