"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ४८९: पङ्क्ति ४८९:
#{{समर्थन }} समर्थन ।--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) १८:३३, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
#{{समर्थन }} समर्थन ।--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) १८:३३, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
#{{समर्थन}} मेरो समर्थन छ । [[User:Nawaraj Ghimire|nawghiraj@gmail.com]] ([[User talk:Nawaraj Ghimire|कुरा गर्ने]]) २१:४४, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
#{{समर्थन}} मेरो समर्थन छ । [[User:Nawaraj Ghimire|nawghiraj@gmail.com]] ([[User talk:Nawaraj Ghimire|कुरा गर्ने]]) २१:४४, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
#{{समर्थन}}--[[User:Eukesh|युकेश]] ([[User talk:Eukesh|कुरा गर्ने]]) २१:४९, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))

०३:३४, १९ नोभेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

नव आगन्तुकहरूलाई स्वागत छ विकिपिडिया एक यस्तो माध्यम हो जो तपाईँका विचारलाई समाज सम्म पु-याउँछ अरूलाई तपाईँको विचारसँग अवगत गराउँछ। विकिपिडियाद्वारा हामी नेपाली संस्कृति तथा विज्ञान, कला र दर्शनको जानकारी विश्वभर नेपाली पढ्ने लेख्नेहरूसम्म पु-याउन सक्छौँ। अतः शुद्ध नेपाली जान्नेहरूसँग अनुरोध छ , तपाईँसँग यदि समय छ भने आफ्नो जानकारीलाई नेपाली विकिपिडियामा सजाउनुहोस्। यहाँ विकिपिडियाका सदस्यसँग विकिपिडियासँग सम्बन्धित प्रश्न सोध्न सक्नु हुन्छ। प्राविधिक विषयमा पनि यहाँ प्रश्न सोध्न सकिन्छ । नयाँ मत लेख्नको लागि परिवर्तन ट्याबमा क्लिक गर्नुहोस् ,तर पहिले निर्देशहरू पढ्नुहोस् ।:
  • यदि तपाईको प्रश्न विकिपिडियाको बारेमा होइन भने रिफरेन्स डेस्कमा प्रयास गर्नुहोस्।
  • प्रवन्धकहरूलाई सुचना दिनु परेमा प्रवन्धक सूचनापाटीको प्रयोग गरौँ।
  • कुनै विशेष लेखको बारेमा प्रश्न सोध्नु परेमा "यो पृष्ठको बारेमा कुरा गरौँ" लिङ्कको उपयोग गरेर उक्त लेखको वार्ता पृष्ठमा जानुहोस् (अथवा परिवर्तन गर्नुहोस्)।
  • त्रुटि (बग) रिपोर्ट तथा नयाँ फिचरको प्रस्ताव राख्नु परेमा त्यसलाई सोर्स या मीडियाविकिमा राखौँ।
  • सर्भरको स्थिति हेर्नलाई विकिमीडिया सर्वर (अंग्रेजीमा)को पृष्ठ हेरौँ।
  • विकिपिडिया विज्ञापनको माध्यम होइन। कृपया यसको उपयोग यस्तो कामको लागि नगरौँ।
  • विकिपिडिया कुनै कम्पनी हैन। विकिपिडियाका सदस्यहरू जागीरदार हैनन्; विकिपिडियाले कसैलाई जागीरमा राख्दैन; विकिपिडिया पैसाको अपेक्षा पनि गर्दैन। तर, हामी तपाईँको चन्दाको स्वागत गर्छौँ।
  • जोडिएका सहायताका पृष्ठ: प्राय सोधिने प्रश्नहरू - सहयोग - परिचय,
  • थप सहायता : Mailing listsआइआरसी च्यानल
  • राम्रो नेपाली लेख्नको लागि कृपया शुद्ध लेख्ने केही नियम , नेपालीमा कसरी टाइप गर्ने पढौँ। आफ्नो विचार, सन्देह र प्रश्न यी पृष्ठहरूको वार्तापृष्ठमा राख्न सक्नु हुनेछ।
  • कृपया भाषाको सम्बन्धित सिकायतको लागि विकिपिडिया:भाषा सम्बन्धित सिकायतहरूमा तथा लेखसँग सम्बन्धित सिकायतहरू र सुझाउको लागि विकिपिडिया:लेख सम्बन्धित सिकायतमा लेखौँ। सम्बन्धित सम्पादक अथवा प्रबन्धकहरूले त्रुटिहरूलाई सुधार्ने पूरा प्रयत्‍न गर्नेछन्।
  • कुनै लेखसँग सम्बन्धित चर्चा त्यो लेखको वार्ता पृष्ठमा गर्नुहोस्, यहाँ {{उचित पृष्ठ|सम्बन्धित लेख}}को जस्तै एक लिङ्क मात्र छोड्नुहोला।
  • यो चौतारी पृष्ठमा आफ्नो नयाँ सन्देश छोड्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।
  • एयरलाईन्सको ईन्फोवक्सको वारे र लेख मर्ज वारे

    साथीहरू! मैले नेपालका वायुसेवाको वारेमा लेखहरु लेख्दै थिए, वुद्ध एयरको लेख नभेटेकोले नया लेख वुद्ध एयर सुरुवात त गरे तर पछि अर्को लेेख भेेटेे बुद्ध एयर । यो लेख मर्ज गर्नुहोला, साथै यसको ईन्फोवक्सले राम्ररी काम गरेको छैन । Prakash Neupane (कुरा गर्ने) ११:०७, १ मे २०१४ (युटिसी(UTC))

    Done - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४४, १ मे २०१४ (युटिसी(UTC))

    विकि लभ मुन्युमेंटको फोटो प्रतियोगीताको बारेमा

    विकि लभ मुन्युमेंटको फोटो प्रतियोगीता सम्पन्न भएको ६-७ महिना बिति सकेको छ तर त्यो प्रतियोगीताको रिजल्ट किन प्रकाशीत भएन ? के नेपाली विकि समुदायले भनेको काम पुरा गर्दैन ? म पनि त्यो प्रतियोगीताको प्रतियोगी मध्यमा पर्छु। कि प्रतियोगीताको रिजल्ट प्रकाशीत भएको मलाई कुनै जानकारी न दिएको हो ? यदी यसो हो भने पनि प्रतियोगीतामा सहभागी भएको प्रमाण पत्र त मलाई मिल्नु पर्ने। तपाइँको प्रतियोगीता सम्बन्धी के भयो भनेर मलाई कतिपय मान्छेहरूले सोधी रहेका छन्। मलाई जवाफ दिन पनि मुस्किल परेको छ। यो प्रतियोगीताको रिजल्ट प्रकाशित गर्नमा किन ढिलो भैरहेको छ। कृपया सो प्रतियोगीताका आयोजकहरूले मलाई भर पर्दो उत्तर दिनुहोला।--रमेश  वार्ता  १६:३७, ९ मार्च २०१४ (युटिसी(UTC))

    रित्ता पृष्ठहरू

    विकिपीडियन साथीहरू, यहाँ भएका रित्ता पृष्ठहरू कतै तपाईंले बनाउनु भएको त होईन? कृपया यिनीहरूलाई पूरा गर्न सहयोग गर्नुहोला। अन्यथा यि पृष्ठहरू मेटाइने छन। - Nirmal Dulal (कुरा गर्ने) ०६:५३, १७ मार्च २०१४ (युटिसी(UTC))

    नेपाली भाषालाई भारतीय भाषामा समावेश गरेको

    hi.wikipedia.org को मुख्यपृष्ठमा नेपाली भाषालाई भारतको भाषाको रुपमा समावेश गरेको पाइयो । यस सम्बन्धमा नेपाली विकिपीडियन साथीहरुको ध्यानाकर्षण हुनु जरुरी देख्दछु । Nirjal stha (कुरा गर्ने) ०७:५०, २३ मार्च २०१४ (युटिसी(UTC)

    निर्जलजी नेपाली भाषाको प्रयोग भारतको धेरै प्रान्तहरूमा हुन्छ त्यसैले नेपाली भाषालाई भारतमा बोलिने भाषाको रुपमा हिन्दी विकिपीडियामा राखेको हुन सक्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ११:१९, २३ मार्च २०१४ (युटिसी(UTC))
    कुरा त सहि हो जोशी जी तर भारतमा अग्रेजी पनि त कति प्रान्तहरूमा वोलिन्छ तर अग्रेजी भाषालाई भारतीय भाषाको रुपमा राखिएको छैन् । कुरा गर्ने [[User:Nirjal stha| ] (कुरा गर्ने) ०५:३१, २४ मार्च २०१४ (युटिसी(UTC))
    निर्जलजी तपाइँले भनेको कुरा ठिकै हो भारतमा कतिवटा भाषालाई मान्यता दिएको छ भन्ने कुरा भारतिय रुपयेको नोटमा हेर्दा थाह हुन्छ नोटको एक किनारामा १४ भाषामा की कति भाषामा त्यो नोटको मुल्य नै भनौं लेखेको हुन्छ भारतमा नेपाली भाषा लगायत बंगाली, पंजावी, मराठी, गुजराती, तेलगु, उडिया, मलायलम, कश्मिरी, भोजपुरी, मैथली आदी थुप्रै भाषाहरूको प्रयोग हुन्छ। तर अंग्रेजी भाषा त भारत भित्रको भाषा हैन त्यसैले अंग्रेजी भाषालाई भारतीय भाषा मानिन्न। नेपाली भाषा त भारतको सिक्किम प्रांतको आधिकारीक भाषा नै हो। तपाइँलाई थाह नै होला नेपाली विकिपीडियाका एक जना प्रशासक र एक जना प्रबंधक त भारतिय नागरीक नै हुनुहुन्छ। नेपाली भाषाका प्रमुख लेखकहरूले भारतमा नै नेपाली पढेका छन्। नेपालीका एक जना लेखक डा. तारानाथ शर्मा पनि दार्जिलिंङ भारतमा नै पढे हुर्केका हुन् यसैले नेपाली भाषालाई भारतमा पनि आधिकारीक भाषाको मान्यता दिएको छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने ०७:२७, २४ मार्च २०१४ (युटिसी(UTC))
    • नेपाली भाषालाई Indian Language परिवार भित्र नै गणना गरिन्छ। भारतमापनि नेपाली भाषाले त्यहाँको संविधान अन्तरगत नै राष्ट्रिय कामकाजको भाषाको मान्यता पाएको छ। त्यसैले यो विषयलाई ठूलो विवादको विषय नबनाउन सबै साथीहरूलाई अनुरोध गर्दछु। नेपाली विकिपीडियामा पनि धेरै नेपाली भाषी भारतीय नागरिकहरूको योगदान रहेको छ यस्ता विषयले वहाँहरूलाई ठेस नपुगोस्। --Ganesh Paudel (कुरा गर्ने) ०९:२४, २४ मार्च २०१४ (युटिसी(UTC))

    लोगो सम्बन्धमा

    मैले बनाएको लेखमा लोगो ल्याउनु पर्ने भएको हुँदा के गर्नुपर्ला ? ...कृपया यस सम्बन्धमा उचित सल्लाह सुझावको आवस्यकता महसुस गरेको छु । बिप्लब आनन्द ०८:४०, २५ मार्च २०१४ (युटिसी(UTC))

    बिप्लब आनन्द जी लेखमा लोगोलाई प्रयोग गर्न छुट छ , जसलाई Non Freep- Rationale Use भनिन्छ, तर त्यस्ता सामग्रीको न्युनतम प्रयोग गर्नु हाम्रो दायित्व हो । --सरोज(Saroj) (कुरा गर्ने) १०:४४, २५ मार्च २०१४ (युटिसी(UTC))


    सुधार नभए एक महिनापछि हटाइने लेख बारे

    विकिपिडियन मित्रहरू, गलत भाषामा लेखेर सुधार नभए एक महिनापछि हटाइने लेखहरू श्रेणीमा परेर पनि १ महिनासम्म कुनै सुधार नभएका लेखहरू अवस्था हेरी मेटाउने तथा सुधार गर्ने काम भैरहेको छ। यदि तपाईँलाई कुनै दावी तथा विरोध गर्नुछ भने तत्काल वार्तालाप पृष्ठमा आफ्नो विरोध लेख्नुहोला। सुधार गर्ने सोचमा हुनुहुन्छ भने तत्काल सुरु गर्नुहोला। एक महिना पुगेका लेखहरू कुनै पनि बेला हटाइन वा छोट्याइन सक्छ।

    सुधार कार्यमा सहयोग गर्न सबै मित्रहरूलाई आग्रह गर्दछु। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:४६, ११ अप्रिल २०१४ (युटिसी(UTC))

    ढाँचा:के तपाईंलाई थाहा छ

    ढाँचा:के तपाईंलाई थाहा छ ? त्यसमा एडिट गर्न मिलाइदिनु होस् ?? प्रशासक ज्युहरु कुरा गर्ने बिप्लब आनन्द ०५:१६, २५ अप्रिल २०१४ (युटिसी(UTC))

    विप्लव जी सुरक्षास्तरमा परिवर्तन गरिएको छ। कृपया स्रोत खुलाएर जानकारी राख्नुहोला। नियमित अपडेट गर्न सहयोग गर्नुहोला। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०६:३९, २५ अप्रिल २०१४ (युटिसी(UTC))

    सुधार नभए एक महिनापछि हटाइने लेख बारे

    अहिले केही सुधारका संकेत देखिएका हुनाले सुधार नभए एक महिनापछि हटाइने लेखहरू श्रेणीमा परेका लेखहरू मेरो अनुमति नलिई नमेटाउनुहुन अनुरोध छ। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:५६, २७ अप्रिल २०१४ (युटिसी(UTC))

    sadaasnkar

    सदासंकर

    No one needs free knowledge in Esperanto

    There is a current discussion on German Wikipedia on a decision of Asaf Bartov, Head of WMF Grants and Global South Partnerships, Wikimedia Foundation, who rejected a request for funding a proposal from wikipedians from eowiki one year ago with the explanation the existence, cultivation, and growth of the Esperanto Wikipedia does not advance our educational mission. No one needs free knowledge in Esperanto. On meta there has also started a discussion about that decision. --Holder (कुरा गर्ने) १०:३५, ५ मे २०१४ (युटिसी(UTC))

    नयाँ प्रयोगकर्ताहरू

    आज धेरै जना नयाँ प्रयोगकर्ताहरूले खाता खोलेखो देखियो विकिपीडिया समुदायले कुनै कार्यक्रमको आयोजना गरेको थियोकी।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

    १३:१३, ७ मे २०१४ (युटिसी(UTC))
    

    विकिपिडियाको CMS कत्तिको प्रभाभकारी छ ?

    विकिपिडियाले CMS उपलब्ध गराएको रहेछ । मैले त्यो चलाएर हेरेँ । चलाउन जान्नु नजान्नु आफ्नै ठाउँमा छ तर के त्यो मैले बनाउन लागेको सामुदायिक पोर्टलको लागि ठीक होला ? प्रश्न अलि भिन्न भएमा क्षमा मागेँ । Ozone Sandip Niroula

    सन्दिपजी तपाइँले चलाएको सामुदायिक पोर्टल ब्लग भएकोले विकिपीडियाले चलाएको कुनै पनि उपकरणहरू र यहाँ भएका कुनै पनि सामाग्रीहरू तपाइँ आफ्नो ब्लगमा हाल्न सक्नु हुन्छ। तर CMS भनेको के भन्नु भएको हो त्यो बुझ्न सकिएन त्यसैले तपाइँले सोधेको प्रश्नको उत्तर ठिक्क मिल्ने गरि दिन सकिन्न यो पृष्ठमा विकिपीडियाको बारेमा मात्र छलफल हुन्छ अन्य बिषयको लागी सामाजीक पोर्टलमा कुरा राख्न सक्नु हुन्छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १०:५५, १० मे २०१४ (युटिसी(UTC))
    
    सन्दिपजी, विकी प्रविधिमा प्रयोग हुने मिडिया विकी सिस्टमको कुरा गर्नुभएको होला। मिडिया विकि सफ्टवेयर प्रयोग गरेर तपाईंले आफ्नो समुदायको वेवसाइट बनाउन सक्नुहुन्छ। नेपालमा स्वतन्त्र तथा खुला सफ्टवेयर समुदाय FOSS Nepal Community लगायत विभिन्न संस्थाहरूले यसको प्रयोग गरेका छन्। मिडिया विकिको इन्टरफेस नेपाली भाषामा पनि उपलब्ध छ नालीबेली ले चलाएको विकी यसको उदाहरण हो। थप जानकारीका लागि मिडिया विकिको वेवसाइट हेर्न सक्नुहुन्छ। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०५:०९, १२ मे २०१४ (युटिसी(UTC))

    समस्या

    ढाँचा:छानिएको लेखमा एडिट गर्न मिलाइदिनु होला ...धन्यबाद बिप्लब आनन्द ०४:०५, १२ मे २०१४ (युटिसी(UTC))

    बिप्लवजी छानिएको लेखको ढाँचा सुरक्षतित गरिएको हुनाले यसको परिवर्तन गर्ने अधिकार प्रवंधकहरूलाई मात्र छ। यदी त्यहाँ कुनै गल्ति भएको छ भने त्यो ढाँचाको वार्ता पृष्ठमा लेख्नुहोला त्यसलाई तपाइँले भने बमोजिम बनाइने छ। धन्यवाद!-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    ०४:४४, १२ मे २०१४ (युटिसी(UTC))
    

    मेटिनु पर्ने आवश्यकता देखिएको

    मैले विभिन्न देश तथा तीनका शहरहरुको बारेमा विकिमा हेर्दा थुप्रै लेखहरु अपूर्ण तथा पृष्ठ नै खाली देखियो तसर्थ त्यस्ता पृष्ठलाई मेटिनु पर्ने आवश्यकता देख्छु । जस्तै जनबादी गणतन्त्र चीनका २३ वटै प्रान्तहरू खाली अवस्थामा छन् । केही अन्य नमूनाहरू तल प्रस्तुत गरेको छु :- सिंगापुर,अंगोला,आइभोरी कोस्ट,चिली अन्य थुप्रै यस्तै अवस्थामा रहेका छन् ....कृपया यस सम्बन्धमा के गर्दा उचित हुन्छ ? ध्याकर्षण गराउनुहोला । कुरा गर्ने बिप्लब आनन्द ०९:२२, १५ मे २०१४ (युटिसी(UTC))

    पोस्ट गर्ने बारे

    मलाई त खोइ केही पनि चलाउन लेख्न र फोटो पोस्ट गर्न जानिन कसरी हो? — यो अहस्ताक्षरित टिप्पणी : Babalbindashले । (वार्ता •  योगदान)  २०१४ मे ३०‎ , १४:१३ UTCमा लेख्नुभएको हो।

    Babalbindash जी कृपया स्वशिक्षा हेर्नुहोला या हामी मध्ये कसैलाई के बुझिएन सोध्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०९
    २७, ३० मे २०१४ (युटिसी(UTC))

    सोधपुछ बारे

    मैले नेपाली विकिपीडिया मा नेपाली सेना का गण तथा गुल्महरु का इतिहास बारे लेक्ने गरेको छु । यो सम्बन्ध मा लेख लेक्नु ठिक छ कि छैन ? ठिक भए अझ सुधार गर्न के गर्नु पर्ला र यो संग संबंधित कुन कुन कुरा जोडनु पर्ला ।(रमेश सिंह बोहरा (कुरा गर्ने) ०८:३०, ६ जुन २०१४ (युटिसी(UTC)))

    रमेशजी तपाइँको योगदान श्रहणिय छ। तपाइँ नेपाली सेना सम्बन्धी लेखहरू बनाउनुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    २३:३५, ५ जुन २०१४ (युटिसी(UTC))
    

    सन्दर्भ बारे

    प्यारा मित्रहरू , विदितै छ विकिपिडियालाई व्यक्तिगत प्रचारमा प्रयोग गर्न पाइँदैन। मैले केही लेखहरूबाट रेफरेन्सका रुपमा सिधै फेसबुक पृष्टमा लिङ्क हुने रेफरेन्सहरू हटाएको छु । वाहिरी कडी, वेबसाइट र रेफरेन्सको रुपमा फेसबुकको नोटहरूलाई हटाएको छैन । ब्लगहरू पनि रेफरेन्सको रुपमा प्रयोगगरेको पाइएको छ । हाम्रा लेखहरूमा रेफरेन्स नै छैनन् भए पनि तिनीहरू खोक्रा छन् कृपया कस्तो रेफरेन्सलाई मान्यता दिने भन्ने चर्चा गरेर यस सफाई अभियानमा सहायता गर्नुहोला ।--सरोज(Saroj) (कुरा गर्ने) १६:२३, ७ जुन २०१४ (युटिसी(UTC))

    धन्यवाद सरोजजी मैले पनि धेरैजसो पृष्ठहरूमा सिधै फेसबुकको पृष्ठमा लिंक हुने सन्दर्भ राखेका लेखहरू देखेको थिएँ। तर तिनलाई हटाउने हिम्मत भएको थिएन। बाहिरिय लिंकमा त फेसबुक पृष्ठको लिंक राख्दा पनि भयो। तर सन्दर्भमा त फेसबुकको लिंक दिएर राख्न मिल्दैनहोला मैले पनि यही सोचेको थिएँ। ब्लगको लिंकलाई संदर्भ सामाग्री बनाएको पनि देखिन्छ। तर ब्लगको लिंक र आफ्नो वेबसाइटको सन्दर्भ राखेर लेख निर्माण गर्न त मिल्दैन होला यस्ता कामकोलागी बाहिरिय लिंकहरू भन्ने खण्डको प्रयोग गर्नुहोला भन्ने मेरो पनि आग्रह छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १७:०९, ७ जुन २०१४ (युटिसी(UTC))
    
    फेसबुकलाई सन्दर्भ सामग्रीको रूपमा मान्न सकिन्न। त्यस्ता सन्दर्भलाई हटाउन मेरो समर्थन छ।--Ganesh Paudel (कुरा गर्ने) ०५:०६, ८ जुन २०१४ (युटिसी(UTC))

    विकिपिडियन मित्रहरू, विकिपिडियालाई राम्रो र विश्वासनिय बनाउने कार्यमा म सधै साथदिने छु। विकिपिडियाका लेखमा फेसबुकलाई सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गर्न पाइदैन। यस्ता सन्दर्भ सामाग्री हटाउन मेरो समर्थन छ। सरोज जी, कस्ता रिफरेन्स राख्ने भन्ने विषयमा बेलाबेला चर्चा हुदै आएकै छ। तर विकिपिडियामा नयाँ नयाँ प्रयोगकर्ता आइरहने हुदा यस्ता अभियान बेला बखत सन्चालन गर्दै गर्दा विकिपिडिया खारिदै जानेछ।-धन्यवाद, सृजना (कुरा गर्ने) ०७:१८, ८ जुन २०१४ (युटिसी(UTC))

    प्रवन्धकको अनुमति प्रदान गर्न पन्छाएको सन्दर्भमा

    विकिपिडियन मित्रहरु, मैले ४ महिना अगाडि प्रवन्धकको अनुमतिका लागि आवेदन गरेकी थिए तर प्रवन्धकहरू धेरै छन् भन्ने वहानामा मलाई पन्छाइएको थियो। त्यसैबेला आवेदन गर्ने मध्येमा कसैलाई अनुमति दिने र कसैलाई अनुमति नदिने कार्य भएको थियो। अहिले फेरि केहि मित्रहरूले आवेदन गर्नु भएको रहेछ। मलाईपनि प्रबन्धक बन्ने इच्छा छ। सबै प्रबन्धक बन्न योग्य म किन अयोग्य? अरूको बेला भो मेरो किन पछि? प्रसाशक र प्रबन्धक जीहरूलाई कारण खुलाइदिनुहुन अनुरोध छ। यदि तपाईंहरूको नजरमा User: सृजना विकिपिडियाको प्रबन्धक बन्न र विकिपिडिया सम्पादन गर्न नै अयोग्य छे भन्ने लागेमा अयोग्य र बेला नभएको उचित कारण सहित मेरो खाता बन्द पनि गर्न सक्नुहुनेछ। तपाईंहरू अधिकार प्राप्त व्यक्तिहरूले नेपाली विकिपिडियालाई फलाउनुहोस फुलाउनुहोस मेरो शुभ-कामना......। यदि म अयोग्य होइन भने पुन आवेदन गर्न तयार छु। यस विषयमा प्रतिकृया दिनुहोला। धन्यवाद-सृजना (कुरा गर्ने) ०९:४२, १० जुन २०१४ (युटिसी(UTC))

    प्रमुख लेख

    विकिपीडियन साथिहरु,

    नेपाली विकिपीडियाको मुख्य पृष्ठमा नेपाली विकिपीडियामा भएका लेखहरु मध्ये स्तरिय लेखहरुलाई सम्पादकहरु कै सुझाव अनुसार सामुहिक निर्णयको माध्यमबाट मासिक रुपमा परिवर्तन हुने बनाउनको लागी तपाईहरुको राय, सुझाव तथा स्विकृती लिनको लागी सम्पूर्ण विकिपीडियन साथीहरुलाई अनुरोध गर्दछु ।

    साथै लेखहरुलाई प्रमुख लेखमा छनौट गर्ने सम्बन्धी मापदण्डको खेस्रा तयार गरेको छु तपाइको अमुल्य सुझाव तथा रायको अपेक्षा गरेको छु । Nirjal stha (कुरा गर्ने) १४:४९, १६ जुन २०१४ (युटिसी(UTC))

    साथीहरू तपार्इहरूबाट अपेक्षित सुझाव तथा राय नअाएकाेमा अलि निराष भएकाे छु तर पनि प्रमुख लेखलार्इ अघि बढाउनकाे लागि प्रमुख लेखकाे लागि निवेदन परेका लेखहरूलार्इ हेरी मापदण्ड अनुसार भए नभएकाे हेर्नकाे लागि प्रमुख लेख समन्वय समिति गठन गर्न अावश्यक भएकाेले सम्पादन साथीहरूलार्इ सहभागिताकाे लागि अनुराेध गर्दछु । Nirjal stha (कुरा गर्ने) १६:००, २१ जुन २०१४ (युटिसी(UTC))

    @Nirjal stha:मैले यस मापदण्डमा निम्न बुँदाहरू थपगरेको छु र परिचयको हिज्जे र लेखन र सामग्रीलाई सुधार गरिदिएको छु, यस उत्कृष्ट कार्यको लागि शुभकामना र सदैव साथ रहेको जानकारी गराउँछु ।
    * उल्लेखनीय: लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ ।
    * भाषा: व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।--सरोज(Saroj) (कुरा गर्ने) १६:११, २१ जुन २०१४ (युटिसी(UTC))

    सहयोग सम्बन्धमा

    मैथिली भाषाको विकिपीडिया

    नमस्कार मित्रहरु! यदी तपाइँहरु मध्ये कसैलाई मैथिली भाषाको राम्रो ज्ञान छ र मैथिली भाषाको विकिपीडियामा योगदान गर्न चाहनुहुन्छ भने तपाईं [https://incubator.wikimedia.org/

    क्षमा सम्बन्धमा

    आदरणीय विकिपीडियन मित्रहरू नमस्कार । विगत डेढ महिनादेखि म यस नेपाली विकिपीडिया मा निरन्तर लागिरहेको छु । मैले नेपाली विकिपीडियामा पुर्णरुपमा सम्पादन गर्न सकेको छैन र यस कार्यमा (सिक्ने क्रममा) कहि कतै जानी नजानी गल्ती भएहोला ,त्यसको लागि म सम्पुर्ण साथीहरु संग क्षमा चाहान्छु ।आशा छ मैले माफी पाउछु ।धन्यबाद ।-(रमेश सिंह बोहरा (कुरा गर्ने) ०३:२४, २० जुन २०१४ (युटिसी(UTC)))

    गण्डकी

    कालीगण्डकी नदीगण्डकी नदी भन्ने बारेमा म confuse भएको छु। यदि यी दुई नदी हुन भने ठीक छ यदि होइन भने merge गर्नु पर्यो।

    Nepaboy जी गण्डकी नदी भनेको सप्तगण्डकी हो र कालीगण्डकी नदी यसको सहायक नदी मध्य एक हो।निर्मल दुलाल (कुरा गर्नुहोस) १४:०६, २६ जुन २०१४ (युटिसी(UTC))

    प्रमुख लेखको लागी आवेदन

    सम्पूर्ण सम्पादक जी हरु, नेपाल विकिपीडियामा मिति अनुसार परिवर्तन हुने गरि प्रमुख लेख तयार गरिएको छ । तसर्थ प्रमुख लेखको लागी उत्कृष्ट तथा स्तरिय लेखको छनौटको लागी आवेदन खुल्ला गरिएकोले, यदि तपाईको कुनै पनि लेख स्तरिय तथा उत्कृष्ट छ भने प्रमुख लेख समन्वय समितिको तर्फबाट अावेदनको लागी अाव्हान गर्दछु ।Nirjal stha (कुरा गर्ने) १२:३०, २९ जुन २०१४ (युटिसी(UTC))

    जुलाई महिनाको प्रमुख चित्र छनौटको लागी प्रयाप्त समयावधी नभएकोले गर्दा नेपाली विकिपीडियाको राम्रो लेख मध्ये एक लेख महात्मा गान्धी तथा गिरिजा प्रसाद कोइराला तथा अमरनाथ मन्दिर लाई प्रमुख लेख छनोटको आवेदन आवेदन मा राखिएको छ । तपाईको सुझाव दिनु होला । Nirjal stha (कुरा गर्ने) १३:४८, ३० जुन २०१४ (युटिसी(UTC))

    चेक जाच सम्बन्धमा

    काजी दामोदर पांडेदामोदर पाण्डे को दुईवटा पृष्ठ भएको हुदा प्रबन्धकज्यु हरुमा हेरिदिनुहुन अनुरोध गर्दछु ।--रमेश सिंह बोहरा (कुरा गर्ने) १७:०२, ४ जुलाई २०१४ (युटिसी(UTC))



    रमेश जी अब हेर्नुहोला ..समस्या समाधान भैसकेको छ = बिप्लब आनन्द ०४:३२, ५ जुलाई २०१४ (युटिसी(UTC))

    नयाँ लेख सृजना गर्ने सम्बन्धमा

    नेपाली विकिमा नयाँ लेखहरु सृजना हुँदा प्राय: इन्फोबक्स तथा सन्दर्भ सामाग्रीको कमी देखेको छु तसर्थ त्यस्ता लेखहरुलाई आजको समयमा नेपाली विकिमा स्थान देख्नुहुन्छ वा देख्नुहुन्न ? तथा त्यस्ता नयाँ बनेका लेखहरुलाई तात्कालै मेटाउने अथवा नमेटाउने सम्बन्धमा आफ्नो प्रतिक्रिया जाहेर गर्न सबै मित्र तथा प्रबन्धक ज्यूहरुलाई अनुरोध गर्दछु । बिप्लब आनन्द कुरा गर्ने ०५:१५, ८ जुलाई २०१४ (युटिसी(UTC))

    malae wikipidiya sambandi chana huda hudae pani yas ko prayo ma anabigya xu kripaya sayog ko apexya gar da xu kasari payog garne

    भीम विष्ट जी तपाईंले नेपाली विकिपीडियामा लग इन गरेपछि दायाँतिर माथि "मेरो कुरा" भन्ने लिङ्क देख्नुहुनेछ। त्यो तपाईंका लागि सन्देश दिने वार्ता पृष्ठ हो। त्यसमा भएको स्वागत सन्देश पढेर तपाईंले धेरै जानकारी पाउनुहुनेछ। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०५:०८, १० जुलाई २०१४ (युटिसी(UTC))

    Request for removal Sysop and b'crat status of Bhawani Gautam

     सफल भयो, Thanks every one for participating in voting.भवानी गौतम (कुरा गर्ने) ००:१३, २७ जुलाई २०१४ (युटिसी(UTC))
    • प्रयोगकर्ता भवानी गौतम हाल प्राय समय निष्कृय रही अहिले आफ्नो पदको दुरुपयोग गर्दै यहाँ प्रयोगकर्ता RajeshPandeyको विरोधलाई आफै हटाई प्रयोगकर्ताको अधिकार परिवर्तन गर्नु भएको छ। साथै यस अघि पनि यहाँ आफ्नो राजिनामा राखेर पुन आफै हटाउनु भएको थियो। यसकारण म प्रयोगकर्ता भवानी गौतमलाई प्रशासकको पदबाट हटाउन प्रस्ताव गर्दछु। (यदी विरोध छ भने नहटाउनु पर्ने मनासिव कारण खुलाउनु होला।)
    • I'm requsting for removal Sysop and b'crat status of Bhawani Gautam and the reasons are:
    1. As of discussion here He put his resination here and also told that he'd put it on meta, but later he removed it himself.
    2. Misuse of power ( making user sysop without proper community consensus here )
    3. Mostly inactive. (watch here, here and here)

    -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०९, १३ जुलाई २०१४ (युटिसी(UTC))

    1.  समर्थन आवेदकको रुपमा समर्थन - निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०९, १३ जुलाई २०१४ (युटिसी(UTC))
    2.  समर्थन बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१५, १३ जुलाई २०१४ (युटिसी(UTC))
    3.  समर्थन रामेश सिंह बोहरा (कुरा गरौँ) ०५:२०, १३ जुलाई २०१४ (युटिसी(UTC))
    4.  समर्थन-DULAL (मसँग कुरा गर्नुहोस्) १५:०९, १३ जुलाई २०१४ (युटिसी(UTC))
    5.  समर्थन--सरोज(Saroj) (कुरा गर्ने) ०५:११, १४ जुलाई २०१४ (युटिसी(UTC))
    6.  समर्थनभवानी गौतम ज्यूको नेपाल र नेपाली भाषा प्रतिको विगत देखी आजसम्मको उल्लेखनीय योगदानको सम्मान गर्दछु, तर पछिल्ला दिनहरुमा उहाँ द्वारा पद दुरुपयोग गरी गरिएका केहि अनैतिक कार्यहरुले आउँदो समयमा नेपाली विकिपीडियामा संलग्न केहि अनैतिक तत्वलाई थप प्रोत्सान मिल्ने महसुस गर्दैैै यस्ता अनियमित कार्य आजै देखि रोक्न र अनियमित कसरत गर्ने, गराउने र गर्न चाहने सम्पूर्ण अनियमितताका मसियारहरुलाई चेतावनी सहित निर्मल ज्यू द्वारा प्रस्तावित यस प्रस्तावमा म पूर्ण सर्मथन जनाउन चाहन्छु । आशा छ सम्माननिय प्रयोगकर्ता भवानी गौतमज्यूले आफ्नो गल्ती महसुस गरि पुनः आगामी केहि समयमै आफ्नो छवि यथास्थितिमा कायम राख्नु हुनेछ । धन्यवाद-Nabin K. Sapkota (कुरा गर्ने) ०९:२३, १४ जुलाई २०१४ (युटिसी(UTC))
    7.  समर्थन--Punya (कुरा गर्ने) ०३:५७, १५ जुलाई २०१४ (युटिसी(UTC))
    8.  समर्थन--Sudip Raj Malla (कुरा गर्ने) ०४:४७, १६ जुलाई २०१४ (युटिसी(UTC))
    9.  समर्थन-Laxmi Rose (कुरा गर्ने) १४:०३, १७ जुलाई २०१४ (युटिसी)


    यहाॅहरुलाई हिन्दी विकीमा नेपाली भाषालाई भारतीय भाषा भनिएकोमा आपत्ति देखिएको र कसैलाई भारतमा नेपाली बोलिएकोमा होला तर याद राख्नुहोला नेपाली भाषा भारतको राष्ट्रिय भाषा हो। विकीमा सम्पादन गर्ने बुद्धिजीविको यस्तो अज्ञानताले नेपालीविकीलाई कति सम्म अघाडि लैजाला समयले सप्पै बताउँछ। अर्को कुरा मैले मलाई हटाउनेमा विरोध जनाएकै छैन। मैले त कोई प्रशासक नै नराख्नु भनिदिएको छू मलाई मात्र हटाएमा केही भन्नु छैन किन ढिलो भा'को मैले बुझिनँ। भवानी गौतम (कुरा गर्ने) ०३:२१, २४ जुलाई २०१४ (युटिसी(UTC))
    I love wikipedia. I am against FAMILISM and groupism. I have given sysop status to Srijana to balance and to stop missuse of powers by a particular family. I have nothing to say if community is united to remove my status for the progress of wiki. Pl remember Nepali is not spoken in Nepal only your contributions will also benefit to the people like me who are not nepali citizens. भवानी गौतम (कुरा गर्ने) १३:१५, १४ जुलाई २०१४ (युटिसी(UTC))
    What is Familism? Where did we miss use our power for being involved in wiki movement? What benefit did we got from that kind of misuse? Who are you to make balance? and what kind of balance you made? Just a mean thought... All the new editors that are inspired from me are not my family member.-DULAL (मसँग कुरा गर्नुहोस्) १४:२०, १४ जुलाई २०१४ (युटिसी(UTC))
    1. विरोध विरोध I oppose. No politics please! We are falling down by this. One can not be forced to appeal against him/herself. Anyone can withdraw their own proposal. I think we are forgetting our Five Pillars "Respect to other editors" and "Do not kill newbies". यस किसिमको झगडाले हामी उन्तति होइन अवनति तिर झर्नेछौं। हामीले हाम्रा पाँच स्तम्भहरूको सम्मान गरेनौं कि? खासगरी अरू सम्पादकको सम्मान गरौंनयाँ सम्पादकलाई नटोकौं बारेमा सोचेर अघि बढ्न सबै साथीहरूलाई आग्रह गर्दछु। साथै अधिकार प्रदान गर्दा नियमहरूको पनि पालना गर्न अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०७:१०, १३ जुलाई २०१४ (युटिसी(UTC))
    जवाफ: Anyone can withdraw their own proposal , but not others. he removed User:RajeshPandey's Oppose here (राजनिति कस्ले गरेको यहाँ आफै देखिन्छ, अनि आफ्नो भोट त हटाउने अरूको त पाइदैन नि। अनि ठाडो शब्दमा यहाँ राम्रो काम गर्नेको सधै सम्मान हुन्छ तर गलत गर्नेलाई गलहत्याएर निकालिन्छ।)-निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:१५, १३ जुलाई २०१४ (युटिसी(UTC))
    अंग्रेजी नबुझेर नेपाली विकिपिडियामा लागेको साथीहरूले यहाँ पनि अंग्रेजी लेखेर हैरान पारे। अंग्रेजी लेख्न जान्नेहरू त उतै जानु नि। -DULAL (मसँग कुरा गर्नुहोस्) १५:१५, १३ जुलाई २०१४ (युटिसी(UTC))
    I really appreciate Bhwani's contribution and he is a great man I can be proud of but this activity does not suit him . No one can be admin with just two votes , voting should be open for 21 days at least , one is not allowed to remove other's negative votes, and there should be 80% and more positive votes . I do not have problem for someone becoming admin but but have problem with the procedure, problem is we are not following the rules we once set up ourselves . We are degrading ourselves that way .Please avoid this kind of politics ... --सरोज(Saroj) (कुरा गर्ने) ०५:१९, १४ जुलाई २०१४ (युटिसी(UTC))
    सरोजजी यो जानी जानी गरेको भूल हो। तेह्र जना पुरुषमा दुइटी महिलालाई जबर्जस्ती अधिकार दिन खोजेको किन कि ति दुइटीको योगदान छ। पुरुष प्रधान समाजले महिलाले पाएको अधिकारमा ईर्ष्या गर्नु स्वभाविक हो। म लक्ष्मी र सृजना दुवैलाई चिन्दिन उनीहरु नेपाल कै हुन् मेरो परिवारका होइनन्। मैले प्रतिवन्ध र मेटाउने काम गरेको होइन उठाउने काम गरेको हो। उनीहरुको योगदानलाई राम्रो जान्दछु। आरोपित भूल- दुइ भोट पाएकोमा सिसप दिएको अर्को भूल राजेशजीको कमेन्ट मेटेको। पूर्वाग्रह प्रेरित र विकृत मानसिकता भएकाले अधिकार पाए भने मार्ने र फासी दिने काम गर्छन्। अब त छ्याङ्गै भयो मेरो योगदान प्रति कत्रो डाह र ईर्ष्या रहेछ, कति जलेछन्। अब निहु भेटियो; बल गर्नुहोस्, छिटो हटाउनुहोस्, कम्युनिटीभित्र अभियान चलाउनुहोस्। मैले गरेका सबैकामहरु मेटाइदिनु होला। मीडियाविकी ग्याजेट, templets सबै सबै। यो पनि नियम बनाउनुहोस नेपालका बाहिरकाले नेपाली विकीमा काम गर्न नसकोस्।best of luck भवानी गौतम (कुरा गर्ने) ०३:०९, १५ जुलाई २०१४ (युटिसी(UTC))
    @Bhawani Gautam:, जानी जानी गरेको गल्ति भनेर भन्नु भयो , मैले अन्जानमा गरेछु या गल्ति भएछ भनेर भन्नु भएन । हामीले आफ्नो अहङ्कारलाई विकिपिडियाको स्वार्थ भन्दा माथि राखेर काम गरिरहेकाछौँ । तसर्थ जसजसले(सबै जना) विकिपिडियामा बसेर विकिपिडियालाई भन्दा आफ्नो स्वार्थ र अहङ्कारलाई महत्त्व दिनुहुन्छ कृपया अलिकति नैतिकता प्रस्तुत गरेर आजैबाट बिदा भइदिनुहोस्, विकिपिडियामा हामीले गरेको योगदान कसैले स्वाबास भनिदेओस पत्रिकामा छापियोस् भनेर होइन र यसलाई त्यति सस्तो नबनाउनुहोस् र यसमा घमन्ड पनि कसैले नगरोस् । हामीलाई तपाईँहरूको झगडा सुनेर बस्ने रहर छैन , विकिपिडिया झगडा गर्ने ठाउँ पनि हैन , मन्दिरलाई मसानमा परिणत नगर्नुहोस् । योगदान गर्नेहरूलाई त योगदान गर्न दिनुहोस् । --सरोज(Saroj) (कुरा गर्ने) ०४:१५, १९ जुलाई २०१४ (युटिसी(UTC))
    हो त यहाँ देखिएकै छ नि पूर्वाग्रह प्रेरित र विकृत मानसिकता भएकाले अधिकार पाए भने के सम्म गर्दा रहेछन भन्ने। अनि नेपाली विकिपीडियामा नेपाली राम्रो लेख्न जान्ने कुनैपनि नेपाली भाषीलाई लेख्ने अधिकार छ तर नेपाली भाषालाई हिन्दी बनाउन खोज्नेलाई कुनै स्थान छैन। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:०८, १५ जुलाई २०१४ (युटिसी(UTC))
    1. विरोध विरोध भवानी जी ले गर्नु भएको कार्यको समर्थनमा म छैन तर गल्ती भएको अवस्थामा पनि हरेक व्यक्तिले गल्ति सुधार गर्न मौका पाउनु पर्दछ भन्ने मेरो मान्यता छ । तसर्थ भवानी जी ले गर्न खोज्नु भएको कार्य असल नियतले गर्नु भएको तर प्रक्रिया नपुर्याएको अवस्थामा साथै उहाँले विगतमा नेपाली विकिपीडियामा गर्नु भएको योगदानलाई मध्यनजर गरी पनी एक मौका दिनु उचित हुने देखिन्छ । कुरा गर्ने १२:३७, १५ जुलाई २०१४ (युटिसी(UTC))
    नजानेर गरेको गल्ति भए पो मौका दिने, जानि जानि गर्नु भनेको त जे गरे पनि हुन्छ भने जस्तो भएन र। - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:५७, १५ जुलाई २०१४ (युटिसी(UTC))
    @निर्मल दुलाल (कुरा गर्नुहोस) जी तपाईले भन्नु भएको पनि सहि हो तर प्रशासक पदबाट हटाउनुको साटो भवानी जी ले लिनु भएको गलत निर्णयलाई रद्द गरि अधिकार प्रयोगको लागी अन्तिम चेतावनीको रूपमा सचेत गराउन उचित हुन्छ कि ???? कुरा गर्ने १६:२३, १५ जुलाई २०१४ (युटिसी(UTC))

    जी हामीले त्यो कार्य रद्द गर्न सकिदैन, अनि उक्त प्रयोगकर्ताले अधिकार पाएको भन्दा पनि बनाइएको प्रकृयाको विरोध गरिएको हो, अनि प्रशासक ज्यूको अघिल्ला कार्य र माथीका कुरा हेर्दा उहाँ तपाइले भने जस्तो गर्न सम्भव देखिन्न। अनि वहाँले भन्नु भए जस्तै तपाईहरू सबैजना मेरो परिवारको सदस्यहरू तथा आफन्त हो त?- निर्मल दुलाल (कुरा गर्नुहोस) ००:३१, १६ जुलाई २०१४ (युटिसी(UTC))

    सयम सेवा गरौं

    प्रिय विकिपीडिन मित्रहरू यो नेपाली भाषाको विकिपीडिया हो र देवनागरी युनिकोडमा चल्छ मलाई अङ्ग्रेजी भाषाको त्यती ज्ञान पनि छैन त्यसैले म यहाँ नेपालीमा नै लेखेर आफ्नो राय राख्छु । म मोबाइल सम्पादक भएकोले मेरो सम्पादन गर्ने तरिका अपनाएर मलाई यो नयाँ खण्ड बनाउनु पर्यो । म सबै मित्रहरूलाई आग्रह पनि गर्छु यो सबैलाई थाह छ कि म विद्धान र पढेलेखेको मान्छे हैन र म एक सामान्य कृषक हुँ म त्यती बुझकार नभएकोले तपाइँहरू म भन्दा सबैजना जान्ने र समाजमा राम्रो छवी भएको मान्छे हो । तपाइँहरू सबैजना मान्छेहरू भन्दा बुझकार मान्छे म जम्मै हैन । मेरो आफ्नो सोझो सोचाइले यो झगडाले तिब्र रुप लगेमा हाम्रो भाषाको विकिपीडिया धरापमा पर्छ । नेपाली विकिपीडिया नेपालमा बस्ने नेपालीहरूको मात्र नभएर संसारको कुनैपनि कुनामा बसेका नेपाली भाषी दाजु भाइ दिदी बहिनीहरूको हो । यसमा संसारको कुनै पनि व्याक्तीले स्वतन्त्र रुपमा सम्पादन गर्न पाउँछ । अनजान प्रयोगकर्ताले लेखेको भए त्यसलाई सुधार्ने र मेट्ने काम गरिन्छ भने जानकार प्रयोगकर्ताले कुनै पनि गरेको काम छलफल गरेर मेट्न र सुधार्न सकिन्छ तर सम्पादकलाई जानकारी न गराइ मेट्न पाइन्न स्वतन्त्र रुममा सुधार गरेर लिने प्रयासमा लाग्नु पर्छ । यो विकिपीडियामा के भारत के नेपाल संसारको कुनैपनि देशको मान्छेको आवस्यकता पर्छ कोही जरुरी छैन की त्यो मान्छे नेपालको नै हुनु पर्छ जो नेपालमा मात्र बस्छ त्यसैले यो विकिमा काम गर्न पाउँछ र जसलाई नेपाली व्याकरणको पूरा ज्ञान छ त्यसैले मात्र नेपाली विकिपीडिया चलाउन पाइन्छ भनेर । हुनत तपाइँहरू म भन्दा धेरै बुझकार मान्छे हो विकिको नियम मलाई भन्दा तपाइँहरूलाई बढी थाह छ । जसरी आफ्नो मातृभूमीको माया सबैलाई हुन्छ त्यस्तै आफ्नो मातृभाषाको माया सबैलाई लाग्ने भएकोले विकिपीडिया कसैको निजी होइन यो एक स्वतन्त्र ज्ञानकोष हो । भवानीजी तपाइँ पनि नेपाली नागरीकहरू वीच झगडा गराएर आफ्नो स्वार्थ पुरा गर्ने सोचले यता तिर लाग्नु भएको जम्मै होइन आफ्नो मातृभाषाको सेवा गर्न तिर लाग्नु भएको हो । नेपाली विकिपीडियामा तपाइँले गरेका योगदान प्रसंसा योग्य छ । म पनि तपाइँसँग नै सम्पादन गर्न थालेको हुँ जहाँसम्म मलाई थाह छ हिन्दी विकिपीडियामा तपाइँका धेरै गल्तीहरू सच्याएको थिएँ तपाइँले आफ्नो प्रयोगकर्ता पृष्ठलाई सारेर लेखको रुपमा बनाएको मैले नै सुधारेको हुँ । त्यसैले तपाइँको नेपाली विकिपीडियामा योगदानको बारेमा मलाई सम्पूर्ण थाह छ । यदी तपाइँलाई आफ्नो मातृभाषा प्रति माया नभएको भए तपाइँ पनि यत्रो कष्ट गरेर यहाँसम्म पुर्याउने काशिस नै गर्नु हुन्नथ्यो । यदी तपाइँको मनमा कुनै स्वार्थ लुकेको थियो भने त मलाई थाह छैन । जहाँसम्म मलाई थाह छ तपाइँको मनमा यस्तो जम्मै थिएन । म मान्छु तपाइँले १५ जना पूरुषमा दुई जना महिलाको सहभागीता गराउनु भयो त्यो राम्रो कुरा हो । तर विकी नियमको त पालना गर्नु पर्छ । प्रयोगकर्ताको पक्ष र विपक्षमा परेको भोटको ख्याल गर्नु पर्छ । तपाइँले आफ्नो भाषामा नै भन्नु भएको रहेछ मैले जानी जानी यो गल्ती गरेको हुँ । किन त के तपाइँको बिचारमा नेपालमा बस्ने नेपालीहरू वीच झगडा गराएर आफ्नो स्वार्थ लुट्ने छ ? पक्कै पनि छैन । त्यसैले आफ्नो मातृभाषाको सेवा गर्न र निस्वार्थ सेवा गर्न तपाइँ सक्नु हुन्छ तर मनपरी नगर्नु आफूले पायको अधिकारको दुरुपयोग नगरी सयम सेवा गर्नु हाम्रो कर्तव्य हो । "मरेर केही लानु छैन गरौं कृती राख्नलाई, हतपती नआवस काल धोको पुरा गरी छाड्नलाई ।।" आफ्नो गल्तीको स्विकार गर्नुहोला र आफ्नो मातृभाषाको सेवा गर्नुहोला । धन्यवाद !-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    ०४:१४, १६ जुलाई २०१४ (युटिसी(UTC))

    सिसप सम्बन्धमा

    प्रिय विकिपिडिया समुदाय

    मैले अहिले सिसपको लागि पुनः आवेदन गरेको छैन न त यस अघिको आवेदन नै फिर्ता गरेको छु। पहिले गरेको आवेदनमा पनि भोट सुरू हुने बित्तिकै धेरैजनाले विभिन्न बखेडा झिकेर विवाद गरेका कारण विचैबाट भोट हुन छाडेको हो। म नेपाली विकिपीडियामा योगदान गर्नुको साथै महिला सहभागिता बढोस् र सामग्रीमा लैंगिक विभेद कम होस् भनेर विकिपीडिया शिक्षा, आउटरिच तथा मेन्टरसीपको काम गरिरहेकी छु। सिसप भएर मात्र विकिमा योगदान गर्न सकिन्छ भन्ने पनि होइन। मलाई समुदायको भोटबिना र प्रचलित नियम विपरीत सिसप हुने इच्छा पनि छैन। विनाकारण मलाई विवादको विषय बनाएर उत्साहित गरेको हो कि खेदाउन खोजेको मैंले बुझिनँ? मलाई भर्‍याङ बनाएर राजनिति नगर्नु होला, मैले तपाईंहरू कसैको केहि बिगारेको छैन। मलाई यो वा त्यो बहानामा अपमान नगर्नुहोस्। आफ्नो अभिव्यक्ति अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि सम्मान गर्नुहोला।-सृजना (कुरा गर्ने) ०७:११, १६ जुलाई २०१४ (युटिसी(UTC))


    Dear Wikipedian community,

    I have not re-applied for sysop right neither have withdrawn the previous application. The previous application was put into unnecessary debates right after I've applied that caused resistance the voting. I have been contributing in Nepali Wikipedia for past 5 years. I am working for Wikipedia Education, outreach and mentorship to increase nepali wikipedia as well as women participation and reduce the gender discrimination in content. I don’t believe only sysop can contribute better. I have no wish to become Sysop without community voting and against the existing practices. I didn't understand why I am taken as a matter of debate. Should I be encouraged or discouraged by this? Please do not do petty politics upon me, I haven’t made any harm to you. Please do not defame me frequently. Please respect other’s right while using your own right to expression.Thank you-सृजना (कुरा गर्ने) ०७:३१, १८ जुलाई २०१४ (युटिसी(UTC))

    प्रमुख चित्र आवेदन

    आदरणिय सम्पादकन साथीहरू,

    अगस्ट, २०१४ को प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्द बाट अमरनाथ मन्दिर लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/अमरनाथ मन्दिर मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

    प्रमुख लेख समन्वय समिति को तर्फबाट - कुरा गर्ने ०९:४५, १६ जुलाई २०१४ (युटिसी(UTC))

    विभिन्न थर सम्वन्धी लेखहरूका सम्बन्धमा

    प्रिय विकिपीडियन मित्र विकिपीडियामा विभिन्न थर र जाती सम्बन्धीका लेखहरू लेख्ने क्रममा मैले जैसी थर को बारेमा केही सामग्रीहरू जोडेको थिएँ । मेरो थर पनि जैसी नै हो । तर यो पृष्ठलाई कुनै अज्ञात प्रयोगकर्ताले त्यहाँ भएको सामग्री हटाउने गरेको देखेर मैले त्यो लेखलाई खाता खोलेको प्रयोगकर्ताले मात्र सम्पादन गर्न सक्ने गरेर सुरक्षीत गरेकोले त्यो अज्ञात प्रयोग कर्ताले आज फेरी मेरो वार्ता पृष्ठमा संदेस दिएको छ र अरू दुइवटा लेखहरू पनि सम्पादन गरेको छ त्यसमा एकै भनाइ राखेको छ । मैले एक लेख मेटाएको छु र अर्को लेख रोलब्याक गरेको छु । के विकिपीडियामा जानकारी मुलक सामग्रीहरू राख्दा कानुनी अपराध गरेको मानिन्छ त ? हाम्रो लागि यो त अहिले सामान्य सुझाव मात्र हो पछाडी हामीले अन्य जाति सम्बन्धी लेखहरू सम्पादन गर्दा हामीलाई यस्ता दबाबहरू प्रसस्त आउन सक्छन् । यसैले यो बिषयमा छलफल गरेर अगाडी बढ्नु आवश्य होला की ? -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    ०६:२३, १७ जुलाई २०१४ (युटिसी(UTC))

    • रामप्रसाद जी, कुनै पनि राम्रो जानकारी मुलक कुरालाई कानुनले पनि प्रतिवन्ध गर्दैन। तर जानकारी मुलक कुरा राख्दा कसैको सम्मान तथा हकाधिकारमा ठेस पुर्याउन चाही हुन्न। यस्तै विवाद उत्पन्न नहोस, गलत कुराहरू नलेखियोस भनेर नै विकिपीडियामा सन्दर्भ सामाग्रीको प्रयोग गरिन्छ। यसकारण यस्ता कुनै पनि लेखहरू लेख्दा उचित सन्दर्भ सामाग्रीहरूको प्रयोग गर्नु राम्रो होला।- निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:१५, १७ जुलाई २०१४ (युटिसी(UTC))
    • रामप्रसादजी, तपाईंले महत्वपूर्ण विषय उठाउनु भयो। धेरै लेखमा यस्ता सम्पादन बाझाबाझ हुने गर्छन्। विवादास्पद विषयवस्तुमा लेख्दा सन्दर्भ सामग्री राखेर लेखेमा विवाद कम हुन्छ होला। यो लगायत जुनसुकै विषयमा साम्प्रदायिक द्वेष फैलाउने किसिमबाट कसैले सम्पादन गरेको भए प्रवन्धक र सम्पादकहरूले गम्भीरतापूर्वक सम्पादन गर्नुहोला।--Ganesh Paudel (कुरा गर्ने) ०८:४२, १७ जुलाई २०१४ (युटिसी(UTC))
    @Nirmal Dulal and Ganesh Paudel: सुझावकोलागी धन्यवाद मैले प्राय जसो लेखहरूमा सन्दर्भ सामग्री राख्ने गरेको छु ब्लग र फेसबुक बाहेक चाहे त्यो जुन सुकै माध्यमबाट प्राप्त गरेको होस् । मैले उपरोक्त लेखमा पनि पश्चिम नेपालका जैसीहरूको भनाईला सन्दर्भ राखेको थिएँ तर त्यो आइ.पी.ले त्यो हटाएर फेरी आफैले केही सामग्री थपेछ त्यसलाई हेरेर कसले त्यसमा {{POV}} लगाएको रहेछ । मैले फेरी त्यो आइ.पी. सम्पादनलाई हटाएर ढाँचा रहन दिएँ अब के त्यो ढाँचा हटाएर सम्पादन गर्न सकिन्छ ? -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १६:१९, १७ जुलाई २०१४ (युटिसी(UTC))
    

    आजको जन्म

    विकिपीडियन सम्पादक साथीहरू सामयिक लेख खण्डमा "आजको जन्म" शिर्षक अन्तरगत कुनै पनि दिनमा जन्मेका बढिमा बढिमा तीन व्यक्तित्व (एक अन्तराष्ट्रिय व्यक्तित्व, एक राष्ट्रिय व्यक्तित्व तथा एक विशिष्ट व्यक्तित्वको नाम राखिनेछ) हरूको नाम राख्ने गरि शुरूवात गर्न थालनी गर्न लागि रहेको हुँदा तपाईहरूको स्विकृती तथा अमुल्य सुझावको अपेक्षा गरेको छु । कुरा गर्ने ०९:४२, १७ जुलाई २०१४ (युटिसी(UTC))

    निर्जलजी असाध्यै राम्रो कुरा। मुख्य पृष्ठलाई अध्यावधिक र नयाँ देखाउन तपाईंको सकृयता र अग्रसरताका लागि धेरैधेरै धन्यवाद। यसलाई "इतिहासमा आज" भनेर राख्दा अझ राम्रो हुन्थ्यो कि? त्यसो गर्दा जन्म मात्र नभै इतिहासका महत्वपूर्ण घटनालाई पनि समेटन सकिन्छ। यो अभ्यास अंग्रेजी विकिपीडियाले गर्दै आएको पनि छ। --Ganesh Paudel (कुरा गर्ने) १०:३१, १७ जुलाई २०१४ (युटिसी(UTC))

    मेरो बारेमा

    नेपाली विकिपिडियामा हालसम्म महिला मध्ये सबैभन्दा बढी योगदान गरी सिसपसमेत भइसकेकी र समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा समेत सहभागी मलाई एकजना भारतीयले नक्कली प्रयोगकर्ता भन्दा पनि समुदायबाट कुनै प्रतिक्रिया नआएकोमा खेद छ। -Laxmi Rose (कुरा गर्ने) १४:००, १७ जुलाई २०१४ (युटिसी(UTC))

    इतिहासमा आज

    सम्पादक साथीहरू तपाईको स्विकृती अनुसार मैले इतिहासमा आज पृष्ठ बनाई मुख्य पृष्ठमा मिति अनुसार परिवर्तन हुने गरि राखेको छु र उक्त खण्डलाई पूनरावलोकन तथा आवश्यक जानकारी राख्नको लागी तपाईहरूको सहयोग तथा सहकार्यको अपेक्षा गरेको छु । कुरा गर्ने ०४:४८, २० जुलाई २०१४ (युटिसी(UTC))

    निर्जल जी, इतिहासमा आजमा जन्म मात्र नभई अन्य महत्वपूर्ण घटनाहरू पनि राख्दा कस्तो होला? -निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०७, २० जुलाई २०१४ (युटिसी(UTC))
    @ निर्मल दुलाल (कुरा गर्नुहोस) - इतिहासमा आज खण्डमा अघिल्लो छलफलमा गणेश जी ले सुझाव दिनु भए अनुसार घटना राख्ने व्यवस्था गरिएको छ । तीन वटा जानकारी मध्ये अन्य मा महत्वपूर्ण घटना राख्न सक्छौ‌ । कुरा गर्ने ०५:५९, २० जुलाई २०१४ (युटिसी(UTC))
    @ : मेरो विचारमा मुख्य पृष्ठमा प्रमूख लेख तथा विशेष लेख भनेर दुईवटा लेख राख्नु आवश्यक छ जस्तो लाग्दैन। विशेष लेखलाई हटाएर त्यसको स्थानमा अंग्रेजी विकीमा जस्तो इतिहासमा आज राख्दा उपयुक्त होला।- निर्मल दुलाल (कुरा गर्नुहोस) १४:२७, २० जुलाई २०१४ (युटिसी(UTC))
    @ निर्मल दुलाल तपाईले भन्नु भएको कुरा त सहि हो तर इतिहासमा आजलाई पूरा खण्डमा राख्नको लागी प्रयाप्त सामग्री पनि त छैन, त्यसको लागी अलि समय लिएर गर्दा हुन्छ होला । कुरा गर्ने १६:५८, २० जुलाई २०१४ (युटिसी(UTC))
    @ निर्मल दुलाल निर्मल जी यदी हामीले प्रत्येक मितिको कम्तिमा तीन वटा घटनालाई समेट्न सक्यौ भने यसलाई विशेष लेखको ठाउँमा राख्नको लागी प्रयाप्त सामग्री पुग्ने रहेछ । हामीले सहकार्य गरि सामग्री जुटायौ भने इतिहासमा आजलाई छुट्टै खण्डमा राख्न सम्भव छ । कुरा गर्ने ०२:१२, २१ जुलाई २०१४ (युटिसी(UTC))

    समाचार बारे

    नेपाली विकिपीडियाको मुख्य समाचारमा तत्कालीन ताजा समाचार दैनिक रूपमा राख्दा कसोहोला ? यदि यसो हुन सकेमा नेपाली विकिपिडियामा झन सोभा बढने थियो । यस्तो ब्यवस्था निलाउन सकिन्छ कि ।

    रमेश सिंह बोहरा (कुरा गरौँ) १८:४०, २० जुलाई २०१४ (युटिसी(UTC))
    
    @रमेश सिंह बोहरा रमेश जी तपाईले भन्नु भएको कुरा सहि हो, यस सम्बन्धमा विप्लव आनन्द जी आवश्यक व्यवस्था मिलाउन मिहिनेत गरि राख्नु भएको छ । तपाईले यस सम्बन्धमा उहाँलाई सहयोग गर्न सक्नु हुन्छ । कुरा गर्ने ०२:१०, २१ जुलाई २०१४ (युटिसी(UTC))
    @Nirjal stha जि नेपाली विकिपीडिया हामी सबैको हो । म बाट हुनसक्ने सम्पुर्ण सहयोग तथा कार्यहरूमा डटेर लाग्नेछु । धन्यवाद रमेश सिंह बोहरा (कुरा गरौँ) ०२:४५, २१ जुलाई २०१४ (युटिसी(UTC))


    पुरानो इन्प्युट प्रणाली हटाएर नयाँ प्रणाली स्थापित (Old input system removed)

    नेपााली लेख्ने पुरानो प्रणाली हटाएर नयाँलाई स्थापित भएको छ। बानी गर्न समय लाग्न सक्छ।भवानी गौतम (कुरा गर्ने) ०५:२१, २१ जुलाई २०१४ (युटिसी(UTC))

    विशेषाधिकार सम्बन्धमा

    मैले नेपाली विकिपीडियामा विशेषाधिकारको लागि निवेदन भन्ने शिर्षक बनाएको छु यहाँ हेर्नुहोला ।

    • यसमा छुट्टाछुट्टै अधिकारको लागि छुट्टा-छुट्टै स्थान रहेको हुँदा पहिला निर्माण गरिएको आयोजना पृष्ठहरुबाट यसमा कन्टेन्ट राख्नु पर्ने आवश्यकता रहेको छ ।
    • पहिलेको आयोजना पृष्ठमा अधिकारको लागि छयासमिस भएको हुँदा त्यहाबाट कन्टेन्ट कपि गरेर त्यस पृष्ठलाई मेट्नु पर्नेछ ।
    • यस सम्बन्धमा आफ्नो बिचार व्यक्त गर्नुहोला । धन्यवाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२८, २२ जुलाई २०१४ (युटिसी(UTC))
    @बिप्लब आनन्द:: यो धेरै राम्रो कुरा उठाउनु भयो । विकिपिडियामा धेरै प्रयोगकर्ता स्तरहरू र अधिकारहरू छन् । यसलाई व्यवस्थापन गर्न जरुरी छ ।
    1. बोटहरु
    2. प्रबन्धकहरू
    3. प्रशासकहरु
    4. Stewards
    5. खाता खोल्नेहरु
    6. आयातकर्ताहरु
    7. ट्रान्स विकि आयातकर्ताहरु
    8. IP रोक माफीहरु
    9. Oversighters
    10. OAuth administrators
    11. Check users
    12. Patrollers
    13. Reviewers
    14. निश्चित गरिएका प्रयोगकर्ता

    यदि सबै प्रयोगकर्ताहरूमा यो जानकारी पुर‍्‌याउन सकिएमा विकिपिडियामा पदको लागि हुने गरेका झगडा समेत न्युन हुने थिए ।

    धन्यवाद !

    --सरोज(Saroj) (कुरा गर्ने) ००:५९, २३ जुलाई २०१४ (युटिसी(UTC))

    राम्रो काम बिप्लवजी! सरोजजीले उठाउनुभएको कुरामा मेरो पनि समर्थन छ। प्रयोगकर्ताहरूमा यी अधिकारहरूको जानकारी पुर्‍याउँदा धेरै समस्या समाधान हुन सक्छन्। पुराना आवेदनहरूलाई अभिलेखको रूपमा अलग्गै पृष्ठमा राखेर त्यसको लिङ्क यी पृष्ठहरूमा राख्दा हुन्छ होला। --Ganesh Paudel (कुरा गर्ने) १०:२५, २३ जुलाई २०१४ (युटिसी(UTC))
    @बिप्लब आनन्द, सरोज कुमार ढकाल, and Ganesh Paudel: तपाइँहरूको प्रयास एकदम राम्रो छ । माथी सरोजजीले भनेका अधिकारयुक्त प्रयोगकर्ताहरू हाम्रो विकिपीडियामा सृजना गरिएमा हाल यो विकिपीडियामा देखिने प्रयोगकर्ता अधिकारको झगडा धेरै कम हुन सक्छ ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १५:२६, २३ जुलाई २०१४ (युटिसी(UTC))
    

    इतिहासमा आज

    सम्पादक साथीहरू इतिहासमा आजलाई तपाईहरूको सहकार्यको अपेक्षा गरि छु्ट्टा खण्डमा राख्नको लागी तपाईहरूको स्विकृती अनुरोध गर्दछु । कुरा गर्ने १४:२१, २२ जुलाई २०१४ (युटिसी(UTC))

    समर्थन/Support(+)

    1.  समर्थन- मेरो समर्थन छ ! --सरोज(Saroj) (कुरा गर्ने) १४:३९, २२ जुलाई २०१४ (युटिसी(UTC))
    2.  समर्थन- मेरो पूरा समर्थन छ । रमेश सिंह बोहरा (कुरा गरौँ) ११:१५, २५ जुलाई २०१४ (युटिसी(UTC))
    3.  समर्थन- मेरो पूरा समर्थन छ । -DULAL (मसँग कुरा गर्नुहोस्) ०४:१६, २३ जुलाई २०१४ (युटिसी(UTC))
    4.  समर्थन-समर्थन गर्दछु।--Ganesh Paudel (कुरा गर्ने) १०:२१, २३ जुलाई २०१४ (युटिसी(UTC))
    5.  समर्थन- निर्मल दुलाल (कुरा गर्नुहोस) १४:५३, २३ जुलाई २०१४ (युटिसी(UTC))
    6.  समर्थन-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    7.  समर्थन- मेरो समर्थन छ। --Nabin K. Sapkota (कुरा गर्ने) १५:५२, २३ जुलाई २०१४ (युटिसी(UTC))
    १५:१६, २३ जुलाई २०१४ (युटिसी(UTC))
    

    विकिपीडिया:हालैका घटनाहरू

    विकिपीडिया:हालैका घटनाहरूलाई मैले सकेसम्म परिवर्तन गरेर नयाँ बनाउने कोसिस गरेको छु । यदि त्यसमा केहि थप्न सकिन्छ भने मलाई कृपया आफ्नो सुझाव दिनहुन सबै मित्रहरु सँग अनुरोध गर्दछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३१, २९ जुलाई २०१४ (युटिसी(UTC))

    प्रमुख लेख आवेदन

    आदरणिय सम्पादकन साथीहरू,

    सेप्टेम्बर को प्रमुख लेखको लागी आवेदक निर्जल श्रेष्ठ बाट बृहत हिमालय पदमार्ग‎ लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/बृहत हिमालय पदमार्ग‎ मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

    प्रमुख लेख समन्वय समिति को तर्फबाट - कुरा गर्ने ०२:५९, ३० जुलाई २०१४ (युटिसी(UTC))

    यदि सम्पादक साथीहरू निर्णय प्रक्रियामा सहभागि नहुने हो भने समुदाय तथा मतदान प्रक्रियाको के अर्थ रह्यो त ????? कुरा गर्ने १३:५२, १४ अगस्त २०१४ (युटिसी(UTC))

    Article request

    Hi! I found that the en:School District of Philadelphia opened a Nepali website. http://webgui.phila.k12.pa.us/offices/l/language-nepali What is the Nepali name of the school district? Would anyone be okay with starting a stub in Nepali on the district?

    Thanks WhisperToMe (कुरा गर्ने) ०३:१८, ४ अगस्त २०१४ (युटिसी(UTC))

    @WhisperToMe: Here it is , फिलाडेल्फिया_विद्यालय_जिल्ला --सरोज(Saroj) (कुरा गर्ने) ०५:३४, ४ अगस्त २०१४ (युटिसी(UTC))
    Thank you so much! WhisperToMe (कुरा गर्ने) ०९:२२, ५ अगस्त २०१४ (युटिसी(UTC))

    By the way, is anyone interested in starting a short Nepali stub on en:Philadelphia? I'm surprised but I cannot find a Nepali article for it. Thanks again! WhisperToMe (कुरा गर्ने) ०९:३२, ५ अगस्त २०१४ (युटिसी(UTC))

    done about the stub. - निर्मल दुलाल (कुरा गर्नुहोस) १५:११, १४ अगस्त २०१४ (युटिसी(UTC))
    Thank you! WhisperToMe (कुरा गर्ने) १८:३३, १७ अगस्त २०१४ (युटिसी(UTC))

    Help for translate

    Hello and sorry for writing in English. Can anyone help me translate a small article (2 paragraphs) from English to your language and create the article in your wiki? Please, fell free to answer in my talk page in your wiki anytime. Thanks! Xaris333 (कुरा गर्ने) ०१:४१, १३ अगस्त २०१४ (युटिसी(UTC))

    @Xaris333: : sure, let us know about the article first ? ....बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०१, १३ अगस्त २०१४ (युटिसी(UTC))

    प्रमुख लेख आवेदन

    आदरणीय सम्पादक साथीहरू,

    अक्टोबरको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्दबाट कृष्ण लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समितिबाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/कृष्ण‎मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

    प्रमुख लेख समन्वय समितिको तर्फबाट - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:३१, २० अगस्त २०१४ (युटिसी(UTC))

    [सोलुखुम्बु जिल्लाभित्र रहेका सामाजिक क्लबहरु]

    १. सिर्जनशिल युवा समाज, कांगेल सोलुखुम्बु २. योङ्ग स्टार क्लब, सल्लेरी सोलुखुम्बु ३. कांगेल युवा समाज, कांगेल सोलुखुम्बु

    Article request: Thai Airways International Flight 311

    Hi! I found that en:Thai Airways International Flight 311, which crashed in Nepal, does not yet have an article. Is anyone interested in starting one? Thanks WhisperToMe (कुरा गर्ने) १४:४६, ५ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

    @WhisperToMe: Here you go , थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाइट ३११ -Nabin K. Sapkota (कुरा गर्ने) ०९:१२, ६ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
    Thank you so much! WhisperToMe (कुरा गर्ने) १५:५९, ८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

    Education-related request: St. Louis Public Schools

    I found that en:St. Louis Public Schools had a Nepali webpage at http://web.archive.org/web/20120502033430/http://www.slps.org/19621051994624537/blank/browse.asp?a=383&BMDRN=2000&BCOB=0&c=56044 - Because of this, I believe there are a significant number of Nepali speakers enrolled in the school system. Is anyone interested in making a short stub on this school district? Also would anyone mind making a Nepali category on en:Category:School districts in the United States? That way फिलाडेल्फिया_विद्यालय_जिल्ला can be put in the same category.

    Thank you WhisperToMe (कुरा गर्ने) १६:०२, ८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))


    के तपाईंलाई थाहा छ?

    प्रिय सम्पादक साथीहरू, मुख्यपृष्ठका प्राय सबै खण्डहरू व्यवस्थित भइ सके तर हालसम्म पनि "के तपाईंलाई थाहा छ?" खण्ड व्यवस्थित हुन सकेको छैंन । यसमा साथीहरू मिलेर व्यवस्थित बनाउन अनुरोध गर्दछु । कुरा गर्ने ०७:५०, १३ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

    प्रमुख लेख सम्बन्धमा

    विकिपीडियन सम्पादक साथीहरू,

    नेपाली विकिपीडियाले विकी लभ्स मोन्युमेन्ट्स प्रतियोगिता आयोजना गरेको हुँदा सबै मित्रहरुको सहभागिता होस् भन्ने कुरामा जोड दिदै नेपाली विकिपीडिया दैनिक रुपमा ब्राउज गर्ने सबैको ध्यान केन्द्रित होस् भन्ने अभिप्रायले हालको लागि मुख्य लेखलाई परिवर्तन गरि बाँकी रहेको १४ दिनको निमित विकी लभ्स मोन्युमेन्ट्स लेखलाई प्रमुख लेखमा स्थान प्रदान गराउन सबै मित्रलाई यसमा समर्थन गर्न आग्रह गर्दछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४४, १६ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

    1.    समर्थन छ । कुरा गर्ने १०:५९, १६ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
    2.  समर्थन--Nabin K. Sapkota (कुरा गर्ने) ११:३३, १६ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
    3.   -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने १२:५७, १६ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
    4.    समर्थन छ । सरोज(Saroj) (कुरा गर्ने)
    5.    लेख छोटो छ। यसलाई विस्तार गरेर राख्ने सुझाव सहित समर्थन गर्दछु। --Ganesh Paudel (कुरा गर्ने) ०५:३७, १९ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
    बिप्लब आनन्द जी, उक्त कार्यको लागी "ढाँचा:विशेष प्रमुख लेख/२०१४-०९" तयार गर्नु होला । कुरा गर्ने ०८:४४, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

     समर्थनको आधारमा प्रमुख लेख को लागि चयन बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३४, २० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

    1.  समर्थन --रमेश सिंह बोहरा

    (✉✉) ०९:५०, २० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

    मार्गनिर्देशनको अपेक्षा

    नमस्कार ! नेपाली विकिपिडियामा विकिहरु नेपालिकरण प्रयासमा मार्गनिर्देशनको अपेक्षा गर्दछु । धन्यवाद । - जय नेपाल Sajan Subba (कुरा गर्ने) १८:३०, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))

    नेपाली भाषाका लेखहरू पी डी एफ् ढाँचामा डाउनलोड गर्ने

    समस्या

    विकिपीडियाको मेनु (Menu) मा नेपाली भाषाका लेखहरू पी डी एफ् ढाँचामा डाउनलोड गर्ने रोजाइ (Option)/सुविधा छैन। कृपया यो समस्याको समाधान गरिदिनु होला।

    - Shresthakedar (कुरा गर्ने) ०४:४९, ११ अक्टोबर २०१४ (युटिसी(UTC))

    नेपाली विकिपीडियामा PDF

    केदारजी, अंग्रेजी लगायतका केही सरल लिपी भएका विकिहरूमा PDF अथवा Book creater पहिलेदेखि नै उपलब्ध छ। नेपाली लगायत केही जटील लिपी हरूमा पनि PDF उपलब्ध गराउनका लागि विकिमिडिया फाउन्डेसन संग धेरै चरणमा अनुरोध भएको छ। अहिले नेपाली र धेरैवटा दक्षिण एशियाली लिपीहरूमा PDF योग्य बनाउने कार्य सम्पन्न भै परीक्षण भैरहेको फाउन्डेसनले जनाएको छ। चाँडै यो सेवा उपलब्ध हुनेमा हामी आशावादी छौं।

    --Ganesh Paudel (कुरा गर्ने) ०७:२३, ८ अक्टोबर २०१४ (युटिसी(UTC))

    सधन्यवाद तथा शीघ्र समाधानको प्रतीक्षामा!!!

    गणेश सर, तपाइँले दिनु भएको जानकारीको लागि तपाइँलाई धेरै धेरै धन्यवाद छ।

    अंग्रेजी भाषामा प्रयोग हुने रोमन लिपि जस्तो सरल लिपि नभइ जटिल लिपिको रूपमा रहेको देवनागरी लिपि प्रयोग हुने हिन्दी भाषाको हिन्दी विकिमा 'मुख्य पृष्ठ'को 'मुद्रण/निर्यात' मेनु अन्तर्गत हिन्दी भाषाका लेखहरू PDF ढाँचामा Download गर्ने सुविधा उपलब्ध छ।

    नेपाली विकिमा चाँडै 'मुख्य पृष्ठ' अन्तर्गत देवनागरी लिपि प्रयोग हुने नेपाली भाषाका लेखहरू PDF ढाँचामा डाउनलोड गर्ने सुविधा भएको मेनु उपलब्ध होस् भनी प्रतीक्षारत् छु। यसो भएमा नेपाली भाषाका लेखहरु डाउनलोड गरी संग्रह गरेर अफलाइनमा पढ्न पाएमा राम्रो ज्ञान हासिल गर्न सकिने थियो ।

    - Shresthakedar (कुरा गर्ने) ०३:१९, ११ अक्टोबर २०१४ (युटिसी(UTC))

    Amrit Ghimire Ranjit

    (समिक्षक अधिकारको लागि   निवेदन  गर्दछु।) Amrit Ghimire Ranjit (कुरा गर्ने) ०२:००, २० अक्टोबर २०१४ (युटिसी(UTC))
    

    मुख्य पृष्ठ बारे

    मुख्य पृष्ठमा राखिने लेख रचनाहरु तथा प्रमुख चित्रहरु कसरि र कसकसले राख्ने गर्द छन्? मैले भन्न खोजेको कुरा, आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ति हो भने यो समयमा तिहारको रमझम चली रहेको छ र यस पछी छठ पर्व । यी कुरालाई ध्यानमा राखी मुख्य पृष्ठमा राखिने लेख रचनाहरु तथा प्रमुख चित्रहरु समय सान्दर्भिक भए सुनमा सुगन्ध हुने थियो। यसले गर्दा नेपाली विकिपीडियाको गरिमा अझ बढने थियो कि? --(Janak Bhatta (कुरा गर्ने) ०८:१०, २३ अक्टोबर २०१४ (युटिसी(UTC)))

    @जनक राज भट्ट:: तपाईले भन्नु भए अनुसार प्रमुख लेख चाहिं समर्थनको आधारमा एक महिनाको लागि राख्ने गरिन्छ । प्रमुख लेखको लागि तपाईले विकिपीडिया:प्रमुख लेखमा जानु होला त्यहाँ विकिपीडिया:प्रमुख लेख/आवेदनहरू भन्ने कलम रहेको छ । यहाँ तपाईले प्रमुख लेख मापदण्ड अनुसार कुनै पनि लेखलाई यहाँ आवेदन गर्न सक्नुहुनेछ । आवेदन पश्चात समर्थनको आधारमा लेखलाई प्रमुख लेखको लागि छनौट गर्न्रे गरिन्छ । तथा कुनै बिशेष दिनको लागि ढाँचा:आजको लेखमा गएर तपाईले लेख बनाउन सक्नुहुन्छ । त्यसै प्रकार प्रमुख चित्रको लागि ढाँचा:प्रमुख चित्रमा गएर दिन अनुसार प्रमुख चित्र समेत राख्न सक्नुहुन्छ । धन्यवाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३१, २३ अक्टोबर २०१४ (युटिसी(UTC))
    @बिप्लब आनन्द:: यहालाई धेरै धेरै धन्यवाद । --(Janak Bhatta (कुरा गर्ने) ०८:४६, २३ अक्टोबर २०१४ (युटिसी(UTC)))

    प्रमुख लेख आवेदन

    आदरणीय सम्पादक साथीहरू,

    नोभेम्बरको प्रमुख लेखको लागी आवेदक बिप्लब आनन्दबाट जानकी मन्दिर लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समितिबाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/जानकी मन्दिर‎मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

    @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी:

    @Nirjal stha:

    प्रमुख लेख समन्वय समितिको तर्फबाट - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०६, २८ अक्टोबर २०१४ (युटिसी(UTC))

    यस प्रति सम्पूर्ण को ध्यानाकर्षण गर्दछु m:Requests for new languages/Wikinews Nepali Amrit Ghimire Ranjit (कुरा गर्ने) १५:०६, २८ अक्टोबर २०१४ (युटिसी(UTC))

    Hello, Dear wikipedians. I invite you to edit and improve this article and to add information about your and other country.--Kaiyr (कुरा गर्ने) १२:३८, ३१ अक्टोबर २०१४ (युटिसी(UTC))

    @Kaiyr: Do you have any links where we can add info about our beloved country :) ? --सरोज(Saroj) (कुरा गर्ने) १६:४३, ५ नोभेम्बर २०१४ (युटिसी(UTC))

    प्रमुख समाचार सम्बन्धमा

    आदरणीय सम्पादक मित्रहरु,

    नेपाली विकिपीडियालाई अझ स्तरीय बनाउनका निमित प्रमुख समाचारमा मैले परिवर्तन गरेको छु । अब उपरान्त नेपाली विकिपीडियाको प्रमुख पृष्ठमा रहेको प्रमुख समाचारमा तपाई पनि नयाँ समाचार सुझाव गर्न सक्नुहुनेछ जसमाथि छलफल/मतदानको आधारमा खबरलाई छनौट गरेर प्रमुख समाचारमा राखिनेछ । यसको लागि कृपया विकिपीडिया:प्रमुख समाचार/उम्मेदवार पृष्ठमा गएर तपाई नयाँ खबरमा क्लिक गरेर फाराम भरेर नयाँ समाचारलाई नामांकित गर्न सक्नुहुनेछ तथा समाचार राख्नु भन्दा पूर्व एक पटक विकिपीडिया:प्रमुख समाचार/मापदण्ड हेर्नुहोला । यस सम्बन्धमा कुनै प्रकारको दुविधा भए मेरो वार्ता पृष्ठमा लेख्नुहोला । धन्यवाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०९, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

    प्रवन्धकहरूमा पुन: जानकारी बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०९, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

    @Biplab Anand, Nirmal Dulal, Tulsi Bhagat, and पर्वत सुबेदी: :@Nirjal stha:

    1.    मेरो पूर्ण समर्थन रहेको छ । --सरोज(Saroj) (कुरा गर्ने) १६:४१, ५ नोभेम्बर २०१४ (युटिसी(UTC))
    2.    मेरो तर्फबाट पूर्ण समर्थन छ ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १३:००, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))
    

    कुन ठिक

    हिन्दू या हिन्दु ?--सरोज(Saroj) (कुरा गर्ने) १६:४०, ५ नोभेम्बर २०१४ (युटिसी(UTC))

    • @सरोज(Saroj)जी! हिन्दू वा हिन्दु मा कुन ठिक भन्ने बारेमा, विशेषणको रुपमा लेख्दा हिन्दू हुन्छ तर नाम बनाएर लेख्दा हिन्दु लेखिने गरिन्छ । जस्तै:- नाम बनाएर लेख्दा हिन्दुस्तानी, हिन्दुत्व, हिन्दुपती आदि आदि । त्यसैले शब्द कुनरुपमा प्रयोग भएको छ त्यहि अनुसार ह्रस्व र दिर्घ हुने गर्दछ ।--(Janak Bhatta (कुरा गर्ने) ०५:११, ७ नोभेम्बर २०१४ (युटिसी(UTC)))

    अङ्ग्रेजी अनुप्रेषणहरू

    सयौँ अङ्ग्रेजी अनुप्रेषणहरूलाई हटाउने हो कि यस्तो कार्य गर्न प्रोत्साहित गर्ने हो ?--सरोज(Saroj) (कुरा गर्ने) १६:४०, ५ नोभेम्बर २०१४ (युटिसी(UTC))

    • अंग्रेजी शीर्षक बाट खोज गर्दा पनि नेपाली लेखमा पुर‍्‍याउने अनुप्रेषणले लेख खोज्न मद्दत गर्दछन्। त्यसकारण अङ्रेजी शीर्षकबाट नेपाली शीर्षकमा अनुप्रेषण बढाउन प्रोत्साहित गर्ने कार्यका लागि समर्थन गर्दछु।--Ganesh Paudel (कुरा गर्ने) ०६:५९, ६ नोभेम्बर २०१४ (युटिसी(UTC))
    • सरोज जी, म हटाउनको लागि समर्थनमा छु। नेपालीमा अाएर अङ्ग्रेजीमा खोज्ने महामूर्ख होला। -DULAL (मसँग कुरा गर्नुहोस्) १५:३९, ६ नोभेम्बर २०१४ (युटिसी(UTC))
    • हाल विश्वव्यापी रुपमै मौलाउदैँ गएको सामाजिक सञ्जाल र सजिलोकै नामका त्यहाँ प्रयोग गरिने अस्वस्थ भाषाका कारण आज नेपालमा मात्रै नभई विश्व भरिनै भाषा प्रतिको गैर जिम्बेवारीता उत्पन्न भएको छ ।यस्तो अवस्थामा विश्व भरि फैलिएर बसेका हरेक देश ठाँउका प्रत्यक भाषीले यथास्थानवाट आफ्नो भाषाको पहिचान र अस्तित्व जर्गेना गर्नुपर्ने महत्वपूर्ण घडि आएको छ । यस्तै कुरालाई ध्यानाकर्षण गर्दै विकिमिडिया फाउन्डेसनले भाषाको पहिचान र अस्तित्व जर्गेन गर्ने हेतुले सबैको पहुँचमा पुग्ने गरि विश्व भरि हरेक भाषीले बोल्ने भाषाहरुको आधारमा प्रत्यक भाषाको एक स्वतन्त्र विश्वकोष खडा गर्ने कार्य गर्दै आइरहेको छ । यसै क्रममा विकिमिडिया फाउन्डेसन अर्तगत रहेर नेपाल र नेपाली भाषाको पहिचान र अस्तित्व जर्गेना गर्ने कार्यमा सर्मपित नेपाली विकिपीडियामा हाल आएर सजिलोका लागी भन्ने कारण देखाई विश्वव्यापि रुपमा अन्तराष्ट्रिय भाषाको समेत मान्यता पाएको अंग्रेजी भाषाको जथाभावि तथा अस्वस्थ प्रयोग गर्ने कुरा मूर्खतापूर्ण क्रियाकलापको पराकाष्ट भएको कुरा म यहाँ उल्लेख गर्न चाहन्छु । यदि हामीले विश्वका अन्य भाषाहरुको सहि स्थानमा गई सम्मान जनक प्रयोग गर्ने हो भने मात्रै हाम्रा भाषाहरुलाई पनि हामी सम्मान जनक स्थान दिलाउन सक्छौ । अब पनि जान अञ्जानमा गरेका गल्ती नै भएपनि सुधार्नुको साटो विभिन्न कारण देखाई अझ ठाकछोप गरौँला भन्ने हेपाह सोच पूर्ण रुपका त्याग्न समन्धित सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु । धन्यवाद -Nabin K. Sapkota (कुरा गर्ने) १८:१३, ६ नोभेम्बर २०१४ (युटिसी(UTC))
    • सरोज जी, म हटाउनको लागि समर्थनमा छु। अंग्रेजीमा नै खोज्नको लागि त अंग्रेजी विकी छ नि, अनि अंग्रेजी र नेपालीलाई लिंक गर्नको लागि wikidata को इन्टरविकी लिंक छदै छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) १७:०७, ७ नोभेम्बर २०१४ (युटिसी(UTC))
    धन्यवाद , यहाँहरूको सुझाव अनुसर मैले सबै अनुप्रेषणहरूलाई चाँडै मेटाउन चिनो लगाएको छु । --सरोज(Saroj) (कुरा गर्ने) १२:१२, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

    धन्यवाद आन्दोलन

    साथीहरू नेपाली विकिपिडियामा अन्य भाषामा लेखिएका लेख राख्ने मित्रलाई धन्यवाद पठाएर त्यसलाई धन्यवाद आन्दोलन नामाकरण गरेको छु। सकेसम्म धेरै धन्यवाद पठाएर जसले लेखेको हो उसैलाई सुधार गर्न बाध्य पार्ने मेरो उद्देश्य हो। --DULAL (मसँग कुरा गर्नुहोस्) १५:४५, ६ नोभेम्बर २०१४ (युटिसी(UTC))

    विकिविस्तार कार्यक्रम सम्बन्धमा

    आदरणीय विकिपीडियन मित्रहरू हामी नेपालीहरूमा विकिपीडिया बारे ज्ञानको अभाव रहेको यहाँहरूमा अवगतनै छ । यहाँ सम्मकी विकिपीडिया भनेको के-हो भन्ने बारेमा पनि थाहा पाउन सकिरहेका छैनौं त्यसमाथी मध्यपश्चिमाञ्चल र सूदुर पश्चिममाञ्चलका नागरिकहरूमा विकिपीडिया बारे झनै जानकारी नरहेको अवस्था छ, । निजि दुरसंचार प्रदायक एनसेल बाट निःशुल्क विकिपीडिया प्रयोग गर्न मिल्ने भएपनी ज्ञानको अभावमा प्रयोगमा आउन सकिरहेको छैन । यो स्थिती रहन नदिन र नेपाली विकिपीडियालाइ अगाडि बढाउनुका साथै यश क्षेत्रका सर्बसाधारणहरुमा विकिपिडिया बारे परिचय गराउन सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्लामा विकिपीडिया विस्तार कार्यक्रम गरियोस् भनी समर्थनको लागि अनुरोध गरिन्छ ।धन्यवाद ।रमेश सिंह बोहरा(✉✉) १५:२३, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

    1.  समर्थन आवेदकको रूपमा समर्थन ।रमेश सिंह बोहरा(✉✉) १५:२६,१७ नोभेम्बर २०१४ (युटिसी(UTC))
    2.  समर्थन समर्थन ।--Janak Bhatta (कुरा गर्ने) ०४:२१, १८ नोभेम्बर २०१४ (युटिसी(UTC)
    3.  समर्थनमेरो पुरासमर्थन छ ।Mahesh awasthi (कुरा गर्ने) ०४:३६, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    4.  समर्थन यस कार्यक्रमलाई मेरो समर्थन र पूर्ण सहयोग रहनेछ। --Ganesh Paudel (कुरा गर्ने) ०४:४५, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    5.  समर्थन मैले यो बिषयमा धेरै पहिले नै कुरा उठाएको थिएँ । -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
      ०६:२२, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    6.  समर्थन बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४४, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    7.  समर्थन Bijay Chaurasia (वार्ता) ०९:२२, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    8.  समर्थन मेरो समर्थन छ ।Ganesh Thagunna (कुरा गर्ने) १०:११, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    9.  समर्थन यदि अनलाइन सम्भव भए म पनि अाउने प्रयास गर्ने छु। -DULAL (मसँग कुरा गर्नुहोस्) १२:५३, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    10.  समर्थन-अनुराग पाण्डेय १४:५७, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    11.  समर्थन समर्थन ।--सरोज(Saroj) (कुरा गर्ने) १८:३३, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    12.  समर्थन मेरो समर्थन छ । nawghiraj@gmail.com (कुरा गर्ने) २१:४४, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))
    13.  समर्थन--युकेश (कुरा गर्ने) २१:४९, १८ नोभेम्बर २०१४ (युटिसी(UTC))