"नेपालको संविधान २०१९" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे मिलाउँदै
पङ्क्ति ४: पङ्क्ति ४:
[[श्रेणी:संविधान]]
[[श्रेणी:संविधान]]
[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:देशको आधारमा संविधानहरू]]

१७:४८, २३ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

निर्दलिय पञ्चायती व्यवस्थाको आधार समेत मानिएको यो संविधान २०१९मा राजा महेन्द्रले जारी गरेका थिए। पञ्चायतकाल भरि चलेको यो संविधानमा ३ पटक सम्म संशोधनहरू गरिए। तत्कालिन अर्थ, आर्थिक कार्य बिषेश मन्त्री ऋषिकेश शाह अध्यक्ष तथा कुलशेखर राना सदस्य सचिव तथा एक मात्र महिला सदस्य श्रीमती अंगुरबाबा जोशी रहेको संविधान मस्यौदा आयोगको गठन २०१९÷०१÷२६ गते भएको हो । उक्त आयोगलाई २०१९÷०२÷१९ गते सम्म २३ दिनको समयमा संविधान मस्यौदा राजा समक्ष पेश गर्न तोकिएको थियो । पहिलो सक्रिय राजतन्त्रात्मक संविधान २०१९÷०९÷०१ गते राजा महेन्द्रबाट घोषित भएको हो । २० भाग ९७ धारा र ६ अनुसुची रहेको उक्त बिधानमा १ सदनात्मक ब्यबस्था थियो । उक्त ब्यबस्थापिकाको नाम राष्ट्रिय पञ्चायत थियो । सार्वभौम सत्ता तथा अबशिष्ट अधिकार धारा ९०को आधारमा राजामा थियो । राजाबाट शाही घोषणाद्धारा संविधान संसोधन हुन सक्ने प्राबधान थियो । भाग १३को धारा ७७ र धारा ७८मा लोक सेवा आयोगको ब्यबस्था थियो । भाग १३को धारा ७५ र ७६मा महालेखा परिक्षकको ब्यबस्था थियो । भाग १३ (क)को धारा ७८ (क ख ग)मा निर्वाचन आयोगको ब्यबस्था थियो । भाग १० ग –धारा ६७ (ग,घ,ङ)मा अख्तियार दुरूपयोग निवारण आयोगको ब्यबस्था गरिएको थियो । धारा ९मा नागरिकहरूको मुल कर्तब्यको ब्यबस्था थियो । ६ वटा बर्गीय संगठनको ब्यबस्था भाग १० ग –धारा ६७ (ग,घ,ङ)मा थियो । ३ पटक संसोधन भएको उक्त संविधानको पहिलो संसोधन २०२३ माघ १४मा भएको थियो । जुन संसोधनद्धारा संविधानमा रहेका बिबिध अंग्रेजी शब्दहरूलाई नेपालीकरण गरिएको थियो तथा अञ्चलाधीसको ब्यबस्था गरिएको थियो । दोस्रो संसोधन २०३२ मार्ग २६मा भएको थियो । तेस्रो संसोधन २०३७ पौष १ गते भएको थियो । तेस्रो संसोधन सुझाव मस्यौदा आयोग २०३७ पौष १मा तत्कालीन का.मु.प्रधान न्यायाधीस श्री बासुदेव शर्मा अध्यक्ष तथा ध्रुववर सिंह थापा सदस्य साथै एकमात्र महिला कमल राणाको सदस्यतामा गठन भएको थियो । उक्त संबिधान अनुसार बालिग मताधिकारको आधारमा नेपालको पहिलो आम निर्वाचन बि.सं. २०३८मा भएको थियो ।