"फ्लोरेन्स नाइटिङ्गेल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Adding: br:Florence Nightingale
पङ्क्ति ३१: पङ्क्ति ३१:
[[bat-smg:Fluorencėjė Naitėngol]]
[[bat-smg:Fluorencėjė Naitėngol]]
[[be:Флорэнс Найцінгейл]]
[[be:Флорэнс Найцінгейл]]
[[bn:ফ্লোরেন্স নাইটিঙ্গেল]]
[[br:Florence Nightingale]]
[[br:Florence Nightingale]]
[[bs:Florence Nightingale]]
[[bs:Florence Nightingale]]

००:४४, ४ फेब्रुअरी २०१० जस्तै गरी पुनरावलोकन

फ्लोरेन्स नाइटिङ्गेल।

फ्लोरेन्स नाइटिङ्गेल (अंग्रेजी: Florence Nightingale) (जन्म: १२ मे १८२०, मृत्यु: १३ अगस्त १९१०) लाई आधुनिक नर्सिङ आन्दोलन को जन्मदाता मानिन्छ। दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेल लाई "द लेडी विद द ल्याम्प" (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ।

फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय ब्रिटिश परिवार मा भएको थियो। तर उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेल ले सेवा को मार्ग चुनिन्। परिवार भित्र विरोध हुँदाहुँदै पनि १८४५ मा उनले अभावग्रस्त मानिसहरूको सेवा गर्ने व्रत लिइन्। डिसेम्बर १८४४ मा उनले चिकित्सा सुविधा को सुधार्ने कार्यक्रम ल्याइन्। पछाडी रोम का प्रख्खर राजनेता सिडनी हर्बर्ट सँग उनको मित्रता भयो।

नर्सिङ को अतिरिक्त लेखन र एप्लाइड स्ट्याटिस्टिक्स को क्षेत्रमा पनि उनको दख्खल थियो। फ्लोरेन्सको सबैभन्दा महत्वपूर्ण योगदान क्रिमिया युद्ध मा रह्यो। अक्टोबर १८५४ मा उनले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाइन्। उनको यसै समयको सेवाका कारण उनलाई बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिले सम्मानित गरियो।

पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुसा गर्ने कार्य उतिसारो हुँदैनथ्यो। त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङ को काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो फ्लोरेन्सले त्यसबेलाको पुरातनबादी सोचलाई चिर्दै नयाँ युगको सुरूवात गरेकी थिइन्।

उनी आफ्ना कोही स्याहार्ने नभएका घाइतेहरूको सेवा गर्दथिन्। उनले तिनलाई दिएको स्पर्श तथा ढाडसले जादूको शक्ति पैदा गर्दथ्यो। बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटीरहेकी हुन्थिन्। रातभर जागृत बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई लेडी विथ द लेम्प भनिएको हो।

युद्धका घाइतेको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्थ्यो तर यिनी कहिले पनि विचलित हुन्नथिन्। सन् १८५९ मा फ्लोरेन्सले सेन्ट थोमस अस्पताल मा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गरिन्। यसै बेला उनले नोट्स अन नर्सिङ पुस्तक लेखिन्। जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित गरिन्। सन् १८६९ मा उनलाई महारानी भिक्टोरिया ले रोयल रेड क्रस सम्मानबाट सम्मानित गरिन्। ९० वर्षको उमेरमा १३ अगस्त, १९१० मा उनको निधन भयो।

फ्लोरेन्स नाइटिङ्गेलकै प्रेरणाबाट महिलाहरूलाई नर्सिङ क्षेत्रमा आएने प्रेरणा प्राप्त भएको हो भन्न सकिन्छ।

बाहिरी लिङ्क

ढाँचा:Link FA ढाँचा:Link FA ढाँचा:Link FA