"ओनसरी घर्तिमगर" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
|name = ओनसरी घर्तिमगर |
|name = ओनसरी घर्तिमगर |
||
|birthname = |
|birthname = |
||
|image = |
|image = Onsari Gharti Magar.png|200px |
||
|image_caption = |
|image_caption = |
||
|office1 = [[युवा तथा खेलकुद मन्त्री]] |
|office1 = [[युवा तथा खेलकुद मन्त्री]] |
१३:१४, १७ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ओनसरी घर्तिमगर | |
---|---|
चित्र:Onsari Gharti Magar.png | |
युवा तथा खेलकुद मन्त्री | |
कार्यकाल श्रावण १६, २०६८ – श्रावण ३१, २०६८ | |
राष्ट्रपति | रामवरण यादव |
नेपालको प्रथम महिला सभामुख | |
पद बहाली २९ असोज, २०७२ | |
पूर्वाधिकारी | सुवासचन्द्र नेम्बाङ |
व्यक्तिगत विवरण | |
जन्म | २०३४ कार्तिक २८ बैंकोट |
राजनीतिक दल | एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी |
जीवन साथी | बर्षमान पुन |
समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने ओनसरी घर्तिमगर 'उषा' माओवादीको ललितपुर इन्चार्ज हुनुहुन्छ ।
जनयुद्धको क्रममा पूर्वी नेपाल र राजधानी वरपरका काभ्रे, रामेछापमा बिताउनुभएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएको थियो । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उहाँ पनि एक हुनुहुन्थ्यो । अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य हुनुहुन्छ ।
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनु भएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन् ।
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ ।
माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउनुहुन्छ। [१]
एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख हुनुभएको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लिएपछि ओनसरी निर्विरोध निर्वाचित हुनुभएको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभएको छ ।
बाल्यकाल
ओनसरी घर्तीमगरको जन्म २०३४ कार्तिक २८ गते रोल्पाको बैंकोटमा भएको थियो ।[२] बुबा प्रसाद घर्तीमगर र आमा नौमती तीन दाजु र चार दिदी बहिनीमध्ये माहिली छोरी हुन् । सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचिका साथसाथै पढाइमा पनि उत्तिकै तेज विद्यार्थी थिइन् ।
सन्दर्भ
- ↑ संविधान सभा निर्वाचन पोर्टल
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://www.ratopati.com/news/9166/