"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १५: पङ्क्ति १५:


==अनुवाद==
==अनुवाद==
सबभन्दा पहिले कठ उपनिषदको अनुवाद फारसी भाषामा १७औं शताब्दीमा भएको हो शाहजहांका छोरा दाराशिकोहले यसको अनुवाद गराएका थिए । यसको १०० वर्ष पछि फ्रान्सिसी विद्वान एन्क्वेटिलले फ्रेञ्च र ल्याटिनमा अनुवाद गरे । तर यसको केवल ल्याटिन भाग प्रकाशित भयो । सन् १८७९ मा जर्मन विद्वान म्याक्स मुलरले यूरोपियन पाठकका लागि यसको पहिलो अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बंगालबाट बेलायत जाने उनी पहिलो व्यक्ति पनि हुन् । त्यसपछि यसको अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले यसको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरुको जानकारी दिएका छन् । ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरुलाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ ।<ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । युरोपीय विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती कवि हुन् जसले ब्रह्म कविता लेखेका छन् । उनले गीताका श्लोकको पनि अनुवाद गरेका छन् ।
सबभन्दा पहिले [[कठ उपनिषद]]को अनुवाद फारसी भाषामा १७औं शताब्दीमा भएको हो शाहजहांका छोरा [[दाराशिकोह]]ले यसको अनुवाद गराएका थिए । यसको १०० वर्ष पछि फ्रान्सिसी विद्वान [[एन्क्वेटिल]]ले फ्रेञ्च र ल्याटिनमा अनुवाद गरे । तर यसको केवल ल्याटिन भाग प्रकाशित भयो । सन् १८७९ मा जर्मन विद्वान [[म्याक्स मुलर]]ले यूरोपियन पाठकका लागि यसको पहिलो अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बंगालबाट बेलायत जाने उनी पहिलो व्यक्ति पनि हुन् । त्यसपछि यसको अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले यसको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरुको जानकारी दिएका छन् । ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरुलाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ ।<ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । युरोपीय विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती कवि हुन् जसले ब्रह्म कविता लेखेका छन् । उनले [[गीता]]का श्लोकको पनि अनुवाद गरेका छन् ।
रामकृष्ण मठको तर्फबाट बेलायतमा प ठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषदको मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९ मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो । (फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।) उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।
[[रामकृष्ण मठ]]को तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषदको मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९ मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो । (फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।) उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।

== हिन्दू धर्ममा उपनिषद्को स्थान ==
== हिन्दू धर्ममा उपनिषद्को स्थान ==
वैदिक ज्ञाताहरू वेदलाई कवितात्मक लयमा लेखिएको मन्त्र अथवा [[संहिता]] मान्दछन्। वेदान्तमा मुख्य रूपले [[आरण्यक]] तथा उपनिषद्हरू पर्दछन्। उपनिषद्ले मुख्य रूपमा वैदिक श्लोकहरूमा उल्लेखित सम्पूर्ण आध्यात्मिक विचारहरू अँगाल्दछन्। उपनिषद्‌बाट सम्पूर्ण हिन्दू तथा भारतीय दर्शन धेरै हद सम्म प्रभावित छन्। यसमा आस्था राख्नेहरूले उपनिषद् केवल दार्शनिक मात्र नभैकन [[ध्यान]] तथा आध्यात्मिक ज्ञानको श्रोतको रूपमा मान्दछन्।
वैदिक ज्ञाताहरू वेदलाई कवितात्मक लयमा लेखिएको मन्त्र अथवा [[संहिता]] मान्दछन्। वेदान्तमा मुख्य रूपले [[आरण्यक]] तथा उपनिषद्हरू पर्दछन्। उपनिषद्ले मुख्य रूपमा वैदिक श्लोकहरूमा उल्लेखित सम्पूर्ण आध्यात्मिक विचारहरू अँगाल्दछन्। उपनिषद्‌बाट सम्पूर्ण हिन्दू तथा भारतीय दर्शन धेरै हद सम्म प्रभावित छन्। यसमा आस्था राख्नेहरूले उपनिषद् केवल दार्शनिक मात्र नभैकन [[ध्यान]] तथा आध्यात्मिक ज्ञानको श्रोतको रूपमा मान्दछन्।

२१:४२, ११ फेब्रुअरी २०१६ जस्तै गरी पुनरावलोकन

उपनिषदको परिचय

उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजीक आसनमा बस्नु । उपनिषदहरुलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरुलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरुलाई आरण्यक पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ । उपनिषदहरु हिन्दुबौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । [१][२] सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा इस्लाम धर्मको सेतुको रूपमा पनि मान्न सकिन्छ। सबैभन्दा लामो बृहदारण्यक उपनिषद्, सबैभन्दा पुरानो छान्दोग्य उपनिषद् सबैभन्दा र सानो माण्डूक्य उपनिषद् हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो वैदिक सँस्कृत भन्ने गरिन्छ। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्।

महावाक्य

रामकृष्ण मठका संस्थापक मध्ये एक स्वामी परमानन्दका अनुसार उपनिषदहरुमा प्रतिपादन गरिएका दुइ मुख्य महावाक्य छन्ः तत् त्वम् असि र अहं ब्रह्मास्मि ।[३]

रचनाकाल र रचनाकार

उपनिषद, कहिले, कहां र कसले रचना गरेको हो यो पूर्णतया अज्ञात छ । विद्वानहरुले यसको रचनाकाल ५००० ई.पू. देखि ४००० ई.पू. अनुमान गरेका छन् । कसैले भने उपनिषदकाल २००० ई.पूं देखि १४०० ई.पू. भएको मान्दछन् । वेदका मन्त्रद्रष्टा ऋषिको नाम पाइन्छ । पुराण र स्मृतिहरुमा ग्रन्थकारको नाम उपलब्ध छ तर उपनिषद्का रचनाकारले कहीं कतै त्यसमा आफ्नो नाम उल्लेख गरेको पाईंदैन । यी पूर्णतया निर्वैयक्तिक आधारमा रचना गरिएका छन् । उपनिषदहरुमा ज्ञान प्राप्तिका लागि जुन संवाद विधि प्रयोग गरिएको छ त्यसलाई पछि ग्रीक दार्शनिक प्लेटोले आफ्ना व्याख्यानहरुमा प्रयोग गरेका छन् । [४]

अनुवाद

सबभन्दा पहिले कठ उपनिषदको अनुवाद फारसी भाषामा १७औं शताब्दीमा भएको हो शाहजहांका छोरा दाराशिकोहले यसको अनुवाद गराएका थिए । यसको १०० वर्ष पछि फ्रान्सिसी विद्वान एन्क्वेटिलले फ्रेञ्च र ल्याटिनमा अनुवाद गरे । तर यसको केवल ल्याटिन भाग प्रकाशित भयो । सन् १८७९ मा जर्मन विद्वान म्याक्स मुलरले यूरोपियन पाठकका लागि यसको पहिलो अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बंगालबाट बेलायत जाने उनी पहिलो व्यक्ति पनि हुन् । त्यसपछि यसको अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले यसको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरुको जानकारी दिएका छन् । ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरुलाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ ।[५] इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । युरोपीय विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं ।[६] राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती कवि हुन् जसले ब्रह्म कविता लेखेका छन् । उनले गीताका श्लोकको पनि अनुवाद गरेका छन् । रामकृष्ण मठको तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषदको मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९ मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो । (फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।) उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।

हिन्दू धर्ममा उपनिषद्को स्थान

वैदिक ज्ञाताहरू वेदलाई कवितात्मक लयमा लेखिएको मन्त्र अथवा संहिता मान्दछन्। वेदान्तमा मुख्य रूपले आरण्यक तथा उपनिषद्हरू पर्दछन्। उपनिषद्ले मुख्य रूपमा वैदिक श्लोकहरूमा उल्लेखित सम्पूर्ण आध्यात्मिक विचारहरू अँगाल्दछन्। उपनिषद्‌बाट सम्पूर्ण हिन्दू तथा भारतीय दर्शन धेरै हद सम्म प्रभावित छन्। यसमा आस्था राख्नेहरूले उपनिषद् केवल दार्शनिक मात्र नभैकन ध्यान तथा आध्यात्मिक ज्ञानको श्रोतको रूपमा मान्दछन्।

दर्शन

अद्वेत वेदान्तमा उपनिषद्को सारंश एक वाक्यांमा लेखिएको छ : तत् त्वं असि (तिमी त्यही हौ)। र निचोडमा निराकार व्रह्म तथा आत्म एकै हुन् भनिएको छ। उपनिषद्ले ओम् शब्द एक आलौकिक शब्द भएको भन्ने सबैभन्दा राम्रो तरिकाले परिभाषित गरेको छ र यसले उत्पन्न गराउने कम्पनले परमात्मा सँग एक गराउँदछ भन्ने उल्लेख गरेको छ। ईशा उपनिषद्ले आत्मको बारेमा यसरी उल्लेख गरेको छ :
जसले आत्ममा सम्पूर्ण जीवहरू देख्दछ तथा सम्पूर्ण जीवहरूमा आत्म, आत्मबाट कहिल्यै हट्दैन।
ओम् शान्ति शान्ति शान्ति यो मन्त्र, जसले आलौकिक शान्तिको निम्ता गर्दछ, उपनिषद्मा सबैभन्दा पहिले भेटिन्छ।

उपनिषदहरुको संख्या

उपनिषदहरुको संख्या कति छ यस बारेमा स्पष्ट भन्न सकिंदैन । व्यासले माण्डूक्य उपनिषदलाई शुक्ल यजुर्वेदबाट पृथक गर्दा के स्पष्ट गरेका छन् भने वेदको प्रत्येक शाखाबाट एउटा उपनिषद बनेको छ । ऋग्वेदका कुल २१ शाखाहरु छन् जसबाट २१ उपनिषद बने । यजुर्वेदका १०९ शाखाबाट १०९ उपनिषद बने । सामवेदका १००० शाखाबाट त्यति नै उपनिषद बने तथा अथर्ववेदबाट ५० उपनिषद बनेका छन् । यसरी उपनिषदहरुको संख्या ११८० हुन आउंछ । तर अधिकांश उपनिषदहरु लोप भएका छन् । आस्तिक तथा वेद पण्डितहरुको मनमा के शंका र भय उत्पन्न भएको छ भने बांकी उपनिषद्हरु पनि अप्राप्त हुन गए भने ज्ञानका अतुल भण्डार मात्र समाप्त हुने छैनन् धर्मको पनि लोप हुन जाने छ ।[७] सन्त पुरुषहरुले खोजी गरेर हाल १०८ उपनिषदहरु सुरक्षित राखेका छन् । आदि शंकराचार्यले १०८ उपनिषद्मध्ये १०वटा उपनिषदहरुको भाष्य गरेर तिनीहरुलाई सुरक्षित राख्ने काम गरे पछि यी १०उपनिषदहरु ज्यादै प्रसिद्ध भएका छन् ।[८] र यी १० उपनिषद्लाई १०८ उपनिषदका आधार मानिन्छ । यी उपनिषदहरुको नाम निम्न प्रकार छ[९]

  • १. बृहदारण्यक
  • २. छान्दोग्य
  • ३. ईश
  • ४. केन
  • ५. कठ
  • ६. माण्डूक्य
  • ७. मुण्डक
  • ८. तैत्तिरीय
  • ९.ऐतरेय
  • १०. श्वेताश्वतर

शेष ९८ उपनिषदहरु यस प्रकार छन्ः

  • १.ब्रह्म *२.कैवल्य *३.श्वेताश्वतर
  • ४.जाबालि *५.हंस *६.गर्भ
  • ७.अरुणि *८.परमहंस *९.अमृतनाद
  • १०.नारायणि *११.अमृतबिन्दु *१२.अधर्वशिखा
  • १३.अधर्वशिर *१४.कासितार *१५.मैत्रायणि
  • १६.नृंिसहंतथिगनि*१७.बृह्मजाल *१८.मैत्रेयि
  • १९.कालाग्निरुद्र *२०.सुलभ *२१.मांत्रिक
  • २२.क्षिति *२३.निरालम्ब *२४.सर्वहर
  • २५.वज्रसूचिका *२६.शुभरहस्य *२७.तेजोबिन्दु
  • २८.नादबिन्दु *२९.ध्यानबिन्दु *३०.ब्रह्मविद्या
  • ३१.आत्मबोधक *३२.योगतत्व *३३.नारदपरिव्राजक
  • ३४.ब्राह्मण *३५.सीता *३६.योगचूडामणि
  • ३७.निर्वाण *३८.मण्डल *३९.दक्षिणामर्ति
  • ४०.स्कन्द *४१.शरभ *४२.अद्वैत
  • ४३. तारक *४४.महानारायण *४५.सौभाग्यलक्ष्मि
  • ४६.सरस्वतीरहस्य *४७. मुक्तिक *४८.भावरिच
  • ४९.रामतपन *५०.रामरहस्य *५१.मुदगलि
  • ५२.वासुदेव *५३.पिंगल *५४.शाण्डील्य
  • ५५.महाभिक्षुक *५६.योगशिक्षा *५७.संन्यास
  • ५८.तुरियातीत *५९.परमपरिव्राजक *६०.नृसिंह
  • ६१.अक्षमालिका *६२.अन्नपूर्णा *६३.एकाक्षर
  • ६४.अक्षिक *६५.अध्यात्म *६६.प्रश्न
  • ६७.सूर्य *६८.कुण्डिकादृव्य *६९.आत्मा
  • ७०.सावित्रि *७१.परब्रह्म *७२.पाशुपत
  • ७३.त्रिपुरतपन *७४.अवधूत *७५.त्रिपुर
  • ७६.देवि *७७.भावन *७८.कथ
  • ७९.योगकुण्डलि *८०.रुद्रहृदय *८१.रुद्राक्ष
  • ८२.भस्म *८३.दर्शन *८४.गणपति
  • ८५.ताहशव *८६.महावाक्य *८७.पंचब्रह्म
  • ८८.गोपालतयनि *८९.प्राणाग्निहोत्र *९०.गरुड
  • ९१.कृष्ण *९२.दत्तात्रेय *९३.वराह
  • ९४.याज्ञवल्कय *९५.सत्यायन *९६.अव्यक्त
  • ९७.हयग्रीव *९८.कलिसन्तरण

उपनिषद् हिन्दू धर्मको आध्यात्मिक तथा दार्शनिक पक्षको आधार स्तमभ पनि मान्न सकिन्छ। पुराना उपनिषद्हरू मध्ये ऐतरेयकौषीतकि ऋग्वेद सँग सम्बन्धित छन् भने केन तथा छान्दोग्य उपनिषद् सामवेद सँग सम्बन्धित छन्। त्यस्तै ईश, तैत्तिरीयबृहदारण्यक उपनिषद् यजुर्वेद सँग अनि प्रश्नमुण्डक अथर्ववेद सँग सम्बन्धित छन्। यसका साथै मुण्डक, कठ महत्वपूर्ण उपनिषद्हरू मध्ये पर्दछन्।

सम्बन्धित लेखहरू

बाहिरी लिंकहरू

सन्दर्भ सामग्री

  1. धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।
  2. सांस्कृतिक संवीक्षण, डा. टीकाराम पन्थी, विश्व शिन्दु महासंघ, रुपन्देही, वि.सं. २०६३ ।
  3. फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।
  4. ॐ ज्ञानज्योति त्रैमासिक, अंक २१, विश्व हिन्दु महासंघ, रुपन्देही ।
  5. धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।
  6. एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।
  7. उपनिषद् वाहिनी, अमृतमय ब्रह्म ज्ञानोपदेश– भगवान श्री सत्य साईबाबा, सत्य साईबाबा बुक्स एन्ड पब्लिकेशन्स ट्रस्ट, दिल्ली, मिति उल्लेख नभएको ।
  8. उपनिषद्स– सी राजगोपालाचारी, द हिन्दुस्तान टाइम्स लिमिटेड, दिल्ली, सन् १९४९ ।
  9. एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।