"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २५: पङ्क्ति २५:




==भाइरसका कारणले हुने सङ्क्रमण==
===भाइरसका कारणले हुने सङ्क्रमण===
[[File:Hemorragicconjunctivitis2.jpg|thumb|upright=2|भाइरसका कारणले हुने आँखा पाक्ने रोगका कारण भएको रक्तस्राव]]
[[File:Hemorragicconjunctivitis2.jpg|thumb|upright=2|भाइरसका कारणले हुने आँखा पाक्ने रोगका कारण भएको रक्तस्राव]]
भाइरसका कारणले हुने आँखा पाक्ने समस्या प्रायजसो माथिल्लो श्वासप्रश्वास मार्गको सङ्क्रमण, रुगा तथा घाँटी दुख्ने समस्यासँगै आउने गर्दछ। यस्तो सङ्क्रमण भएमा अत्याधिक आँसु बहने तथा चिलाउने जस्ता लक्षणहरू देखा पर्छन्। साधारणतया भाइरसको सङ्क्रमण एउटा आँखाबाट सुरु हुने गर्दछ तर सजिलै अर्को आँखामा पनि सर्न सक्छ।
भाइरसका कारणले हुने आँखा पाक्ने समस्या प्रायजसो माथिल्लो श्वासप्रश्वास मार्गको सङ्क्रमण, रुगा तथा घाँटी दुख्ने समस्यासँगै आउने गर्दछ। यस्तो सङ्क्रमण भएमा अत्याधिक आँसु बहने तथा चिलाउने जस्ता लक्षणहरू देखा पर्छन्। साधारणतया भाइरसको सङ्क्रमण एउटा आँखाबाट सुरु हुने गर्दछ तर सजिलै अर्को आँखामा पनि सर्न सक्छ।

१८:४३, २५ मे २०१६ जस्तै गरी पुनरावलोकन

आँखा पाक्ने रोग
विभाग:Ophthalmology Edit this on Wikidata

आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ[१] भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ।[२] यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ।[३] यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।[२]

आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण भाइरसको सङ्क्रमण भएपछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण हुनेगरेको पाइन्छ।[३] यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा रुगाका लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्।[२] फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो। प्रायजसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ।[३] कहिलेकाहिँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणको लागि पठाउने गरिन्छ।[२]

आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ।[२] भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन।[३] त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन्। यद्यपी एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ।[२][३] कन्ट्याक्ट लेन्स लगाउने तथा गनोरिया वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ।[३]

संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष ३० देखि ६० लाख मानिसहरू आँखा पाक्ने रोगको सिकार हुने गर्दछन्।[२][३] यो रोग लागेका मध्ये धेरैजसो वयस्कहरूमा भाइरसको सङ्क्रमणका कारणले यो रोग लागेको पाइन्छ भने बालबालिकाहरूमा ब्याक्टेरियाको कारणले आँखा पाक्ने रोग लाग्ने गर्दछ।[३] सामान्यतया यो रोग एक वा दुई हप्तामा निको भइसक्छ।[२][३] यदि रोगीमा आँखा नदेख्ने, धेरै पीडा हुने, उज्यालोमा बस्न नसक्ने, छालामा मसिना बिमिरा देखा पर्ने भयो वा एक हप्तासम्म पनि कुनै पनि सुधार देखिएन भने थप परीक्षण तथा उपचार आवस्यक हुन सक्छ।[३] भर्खरै जन्मेको बच्चामा हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा नियोनेटल कन्जङ्टिभाइटिस भनिन्छ। यस्तो रोगको पनि विशेष उपचार गरिनु आवस्यक हुन सक्छ।[२]

लक्षण तथा चिह्नहरू

आँखा रातो हुने, आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) सुन्निने तथा आँखा रसिलो हुने जस्ता लक्षणहरू सबै प्रकारका आँखा पाक्ने रोगमा देखा पर्ने लक्षणहरू हुन्। आँखामा सङ्क्रमण भए पनि आँखाको नानीले सामान्य रूपमा काम गरेको हुनुपर्छ भने दृष्य क्षमता पनि सामान्य नै हुनु पर्छ।


भाइरसका कारणले हुने सङ्क्रमण

भाइरसका कारणले हुने आँखा पाक्ने रोगका कारण भएको रक्तस्राव

भाइरसका कारणले हुने आँखा पाक्ने समस्या प्रायजसो माथिल्लो श्वासप्रश्वास मार्गको सङ्क्रमण, रुगा तथा घाँटी दुख्ने समस्यासँगै आउने गर्दछ। यस्तो सङ्क्रमण भएमा अत्याधिक आँसु बहने तथा चिलाउने जस्ता लक्षणहरू देखा पर्छन्। साधारणतया भाइरसको सङ्क्रमण एउटा आँखाबाट सुरु हुने गर्दछ तर सजिलै अर्को आँखामा पनि सर्न सक्छ।

आँखा पाक्ने रोगले आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा)लाई हल्का गुलाफी रङ्गको बनाइदिने हुनाले कहिलेकाहिँ आँखाको आइरिसमा हुने सिलियरी सङ्क्रमण भएको जस्तो पनि लाग्न सक्छ। तर सुक्ष्मदर्शक यन्त्रले हेर्दा केही छुट्याउन सकिने खालका थप चिह्नहरू देख्न सकिन्छ। हर्पेस सिम्प्लेक्स तथा भेरिसेला जोस्टर जस्ता अन्य रोगका भाइरसहरूले पनि आँखाको सङ्क्रमण गराउने गरेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू

  1. Richards A, Guzman-Cottrill JA (मे २०१०), "Conjunctivitis", Pediatr Rev 31 (5): 196–208, डिओआई:10.1542/pir.31-5-196, पिएमआइडी 20435711 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ २.७ २.८ "Facts About Pink Eye", National Eye Institute, नोभेम्बर २०१५, अन्तिम पहुँच ८ मार्च २०१६ 
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ Azari, AA; Barney, NP (२३ अक्टोबर २०१३), "Conjunctivitis: a systematic review of diagnosis and treatment.", JAMA 310 (16): 1721–9, डिओआई:10.1001/jama.2013.280318, पिएमआइडी 24150468